निक्षेप कर्जा सुरक्षणमा ५ जना छनौट, अर्थले माग्यो व्यवसायिक कार्ययोजना

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जना छनौट भएका छन् । कोषको सीईओमा डा. घमानसिंह खड्का, विष्णुबाबु मिश्र, भाष्कर रिमाल, विनोदकुमार कार्की र श्रीप्रसाद पौडेलले छनौट भएका हुन् । अर्थ मन्त्रालयले छनौट भएका पाँचै जनासंग व्यवसायिक योजना मागेको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले माग्यो आवेदन

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपुर्तिका लागि आवेदन मागेको छ । सूचना तथा सञ्चार मन्त्रालयले प्रतिस्पर्धाबाट बोर्डको अध्यक्ष नियुक्त गर्न लागेको हो । न्युनतम स्नातक उतिर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष लागेको व्यक्तिले भाग लिने पाउने भएका छन् । मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भनेको छ ।

सरकारले खाद्य संस्थाको महाप्रवन्धकको पदपूर्ति गर्न माग्यो आवेदन

काठमाडौं   । सरकारले नेपाल खाद्य संस्थानमा महाप्रवन्धकको नियुक्तिको काम थालेको छ । खुला प्रतिस्पर्धाबाट महाप्रवन्धक नियुक्तिको तयारी सरकारले गरेको छ । भदौ १५ गतेसम्म आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखा शिलवन्दी आवेदन दिन भनेको छ । अर्थशास्त्र, व्यापार र व्यवस्थापनमा न्युनतम स्नातक तहसम्म अध्ययन पुरा सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव भएका व्यक्तिले मात्र आवेदन दिन सक्ने छन् ।