सानिमा बैंककाे सीईओमा भुवन दाहाल पुनः नियुक्ती

काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भुवन दाहालको पुनःनियुक्ती भएकाे छ । आगामी माघ १२ गते पहिलो ४ वर्षे कार्यकाल सकिन लाग्दा सञ्चालक समितिले आईतबार थप ४ वर्षका लागि पुनः नियुक्त गरेको हो । उनको ४ वर्षे कार्यकालमा बैंकले राम्रो वित्तीय प्रगति गरेपछि सञ्चालक समितिले पुनः ४ वर्षका लागि नियुक्त गरेको हो । हाल बैंकको नाफा, कर्जा लगानी, निक्षेप परिचालनलगायत अन्य परिसूचक सकरात्मक छन् ।

महालक्ष्मी विकास बैंकको सीईओमा कृष्णराज लामिछाने नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णराज लामिछाने नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले आउदो चार बर्षका लागि उनलाई सीईओ नियुक्त गरेकाे हाे । विकासन्युजसंग कुरा गर्दै सीईओ लामिछानेले आइतबारदेखि नै कार्यभार सम्हाल्ने बताए । व्यवस्थापनमा स्नातकोत्तर अध्ययन पूरा गरेका लामिछाने कानुन विषयमा पनि स्नातक छन् । उनी विकास बैंक संघका पूर्वअध्यक्ष समेत हुन् । रमेशकुमार भट्टराईले सीईओकाे पद छाडेपछि लामिछाने नियुक्त भएका हुन् । बैंकिङ क्षेत्रमा लामो समय बिताएका लामिछाने कैलाश विकास बैंकमा दुई कार्यकाल सीईओ भइसकेका छन् । उनकाे नेतृत्वमा कैलाश विकास बैंक विकास बैंक मध्ये उत्कृष्ट बैंक भएकाे थियाे । हाल महालक्ष्मी विकास बैंक चुक्ता पुँजी, निक्षेप, कर्जा, शाखा संख्या लगायतका सूचकांङ्कका अाधारमा सबैभन्दा अगाडि छ । नयाँ सीर्इअाेकाे नेतृत्वमा बैंकले थप उचार्इ हासिल गर्ने विश्वास बैंकले लिएकाे छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त भएका छन् । कात्तिक १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाँडेलाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । उनी यसअघि पनि साे बैंकको अध्यक्ष थिए । उनी यस बैंककाे तथा प्रमुख सेयर हाेल्डर हुन् । उनी लामाे समय यस बैंककाे कार्यकारी अध्यक्ष थिए ।