पछिल्लो समयमा एन्टिजेन परीक्षणको मात्रा बढाएका छौं – गाउँपालिका अध्यक्ष कुर्मी

अहिले विश्व नै कोरोना महामारीको सङ्कटमा छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण प्रदेश २ अन्तर्गत पर्सा जिल्लामा पर्ने धोबीनी गाउँपालिका पनि नराम्रोसँग प्रभावित बनेको छ । गाउँपालिकामा फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनीकरणका लागी गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ । महामारी नियन्त्रणमा गाउँपालिकाले कस्तो भूमिका खेल्दैछ, महामारी नियन्त्रणमा कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद कुर्मीसँग विकासन्युजका लागी राजिब न्यौपानेले कुराकानी गरेका छन् । गाउँपालिकामा पनि कोरोना सङ्क्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनीकरण गर्नको लागी के कसरी काम गर्दै हुनुहुन्छ ? नयाँ भेरियन्ट सहितको दोस्रो लहरको रूपमा फैलिएको कोरोना भाइरसले पीडा दिएको छ । गाउँपालिकामा कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेको छ । कोरोना सङ्क्रमण दर हामीले कल्पना गरे भन्दा द्रुत रूपमा फैलिएको छ । पालिकाको वडा नं. २ मा कोभिड अस्पताल पनि सञ्चालन छ भने आइसोलेसन सेन्टरमाको पनि व्यवस्था गरेका छौं । कोभिड अस्पतालका लागी आवश्यक जनशक्ति, डाक्टर, नर्सको व्यवस्थापन गरिसकेका छौं । यो महामारी नियन्त्रणका लागी स्वास्थ्यकर्मीहरुकोे भूमिका पनि अमूल्य छ । कोरोनाबाट नागरिकहरू संक्रमित भए भने पालिकाले तयार गरेको आइसोलेसनमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि २ ओटा एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । सङ्क्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्न हामी सबै लागिपरेका छौं । पालिकामा उपचार हुन सकेन भने अन्य ठाउँमा रेफर गर्ने व्यवस्था मिलाएका छौं भने एम्बुलेन्सको व्यवस्था पालिकाले गरिदिँदै आएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले जनचेतनामुखी कार्यक्रम र सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं । गाउँपालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? गतवर्ष चाहिँ पालिकामा नै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएका थियौं । पालिकाले एन्टिजेन परीक्षण गर्ने किट पनि खरिद गरेको छ । एन्टिजेन परीक्षण चाहिँ पालिका आफैंले गर्दै आएको छ । कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीलाई एन्टिजेन परीक्षण गर्दै आएका छौं । पछिल्लो समयमा एन्टिजेन परीक्षणको मात्रा बढाएका छौं भने स्वास्थ्यकर्मीको टोलिले टोलटोलमै पुगेर परीक्षण पनि गर्दै आउनु भएको छ । एन्टिजेन र पीसीआर परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । गाउँपालिकाले भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिहरूलाई क्वारेनटाइनको व्यवस्था गरेको छ ? यस समयमा बाहिरी जिल्लबाट आएका मानिसहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी आग्रह गरेका छौं । हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । भारत वा तेस्रो मुलुक अथवा देश भित्रैबाट आउनेलाई होम क्वारेन्टाइनमै रहन भनिरहेका छौं । बाहिरी जिल्लाबाट आएका नागरिकलाई स्वास्थ्य समस्या आयो भने तुरुन्त परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । पछिल्लो समयमा भारतबाट पालिकामा प्रवेश गर्नेको संख्या पनि न्यून छ । गत वर्ष देखि कामको खोजीमा भारत कमै मात्रामा गएका छन् । होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनुभएको छ ? होम आइसोलेसनमा बसेका कोरोनाका बिरामीहरूको स्वास्थ्य अवस्था बारे बुझिरहेका छौं । मलाई पनि कोरोना संक्रमणको पुष्टी भएको कारण एक महिना बिरामी परेको थिएँ । गाउँपालिकाले सङ्कलन गरेको तथ्यांकअनुसार संक्रमितमध्ये धेरैजसो होम आइसोलेसनमा नै बसेका छन् । गाउँपालिकामा संक्रमितको संख्या बढ्दै जाँदा हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । स्वास्थ्यकर्मीहरुले कोभिडसँग सम्बन्धित लक्षण देखिएका बिरामीलाई सकेसम्म पीसीआर नत्रभने एन्टिजेन परीक्षण गर्दै आउनुभएको छ । परीक्षण गरिसकेपछि कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागी आग्रह गरेका छौं । हामीले टोलटोलमा गएर स्वास्थ्य सामाग्रीहरु पनि वितरण गरेका छौं । हाम्रो प्रत्येक वडामा स्वास्थ्य इकाई पनि छ । