नर्सिङ संघ निवार्चनमा चन्द्रकला शर्माको समूहको उम्मेदवारी घोषणा, यस्ता छन् २८ बुँदे प्रतिबद्धता
काठमाडौं । नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्यसमिति निर्वाचन यही मंसिर २८ गते हुने भएको छ । निर्वाचनमा भाग लिने उम्मेदवारको नामावलीसहित संयुक्त प्रगतिशील समूहले २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राध्यापक चन्द्रकला शर्माको समूहले प्रतिवद्धता सार्वजनिक गरेको हो । ३३ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएकी शर्माले लामो समयदेखि बटुलेको अनुभव काममा लगाउन अध्यक्षको उम्मेद्ववारी दिएको बताइन् । उनले अझै पनि नेपाली नर्समाथि विभिन्न किसिमका विभेद श्रम शोषण भइरहेको बताउँदै दरिलो नीति बनाएर कार्यान्वयन गर्ने बताइन् । विसं २०१८ सालमा स्थापना भई संयुक्त प्रगतिशील समूहले नर्सहरूको पक्षमा वकालत गर्दै आइरहेकाे उल्लेख गरिन् । उनले नर्सिङ पेशामा आबद्ध नर्सहरूको पेशागत हकहित, अधिकार, वृति विकास, स्वच्छ शैक्षिक वातावरण निर्माणका लागि काम गर्नुपर्ने बताइन् । शर्माको समूहमा वरिष्ठ उपाध्यक्षमा प्रा. रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा डा. देवकाकुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसादेवी आचार्यको नाम रहेको छ । यस्तै, खुला सदस्यमा मेनुका पोख्रेल, जनजाति सदस्यमा हरिप्रसाद कोजु, आदिवासी सदस्य कला बस्याल गुरुङ, दलित सदस्यमा कोपिला विश्वकर्मा, सदस्य मधेसीमा पासपति जयसवाल, मुस्लिममा सेवनाज वेगम, अनमीमा जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा रहेका छन् । यस्तै, नेपाल नर्सिङ परिषद सदस्यको लागि राधिका आचार्य, सुमिता पाठक र राजदेवी अधिकारीको उम्मेदवारी रहेको छ । शर्मा समूहको प्रतिबद्धता १. निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरूलाई नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधा को व्यवस्था गर्न सरोकारवाला निकायहरूसँग पैरवी गर्ने। २. रात्रिकालीन सेवाको एक दिनको तलब बराबर र सार्वजनिक बिदा तथा चाड पर्व बिदाका दिनहरूमा सेवा गरे बापत यथोचित भत्ताको व्यवस्थाका लागि पहल गर्ने। ३ सेवा केन्द्र र सेवा प्रवाहको प्रकृति अनुसार जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितताको लागि पहल गर्ने। ४. नर्स/ महिला कार्यरत सबै संस्थाहरूमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउन पहल गर्ने। ५. सम्पूर्ण नर्सिङ क्याम्पसमा सम्बन्धित विश्वविद्यालयको मापदण्ड अनुसार Nursing Faculties को व्यवस्था र वृत्ति विकास गर्न पहल गर्ने । ६. स्कूल हेल्थ नर्स प्राेगामलाई सम्पूर्ण विद्यालयहरूमा दरबन्दी विस्तार र विद्यालय नर्सको स्थायी व्यवस्था, क्षमता र वृत्ति विकासको लागि पहल गर्ने। ७. पचास जना भन्दा बढी कामदार भएका उद्योगहरूमा औद्योगिक नर्सको व्यवस्थाका लागि पहल गर्ने। ८. सुत्केरी भएको २ वर्ष सम्म र ५० वर्ष नाघेका नर्सहरूलाई नाइट ड्युटी गर्न नलगाउने नीतिगत व्यवस्थाको लागि पहल गर्ने। ९. मिनिमम सर्भिस स्ट्यान्डर्डअनुसार नर्स बिरामीको अनुपात कायम गर्न सरोकारवाला निकायहरूसँग पैरवी गर्ने । १०. शिक्षक विद्यार्थीको अनुपात, शैक्षिक क्यालेण्डर, अभ्यास तालिका र त्यसको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा जोड दिने । नर्सिङका पाठ्यक्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकता अनुसार पूनः परिमार्जित गराउन पहल गर्ने । ११. अवकाश प्राप्त नर्सहरूको क्षमता र अनुभवलाई कदर गर्दै सृजनात्मक कार्यमा सहभागी गराउन पहल गर्ने । १२. आन्तरिक तथा अन्तर्राष्ट्रिय तालिम र अध्ययनका अवसरहरू वृद्धिका लागि पहल र अवसरहरूको वितरणको सुनिश्चितताको लागि पहल गर्ने। १३. नर्सहरूको दरबन्दी माग र परिपूर्ति गर्ने कुराको सुनिश्चितता गराउन दरबन्दी सृजना गर्न पैरवी गर्ने। १४. विशिष्टीकृत योग्यता भएका नर्सहरूलाई योग्यता अनुसार दरबन्दी सृजना गरि जिम्मेवारी सहित उपयुक्त स्वास्थ्य संस्थामा पदस्थापनका लागि पहल गर्ने। १५. सेवा प्रवेशको निश्चित समय पछि योग्यता र अनुभवको आधारमा सबैको पेशागत सुनिश्चितताका लागि विशेष पहल गर्ने। दुर्गमको कारणले रोकिएको वृत्ति विकासलाई सहजीकरण गर्न पहल गर्ने। १६. नर्सिङ शिक्षा विस्तार गर्दै नर्स प्रायाक्टिसनर विधाहरू सुरुवात गर्ने १७. अ.न.मी. हरुलाई विशेष कार्यक्रम अन्तरगत स्टाफ नर्स/मिडवाइफमा अध्यापन गराउन छात्रवृत्तिको व्यवस्था गर्न पहल गर्ने र स्टाफ नर्स पास गरी सकेका अ.न.मी. हरुलाई स्टाफ नर्समा पदस्थपाना गराउन पहल गर्ने। १८. नर्सिङ संघलाई सबै प्रदेशमा विस्तार गरी प्रादेशिक नर्सिङ संघ, ७७ वटै जिल्लामा जिल्ला नर्सिङ समिती र स्थानीय तहमा नर्सिङ संघको एकाई निर्माण गर्ने। १९. समय सापेक्ष प्रविधिको प्रयोग गरी इलष्लिभ क्थकतझ बाट सदस्यता लिन सकिने व्यवस्था गर्ने। स्थानीय तहसम्मनै मतदान गर्न पाउने गरी मतदान कन्द्रको विस्तार गर्ने र भ–खयतष्लन कथकतझ लागू गर्ने। २०. सम्बन्धित कानून्, नीति निर्माणमा सम्बन्धित संस्थाका नर्सिङ पदाधिकारीको अनिवार्य सहभागिताको लागि पहल गर्ने। २१. चिकित्शा शिक्षा आयोगमा कम्तिमा एक महाशाखा नर्सिङ निर्देशकको नेतृत्वमा हुनु पर्ने व्यवस्थाका लागि पहल गर्ने। २२. राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र तथा प्रतिष्ठानहरुमा कम्तिमा एकजना नर्सिङ पदाधिकारी रहने व्यवस्थाका लागि पहल पर्ने। २३. अनुसन्धान कार्यमा नर्सहरूको क्षमता अभिवृद्धि गरी क्लिनिकल सेवा क्षेत्रमा अनुसन्धानात्मक कार्यका लागि बजेट सुनिश्चितताका लागि पहल गर्ने। २४. नर्सिङ कर्मचारीको आन्तरिक/बाहृय सरुवा व्यवस्थापन नर्सिङ महाशाखाको अनिवार्य संलग्नता हुनु पर्ने