एनआईबिएल म्युचुअल फण्डमा आवेदन खुल्यो, ५ करोड १० लाख इकाईको सार्वजनिक विक्री खुला
काठमाडौं ९, मंसिर । एनआईबिएल म्युचुअल फण्ड अन्र्तगतको एनआईबिएल प्रगति फण्डले प्रति इकाई १० रुपैयाँ दरको ६० लाख कित्ताको प्रस्ताव आव्हान गरेको छ । यो कम्पनीले ६० लाख कित्ता इकाईको न्युनतम १ सय इकाईका लागि आवेदन दिन पाइने उल्लेख छ । यही मंसिर १६ गतेबाट खुला हुने आवेदन छिटोमा मंसिर २० मा र ढिलोमा मंसिर ३० गतेसम्मको समय रहेको छ । प्रति इकाई मूल्य १० रुपैयाँ दरको ६ करोड इकाईमध्ये बीज पूँजी वापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल क्यापिटल मार्केटले राख्ने छ भने अर्को ८० लाख कोष कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकको लागि सुरक्षित गरिएको छ । बाँकी ५ करोड १० लाख इकाई भने सार्वजनिक रूपमा विक्री खुला गरिएको उल्लेख छ । यो फण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी हो । यसको म्युचुअल फण्डको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट्स हो ।
आश्वा प्रणाली माघ एक गतेदेखि लागू हुने, धितोपत्रको प्राथमिक बजारले फड्को मार्ने
काठमाडौं, ९ मंसिर । नेपाल धितोपत्र बोर्डले एप्लीकेसन सपोर्टेड बाई व्लक्ट अकाउन्ट (आस्वा) प्रणाली माघ एक गतेदेखि लागु गर्ने भएको छ । बोर्डले धितोपत्रको सार्वजनिक निष्कासन कार्यलाई छिटो छरितो र पारदर्शि बनाउन र सर्वसाधरणले सहज रुपमा धितोपत्र खरिद गर्न सकुन भन्ने उदेश्यले आश्वा प्रणाली लागु गर्न लागेको जनाएको छ । बोर्डले आश्वा प्रणालीमा सहभागी हुनका लागि विभिन्न बैंक तथा वित्तिय संस्थालाई आग्रह गरेको छ । बोर्डका प्रबक्ता निरज गिरीका अनुसार बोर्डले पहिलो चरणमा आश्वा प्रणालीमा नेपाल राष्ट्र बैंकबाट क र ख वर्गको इजाजत प्राप्त बैंक तथा वित्तिय सस्थालाई समेटिने बताए । उनले आश्वा प्रणालीमा भाग लिनका लागि केही व्यवस्था समेत गरिएको जनाए । आश्वा प्रणालीमा सहभागी हुनको लागि राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापुँजी कायम गरेको, प्रतिसेयर चुक्तापुँजी भन्दा सेयर नेटवर्थ बढी भएको, पाँच वर्षभन्दा बढी सञ्चालनमा रहेको र पछिल्लो दुईवर्षदेखि खुद नाफामा सञ्चालन भएको हुनुपर्ने व्यवस्था गरिएको प्रबक्ता गिरीले जानकारी दिए । त्यस्तै निष्कृय कर्जा ५ प्रतिशत भन्दा कम रहेको, समस्याग्रस्त घोषणा भई फुकुवा भएको तीन वर्ष पुगेको हुनुपर्ने व्यव्स्था छ । काठमाडौं भित्र कम्तीमा चार शाखा र धितोपत्रको सार्वजनिक निष्कासन र सुचिकृत भएको हुनुपर्ने छ । आश्वा प्रणाली लागु भएपछि धितोपत्रको प्राथमिक बजारले संरचनात्मक रुपमा ठूलो फड्को मार्ने छ भने सर्वसाधरण लगानीकर्ताहरुले पनि राहत पाउनेछन् । गिरीका अनुसार आश्वा प्रणाली धितोपत्रको प्राथमिक बजारलाई चुस्त र पारदर्शी तुल्याउन उपयोग हुने विकसित प्रविधि हो । भारतीय धितोपत्र तथा विनिमय बोर्डले सन् २००८ मा यस प्रविधिको विकास गरेको थियो । संसारका धेरै देशहरुमा यस प्रविधिको प्रचलन छ । धितोपत्र बोर्डले गत वर्षदेखि नै लागु गर्ने भनिएपनि विभिन्न कठिनाइका कारण कार्यान्वयनमा ल्याउन सकेको थिएन । आश्वा प्रणाली अन्तर्गत सार्वजनिक निष्कासनमा सेयर खरिदकर्ताले लामो लाइनमा बस्नु पर्दैन । आफ्नो खाताबाट आफूले सेयरमा लगानी गर्न चोहको रकम रोक्का राख्न र बिद्युतिय माध्यबाट नै सेयर खरिद गर्न सक्दछन् । सेयर परेको रकममात्र लगानीकर्ताको खाताबाट निष्कासनकर्ताको कम्पनीको खातामा हस्तान्तरण हुने गर्छ । कुनै लगानीकर्ताको रकम परेको छैन भने खातामा रोक्का रहेको रकम फुकुवा हुने व्यवस्था पनि मिलाईएको हुन्छ । यसअघि साधारण सेयर भर्न, सेयर बाँडफाँड भइसकेपछि चेक प्राप्त गर्न सर्वसाधरणले निक्कै झण्झड खेप्नुपरेको थियो । यो प्रणाली लागु भएपछि त्यसरी लगानीकर्ताहरुलाई समस्या हुदैन । गिरीका अनुसार यो प्रणाली लागुभएपछि साधारण सेयरमा हालेको रकम विना प्रतिफल लामो समय रहने व्यवस्थाको अन्त्य हुनेछ ।
सेयर बजार घट्न थालेपछि म्यूचअल फन्ड कम्पनीहरुको काराेबारमा निगरानी, बजारलाई प्रभावित पारेको भेटेमा कारबाही
काठमाडौं, ८ मंसिर । नेपाल धितोपत्र बोर्डले म्याचुअल फन्ड कम्पनीहरुमा स्थलगत अनुगमन थालेको छ । म्युचुअल फन्ड कम्पनीहरुले सेयर नकिनेकाले बजार घटेको भन्ने आमगुनासो आउन थालेपछि बोर्डले म्याचुअल फन्ड कम्पनीहरुमा स्थलगत निरीक्षण थालेको हो । बोर्डका प्रबक्ता निरज गिरीका अनुसार म्याचुअल फण्ड कम्पनीहरु कै कारण बजार ओरालो लागेको लगानीकर्ताहरुको आरोप रहरेकोले आफूहरुले सत्यतथ्य पत्ता लगाउनका लागि ति कम्पनीहरुमा अनुगमन थालेको हो । बोर्डले मंगलबार दुई वटा म्युचुअल फन्ड कम्पनीमा छड्के लिएको थियो भने बुधबार पनि केही कम्पनीहरूमा बोर्डका अधिकारी निरीक्षण गर्न पुगेका छन् । गिरीले मंगलबार निरीक्षण गरिएका कम्पनीले क्षमता अनुसारको सेयर पहिल्यै किनिसकेको तथ्यांक देखाएको उनले जानकारी दिए । अनुगमनका क्रममा बजारलाई प्रभावित पार्ने काम म्युचुअल फन्डले गरेको पाइएमा कारवाही गर्ने रणनीति बोर्डले बनाएको छ ।