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले वा वडाध्यक्षले पनि बुझ्दै आउनुभएको छ । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनुभएको छ । होम आइसोलेसनमा बसेकालाई औषधि उपलब्ध गराउने गरेका छौं । गाउँपालिकाले आफ्नो क्षेत्रमा राहतका प्याकेजहरू पनि ल्याएको छ कि ? निषेधाज्ञाले गर्दा धेरै नागरिकलाई समस्या त भएको छ । गत वर्ष चाहिँ विपन्न वर्गको लागी राहतका कार्यक्रमहरू ल्याएका थियौं । यो महामारीको समयमा चाहिँ राहत वितरण गर्न सकेका छैनौं । गरिबलाई भन्दा धनीलाई धेरै राहत चाहिन्छ । राहत वितरण गर्दा सीमित विपन्न वर्गले मात्र पाउँछन् । यसरी नै कोरोनाको संक्रमण पालिकामा फैलिँदै गयो भने राहतका कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यकता र अनिवार्यता छ । कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोभिडले पालिकाको समग्र विकास निर्माणका साथै विभिन्न क्षेत्रहरूमा प्रभाव पारेको छ । कोरोना महामारीका कारण पालिकामा निषेधाज्ञा भयो । हामी जनप्रतिनिधि भएपछि जनताको जीवन रक्षा गर्नका लागि आवश्यक पर्ने कामलाई प्रथामिकतामा राखेका छौं । यस महामारीले पालिकाको विकास निर्माणतर्फ धेरै ठूलो असर भने पुर्याएन । निषेधाज्ञाको समयमै पनि केही विकास निर्माणको काम सञ्चालन भइनै रहे । बर्षायाम भएको कारण केही विकास निर्माणको कामहरु रोकिएका छन् । संक्रमण थप नफैलिओस् भन्नका लागी के उपाय अपनाउनुभएको छ ? स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबैजना मिलेर टोल बस्तीमै गएर सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । पहिलाको तुलनामा केही हदसम्म नागरिकहरू पनि सचेत भएका छन् । होम आइसोलेसनमा बस्नेलाई स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत आवश्यक परामर्श दिन्छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । अहिलेसम्म हामीले कोरोना रोकथाम र संक्रमितको उपचारमा सकेजति गरिरहेका छौं । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागी के कस्तो सहयोग मिलेको छ ? प्रदेश र केन्द्रबाट जोखिम न्यूनीकरण गर्नको लागी सहयोग मिलेको छ भने समन्वय पनि भइरहेको छ । प्रदेश र केन्द्रले स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ । यो महामारी नियन्त्रण गर्नको लागी पालिकामा बजेटको अभाव भएको छ कि छैन ? कोभिड नियन्त्रणका लागी पालिकामा बजेटको समस्या छैन । आवश्यक परे बजेटका लागी पनि प्रदेश सरकारसमक्ष माग्ने गरेका छौं । कोभिड नियन्त्रणका लागी आवश्यक बजेट छ । बजेटको कुनै समस्या छैन । कोरोना महामारीलाई नियन्त्रण गर्न आवश्यक बजेट पनि हामीले छुट्याएका छौं । कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चहनुहुन्छ त ? धोबीनी गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगरी दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागिपरेका छौं । नआत्तिनुहोस्, धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहनुहोस् भन्न चाहन्छु । यो महामारी पालिकामा नियन्त्रणमै छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ । त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

गाउँपालिका उपाध्यक्ष भन्छिन् – हाल पालिकामा कोहिपनि संक्रमित छैनन्

कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व नै आक्रान्त छ । गत वर्ष नेपालका गाउँ तथा समुदायस्तरमा कमै मात्रामा फैलिएको कोरोना हाल भने कब्जा नै जमाएर फैलिरहेको छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत जिल्लामा पर्ने चौकुने गाउँपालिका पनि निक्कै प्रभावित बनेको छ भने हाल महामारी रोकथाम तथा नियन्त्रण गर्नमा कम्मर कसेर जुटिरहेको छ । महामारी नियन्त्रणमा गाउँपालिकाले कस्तो भूमिका खेल्दैछ, महामारी नियन्त्रणमा गाउँपालिकाले कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाकी उपाध्यक्ष निर्मला मगरसँग विकासन्युजका लागी राजिब न्यौपानेले कुराकानी गरेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी तपाईंको गाउँपालिकाले के–कस्ता कार्य गरिरहेको छ ? तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकामा यस महामारी न्यूनीकरण गर्नको लागी विभिन्न काम गरिरहेका छौं । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । पालिकामा कोरोनाको प्रभाव परेसँगै ५० बेडको आइसोलेसनको पनि स्थापना गरेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ भने सबै वडामा माइकिङ पनि गर्दै आएका छौं । हाम्रो पालिका अलिक बिकट क्षेत्रमा पनि पर्छ । यो महामारी न्यूनीकरण गर्नको लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्री पनि हामीले खरिद गरेका छौं । केही समय अगाडि सबैतिर अक्सिजनको चरम अभाव भई रहँदा हाम्रो पालिकामा पनि अक्सिजनको अभाव भएको थियो । तर, हाल हामीले पालिकाको स्वास्थ्यचौकीमा अक्सिजनको पनि आपूर्ति गरेका छौं । कोरोनाबाट नागरिकहरू संक्रमित भए भने पालिकाले तयार गरेको आइसोलेसनमा ल्याई उपचार गर्छौँ । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागी सबै लागिपरेका छौं भने महामारीलाई नियन्त्रण गर्नको लागी स्वास्थ्यकर्मीहरुले पनि ठूलो भूमिका खेलिरहनुभएको छ । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं । पछिल्लो समयमा भने पालिकामा कोहिपनि संक्रमित छैनन् । पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? पीसीआर गर्नको लागी पालिकामा ल्याब छैन । स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणको लागी जिल्ला अस्पताल वा प्रदेशको अस्पताल पठाउछौं । वडा कार्यालयसँग समन्वय गरी कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर र एन्टिजेन परीक्षण गर्दै आएका छौं । पछिल्लो समयमा एन्टिजेन परीक्षणको मात्रा बढाएका छौं । पीसीआर र एन्टिजेन परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । हामीले प्रत्येक स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामाग्री पनि वितरण गरेका छौं । पालिकाको सबै वडामा स्वास्थ्य इकाई भएको कारण वडा वडामा नै एन्टिजेन परीक्षण गर्दै आएका छौं । होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनुभएको छ ? पालिकामा संक्रमितको संख्या बढ्दै जाँदा हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । स्वास्थ्यकर्मीहरुले कोभिडसँग सम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर वा एन्टिजेन परीक्षण गर्दै आउनुभएको छ । परीक्षण गरिसकेपछि कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागी आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले वा वडाध्यक्षले पनि बुझ्दै आउनुभएको छ । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनुभएको छ । होम आइसोलेसनमा बसेकालाई औषधि इत्यादि उपलब्ध छौं । तर हाल पालिकामा संक्रिय संक्रतिको संख्या छैन । पालिकामा संक्रमितको संख्या छैन र जोखिम न्यूनीकरण भइसकेको छ भन्नु भयो संक्रमण थप नफैलिओस् भन्नेर कस्तो रणनीति अवलम्बन गर्नु भएको छ ? स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । बाहिरी जिल्लाबाट आएका मानिसहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । यस महामारी थप नफैलियो भनेर पालिका स्तरबाट स्वास्थ्य सामाग्री र आइसोलेसनको व्यवस्थापन गर्ने हो । यसलाई नियन्त्रण गर्नका लागी पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो, मास्कहरू लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गरी भिडभाडमा जानु हुँदैन र नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ । संक्रमणको परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । जहाँजहाँ कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिन्छ त्यहाँ तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमण फैलन नदिने र परीक्षणको दायरा पनि बढाएर अघि बढ्ने हो भने कोरोना नियन्त्रण अवश्य हुनेछ । आइसोलेसन र क्वारेन्टिन पनि थपेर चुस्त दुरुस्त रूपमा अघि बढ्ने