सिप्रदीयन सहायता संस्थाद्धारा तीन जिल्लाका बाढीपीडितलाई खाद्य सामाग्री वितरण

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले रौतहट, सप्तरी र बर्दियाका बाढीपीडितहरुलाई राहत सामाग्री अन्तर्गत खाद्यान्न बितरण गरेको छ । उक्त संस्थाले रौतहट, सप्तरी, बर्दिया जिल्लाका १ सय ७५ बाढीपीडित घरधुरीलाई दैनिक उपभोग्य सामाग्री बितरण गरेको हो । संस्थाका अनुसार स्थानीय समाजसेवी डिके झा, स्थानीयप्रहरी र जिल्ला प्रशासन कार्यालय रौतहट समेतको रोहवरमा प्रति परिवार २५ केजी चामल, ३ केजीदाल, तीन केजी चिउरा, १२ लिटर पानी, १ केजी नुुन, आधा लिटर खाने तेल, ५ प्याकेट चाउचाउ र १ प्याकेट मसलाबितरण गरिएको संस्थाले जानकारी दिएको छ । यसरी १ सय ७५ घर परिवारमा बितरण गरिएको कुुलखाद्य सामाग्रीमा एक सय ७५ बोरा चामल, एक सय ७५ प्याकेट दाल, १ सय ७५ प्याकेट चिउरा, एक सय ७५ कार्टुुन पानी, १९ कार्टुुन चाउचाउ, एक सय ७५ प्याकेट नुन, आधा लिटरको १ सय ७५ प्याकेट खाने तेल र १ सय ७५ प्याकेट मसाला रहेको कम्पनीले दिएको जानकारी दिए । संस्थाका अनुसार रौतहटमा मात्र ३ लाख ९४ हजार आठ सय ३७ रुपैयाँ बराबरको खाद्य सामाग्री बितरण गरिएको उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । संस्थाको ईटहरी शाखाको तर्फबाट पनिसप्तरी र केराबारी क्षेत्रकातीन सय १७ घरधुरीलाई पनि सातलाख ५५ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री बितरण गरेको कम्पनीले जानकारी दिएको छ । संस्थाका अनुसार ईटहरी वडा नम्वर तीनका ७५ घरधुरीलाई भाँडाकुुंडा, ईटहरीकै वडा नम्वर १७ र १९ का २७ परिवालाई भाडाँकुुडा र केराबारीका ५० परिवारलाई भाँडाकुँडा बितरण गरिएको हो भने सप्तरीको एक सय ६५ परिवारलाई खाद्य सामाग्री बितरण गरिएको  छ । संस्थाले नेपालगञ्जशाखाको तर्फबाट पनिबर्दियाका एक सय ३८ परिवारलाई ३ लाख २२ हजार चार सय ८५ रुपैयाँ बराबरको खाद्य सामाग्रीबितरण गरिएको छ । सस्ंथाका अनुसार प्रति परिवार २० केजी चामल ,३ केजी दाल, दुई केजीचिउरा, २ केजीचिनी, १ प्याकेट नुन, २ लिटर खाने तेल र पानी समेत बितरण गरिएको संस्थाले जनाएको छ ।  

