आइआइएम एस कलेजद्धारा दशै कार्निभल आयोजना
काठमाडाैं । आइआइएम एस कलेजद्वारा प्रत्येक वर्ष आयोजना गर्दै आएको दशै कार्निभल यस वर्ष राष्ट्रिय स्तरमा दशै कार्निभल तथा नेपाल फुड फेस्टिभलको रुपमा ‘यूनाईटिङ नेपाल थ्रु अ प्लेट’ को नाराका साथ सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा नेपालका ७ वटै प्रदेशका पारम्पारिक भोजनहरुलाई समावेश गराइनुका साथै विभिन्न स्टलहरुबाट विविध मनोरोञ्जक खेलहरु खेलाइएको थियो । फुड स्टलहरुमा राखिएका परिकारहरुमा तराइको भक्का, नेवारी खाजा, दुप्का, सुदुर पश्चिमको छाच तथा पाल्पाली खानामा दर्शकहरुको आकार्षण थियो । कार्यक्रमको थप आकर्षण विभिन्न सञ्कृति झल्काउने प्रस्तुतिहरु दुर्गा नाच, कुमारी, घिमे नाच, लाखे नाच, मारुनि नृत्य, कौडा नाच, हुडकेली नाच तथा विद्यार्थीहरुका विविध सांगीतिक प्रस्तुतिहरु रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुद्वारा नेपालका विभिन्न जनजातीहरुका सस्कृति र भेषभुषा चिनारी गराउने उद्देश्यले कल्चरल र्याप वाल्क गरेका थिए । कार्यक्रमको अन्ततिर विशेष प्रस्तुतिका रुपमा केन्जल एण्ड व्याण्ड तथामंकी टेम्पल व्याण्डको वेजोड प्रस्तुतिहरुले ठूलो संख्यामा विहानै देखि उपस्थिति भिडलाई थप उर्जा दिदै सांगितिक माहोललाई नय ाँउचाईमा पु¥याएको थियो । कार्यक्रममा काठमाडौं क्षेत्र नं. ७ का सभासद रामविर मानन्धरको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममाउपस्थितदर्शककाअनुसार उक्तकार्यक्रम परम्परा र आधुनिकताको एक सफल सम्मीश्र्रण रहेको वताएका थिए ।
मिस्टर नेपाल वर्ल्ड २०१८ को विजेता चितवनको बिकल्प श्रेष्ठ
काठमाडौं। २००१ बाट नेपालमा सुरु हुदै आएको मिस्टर वर्ल्डको फ्रेनचाईज शो नेपालमा होटल अन्नपूर्णमा मिस्टर नेपाल २०१८ समपन्न भएको छ। एक्पोस नेपालबाट आयोजना गरिएको र सुजुकी टाईटल स्पोन्सर रहेको मिस्टर नेपाल को फाइनल असोज १३ गते भएको कार्यक्रममा १८ जना सहभागिता थिए जस मध्ये मिस्टर नेपाल लगाएत ८ वटा टाइटलमा सहभागी बिजेता भएको छन जसमा मिस्टर नेपाल वर्ल्ड २०१८ बिकल्प श्रेष्ठ, मिस्टर नेपाल युनिभर्स एम्बास्डर २०१८ सुसान महर्जन, मिस्टर नेपाल म्यान अफ द यियर सन्दिप केसी, मिस्टर नेपाल ईन्टरनेसनल २०१८ प्रदिप न्यौपाने, मिस्टर नेपाल मेन याटिट्युड २०१८ चन्दन चौधरी, एक्पोस नेपाल टुरिसम एम्बास्डर २०१८ सागर परियार,एक्पोस नेपाल युथ एम्बास्डर सबिन बराल र एक्पोस नेपाल स्पोर्टस एम्बास्डर दिपेस श्रेष्ठले हात परेका छन्। मिस्टर नेपाल का सी. इ.ओ अर्चना बस्नेतले कार्यक्रम अहिले सम्मको सबैभन्दा राम्रो र उत्कृष्ट साथै निष्पक्ष नतीजा भएको र यस्तो कार्यक्रमले समाजमा रहेको प्रतिभा बाहिर आउने र समाज मा परिबर्तन गर्न यस्तो कार्यक्रमले मदत गर्ने साथै चितवनबाट आउनु भइ बिजेता हुनु भएकोमा मिस्टर नेपाल को बिजेता बिकल्प श्रेष्ठ लाइ धन्यबाद ज्ञापन गरिन्। त्यस्तै मिस्टर नेपाल का बिजेता बिकल्प श्रेष्ठलाइ सुजुकी को चाबी दिदै सुजुकी का मार्केटिंग म्यानेजर नबराज कोइरालाले समाजमा लुकेको को प्रातिभालाई बिश्व सम्म पुर्याउन पाउँदा हामीलाई धेरै खुसी लागेको बताए । नेपालको सान रहेको मिस्टर नेपाल जस्तो कार्यक्रममा निरन्तर सहयोग गर्दै अगाडी बढने कोइरालाले बताए। यसपालीकोको मिस्टर नेपाल बिजेताले मिस्टर वर्ल्ड २०१९ मा सहभागी हुन पाउनेछन।
पहुँच युक्तता तर्फको इनोभेटिभ अवार्डबाट चन्द्रागिरि हिल्स लिमिटेड पुरस्कृत
चन्द्रागिरि । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँच युक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच महिलाबाल–बालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरेका छन् । काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमानिर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ । पहुँचयुक्तता प्रवद्र्धन गर्ने ¥यामप, पदमार्ग, शौचालय, विधुतीय गाडी तथा व्हील–चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ । राष्ट्रिय अपाङ्ग महासंघले पहिलोपटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेड लगायत अन्यतीन संघ–संस्था सम्मानित भएका छन् । सम्मान कार्यक्रममा मन्त्री थापाले अपाङ्ग मैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमुना परियोजना भएको बताइन् । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेकविक्रम शाहले चन्द्रागिरि परिसरमा निर्माणाधीन रिसोर्टमा समेत अपाङ्गमैत्री संरचनानिर्माण गरिएको जानकारी दिँदै यसबाट फरक क्षमता भएका व्यक्तिका लागि समेत चन्द्रागिरि मुख्य गन्तव्य बन्ने विश्वास गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।