आरएसडिसी लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, २२ मंसिर । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको उक्त मात्राको सेयर बुधबार नेपाल स्टक एक्स्चेञ्मा सूचिकृत भएको छ । आरएसडिसी लघुवित्त वित्तिय संस्था, लि. बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन २०६३ अर्न्तगत स्थापित नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको “थोक लघुकर्जा” प्रदायक वित्तीय संस्था हो । अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको वित्तीय संस्थाको जारी पुजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १६ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं, २१ मंसिर । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्कासन गर्दा विक्रि नभएको १५ हजार नौ सय तीन कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाले पुस ६ गते देखि लिलामी सेयरका लागि आवेदन खुला गरेको छ । आवेदन दिदा न्युनतम एक सय भन्दा माथिको हुनुपर्ने छ । आवेदन दिने अन्तिम म्याद पुस १२ गते सम्म तोकिएको छ । लक्ष्मीले सर्वसाधरण समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । मूल्यको ११ लाख कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको थियो । त्यसक्रममा बिक्री नभएको सेयर अहिले लिलामीमा लगिएको हो । संस्थाको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
आइतबार मात्रै १० लाख कित्ता बोनस र ११ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, १९ मंसिर । आइतबार मात्रै १० लाख ९७ हजार २८५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सो दिन ११ लाख ५५ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । फष्ट माइक्रोफाइनान्स कम्पनीको ३ लाख ४५ हजार कित्ता, सिद्धार्थ फाइनान्सको ३ लाख ५५ हजार ९५० कित्ता र माल्लिका विकास बैंकको ७ लाख ६ हजार ८३५ कित्ता गरि सो मात्रामा बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, आइतबार नै रिद्धी माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यसैगरी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख कित्ता सेयर सूचिकृत भएको छ । तर सो मात्राको सेयर बोनस हो या हकप्रद हो भनेर चाँही नेप्सेमा छुट्टाइएको छैन ।