चार कम्पनीले गरे साधारणसभाको घोषणा, कहिले कहिले हुँदै छ?
काठमाडौं, २३ मंसिर । बिहीबार मात्र चार वटा कम्पनीले वार्षिक साधारणसभाको घोषणा गरेका छन् । माछापुच्छ्रे बैंकको आगामी पुस २२ गते वार्षिक साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागी पुस १ गतेदेखि पुस २२ गते सम्म बैंकको बुक क्लोज हुने भएको छ । उक्त निर्णय मंसिर २१ गते बसेको बैंकको ३३२औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि पुस १६ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि कम्पनीको आगामी मंसिर २९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज हुने छ । उक्त निर्णय मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । त्यसैगरि, स्वावलम्बन लघुवित्त विकास बैंकको पनि आगामी पुस ४ गतेदेखि २० गतेसम्म बुक क्लोज हुने छ । बैंकको आगामी पुस २० गते वार्षिक साधारणसभा हुने मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बताएको छ । साथै, सेवा विकास बैंक पनि आगामी पुस १५ गते साधारणसभा बस्दै छ ।
सेवा विकास बैंकको १२० प्रतिशत हकप्रद विहिबारदेखि भर्न पाइने, पुस २७ गतेसम्म म्याद
काडमाडौं, २३ मंसिर । सेवा विकास बैंकले दिने एक सय २० प्रतिशत हकप्रद सेयर बिहीबारदेखि खुल्ला गरेको छ । बैंकले ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । सो हकप्रद प्रतिकित्ता एक सय रुपैयाँका दरले ५१ करोड ६ लाख ६६ हजार २०० रुपैयाँ बराबरको हो । सेवाको एक सय कित्ता सेयर हुनेले थप एक सय २० कित्ता भर्न पाउनेछन् । असोज १८ गतेसम्म बैंकको सेयर खरिद गरेका सेयरधनीहरुले मात्र यो हकप्रद सेयर भर्न पाउने छन् । बैंकको हकप्रद सेयर निष्कासनका लागि एनएमवी क्यापिटले विक्रि प्रबन्धको जिम्मा पाएको छ । बैंकको हकप्रद सेयर पुस २७ गतेसम्म मात्र भर्न पाइने छ । हकप्रद सेयर भर्नका लागि आवेदकले एनएमबि बैंक लिमिटेडको मुख्य कार्यलय, र शाखा कार्यँलयहरु मार्फत तथा एनएमवी क्यापीटल र सेवा विकास बैंकमा फारम भर्न र बुझाउन सक्नेछन् ।
हकप्रद र एफपिओ सेयर जारी गर्न कडाई, बैंकिङ् र बीमा बाहेकका कम्पनीलाई बोर्डको विभिन्न सर्त
काठमाडौं , २२ मंसिर । नेप्सेमा सूचिकृत भएका बैंकिङ् र बीमा बाहेकका संस्थाहरुले अब आफूखुसी हकप्रद र एफपीओ जारी गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले बैंकिङ् र बीमा बाहेकका कम्पनीहरुले हकप्रद र एफपीओ जारी गर्दा विभिन्न सर्तहरु पालना गरेको हुनुपर्ने प्रावधान राखेको छ । पछिल्लो समयमा जलविद्यतु लगायतका अन्य सूचिकृत संस्थाहरुले आफूखुसी हकप्रद सेयर र एफपीओ जारी गरेको भन्दै विरोध भएपछि बोर्डले मंगलबार यस्तो निर्णय गरेको हो । हकप्रद एवं एफपीओ जारी गर्दा स्वच्छ, निष्पक्ष र पारदर्शी वनाउन एवं सो सम्बन्धमा आवश्यक नीतिगत व्यवस्था सिफारिश गर्न गठित समितिले पेश गरेको प्रतिवेदनको सिफारिशको आधारमा बोर्डले सो निर्णय गरेको हो । पछिल्लो सयमा अपी पावर कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विषयमा निक्कै विवाद भएपछि बोर्डले विज्ञहरु सम्मिलित एक समिति बनाएको थियो । बोर्डले विभिन्न सर्तहरु पुरा गरेको अवस्थामा मात्र ति कम्पनीहरुले हकप्रद र एफपीओ जारी गर्न पाउने निर्णय गरेको छ । बोर्डले बैंक तथा वित्तिय संस्था र विमा कम्पनी बाहेकका कम्पनीहरुले हकप्रद निष्कास गर्न चाहेमा हकप्रद निष्काशन अनुपातको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट हुनुपर्ने, प्राथमिक निष्काशन गरेको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने, नियमानुसार क्रेडिट रेटिङ्ग गरेको हुनुपर्ने ,जारी पूँजी शत प्रतिशत चुक्ता भैसकेको हुनुपर्ने लगायतका सर्तहरु पालना गरेको कम्पनीले मात्र हकप्रद र एफपीओ जारी गर्न सक्ने प्रावधान राखेको छ । त्यस्तै प्रचलित कानून बमोजिम परियोजना निर्माणको लागि कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनुपर्ने भएमा लिइसकेको हुनुपर्ने, परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजरको सैद्धान्तिक सहमतिपत्र प्राप्त गरिसकेको हुनुपर्ने हकप्रद वा एफपीओ जारी गर्नुभन्दा पाँच दिन अगावै परियोजना निर्माणको वित्तिय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी दिइ बोर्डको स्वीकृति लिनुपर्ने सर्तहरु राखेको छ । सो व्यवस्थाबाट बैंक तथा वित्तिय संस्था बाहेकका अन्य सूचिकृत संस्थाहरुले हकप्रद तथा एफपीओ मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने शर्त तथा मापदण्डहरु सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था हुने बोर्डले स्पष्ट पारेको छ । बोर्डले स्पष्ट नीति हुदा लगानी व्यवस्थित हुने र त्यस्ता संस्थाहरु प्रति लगानीकर्ताहरुको विश्वास अभिबृद्धि भई समग्र पूँजी बजारको समयानुकुल विकास तथा विस्तार हुने स्पष्ट पारेको छ । बोर्डको मुख्य शर्त तथा मापदण्डहरु: