सबैले मृत्यु पश्चातको अंगदान गरौं: स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यू पश्चातको अंगदान गर्न आग्रह गरेका छन् । बिहीबार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् । मृत्यूपश्चातको अंग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए । नाता पर्नेजति सबैले मृगौला दान गर्न सक्ने उनले जानकारी दिए । ‘अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ । पहिला कानून साँघुरो थियो, फेरी यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो । अहिले दान गर्न पाउने सर्कललाई हामीले ठुलो बनाएका छौँ । नाता पर्नेजति सबैले पाउँछ,’ उनले भ ने । मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मृगौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिनु नहुने बताए । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफुलाई कमजोर बनाउनु नहुने उनी बताउँछन् । ‘मृगौला दान गर्दा पनि समस्या हुँदैन । मृगौला फेरेको मान्छे पनि स्वस्थ हुन्छन् । त्यसकारण हामी मनबाट, अनेक हिसाबबाट आत्तिनु पर्दैन । दुईवटा मध्ये हामीले एउटा दान गर्दा पनि हाम्रो शरिरमा त्यति ठुलो समस्या आउँदैन र मृगौला फेरेको मान्छेहरुले पनि आफुलाई मन कमजोर बनाएर म बिरामी छु, मेरो मृगौला फेरेको छ भनेर चिन्तित हुनुपर्दैन । अन्य स्वस्थ मानिसजस्तै अथवा अन्य मृगौला नफेरेका मानिसजस्तै मृगौला फेरेको मान्छे पनि उत्तिकै स्वस्थ हुन्छन् र जीवनमा त्यत्तिकै योगदान गर्न सक्छन् । काम गर्न सक्छन् । सिर्जनात्मक सोँच अनुसार अगाडी बढ्न सक्छन्,’ उनले भने । १० मार्चको दिन मनाइने विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
नर्भिकको सेवा थप डिजीटाइज्ड, क्यूआरकोड स्क्यान गरे सबै सूचना पाइने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआरकोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ । नर्भिक अस्पतालले उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन चाहनेले वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता अन्त्य गर्दै क्यूआर कोड स्क्यान गरी ती विषयमा सहजै आवश्यक सबै जानकारी लिनसक्ने विशेषतासहितको सेवा सुरु गरेको हो । यो सेवा कार्यान्वयनमा आएसँगै अब नर्भिक अस्पतालमा गरिएको ल्याबटेस्टको रिपोर्ट क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिनेछ । क्यूआर कोड स्क्यान गरेपछि सोझै ल्याब रिपोर्ट डाउनलोडन गर्ने पेजमा पुगिन्छ । यस्तै, विशेषज्ञ चिकित्सकहरुको ओपिडी समयको विषयमा आवश्यक जानकारीका लागि पनि मुख्य वेबसाइटमा गएर अप्सन खोज्न स्क्रोल गरिरहनु पर्ने छैन । ओपिडी टाइमिङको क्यूआरकोड स्क्यान गरेपछि सोझै सम्बन्धित पेजमा पुगिनेछ । सो पेजमा पुगिसकेपछि अनलाइनबाटै डाक्टरको अपोइनमेन्ट समेत लिन सकिने सुविधा उपलब्ध गराइएको नर्भिक अस्पतालले जनाएको छ । नर्भिकले उपलब्ध विशेषज्ञ चिकित्सकहरुको प्रोफाइल समेत क्यूआर कोड स्क्यान गरी हेर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ । यसैगरी, नर्भिक अस्पतालमा उपलब्ध विभिन्न स्तरका रुमहरुको विषयमा जान्न चाहनेका लागि समेत क्यूआर कोड उपलब्ध रहेको छ । यस्तै, नर्भिकको ओपिडी र आइपिडी सेवामा उपलब्ध विभिन्न हेल्थ प्याकेजहरुको विषयमा पूरा जानकारीको आवश्यकता पर्नेले समेत वेबसाइटमा अलमलि रहनुपर्ने छैन, सोझै क्यूआर कोड गरे पुग्ने फिचर थपिएको छ । कोही कसैलाई नर्भिक अस्पतालको विषयमा विवरण चाहिएमा, सम्पर्क नम्बर, ठेगाना वा यस्तै सामान्य जानकारी चाहिएमा वेबसाइट भिजिट गरिरहनुपर्दैन । त्यस्ता व्यक्तिका लागि समेत क्यूआर कोड स्क्यानको सुविधा दिइएको छ । क्यूआरकोड स्क्यान गर्नेबित्तिकै अस्पतालको ओभरभ्यू पढ्न पाइनेछ । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालको मुख्य वेबसाइटमा यसअघि नै समावेश सूचनाहरुलाई व्यवस्थित गर्न र ती सूचनासम्म छरितो ढंगले सम्बद्ध व्यक्तिको पहुँच स्थापित गर्न क्यूआर कोडको फिचर कार्यान्वयनमा ल्याइएको बताए । ‘सबै सूचना यसअघि पनि वेबसाइटमा अपलोड नै थियो । तर क्यूआर कोडले वेबसाइट स्क्रोल गर्नुपर्ने बाध्यता हट्यो । सर्टकर्ट बाटो क्रिएट गरिएको मात्र हो,’ उनले भने–‘यसबाहेक नर्भिकले विगतदेखि नै क्यूआर कोड स्क्यान गरेर अस्पतालको बिल तिर्न सकिने सुविधा समेत उपलब्ध गराइरहेकै छ ।’ क्यूआर कोडको फिचर थपिएपछि सूचना चाहने सेवाग्राहीको समयको बचत हुने र सर्टकर्ट विकल्प उपलब्ध हुने भएका कारण सेवा लिनेका लागि सहजता हुने समेत उनको भनाई छ ।
एभरेष्ट अस्पतालमा नारी दिवसको दिन नि:शुल्क स्वास्थ्य शिविर
काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालले फागुन २४ गते नारी दिवसको दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । अस्पतालले विशेषगरी स्त्री रोगसँग सम्बन्धित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । बरिष्ठ स्त्री रोग तथा निसन्तान विशेषज्ञ डा। जोत्सना शर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा निसन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले स्तर क्यानसरको नि:शुल्क ओपिडी सञ्चालन गर्ने भएका छन् । अस्पतालको अनुसार यस सेवा २४ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा स्त्री रोग तथा निसन्तान सम्बन्धी निस्शुल्क स्वास्थ्य परिक्षण र स्तन क्यान्सर सम्बन्धी सम्पूर्ण रोगको परामर्श जाचँ एवंम उपचार गरिने बताइएको छ । नेपाली समाजमा दिन प्रति दिन बाजोपन तथा स्त्री रोगको समस्या तथा स्तन क्यानसरको समस्या दिन प्रति दिन बढ्दो देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुख दिपक चन्द्र बरालले बताए । उनका अनुसार शिविरमा निशुल्क स्वास्थ्य परिक्षण र परामर्श साथै प्याप स्मेर जाँच गर्दा कुनै शुल्क नलाग्ने र अल्ट्रासउन्डमा ५० प्रतिशत र ल्याब टेस्टमा ३० प्रतिशत र अन्य अस्पतालले दिने सेवा समेत ३० प्रतिशत छुट दिइनेछ । पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएको, पाठेघर निकाल्ने शल्याक्रिया, लगायत स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएका र ल्याप्रोस्कोपी सर्जरीबाट बाटै अप्रेशन गर्नु नै पर्ने अवस्था आएमा पनि यस शिविरको दिन ३० प्रतिशत छुटको व्यवस्था मिलाएको अस्पतालले जनाएको छ ।