युनाईटेड इदी मर्दि हाईड्रोपावरको लाभांश घोषणा

<p>काठमाडौं । युनाईटेड इदी मर्दि एण्ड आरबि हाईड्रोपावर कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश [&hellip;]</p>

काठमाडौं । युनाईटेड इदी मर्दि एण्ड आरबि हाईड्रोपावर कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, कम्पनीको सोही बैठकले लाभांश वितरण गर्ने प्रस्ताव पारिथ गर्न साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीले मंसिर २९ गतेका १३ औँ वार्षिक साभारणसभा आभ्या क्लब घारिपाटन पोखरमा बिहान ११ बजे बोलाएको हो ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा सहभागि हुन पाउनेछन् ।

Share News