श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले मंसिर २३ गतेको लागि बोलायो साधारणसभा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले मंसिर २३ गतेको लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनीले संस्थापक सेयरधनी निर्वाचनको लागि साधारणसभा बोलाएको हो । कम्पनीले मंसिर १५ गतेको लागि बुक क्लोज मिति तोकेको छ । त्यसैले १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछ ।      

युनाईटेड इदी मर्दि हाईड्रोपावरको लाभांश घोषणा

काठमाडौं । युनाईटेड इदी मर्दि एण्ड आरबि हाईड्रोपावर कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, कम्पनीको सोही बैठकले लाभांश वितरण गर्ने प्रस्ताव पारिथ गर्न साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीले मंसिर २९ गतेका १३ औँ वार्षिक साभारणसभा आभ्या क्लब घारिपाटन पोखरमा बिहान ११ बजे बोलाएको हो । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा सहभागि हुन पाउनेछन् ।

यी ४ तरिकाबाट हेर्न सकिन्छ पिपुल्स हाइड्रोपावरका आईपीओ

काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बुधबार बाँडफाँट गरिएको निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलले जानकारी दिएको छ । कम्पनीले कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि, ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा १२ लाख ३० हजार ६०५ जनाको आवेदन परेकोमा ३ हजार ५४६ जनाको आवेदन विभिन्न कारण रद्द भएको छ । बाँकि रहेका १२ लाख २७ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले सेयर बाँडफाँट गरिनेछ । १० कित्ताका दरले आईपीओ बँँडफाँट गर्दा ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै सेयर पाउनेछन् । अरु अन्य आवेदकको हात भने रित्तो हुनेछ । कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ । कम्पनीको आईपीओ रिजल्ट निष्काशन तथा बिक्री पबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/, सीडीएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np, मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र कम्पनीको वेबसाइट https://peopleshydro.com.np/ बाट नजिता हेर्न सकिन्छ । यी ४ तरिकाबाट हेर्न सकिन्छ: https://www.sanima.capital/ https://iporesult.cdsc.com.np/ https://meroshare.cdsc.com.np/#/login https://peopleshydro.com.np/