विषयमा पहल गर्ने। २५. नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौको भवन निर्माण कार्य सम्पन्न गर्ने । २६. कार्य क्षेत्रमा नर्सहरु माथि दुव्यवहार र हातपात भएमा ऐन बमोजिम कानुनी र पेशागत उपचारको लागि पहल गरिनेछ । २७. स्वास्थ्य सेवा ऐन् २०५३ अनुसार नर्सहरूको वृत्ति विकास (स्तर वृद्दि) सम्बन्धि भएका विबेधकारी र अस्पष्ट व्यवस्थाहरुलाई संशोधन गर्नका लागि तुरुन्त पहल गर्ने । २८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लोक सेवा आयोग र सो अन्तर्गतका सम्बन्धित निकायहरुलाई शैक्षिक योग्यता अनुसार मात्र विज्ञापन गराउन र गर्नका लागि पैरवी गर्ने ।
चेतनाको अभावले बल्झिँदैछ स्पोर्ट्स इन्जुरी, कारखानाका कामदार र खेलाडी बढी जोखिममा
स्रोत: इन्टरनेट काठमाडौं । आजभोलि सबैभन्दा धेरै सुनिने कुरा हो-फिटनेस । आफ्नो स्वास्थ्यप्रति नागरिक सचेत हुन थालेका छन् । कसरी आफूलाई फिट राख्ने भन्ने कुरामा ध्यान दिन लागेका छन् । तर, कतिपयले फिटनेस रहन अथवा आफ्नो तौल नियन्त्रण गर्न गरिएको प्रयासले शरीरलाई स्वस्थ बनाउनुको साटो अस्वस्थ बनाइरहेका विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार फिटनेसका लागि व्यक्तिले अपनाइरहेका क्रियाकलापले इन्जुरी लिएर उपचार गर्न आउनेको संख्या बढ्न थालेको छ । तौल नियन्त्रण गर्न गरेका गलत अभ्यासले अस्पताल पुग्ने अधिकांशमा मांसपेशी, हड्डी, स्नायु, लिगामेन्ट र घुँडामा लागेका चोटहरू लिएर अस्पताल पुग्ने धेरै छन् । उपत्यकामा रहेका ठूलाठूला अस्पतालमा स्पोर्ट्स इन्जुरीको समस्या लिएर आउने बिरामीको संख्या बढेको छ । नेपाल मेडिसिटी अस्पतालमा ओपीडीमा आउने ३० प्रतिशत बढी बिरामी यस्तै समस्या ल्याएर आउने गरेको स्पोर्ट्स इन्जुरी विज्ञ डा. राजीवराज मानन्धरले बताए । उनी नेपालमा स्पोर्ट्स इन्जुरीसम्बन्धी नागरिकको बुझाइ नै फरक रहेको बताउँछन् । अस्पतालमा पुग्ने अधिकांश खुट्टा मर्केको, घुँडा सुन्नेको समस्या ल्याएर पुग्ने र चिकित्सकले सोध्दै जाँदा स्पोर्ट्स इन्जुरीको समस्या देखिने गरेको उनको भनाइ छ । आम मानिसले स्पोर्ट्स इन्जुरी भन्ने बित्तिकै खेलाडीहरूमा देखिने समस्यामात्र बुझ्ने गरेका छन् । तर, व्यक्तिले फिटनेस रहन खेलिएका खेल, दौडाइ अनि उफ्राइलगायतका गतिविधिले स्पोर्ट्स इन्जुरी हुने गरेको डा. राजीवराजले बताए । डोटीका सुमन बलायर हरेक साताको एक दिन फुट्सल खेल्न जान्छन् । अघिपछि समय नहुँदा शनिबार साथीहरूसँग मिलेर फुटसलमा फुटबल खेल्न पुग्छन् । उनको यो क्रम दुई महिनासम्म चल्यो । तर, एक दिन उनी फुटबल खेल्दै गर्दा लडे । उनको घुँडामा चोट लाग्यो । उनले फुटबल खेले पनि सुरक्षाका लागि लगाइनुपर्ने केही प्रयोग गरेका थिएनन् । न उनीसँग नी प्याड थियो, न नी ब्रेसेस । फुटबल खेल्दा लगाइने जुता थिए तर त्यो दिन लगाएका थिएनन् । नर्मल