स्वावलम्बन लघुवित्तको सीईओमा उदयराज खतिवडा नियुक्त
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उदयराज खतिवडा नियुक्त भएका छन् । चैत १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खतिवडालाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । बैठकले आगामी चैत २६ गतेदेखि लागू हुने गरी उक्त पदमा खतिवडालाई नियुक्त गरेका हुन् । यससँगै नवनियुक्त सीईओ खतिवडाले आगामी चैत २६ गतेदेखि आफ्नो कार्यकाल सम्हाल्ने छन् ।
नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधर, यस्तो बन्यो नयाँ कार्य समिति
काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकारी तुलाधर चयन भएका छन् । आज शुक्रबार बसेको संघको २४ र २५ औं वार्षिक साधारणसभाले उनलाई नै पुनः अध्यक्ष चयन गरेको हो । उम्मेदवारी दर्ताको समय सकिँदा अध्यक्ष पदमा तुलाधरको मात्र उम्मेदवारी परेकोले उनी स्वतः अध्यक्ष भएका हुन् । उनीसँगै अन्य धेरै पदाधिकारीले पनि निरन्तरता पाएका छन् । सवै पदाधिकारी र सदस्यहरु निर्विराेध चयन भएकाे अध्यक्ष तुलाधरले बताए । उनी गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत हुन् । संघको प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्स लिमिटेडका सीईओ सुनिल पन्त, द्धितीय उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रविन्द्रचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया निर्विराेध चयन भएका छन् । यस्तै, सदस्यहरुमा मञ्जुश्री फाइनान्सका सीईओ सन्तोष निरौला, सेन्टुल फाइनान्सका सीईओ रजोजमान श्रेष्ठ, इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडका सीईओ लिलामणी न्यौपाने, प्रोग्रेसिभ फाइनान्सका सीईओ विशाल भट्टराई, गोर्खाज फाइनान्सका सीईओ लाल बहादुर थिङ्ग, वेष्ट फाइनान्स लिमिटेडका सीईओ उमेशसिँह भण्डारी निर्विराेध चयन भएका छन् । फाइनान्स कम्पनीहरुको संख्या घट्दै गएकोले पदाधिकारीमा सर्वसहमति चयन गर्ने र सबै फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई कार्यसमिति सदस्य बनाउने अभ्यास यस संघमा सुरु भएको छ । केही वर्षअघि ८८ वटा वित्त कम्पनीहरु सञ्चालनमा थिए । अहिले २० वटा वित्त कम्पनी मात्र छन् । त्यसमा नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स र क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स निस्कृय छन् । थप दुई वटा फाइनान्स मर्जर प्रक्रियामा रहेकोले कार्यसमितिमा जान इच्छुक नभएकाे बताइएकाे छ । अध्यक्ष तुलाधारले वित्तीय संस्थाहरुले आफुलाई सक्षम र काम गर्न सक्ने क्षमताकाे महसुस गरेर पुन: अध्यक्षमा चयन गरेकाे बताउँदै हालसम्म गर्न नसकेका कामहरु गर्ने प्रतिवद्धता गरे ।
नेपाल लाइफको सीईओमा नियुक्त भएका सन्तोष प्रसाईले पाए समितिको स्वीकृति
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई चैत ११ गते बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो । गत माघ २७ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । करिब डेढ महिनापछि बीमा समितिले कम्पनीको सञ्चालक समितिको उक्त निर्णयलाई स्वीकृत गरेको हो । सीईओमा उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाई लिने सञ्चालक समितिको विश्वास रहेको छ । विगत साढे ३ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए । सम्बन्धित समाचार नेपाल लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सञ्चालकमा दुई जना निर्वाचित