१८ वटा सिँचाइ आयोजनामा क्षति

सप्तरी । हालै आएको बाढीपहिरोको कारण जिल्लामा सञ्चालित विभिन्न १८ वटा सिँचाइ आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीद्वारा सञ्चालित नयाँ र पुरानो सिँचाइ आयोजना क्षतिगस्त हुँदा करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । सिँचाइ आयोजनाका सम्पूर्ण काम समेत प्रभावित भएका छन् । कार्यालय प्रमुख अशोक साहका अनुसार जिल्लाको खाँडो, मोहुली, जिता, खडक, बिहुल र त्रियुगा, सप्तकोशी नदीको बाढीसँगै बालुवा ढुङ्गा तथा माटोले सिँचाइ आयोजना पुरिँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । बाढीका कारण सडक सिँचाइ आयोजना कल्याणपुरमा हेडवर्कस र गाइड बै‌‌क टुटेको, पाचौँ सिँचाइ आयोजना अर्नाहामा बालुवा पुरिएर क्षतिग्रस्त भएको, शहिद गोविन्ददह सीतापुर आयोजनाको बेक फुटेको र रिटेलिङ वाल भत्केको, बलान सिँचाइ आयोजना मलहनिया बालुवाले पुरिएको तथा बैंकसमेत बगाएको, बिहुल सिँचाइ आयोजनाको हेडर्वक टुटेको र पश्चिम तर्फबाट बैंक भत्काई खोला त्यसमा सिफ्ट भएको छ । त्यस्तै, क्षतिग्रत भएका आयोजनामा सुरुङ्गा सिँचाइ आयोजना पोखरियामा बालुवाले पुरेको, मोहुली सिँचाइ आयोजना जन्डोलमा खोला सिफट भएको, बिघना सिँचाइ आयोजना कुशाहाको हेडवर्कस ओभर टन भएको, आअमसोत सिँचाई आयोजना प्रशवनीको हेडवर्कस ओभरटर्न भएको र खडक सिँचाइ आयोजना मैनासहस्रबाहुको बैंक कटिङ भएको छ । त्यस्तै, बलान सिँचाइ आयोजना हर्दिया, देवधार सिँचाइ आयोजना जमुवा, पोर्डासिँचाइ आयोजना, सुन्दरी सिँचाइ आयोजना धर्मपुरको कुलो पुरिएको र ठाउँ ठाउँमा भत्केको, सिरेला बाँध सिँचाइ आयोजना बनोली बाँध बगाएको, भोक्रदह सिँचाइ आयोजना शम्भुनाथ–३ डगराहीको स्यिपल वे भत्केको र कुलो पुरिएर फुटाएको, अमहा सिँचाइ आयोजना मल्हनमा बाँध पूर्णरुपमा क्षतिग्रस्त भई नहर बिग्रेको तथा डुम्बर जोर सिँचाइ आयोजना हरिहरपुरको हेडवर्क र बै‌क क्षतिग्रस्त भएको बताइएको छ । कार्यालयका अनुसार क्षतिग्रत आयोजना तत्काल सञ्चालन गर्न १० करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान छ । पूर्णरुपमा आयोजनालाई विगतको स्थितिमा लाउन ४० करोड रुपैयाँ भन्दा बढी खर्च लाग्ने बताइएको छ । उक्त १८ वटा आयोजना सञ्चालनबाट सप्तरीको नौ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ हुँदै आएको थियो । रासस

वैकल्पिक ऊर्जाले लघु तथा साना आयोजनाका लागि माग्यो प्रस्ताव

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले चालु आर्थिक वर्षमा लघु तथा साना जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव मागेकोे छ । राष्ट्रिय प्रसारणलाइनको पहुँच भन्दा बाहिरका जनतालाई बिजुली सेवा दिनका लागि आवश्यक आयोजना निर्माण गर्न केन्द्रले प्रस्ताव आब्हान गरेको हो । क्षेत्रमा निर्माण निर्माण हुने सामुदायिक वा सहरी वा निजी वा सार्वजनिक निजी साझेदारी स्वामित्वमा आधारित लघु तथा साना जलविद्युत आयोजना निर्माण गर्न इच्छुक प्रवद्र्धकलाई केन्द्रमा सम्पर्क गर्न भनेको छ । पा्ररम्भिक संभाव्यता अध्ययन तथा बिस्तृत संभाव्यता अध्ययन केन्द्रले तोकेको मापदण्ड अनुसार हुनपर्ने केन्द्रले जनाएको छ । साथै, सो सम्बन्धि आवेदन फारम, मापदण्ड केन्द्रको वेभसाइटबाट प्राप्त गर्नुपर्ने जानकारी दिएको छ । इच्छुक प्रवद्र्धकहरुले केन्द्रको स्वस्कृत ढाँचाको आवेदन तथा प्रारम्भिक संभाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने केन्द्रले जाकारी दिएको छ । साथै, प्रवद्र्धक आफैँले केन्द्रले तोकेको मापदण्ड अनुसार बिस्तृत संभाव्यता अध्ययनको प्रतिवेदन तयार गरी अनुदान माग गर्न सकिने व्यहोरा समेत जानकारी गराएको छ ।