लुगा र सुरक्षाका कुनै सामग्री प्रयोग विना खेल खेल्दा उनको घुँडामा चोट लाग्यो । चोट लागेपछि केही दिन घरमै बसेका बलायर समस्या झन बढ्दै गएपछि अस्पताल पुगे । उनको घुँडामा मासु च्यातिनुका साथै हड्डीमा पनि चोट लागेको छ । अहिले उनी न राम्रोसँग कलेज जान सक्छन्, न त खेल्न नै । ‘अघिपछि खेल्ने समय हुँदैन, बिदाको दिन खेल खेलौं भनेर गइन्थ्यो, यस्तो पो भयो,’ बलायर भन्छन्, ‘सावधानी अपनाएर नखेल्दा डेन्जर हुँदो रहेछ, रमाइलोका लागि खेलेको फुटबलले कोठाभित्र थन्क्याइदियो ।’ बलायरजस्ता कुनै पनि खेलको टेक्निक नजानेका सर्वसाधारणहरू अहिले विभिन्न किसिमका खेल खेलिरहेका हुन्छन् । नेपाली धेरैजसो युवाले शारीरिक व्यायामका लागि जिम सुरु गरेपनि अझै केही विभिन्न किसिमका खेलहरू खेल्ने गर्छन् । विभिन्न खेलहरू खेल्ने क्रममा खेल्ने तरिका र अपनाउनुपर्ने सावधानी नअपनाउँदा धेरै व्यक्ति अस्पतालमा पुग्ने गरेका छन् । डा. राजीवराज मानन्धर यही रहरले खेलाडीभन्दा ननखेलाडीहरूमा स्पोर्ट्स इन्जुरीको समस्या देखिने गरेको बताउँछन् । उनी आफूले खेल्न खेल होस् या कुनै शारीरिक व्यायाम खेल्ने गर्ने तरिकाबारे जानकारी लिन आवश्यक रहेकोमा जाेड दिन्छन् । प्रोफेस्नल खेलमा खेलाडीहरू तालिम प्राप्त हुने भएकाले यस्ता समस्याबाट कमै ग्रसित भएपनि ननप्राेफेस्नल खेलाडीहरू यो समस्यामा परेको उनको भनाइ छ । के हो स्पोर्टस् इन्जुरी ? कुनै पनि खेलकुदका गतिविधि गर्दा शरीरमा लाग्ने चोटपटक वा शारीरिक क्षतिलाई स्पोर्ट्स इन्जुरी भन्ने गरिन्छ । अत्यधिक अभ्यास गर्नु, खेल्ने शैली थाहा नपाउनु, पर्याप्त वार्मअप नगर्नु वा खेल खेल्दा गलत उपकरण प्रयोग गर्नुले यस्तो समस्या आउन सक्छ । जसका कारण मांशेपेशी तन्कने, फ्याक्चर हुने लगायतका विभिन्न समस्या हुन्छ । नेपालमा यो समस्या विस्तारै बाहिर आउन लागेको चिकित्सकहरू बताउँछन् । विशेषज्ञ सेवाको अभाव, सुरक्षाका उपायको अभाव, चेतनाको कमी लगायत विभिन्न कारणले स्पोर्ट्स इन्जुरी बढ्दै जान थालेको हाे । डा. राजीवराज खेलाडीभन्दा ननखेलाडीमा आजभोलि यो समस्या बढी देखिने गरेको छ । स्पोर्ट्स इन्जुरीको विशेषज्ञता हासिल गरी १८ वर्षदेखि यो क्षेत्रमा काम गर्दै आइरहेका डा. राजीवराज दौडँदा, ब्याडमिन्टन खेल्दा वा अन्य खेल खेल्दा पनि स्पोर्टस् इन्जुरी हुने बताउँछन्। ‘हामीकहाँ स्पोर्ट्स इन्जुरीका बारेमा अहिले पनि भ्रम छ,’ उनी भन्छन्, ‘खेल खेल्ने व्यायाम गर्नेमात्र होइन, अन्य कम्पनीमा काम गर्ने कामदारलाई पनि यसको समस्या देखिन सक्छ ।’ नन-खेलाडी जोखिममा हरेक खेलाडीलाई खेल कसरी खेल्ने भन्ने थाहा हुन्छ । उनीहरू त्यहीअनुसार प्रशिक्षित हुन्छन् । कतिपयले अध्ययन नै गरेका हुन्छन् । नपढेकाहरूलाई पनि त्यहीअनुसारको तालिम दिइएको हुन्छ । तालिम लिएका र अध्ययन गरेका खेलाडीहरूलाई कुनकुन भागलाई कसरी जोगाउने भन्ने थाहा हुन्छ । बास्केटबल खेल्नेहरूलाई उफ्रेर बल बास्केटमा फालेर ल्याण्ड कसरी गर्ने पनि तरिका थाहा हुन्छ । जब उफ्रेर गोडा भुँइमा ल्याण्ड गर्छ, कुन सेफमा ल्याण्ड गर्ने भन्ने उनीहरूलाई ज्ञान हुन्छ । यसमा तरिका मिलेन भने गोडाको लिगामेन्टहरू च्यातिने सम्भावना धेरै हुन्छ । यस्ता टेक्निक हरेक खेलका हुन्छन् । तर नेपालमा समस्या रहरमा खेलेका खेल र तौल नियन्त्रण गर्न गरिएको अभ्यासले हुने गरेको छ । डा. राजीवराज भन्छन्, ‘खेलाडीहरूलाई यो विषयमा जानकारी हुन्छ, तर साधारण मान्छेलाई थाहा हुँदैन, हामीले थाहा नपाएर खेल्ने हरेक खेलले स्पोर्ट्स इन्जुरी हुन्छ, तर कहिलेकांही तरिका जानेकै खेलाडीहरूमा पनि यस्तो समस्या देखिने गरेको छ । ’ गलत अभ्यास आजभोलि हरेक व्यक्तिको जीवन व्यस्त हुन थालेको छ । बिहानदेखि साँझसम्म काममा व्यस्त हुने धेरै जनाको अभ्यास गलत छ । जो हप्ताभरि कुर्सीमा बसेर काम गर्ने कतिपय बिदाको एक दिन कडा खालको कसरत गर्छन् । एकै दिन बढी दौड्ने वा व्यायाम गर्ने गर्छन् । थोरै समयमा धेरै व्यायाम वा तौल नियन्त्रमा राख्न खोज्नेहरू स्पोर्ट्स इन्जुरीको सिकार बन्न थालेका छन् । उनी भन्छन्, ‘हप्ताभरि बसेर एक दिन बिदाको समयमा धेरै खेल खेल्नु, दौडनु, उफ्रनु राम्रो होइन, यसले फाइदा भन्दा धेरै नोक्सान गर्छ ।’ बिना ज्ञान, बिना तयारी कुनै खेल खेल्नेहरूमा यो समस्या बढी हुन्छ । यसो हुँदा उनीहरूमा खुट्टामा चोट लाग्ने, एंकलमा चोट लाग्ने हुन्छ । खेलाडीहरूमा सबैभन्दा जोखिम मानिने भनेको फुटबल खेल्दा दुईजना खेलाडी आएर जुध्दा गम्भीर इन्जुरी लाग्छ । यस्तै, रेस्लिङमा स्पोर्ट्स इन्जुरी धेरै हुन्छ । डा.राजीव ब्याडमिन्टन, टेनिस खेल्दा पनि इन्जुरी हुने बताउँदै जोखिम अलि कम हुने बताउँछन् । आफ्नो लागि सके एक घण्टा नभए आधा घण्टा मान्छे जति व्यस्त भएपनि आफ्ना लागि कम्तीमा एक घण्टा छुट्याउन विज्ञहरूको सुझाव छ । ‘स्वास्थ्य नै धन हो,’ डा.राजीव भन्छन्, ‘उमेर ढल्कदै जाँदा म पनि अहिले बुझ्दैछु, जति पैसा भएपनि शरीर नै स्वस्थ भएन भने कुनै काम हुँदैन, स्वास्थ्यको ख्यालु गर्नुपर्छ । ’पहिलेभन्दा आजभोलि मान्छे सचेत भइसकेका छन् । धेरैजसोले स्वस्थ हुन खोज्छन् ।’ तर, केही व्यक्ति अझै छन् जसलाई मेरो फुर्सद नै छैन, तर उनीहरूलाई पनि शरीरले व्यायाम चाहियो भनेर जनाउ दिन्छ । डा. राजीव बाँचेर मात्र बाँचेजस्तो हुनुभन्दा राम्रोसँग बाँच्नुपर्छ भन्नेमा जाेड दिन्छन् । उनी आफ्नो दैनिकीमा हरेक दिन एक घण्टा वा आधा घण्टा आफ्नोलाई छुट्याउनुपर्ने बताउँछन् । चेतनाको अभाव नेपालमा खेलकुद वा फिट्नेसप्रति आर्कषण बढेपनि कसरी गर्ने वा खेल्ने भन्ने चेतनाको अभाव छ । थाहा नपाएर रहरैले खेलिने यस्ता खेलले शरीरका विभिन्न भागमा क्षति हुने सम्भावना हुन्छ । डा.