नेपाल बैंकको सञ्चालकमा सावित्री श्रेष्ठ
काठमाडौं । नेपाल बैंकको सञ्चालकमा सावित्री श्रेष्ठ नियुक्त भएकी छिन् । नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रानुसार श्रेष्ठलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जनाएका छन् ।
सेन्ट्रल फाइनान्सका सीईओ श्रेष्ठकाे कार्यभार थपियाे, कम्पनी सचिवकाे पद पनि सम्हाल्ने
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) रजोजमान श्रेष्ठको कार्यभार थपिएको छ । हालसम्म सीईओको पद सम्हाल्दै आएका श्रेष्ठले अब कम्पनी सचिवको पद पनि सम्हाल्ने भएका छन् । संस्थाको हालमात्रै बसेको सञ्चालक समितिको बैठकले सीईओ श्रेष्ठलाई कम्पनी सचिवको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कात्तिक १ गतेदेखि कम्पनी सचिवको पद सम्हाल्ने गरी उक्त पदमा नियुक्त गरिएको संस्थाको सहायक महाप्रबन्धक अशोककुमार पौडेलले जानकारी दिएका छन् ।
सिटिजन्स बैंकको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त, बैंकिङ क्षेत्रमा १५ वर्षको अनुभव
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको संचालक समितिको ३१६औं बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । श्रेष्ठले सचिव पदमा नियुक्त भएकै दिनबाटै आफ्नो कार्यभार सम्हालेका छन् । कम्पनीले कात्तिक १ गतेदेखि लागू हुनेगरी श्रेष्ठलाई सचिव पदमा नियुक्त गरेको हो । भारतकाे पुनेस्थित रहेकाे एसआईबीएमबाट एमबीए गरेका नवनियुक्त श्रेष्ठमा व्यापार वित्त, क्रेडिट र शाखा सञ्चालनको क्षेत्रमा १५ वर्षको बैंकिङ अनुभव रहेको छ ।