कालिका लघुवित्तको अध्यक्षमा खाँणसहित सञ्चालकमा ५ जना निर्वाचित
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा कृष्ण बहादुर खाँण निर्वाचित भएका छन् । बैशाख ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खाँणलाई अध्यक्ष पदमा चयन गरेको हो । बैशाख ७ गते सम्पन्न संस्थाको १०औं र ११औं साधारणसभाले समितिमा ६ जनालाई चयन गरेको थियो । यससँगै, संस्थापक समूहको प्रतिनिधित्व गर्ने गरी ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने गरी २ जनालाई सञ्चालकमा चयन गरेको हो । संस्थापक समूहबाट विकास गौचन, शान्ता कुमारी पोखरले उप्रेती र चन्द्र बहादुर क्षेत्री सञ्चालकमा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहबाट विश्वराज नेपाल र केशव नारायण प्रधान सञ्चालकमा निर्वाचित भएका छन् ।
अजोड इन्स्योरेन्सको सञ्चालकमा पौडेल र सुवेदी निर्वाचित
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पानुदत्त पौडेल र श्रृजना सुवेदी निर्वाचित भएका छन् । आज(बैशाख ७ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले दुई जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित दुई जना सञ्चालक पौडेल र सुवेदी सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने छन् । कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालय, १० बीमा काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कुल बीमाशुल्क ८८ करोड ४३ लाख रुपैयाँ संकलन गरि खुद नाफा ४ करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमाकोषमा ६ करोड २३ लाख रुपैयाँ संचित रहेको कम्पनीले जनाएको छ । अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३ प्रतिशत, खुद नाफामा २४७.३९ प्रतिशत, एवं बीमाकोषमा १०४.०८ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ ।
अजोड इन्स्यारेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल
काठमाडौं । अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल नियुक्त भएका छन् । बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई विज्ञ सञ्चालकमा नियुक्त गरेको हो ।