सलिकोले २२.८६ प्रतिशत बढायो व्यवसाय, नाफा ४० करोड ३२ लाख रुपैयाँ
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १२.५३ प्रतिशत घटेर ४० करोड ३२ लाख ६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ४६ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्ममा कम्पनीको खुद बीमा शुल्क २२.८६ प्रतिशत बढेर २ अर्ब ११ करोड ३५ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ७२ करोड २ लाख ९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए । गत वर्ष कम्पनीको कुल बीमा शुल्क २.३२ प्रतिशत बढेर ५ अर्ब ७६ लाख १४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ८९ करोड ३८ लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको खुद दाबी भुक्तानी ३०.७१ प्रतिशत बढेर १ अर्ब ६९ करोड ४० लाख १८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब २९ करोड ५९ लाख ६९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी १२.५० प्रतिशत बढेर ३ अर्ब ११ करोड ८८ लाख ५९ हजार रुपैयाँ र कुल खर्च १७.४७ प्रतिशत बढेर २ अर्ब ५४ करोड २८ लाख ५० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले अर्ब ७७ करोड २२ लाख ६४ हजार रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब १६ करोड ४६ लाख ६१ हजार रुपैयाँ कुल खर्च गरेको थियो । २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोष २१.३४ प्रतिशत बढेर २२ करोड ९३ लाख २ हजार रुपैयाँ, सञ्चित नाफा ९.२५ प्रतिशत घटेर ३६ करोड ६५ लाख २२ हजार रुपैयाँ र बीमा कोष ४.१३ प्रतिशत बढेर ६ अर्ब ८८ करोड ५२ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ घटेर १५.३७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३९.१२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४७.२३ गुणा रहेको छ ।
एक वर्षमा निर्जीवन लघु बीमकको व्यवसाय तेब्बरले बढ्यो
काठमाडौं । एक वर्षमा निर्जीवन लघु बीमा कम्पनीहरूको व्यवसाय उल्लेखनीय वृद्धि भएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चार निर्जीवन लघु बीमकले ९५ करोडभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । समीक्षा वर्षमा निर्जीवन लघु बीमा कम्पनीहरूले ३ लाख ७९ हजार ४३८ बीमालेख जारी गरी ९५ करोड ३८ लाख रुपैयाँको कुल बीमा शुल्क संकलन गर्न सफल भएका हुन् । यो गत आव २०८०/८१ को तथ्यांकअनुसार २२३.७ प्रतिशत अर्थात् ३.२४ गुणा बढी हो। प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आवमा निर्जीवन लघु बीमा कम्पनीहरूले २९ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरै व्यवसाय आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आवमा १ लाख १ हजार ७४४ बीमालेख जारी गरी कुल २६ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले ४९ हजार ४७३ बीमालेख जारी गरी १० करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । एक वर्षमा कम्पनीको व्यवसाय १५४.७३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, दोस्रो धेरै व्यापार भित्र्याउने लघु निर्जीवन बीमा कम्पनीमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले समीक्षा वर्षमा ९९ हजार १३५ बीमालेख जारी गरी २४ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन गत आवको तुलनामा १७६.९६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । तेस्रो धेरै व्यापार स्टार माइक्रो इन्स्यारेन्स कम्पनीले भित्र्याएको छ । समीक्षा वर्षमा स्मार्ट माइक्रोले १ लाख २ हजार ४९६ बीमालेख बिक्री गरी कुल २२ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीहरूले ६ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थिए । गत आवमा कम्पनीले अघिल्लो आवको तुलनामा २३०.५६ प्रतिशतले वृद्धि भएको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा गत आवमा ५५४.१२ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा ३ करोड २७ लाख रुपैयाँको व्यवसाय भित्र्याएको ट्रस्ट माइक्रोले गत वर्षमा २१ करोड ४२ लाख रुपैयाँको कुल बीमा शुल्क संकलन गरेको छ ।
सिटिजन्स बैंकद्वारा मधेश लिडरसिप सेमिनार सम्पन्न, कर्जा-निक्षेपमा दोहोरो अंकको वृद्धि
काठमाडौं । सिटिजन्स बैंकले मधेश प्रदेशमा शाखा–प्रबन्धक र अन्य सहकर्मीहरूका लागि 'मधेश लिडरसिपः ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्स' शीर्षकमा सेमिनार सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थिति थियो । सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो छलफल भयो । बैंकले यस्तै कार्यक्रम अन्य प्रदेशमा पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म सिटिजन्स बैंकले कर्जा, निक्षेप र खुद ब्याज आम्दानीका सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ । यस अवधिमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशतले बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड थियो। निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भई कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब बढी हो । खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात ८१.९१ प्रतिशत कायम रहँदा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत रहेको बैंकले जनाएको छ।