जानकी मेडिकल कलेजकाे अवैध भर्नाप्रति डा.केसीको गम्भिर ध्यानाकर्षण
काठमाडौं । जानकी मेडिकल कलेजले अवैध रुपमा एमबीबीएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थीहरु भर्ना गर्दै गरेकोमा रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएका छन्र । उक्त अवस्थामा सर्वोच्च अदालतबाट न्याय प्रक्रियाकै मानमर्दन हुने गरी सो भर्नालाई वैध बनाउन चलखेल भइरहेको प्रति चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसीको गम्भीर ध्यानाकर्षण रहेको छ । बुधबार डा.केसीले बारम्बार विभिन्न अदालतका फैसलाहरुका आडमा मेडिकल कलेजहरुले अवैध रुपमा विद्यार्थी भर्ना लिएका कारण देशभर ठूलो संख्यामा अयोग्य विद्यार्थीहरु डाक्टरीको डिग्री र लाइसेन्स पाउने र त्यसले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने र स्वास्थ्य सेवाग्राहीको ज्यान खतरामा पर्ने निश्चित छ । तत्कालीन न्यायधीश र प्रधान न्यायधीश गोपाल पराजुली त्यस्ता कम्तीमा आधा दर्जन फैसलामा संलग्न रहेकोमा उनको नेतृत्वको न्यायालयमा मेडिकल माफियाको त्यस्तो प्रभावविरुद्ध यसअगाडि हामीले एक चरण सत्याग्रह नै गरेका जनाएका छन् । अघिल्लो वर्ष अवैध रुपमा भर्ना भएका विद्यार्थी भर्ना नलिन आइओएमले सुचना जारी गरेकोमा त्यसविरुद्ध अदालत पुगेका मेडिकल कलेजहरुमध्ये पाटन उच्च अदालतले किस्ट र जानकी मेडिकल कलेजको निवेदन अस्वीकार गरेको छ । वर्षौंपछि मेडिकल शिक्षा सुधारमा न्यायालयले पनि बल पुर्याउने आशा जाने तर उच्च अदालत जनकपुरले नेसनल मेडिकल कलेजको त्यस्तै निवेदनमा भने कलेजको पक्षमा अन्तरिम आदेश दिएका कारण त्यहाँ अवैध रुपमा भर्ना भएका विद्यार्थीले पढाइ जारी राखेका थिए । निवेदन खारेजी विरुद्ध पुनरावेदनको प्रक्रियामै नगई न्यायिक अभ्यास मिचेर एकाएक सर्वोच्चमा त्यसको विरुद्ध रिट दर्ता हुनु तथा सो रिट खाली आवासीय भवनलाई मेडिकल कलेजको अनुमति दिनु भनेर फैसला गर्ने डम्बर बहादुर शाहीको इजलासमा पर्नु अस्वभाविक र शंकास्पद रहेको जनाएका छन् । अदालतले मुद्दाको सुनुवाइ पछि स्पष्ट विवरण नखुलाई अन्तरिम आदेश जारी भए–नभएको कुनै उल्लेख नगर्नुले फेरि एकपल्ट मेडिकल माफिया र भ्रष्ट न्यायधीशको मिलेमतोमा आम मानिसको स्वास्थ्य नै जोखिममा पर्ने गरी डाक्टरी डिग्री किनबेचलाई फेरि स्थापित गर्न थालिएको हो कि भन्ने भय उत्पन्न भएको छ । साथै बारम्बार अवैध रुपमा भर्ना लिने तथा न्यायालयलाई समेत प्रभावित गरेर आवश्यक पूर्वाधार, जनशक्ति र बिरामीको चापविनै विद्यार्थी भर्ना गरेर डिग्री बेच्ने जानकी लगायतका मेडिकल कलेजहरुलाई आगामी वर्षदेखि शुन्य सिटमा झारिदिन र त्यस्ता कलेजहरुको सम्बन्धन खारेजीको प्रक्रिया शुरु गर्न आइओएम लगायतका नियामक निकायहरुको ध्यानाकर्षण गएका छ ।
निजी स्कुल, सरकारी पाठ्यक्रमः नपाल्नुस् है नम्बरको भ्रम
काठमाडौं । शिक्षा ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो । शिक्षाले मानिसलाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ । शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो । शिक्षा विषयगत अध्ययन मात्र नभएर सभ्यता, समाज, जीवनशैली, संस्कृति र परम्परा लगायतबाट प्राप्त हुने अनुभव र ज्ञान पनि हो । अरुभन्दा धेरै राम्रो अंक ल्याउनु, अरुलाई जित्नु नै राम्रो शिक्षा हासिल गरेको भन्ने मानसिकता नेपाली समाजमा दह्रोसँग स्थापीत छ । तर पाठशाला नेपालका सञ्चालक यस धारणा प्रति बिल्कुलै सहमत छैनन् । शिक्षा भनेको जीवन जिउने कला सिक्नु हो भन्ने उनलाई लाग्छ। पाठशाला नेपाल आज भन्दा १३ बर्ष अघि पाठशाला नेपाल फाउन्डेसनद्वारा स्थापना गरिएको विद्यालय हो । कक्षा १ देखी १० सम्म पढाइ हुने यो विद्यालय काठमाडौंका उत्कृष्ट मध्येमा पर्दछ । ललितपुरको बागडोल र बानेश्वर गरी यसका दुई ठाउँमा पूर्वाधार