एफवान सफ्टले ल्यायो युज माबाईल डटकम, मोबाईल बैंकिङ्ग प्रयोग बारे सम्पुर्ण जानकारी दिने

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्नेछ । वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु ९सन्दर्भ सामाग्री० छन् । कम्पनीको अनुसार कुनैपनि ग्राहकले वेबसाईटमा गएर आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगको ट्युटोरियल ९सन्दर्भ सामाग्री० हेर्न सक्नेछन् । वेबसाईटमा मोबाईल बैंकिङ्ग सम्बन्धी नविनतम तथ्य,तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिने बताइएको छ । एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सवाश शर्माले मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढि परिचित गराउन युज मोबाईल बैंकिङ्ग डट कमले सहयोग गर्ने बताइन् । एफवान सफ्ट १८ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्समा केन्द्रित छ । हाल एक हजार भन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको कम्पनीले ५० भन्दा बढि वित्तीय संस्थाहरुको बैंकिङ्ग र वित्तीय संस्थाहरुको बैंकिङ्ग अनुप्रयोगहरु निर्माण गरेको छ ।

लगानीकर्ताहरुले खाद्य प्रविधिमा लगानी गर्दा खाद्य संकटलाई सामना गर्न सजिलो हुने

एजेन्सी । नक्कली मासु र कीराहरू विश्वको कमजोर खाद्य प्रणाली ठिक गर्नका लागि वैकल्पिक आहारा हुन सक्छन् । तर, लगानीकर्ताहरु सो क्षेत्रमा लगानी गर्न उत्साहित देखिइरहेका छैनन् । आवश्यक मात्रामा सो क्षेत्रमा लगानी भइरहेको देखिदैन । चालु वर्षको ६ महिनामा खाद्य प्रविधि स्टार्टअप बिजनेसमा १२ दशमलब ७ बिलियन लगानी भएको पिचबुक डाटामा देखिन्छ । यो गतवर्षको एक तिहाई मात्रै हो। जलवायु परिवर्तन र युद्धका कारण खाद्य उत्पादन तथा वितरणमा आएको समस्याले आवश्यक मात्रामा खाद्य आपूर्तिलाई निकै चुनौति खडा गरिरहेको छ । जसका कारण भोको र मोटोपना बढ्ने क्रम जारी छ । यस्तो अवस्थामा खाद्य प्रविधिको क्षेत्रमा गरिने लगानी निकै महत्वपूर्ण हुने ठानिएको छ । यस हप्ता लन्डनमा भएको वल्र्ड एग्रीटेक इनोभेसन समिट र फ्युचर फूडटेक सम्मेलनमा स्टार्टअपहरूले लगानीकर्ताहरूको ध्यान आकर्षित गर्न सफल भएका थिए । पिभोट बायोले परम्परागत मलको सट्टा बालीलाई पोषण दिन हावामा नाइट्रोजन कब्जा गर्ने सूक्ष्मजीवहरू प्रयोग गर्दछ। कृपिनले किसानहरूलाई राम्रो निर्णय लिन मद्दत गर्न कृषि डेटा सङ्कलन गर्दछ। संसारमा वैकल्पिक प्रोटिनको लागि धेरै स्टार्टअपहरूले मासुको विकल्पलाई स्वाद र अझ राम्रो महशुस गर्ने उद्देश्यले सामग्री र सेवाहरूमा काम गरिरहेका छन् । उपभोक्ताहरुबाट विश्वास प्राप्त गर्नको लागि फुड टेकको विस्तार गर्ने विषय महत्वपूर्ण छ । तर यसको लागि थप लगानीको समेत आवश्यकता पर्दछ । फुडटेक सम्मेलनमा फाइभ सिजन भेन्चर्सका प्रबन्ध साझेदार निकोलो मान्जोनीलाई लगानीकर्ताहरुले प्रश्न गरिरहेका थिए । ‘बजार पूँजी र उत्कृष्ट कम्पनीले भरिभराउ भएकाले लगानीको थप हुन सक्छ ।’ ब्लुमबर्गबाट ।

