नबिल बैंकको सञ्चालकमा उपाध्याय नियुक्त
काठमाडौं । नबिल बैंकको सञ्चालक पदमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । उनी बैंकको संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यससँगै उनले सोहि दिन पदबहाली गरी आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त
काठमाडौं । प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा राजकुमार कार्की नियुक्त भएका छन् । फागुन ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव कार्कीले नियुक्त भएको दिनदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल, बैंकिङ्ग क्षेत्रमा २५ वर्षको अनुभव
काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरी कामु सीईओ पदमा नियुक्त गरेको हो । विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ वर्षको बैंकिङ्ग अनुभव रहेको छ । नवनियुक्त कामु सीईओ लम्सालले केन्द्रिय बैंकको नीति नियमभित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्द्रित हुने बताएका छन् ।