छन् । काठमाडौंमै फराकिलो र शान्त वातावरणमा उपलब्ध हुने नगन्य विद्यालयहरुमध्येकै एक हो यो पाठशाला । यहाँ १३ सय विद्यार्थी पढ्छन् । उनीहरुलाई केवल पढ्ने मात्रै होइन जीवन दर्शनलाई बुझ्ने कला पनि सिकाइन्छ । विद्यालयको अर्काे महत्वपूर्ण बिशेषता भनेको एउटा कक्षामा ३० जनाभन्दा बढी विद्यार्र्थी नराख्नु पनि हो । यो विश्वस्तरिय मापदण्ड भएको विद्यालयको दावी छ । ‘देशमै राम्रो शिक्षा दिएर राम्रो जनशक्ती उत्पादन गराउन सकिन्छ भन्ने लक्ष्य र उद्देश्यका साथ पाठशाला नेपालको स्थापना गरेका थियौं, आफ्नो लक्ष्य प्राप्तिको बाटोमा सफलता पाईरहेको अनुभूत गरेका छौं’, पाठशाला नेपालका प्रिन्सिपल भन्छन् । लामो समयदेखि शिक्षण पेशामा संलग्नहरुले मिलेर स्थापना गरेको पाठशालामा ‘गरेर सिक’ भन्ने मुल सिद्दान्तलाई अवलम्बन गरिएको छ । त्यसैले विद्यालयमा पढाईका साथै प्रशस्तै अतिरिक्त कृयाकलाप पनि गराइन्छ । ‘ज्ञान भनेको महासागर हो, जत्रो भाडोँ लिएर गइन्छ, त्यति नै पानी पाइने हो, हामी ज्ञान रुपी महासागरमा ठूलो भाँडो बोक्ने जनशक्ति उत्पादन गर्न उद्यत छौं’, उनले भने । हरेक मान्छेसँग बराबर क्षमता हुन्छ, फरक यत्ति हो की ऊ हुर्के÷बढेको समाजले उसको कति क्षमता प्रस्फुटन गराउन भूमिका खेल्छ । पाठशालाले भने बालबालिकामा अन्तरनिहित प्रतिभाको पहिचान र त्यसको प्रवद्र्धनमा बिशेष ध्यान दिँदै आएको छ । धेरै नम्बर ल्याउनुलाई अब्बल मान्ने सोँचकाबीच ‘सार्थक शिक्षाः सार्थक जीवन’ भन्ने मर्मलाई आत्मसात् गर्दै जीवनोपयोगी र व्यवहारिक शिक्षा विद्यालयले प्रयोगमा ल्याएको दावी गरिएको छ । बोर्ड मेम्बर अर्जुन पराजुली – अध्यक्ष टंक आचार्य – प्रबन्ध निर्देशक ईश्वरी बहादुर अधिकारी -प्रमुख कार्यकारी अधिकृत विश्वनाथ कँडेल (बागडोल) र अनिता कुमारी तामाङ (बानेश्वर)- प्रधानाध्यापक विद्यालयले हरेक चाडवाड रित पूर्वक धुमधामको साथ मनाउने गरेको छ । कक्षा १ देखी १० सम्म अध्ययन गर्दा विद्यार्थीले १० वटा संस्कृतिसंग पूर्ण रुपमा परिचित हुने अवसर पाउँछन् । विद्यालयले सरकारी पाठ्यक्रमबाट टाढा नगएर त्यसैमा अन्य महत्वपूर्ण पठन सामग्री जस्तै आर्ट क्लास, नृत्य, संगीतहरु राखेको छ । त्यति मात्रै होइन, अंग्रेजी र नेपाली भाषालाई विद्यालयले उत्तिकै प्राथमिकता दिएको छ । ‘एउटा पाइला नेपालमा, एउटा पाइला विश्वमा’ भन्ने कुरालाई पछ्याउँदै विद्यालयले दुवै भाषालाई प्राथमिकता दिएको संचालक बताउँछन् । यातायातको सुविधा, अत्याधुनिक प्रविधिको प्रयोग सहित अध्ययन–अध्यापन लगायतका व्यवस्थाहरूले यहाँको वातावरणलाई विद्यार्थी मैत्री बनाएको छ । जिम्मेवारी बोधसहितको पूर्ण स्वतन्त्रता त्यहाँ विद्यार्थीहरुले पाएको अर्काे उपहार हो । आत्मानुशासन र स्वतन्त्रता भित्रको अनुशासन आफुहरुको सबैभन्दा ठुलो सम्पत्ति भएको संचालक बताउँछन् । पाठशालाका शिक्षकहरु विद्यालय छुट्टी भएपछी १ घण्टा भन्दा बढी समय विद्यालयमै बस्छन र दिनभरका घट्नाक्रमहरुको विश्लेषण गर्छन् । भोली के पठाउने भनेर व्यापक छलफल गर्छन् । यसरी एउटा निजी विद्यालय जसले सरकारी पाठ्यक्रम अध्ययन गराउँछ तर विश्वस्तरीय शिक्षा दिलाउँछ ।
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आठ स्थानमा बीमा जागरण अभियान सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आठ स्थानमा बीमा जागरण अभियान सम्पन्न भएको छ । जनकपुर, लहान, यदुकुवा, गोदार, चन्द्रनिगाहपुर, बिरगंज, हेटौडा, नारायणगढमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महा प्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बाक्लो स्थानिय जनसमुदायको सहभागिता रहेको उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुको साथ कम्पनीका महा प्रबन्धक कमलराज गौतमले जीवनबीमाको महत्वकाे बारे जानकारी दिएका छन् ।