रेडमीको पहिलो प्याड नेपालमा, ३५ हजार रुपैयाँमा पाइने

काठमाडौं । साओमीले नेपाली बजारमा रेडमी प्याड लन्च गरेको छ । यो साओमीको रेडमी सबब्रान्ड अन्तर्गत को पहिलो ट्याब्लेट हो । यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएको छ । साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले रेडमी सब–ब्रान्ड अन्तर्गत रेडमी प्याड लन्च गर्न पाउँदा एकदमै उत्साहित भएकाे बताए । ‘१०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथ भ्युइङ एक्पिरिएन्स लिन सकिन्छ, ८००० एम्एएचकाे शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, पढ्न अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ, २ के रेजोल्युसनमा बनाइएको यो प्याड फ्ल्यागशिप लेभल स्लिक र स्टाइलिश छ, साथै यसको स्टोरेज पनि १ टिबि सम्म बढाउन मिल्छ,’ उनले भने । अद्वित्तिय अडियो भिजुअल अनुभव १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथ भ्युइङ एक्पिरिएन्स लिन सकिन्छ । भिजुअल ल्याटेन्सी कम भएकोले यसमा ब्राउजिङ, स्क्रोलिङ र गेमिङको कामहरु अत्यन्तै छरितो रुपमा हुन्छ । टियुभि रेन्ल्यान्डको लो लाइट सर्टिफिकेसन प्राप्त भएकोले यस ट्याब्लेटमा धेरै समय स्क्रिनमा हेर्दा पनि आँखा पोल्ने, दुख्ने समस्या हुँदैन । साथै, यो एसजिएस लो भिजुअल फटिग सर्टिफिकेसन प्राप्त गर्ने विश्वकै पहिलो ट्याब्लेट हो । त्यस्तै डल्बी एट्मसको क्वाड कोर स्पिकरले गर्दा यस डिभाइसको अडियो पनि उच्च स्तरको छ । ग्रुप कल गर्न होस् या जमघटको रमाइलोमा मनोरन्जन लिन होस्, इयर्फोनमा सुन्दा होस् अथवा स्टेरियो स्पिकरमा सुन्दा होस्, यसको अडियो उच्च स्तर गुणस्तरको छ । त्यस्तै, यसको ८ एमपिको अल्ट्रा वाइड फ्रन्ट क्यामरा ग्रुुप भिडियो कलको लागि अत्यन्तै उपयुक्त छ । यस्तै यसमा भएको फोकस फ्रेम टेक्नोलोजीले क्यामरा अगाडि धेरै मान्छेहरु देखिनासाथ आफैँ वाइडर भ्युमा स्विच हुन्छ जसले गर्दा सबै जना भिडियो फ्रेमको बिचमा रहन सजिलो हुन्छ । पावरफुल प्रोसेसर र स्मुथ पर्फर्मेन्स मेडिया टेक हेलियो जि ९९ प्रोसेसरले यो ट्याब्लेटलाई भर्सटाइल बनाउनुको साथै प्रयोगकर्ताहरुलाई स्मुथ एक्स्पिरियन्स प्रदान गर्छ । ६ एन्एम्को प्रभावकारी प्रोसेसरले एपहरु चलाउन र अन्य कामहरु गर्न अत्यन्तै सरल र छरितो बनाएको छ । उत्कृष्ट पर्फर्मेन्स र उच्च ब्याट्रि ब्याकअपले गर्दा यो ट्याब्लेट चलाउने प्रयोगकर्ताहरुले हाइ एन्ड ट्याब्लेट चलाएको अनुभव लिन सक्नेछन् । ८००० एम्एएच्को शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, पढ्न् अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ । दिनभरी टिक्ने शक्तिशाली ब्याट्रि १८ वाटको फास्ट चार्जिङ र २२ .५ वाटको इनबक्स चार्जरले गर्दा लगातार गेम खेल्न मुभी हेर्न र लामो फोटो शूटको लागि पनि सजिलो बनाएको छ । स्लिक र स्टाइलिश तुलनात्मक रुपमा कम मुल्यमा नै उपलब्ध भए पनि उच्च गुणस्तरीय मेटल युनिबडी डिजाइनले यसलाई अझै उत्कृष्ट बनाएको छ । प्रिमियम बिल्ड क्वालिटीले यो ट्याब्लेटको इन ह्यान्ड फिल अत्यन्तै सजिलो हुनुको साथै आधुनिक तरिकाले बनाइएको हाइ एन्ड ट्याब्लेटको जस्तै अनुभव लिन सकिन्छ । यो ट्याब ग्राफाइट ग्रे, मुनलाइट सिल्भर र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छ । ६/१२८ जिबिको स्टोरज अप्सनमा उपलब्ध यो ट्याब्लेटको मुल्य ३४ हजार ९९९ रुपैयाँ रहेको छ । रेडमी ट्याब यही कार्तिक १६ गतेबाट नेपाली बजारमा उपलब्ध छन् ।