२६ अंकले घट्यो नेप्से, ११ अर्ब ९७ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेप्से दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा कायम भएको छ । आज ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकमा ३ करोड ७ लाख ९० हजार २११ सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सिद्धार्थ इक्युटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ४.३९ प्रतिशतले गुमाएका छन् । आज कारोबार रकमको आधारमा आंखुखोला जलविद्युतको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको ६८ करोड ७७ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावरको ६६ करोड १४ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, अप्पर हेवाखोला हाइड्रोपावरको ४१ करोड ५० लाख, एसवाई प्यानल नेपालको ३७ करोड २३ लाख र रिदी पावरको ३५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज उत्पानबाहेक सबै उपसमूह रताम्मे भएका छन् । उत्पादन ०.२५ प्रतिशतले बढेको छ ।
कस्तुरी फार्मास्युटिकल्सले आईपीओ जारी गर्ने, इस्यू म्यानेजरमा रिलायबल क्यापिटल
काठमाडौं । कस्तुरी फार्मास्युटिकल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडलाई इस्यू म्यानेजरका रूपमा नियुक्त गरेको छ । आईपीओ निष्काशन सम्बन्धी सम्झौतामा कस्तुरी फार्मास्युटिकल्सका अध्यक्ष प्रवेक खनाल र रिलायबल क्यापिटलका तर्फबाट ग्रीष्म चालिसेले हस्ताक्षर गरे । कम्पनीले करिब १६ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । आवश्यक प्रक्रिया पूरा गरी आगामी साउनभित्र आईपीओ जारी गर्ने लक्ष्य कम्पनीले राखेको छ । आईपीओ निष्कासनअघि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति लिनुपर्ने हुन् छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ । कम्पनीका अनुसार हाल प्रति सेयर औसत आन्तरिक मूल्य ३१२.७० रुपैयाँ रहेको छ । आईपीओ अघि कम्पनीले प्राइभेट प्लेसमेन्ट अफरिङमार्फत पनि लगानी जुटाउने योजना बनाएको छ । कम्पनीले आगामी आर्थिक वर्ष २०८४/८५ सम्म प्रति सेयर आम्दानी (ईपीएस) ३१.२९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको जनाएको छ । यस्तै, कम्पनीले आफ्नो ऋण दायित्व क्रमशः घटाउँदै लैजाने योजना समेत अघि सारेको छ । आर्थिक वर्ष २०८२/८३ को पुससम्म कम्पनीको ऋण २४.५७ करोड रुपैयाँ रहेको छ भने आगामी आर्थिक वर्ष २०८४/८५ सम्ममा उक्त ऋण घटाएर ८.३० करोड रुपैयाँमा झार्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
रविन्द्रमान सिंह प्रधान सिटिजन्स बैंकबाट बाहिरिने, बिक्रीमा राखे १५ करोडको सेयर
काठमाडौं । सिटिजन्स बैंकका संस्थापक सेयरधनी रविन्द्रमान सिंह प्रधानले बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने भएका छन् । सेयर बिक्रीसँगै उनी बैंकबाट बाहिरिने तयारीमा रहेका छन् । बैंकका अनुसार प्रधानले आफ्नो नाममा रहेको १४ लाख ४४ हजार ८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको प्रतिकित्ता मूल्य १०४ रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा कुल करिब १५ करोड १ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । बैंकको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार प्रधान सिटिजन्स बैंकका आठौं ठूलो सेयरधनी हुन् । उनको बैंकमा १.२८ प्रतिशत स्वामित्व रहेको छ। बैंकका अनुसार उक्त संस्थापक सेयरमा प्रारम्भिक चरणमा संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि पनि बिक्री खुला गरिने बैंकले जनाएको छ ।