ओलीले लिए प्रधानमन्त्रीको सपथ
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
सिटिजन्स बैंकको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारी नियुक्त
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त भएका छन् । बैंकले शुक्रबार सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारीलाई नियुक्त गरेको हो । सूचना अधिकारीमा नियुक्त भएका राजेन्द्रलाल श्रेष्ठ करिव २२ वर्षदेखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका छन् । उनले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन् । भारतको पुणे स्थित सिम्बायोसिस इस्टीट्यूट अफ बिजनेस मैनेजमेंटबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठसँग शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा अब्बल दक्ष्ता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथसाथै कम्पनी सचिवको रुपमा समेत कार्यरत छन् । प्रवक्तामा नियुक्त भएका नारायण राज अधिकारीसँग करिब १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् । ‘भित्र सिस्टम र बाहिर इमेज’ को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्कि रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उनीहरुको लामो अनुभवले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।
अर्थसचिव शिशिर ढुङ्गानालाई रेशमा हराएका रेग्मीः काँग्रेस निकट, घर झापा
काठमाडौं । आज बसेको संवैधानिक परिषदको बैठकले पूर्व सचिव माधव प्रसाद रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षका लागि सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले उनलाई अध्यक्षका लागि सिफारिस गरेको हो । राजनीतिक हिसावले काँग्रेससँग निकट भएका रेग्मी लोकसेवा आयोगको अध्यक्षको नियुक्तीका लागि सिफारिस भएपछि धेरैले आश्चर्यका रुपमा लिएका हुन् । रेग्मीको स्थायी घर भने झापा गौरादह–३ हो । उनको जन्म खोटाङ भएपनि पछि झापामा बसाइसराईं गरेका थिए । झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला समेत हो । उनले लोक सेवा आयोगमै ८ वर्ष काम गरिसेका छन् । स्थानीय विकास मन्त्रालयका पूर्वसचिव रहेका उनले शिक्षा मन्त्रालय समेत काम गरेका थिए । लोक सेवा आयोगको अध्यक्षका लागि अर्थ सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर, उनले शिशिर ढुङ्गानालाई पछि पार्दै बाजी मारेका हुन् । राजनीतिक हिसावले काँग्रेससँग निकट मानिन्छन् । तर, प्रधानमन्त्री ओलीले ढुङ्गानाको नाम हटाएर उनलाई सिफारिस गरेका हुन् । रेग्मीलाई काँगेसका सभापति शेर बहादुर देउवाको कोटाबाट नियुक्ती पाएका हुन् । उनी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन्। परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।