राजीव आजभोलि कुनै कुरा सिक्दा वा खेल्दा त्यो विषयमा जानकारी लिन सक्ने धेरै माध्यमहरू रहेको बताउँछन् । सामाजिक सञ्जाल, युट्युव, गुगलमा खोएर खाज्दा पनि धेरै कुरा मिल्ने बताउँदै उनी त्यसको तरीका, टेक्निक जानेर मात्र खेल्न सल्लाह दिन्छन् । तर, कहिलेकांही दुर्घटना अचानक हुन्छ । सावधानी अपनाउँदा पनि हुने यस्ता दुर्घटनाको उपचार सम्भव रहेको बताउँछन् । नेपालमा उपचार खेलाडी वा अन्य सर्वसाधारणमा हुनसक्ने इन्जुरीहरू धेरै हुन्छन् । लिगामेन्ट इन्जुरी फुटबल खेल्दा धेरै हुन्छ । खेल क्षेत्रमा हेर्ने हो भने, अहिले फिजियोथेरापी, डाक्टर हरेक खेल समूहभित्र हुन्छ । खेलाडीहरू यो विषयमा सचेत हुन्छन् तर, सचेत हुँदाहुँदै पनि दुर्घटना हुन्छ । यस्तो समस्या ल्याएर खेलाडीहरू पनि उपचारको क्रममा अस्पताल पुग्छन् । फ्याक्ट्रीमा काम गर्ने कामदारलाई पनि यस्तो समस्या हुन्छ । यस्तै, पेन्टरहरूलाई पनि यस्तो समस्या हुन्छ । उनीहरूले दिनहुँ घर, भवनमा पेन्ट गर्दा हात तलमाथि गरिरहनुपर्छ । उनीहरूमा पनि घुँडाकाे समस्या हुन्छ । यी चोटपटक सामान्यदेखि गम्भीर खालका हुन्छन् । मांशेपेसीसम्बन्धी चोटहरू जस्तै मांशेपेसी तन्किने, चुँडिने हुन्छ । अत्यधिक तान्दा वा बल लगाउँदा मांसपेशी च्यातिन सक्छ भने गम्भीर अवस्थामा मांसपेशीको आंशिक वा पूर्ण चुँडिने सम्भावना पनि हुन्छ । यस्तै, हड्डीसम्बन्धी चोटहरूमा फ्याक्चर, स्ट्रेस फ्याक्चर हुने सम्भावना हुन्छ । स्नायु र लिगामेन्टमा चोट, जोड र घुँडाको चोट छालाको चोटसँग नशा र टाउकोको चोट पनि लाग्न सक्छ । यसलाई वेवास्ता गर्यो भन्ने गम्भीर पनि हुन सक्छ । कुनै पनि चोट लाग्नेबित्तिकै सुरुमा सुनिन्छ । त्यहीबेला राम्रो उपचार भयो भने निको हुन्छ । तर, वास्ता गरिएन सुन्निएकै बेला पनि हिँडडुल गरिरह्यो भने औषधी खाएर एक्ससाइज गर्दा पनि निको हुँदैन । यस्तो अवस्थामा अप्रेसन गरेर टाका लगाउनुपर्ने अवस्था पनि आउन सक्छ ।
विशेषज्ञ अभावमा मुटु परीक्षण उपकरण उपयोगविहीन
बागमती । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्षदेखि थन्किएको छ । उपकरण प्रयोगविहीन हुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता छ । बिरामीको चापलाई दृष्टिगत गरी मकवानपुर रोटरी क्लबले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा रु एक करोड मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाका अनुसार उपकरण अस्पताललाई हस्तान्तरण भए पनि विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन् । सुपरिटेन्डेन्ट डा सापकोटाले भने, ‘हामीले मुटुरोग विशेषज्ञका लागि विज्ञापन खुलायौँ, त्यसमा एक जनाले मात्र आवेदन भने। तर, उनलाई प्रदेश कार्यविधिले नियुक्त दिन मिलेन ।’ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबीच केही दिनअघि जनशक्ति व्यवस्थापनसम्बन्धी सम्झौता भएकाले शीघ्र समस्या समाधान हुने उनको विश्वास छ ।