फागुन ८ गतेदेखि विज्ञान तथा प्रविधिको प्रदर्शनी हुँदै, विजेताले ४ लाख रुपैयाँ पाउने
काठमाडौं । आगामी फागुन ८ गतेदेखि विज्ञान तथा प्रविधिको प्रदर्शनी एवं महोत्सव (ग्राण्ड साइन्स फेष्टिभल २०७६) हुने भएको छ । उक्त कार्यक्रम सो दिनदेखि १० गते अर्थात ३ तीनसम्म नेपालगञ्जको सडक डिभिजन कार्यालय परिसरमा हुने आयोजकले बताएको छ । उक्त प्रतियोगिता नेपालगञ्जका तीन वटा संस्थाः ए वान एजुकेशन एक्स्प्रेस, धुब्रतारा एजुकेशन र ग्रेस इन्टरनेशनले आयोजना गर्न लागेकाे आयोजक समिति ग्राण्ड साइन्स फेष्टिभल २०७६ ले जानकारी दिएको छ । आयोजकका अनुसार यो एक खुल्ला प्रतियोगिता हो जसमा देशैभरिबाट युवा वैज्ञानिकहरुले आफ्नो प्रतिभा प्रदर्शनी गर्न सक्ने छन् । प्रदेश नं. ५ कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले वैज्ञानिक प्रतिभा प्रदर्शन गर्नेछन् । उक्त प्रतियोगितामा विज्ञान र प्रविधि विषयसँग सम्बन्धित रहेर कविता, वादविवाद र नाटकको पनि सहभागिता गराइने छ । त्यस्तै, प्रतियोगिताका विजेतालाई पुरस्कार राशी स्वरुप ४ लाख रुपैयाँ दिइने आयोजक समितिले जनाएको छ । साथै, प्रतियोगिहरुले माघ २९ गतेभित्र आफ्नो सहभागिता दर्ता गराइसक्नु पर्ने छ । राष्ट्रका कुनाकुनामा छरिएर रहेका वैज्ञानिक चेत र प्रतिभा भएका व्यक्तिहरुको उचित प्रोत्साहन गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष आतंक बस्नेतले बताए ।
११ वर्ष अगाडि प्लस टु पास गर्न नसकेकाले अन्तिम पटक परीक्षा दिन पाउने
काठमाडौं । ११ वर्ष अगाडि प्लस टुको परीक्षा पास गर्न नसकेकाले अन्तिम पटक परिक्षा दिन पाउने भएका छन् । २०६५ साल देखि २०७१ सम्मका प्लस टु पास गर्न नसकेकाहरुलाइ अन्तिम पटक परीक्षा दिन पाउने भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डकाे मंगलबार बसेका बैठकले रजिस्ट्रेसन नम्बरको सुरुको दुई अंक ६५ देखि ७१ भएका परिक्षर्थिहरुलाई अन्तिम पटक परिक्षा दिन पाउने निर्णय गरेको हो । विभिन्न कारण धेरै मानिसहरुले परीक्षा दिन नपाएर अड्किरहेकाले बार्डले अन्तिम पटक परीक्षादिन पाउने निर्णय गरेको परिक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । परीक्षा दिन चाहने परिक्षार्थीहरुले आफुले पढेको विद्यालयमा संम्पर्क गरि फारम भर्नु पर्न हुन्छ । फारमको शुल्क ११ र १२ दुबैको लागि ६/६ सय तोकिएको शर्माले बताए ।
राइट पाथ कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नायिका पूजा शर्मा
काठमाडौं। नायिका पूजा शर्मा राइट पाथ कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर बनेकी छन् । उनी राइट पाथ करियर काउन्सिलिङको ५ वर्षको लागि ब्राण्ड एम्बेसडर बनेकी हुन् । पछिल्लो समय फिल्ममा ब्यस्त रहेकी शर्माले पहिलो पटक कन्सल्टेन्सीमा आफुलाइ आबद्ध गरेकी हुन् । पूजा शर्मालाई आफ्नो राइट पाथ परिवारको सदस्य बनाउन पाउदा खुसि लागेको एमडी फिलिप डिसीले बताएका छन् । बिगत ३ वर्ष देखि संचालनमा आएको यस् संस्थाका देशभर ४ वटा र देशबाहिर लण्डनमा एक शाखा रहेकाे छ । राइट पाथ मार्फत क्यानाडा, बेलायत, अष्ट्रेलिया, न्यु जिल्याण्ड लगायत युरोपको विभिन्न देशमा अध्ययनको लागि जान परामर्श लिन सकिन्छ ।