काेराेना विरूद्द लड्न ज्याेती ग्रुपकाे सरकारलाई १० थान स्प्रे सहयाेग
काठमाडौं । ज्योतीले ज्योति ग्रुप र स्याकर ट्रेड कम्पनीले सरकारलाई १० थान स्प्रे सहयाेग गरेकाे छ । कोरोना भाइरस नियन्त्रण तथा जोखिम कम गर्नका लागि उद्याेगी शाैरभी ज्याेतीकाे ज्याेती ग्रुपले १० थान हाेण्डा ब्याकप्याक स्प्रे सहयोग गरेको हाे । विश्वर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को रोकथामका लागि मंगलबार उद्योगी शौरभ ज्योतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई १० थान स्प्रे हस्तान्तरण गरेका हुन् । ज्योतीले ज्योति ग्रुप र स्याकर ट्रेड कम्पनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० होन्डा ब्यागगप्याक स्प्रेयर प्रदान गरेका बताएका छन् । सो स्प्रेयरहरू सार्वजनिक क्षेत्रहरूको कीटाणुरहित गर्न र भाइरसलाई फैलिनबाट नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ ।
प्रदेश २ मा १ सय ३ जनाको स्वाब परिक्षण, सबै रिपोर्ट निगेटिभ
जनकपुरधाम । प्रदेश २ बाट १ सय ३ जनाको कोरोना परिक्षण भएको छ । परिक्षण भएका सबैको रिपोर्ट निगेटिभ आएको प्रदेश २ सरकारले जनाएको छ । प्रदेश २ सरकारले मंगलबार गरेको मिडिया ब्रिफिङ मार्फत उक्त जानकारी दिएको हो । सामाजिक विकास मन्त्रालय प्रदेश नम्वर २ का सचिव रामप्रसाद घिमिरेले मिडिया ब्रिफ मार्फत दिएको जानकारी अनुसार प्रदेश २ मा हालसम्म ९ सय ३६ जनालाई क्वारेनटाइनमा राखिएको छ । यसैगरी, १२ सय १३ जनालाई होम क्वारेनटाइनमा राखिएको छ । मिडिया ब्रिफिङमार्फत उनले भने, ‘नेपाल सरकारले लागू गरेको लक डाउनलाई पूर्ण रुपमापालन गराउन सुरक्षा निकाय र स्थानीय सरकारकाहरुले भारतीय सीमा क्षेत्रमाउच्च सतर्कता सावधानीअपनाई रहेका छन् । खुला सीमाका कारण लुकीछिपी नेपाल पस्न सक्ने अवस्थालाई मध्यनजर गर्दे सीमा क्षेत्रमा सुरक्षाका हर संभव प्रकृयाहरुलाई कार्यान्वय नगरिएको छ ।’ भारतहुँदै सप्तरी जिल्ला स्थित डाक्नेश्वरी नगरपालिकाको सीमा क्षेत्रबाट लुकीछिपी प्रवेश गरिरहेका पाँच जना नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको घिमिरेले जनाए । गत चैत २३ गते रातको समयमा नेपालप्रवेश गरिरहेका पाँचजनालाई चैत्र २४ गते स्थानीय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईमा राखिएको जानकारी उनले दिए। उनका अनुसार पाँच जनामध्ये तीनजनामुस्लिम समुदाय सम्वद्ध तकलिवी जमात अर्थात धार्मिक भेलाकालागि नेपालबाट भारत गएको बुझिएको छ । पाँच जनामध्ये एक/एकजना डाक्नेश्वरी नगरपालिका वडा नम्वर १ र ५ का नागरिक रहेको र वाँकी ३ जना वडा नम्वर ७ का रहेको खुल्नआएको छ । प्रदेश नम्वर २ अन्तर्गत भारतसँग सीमा जोडिएका १०९ वटै नाकाहरु पूर्ण रुपमाबन्द रहेको घिमिरेले जानकारी दिए । अति आवश्यक सामाग्रीहरुको आयात तथा निर्यातलाई निर्वाध रुपमा चल्न दिने नेपाल सरकारको निर्देशन अनुरुप पर्सा जिल्लामा रहेका विभिन्न भन्सारबाट मालवाहक सवारीका साधनहरु नेपालभित्रि रहेका छन् । जस अनुरुप सोमबार चैत्र २४ गते पर्सा जिल्ला स्थित एकीकृत भन्सार जाँच चौकीबाट १ सय ६४ वटा मालवाहक सवारी साधनहरु नेपाल भित्रिएका छन् भने १ सय ७ वटा खाली सवारीका साधनहरु भारत गएका छन् । कृषहरुबाट उत्पादित कृषि उत्पादनलाई बजार तथा उपभोक्तासम्म पुर्याउन प्रदेश नम्वर २ को भूमीब्यवस्था कृषितथा सहकारी मन्त्रालयले विभिन्नकार्यहरु गरिरहेको उनले बताए । प्रदेशमा रहेका कृषि सम्वद्ध सम्पूर्ण सरोकारवालाहरुलाई विउविजन, तथाचल्ला, अण्डा, तरकारी र दुध जस्ता छिटै नाशहुने बस्तुहरु र पशु स्वास्थ्य सेवा सम्वद्ध सेवाहरु निरन्तर सञ्चालनगर्न आह्वान गरिएको छ । डि.डि.सी ढल्केबर र सहकारी युनियनको सहयोगमाकिसनाले उत्पादन गरेका तरकारी, दुध र दग्धजन्यपदार्थहरु मोवाईल भ्यानतथा डिडिसिका ३० वटा आएटलेट मार्फत बजार वा उभोक्तासम्म पुर्याउने कार्य भइरहेको उनले जनाए । कोरोना भाइरस नियन्त्रणका लागि सरसफाईको प्रभावकारी भूमिका रहने तथ्यलाई मध्यनजर गर्दै यस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पीउने पानीको सहज आपूर्तिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको छ भने यसै साताबाट क्वारेन्टाईन र अस्पताल क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गर्न गइरहेको जानकारी दिए।
देशभर ९ हजार बढि क्वारेन्टिनमा
काठमाडौं । मंगलबारसम्म देशभर ९ हजार २ सय २८ जना कोरोना शंकामा क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ताका डा. विकास देवकोटाले देशभर ९ हजार २ सय २८ जना क्वारेन्टिनमा रहेको जानकारी दिएका हुन् । यस्तै काठमाडौंमा १६ जना र उपत्यका बाहिर ८४ जना आईसोलेसनमा रहेको उनले जानकारी दिए । मंगलबार साँझसम्म टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १७ सय ९६ जनाको कोरोना परीक्षण भएको छ जसमा ९ जना बाहेक सबै नमुना नेगेटिभ रहेको छ ।