योजना रहेको छ । दोस्रो लहरको पनि कोरोना आयो अब तेस्रो लहरको संक्रमण आउन सक्नेतर्फ सचेत हुँदै काम गर्ने योजना बनाएका छौं । कोभिड नियन्त्रण गर्नको लागि आवश्यक बजेट व्यवस्थापन गर्नको तयारी पनि गर्दैछौं । कोभिडको समय छ, पालिकामा धेरै नागिरकहरू कृषि पेशामा आवद्ध छन्, खेतीको समय पनि हुँदैछ, पालिकाले यो समयमा कृषि क्षेत्र विकासका लागी कसरी काम गर्दै छ नि ? हो, यहाँ धेरै नागरिकहरू कृषि पेशमा नै आवद्ध छन् । पालिकामा पातलो बस्ती रहेको छ । पालिकाको तर्फबाट आवश्यक कृषकहरुलाई सहयोग गर्दै आएका छौं । खेतबारीमा काम गर्दा पनि कृषकहरूलाई आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छौं । पालिकामा भ्याक्सिन लगाउनेको संख्या के छ ? पालिकाका जनप्रतिनिधि र कर्मचारीले भ्याक्सिन लगाएका छन् । यस बारे यतिले नै भ्याक्सिन लगाएका छन् भने चाहिँ राम्रो जानकारी भएन । ६० देखी ६४ वर्ष सम्मकालाई खोप लगाउनको लागी खोप पालिकामा आएको छ । जोखिम न्यूनीकरण गर्नको लागि पालिकामा बजेट अभाव छ कि छैन ? यो महामारी न्यूनीकरण गर्नको लागि हामीलाई बजेटको अभाव नै छ । कोरोना रोकथाम र नियन्त्रणको लागी जति बजेट हुनुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागी बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागी खर्च गरिरहेका छौं । यो रकमबाट नै हामीले स्वास्थ्य सामाग्रीको खरिद गरेका छौं । कोरोना नियन्त्रण भनेर नै हामीले बजेट धेरै छुट्याएका थिएनौं । पालिकामा भएको विकास बजेटहरू विकास निर्माणकै काममा खर्च भइसकेको छ । कोरोना रोकथाम र नियन्त्रणको लागी बजेट बनाउने तयारी पनि हुँदै छ । कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? एकदमै ठुलो असर पुर्याएको छ । कस्तो खालको असर पारेको छ भने एकातिर ठेक्का टेन्डरहरू गरेका विकास निर्माणका काम समयमै सम्पन्न गर्न सकेका छैनौँ । गएको वर्ष त कामदारहरू नै घर फर्कने स्थिति सिर्जना भयो । त्यसो हुँदा काममा ढिलाइ भएको छ । अर्को चाहिँ हामीले विनियोजन गरेको योजनामा जुन स्रोतबाट पैसा आउँछ भनेका थियौँ त्यो आएन । योजना बाँकी नै रहँदा एक त आर्थिक स्रोतका कारणले असर प¥यो । अर्को जनशक्तिका कारणले समयमै काममा लगाउन नसक्ने अवस्थाले ढिलाइ भएर असर परेको स्थिति छ । सानासाना तालिमका कामहरू पनि रोकिएका छन् । गाउँपालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ कि छैन ? भाइरल ज्वरोको मौसम भएको कारणले पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको थियो । एक समय सबैलाई कोरोनासँग अन्तरसम्बन्धित लक्षणको बिरामीहरू धेरै थिए । मौसम परिवर्तन भएको कारणले पनि कोरोना महामारी न्यूनीकरण भएको छ । हाम्रो पालिकाका सबै वडा नै कोभिड बाट अछुतो छैन । कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चाहनुहुन्छ त ? चौकुने गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगर्दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफू मात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा कोरोना भाइरस अवश्य नियन्त्रण हुन्छ । यस भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारीको संक्रमण झन् धेरै फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

काठमाडौं महानगरले काेभिड प्रभावित करदातालाई विशेष छुट दिने

काठमाडौं ।  काठमाडौं महानगरले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई करमा विशेष छुट दिने भएको छ । बिहीबार महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले कोभिड प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट/सहुलियत दिने बताएका हुन । महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने जनाएको छ । सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ‘यसका लागि वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ । यस कार्यका लागि निजी क्षेत्र समेत परिचालन गरिनेछ,’ नीतिमा भनिएको छ । कोभिड–१९ बाट प्रभावित व्यवसायहरु (जस्तै होटल, पर्यटनलगायतका क्षेत्र) लाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख छ ।