एशियन लाईफ इन्स्योरेन्सको हकप्रद बिक्रीको म्याद थप, वैशाख २ गतेसम्म भर्न पाइने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासनको म्याद १४ दिन थपेको छ । कम्पनीले हाल जारी गरिरहेको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको म्याद आगामी वैशाख २ गतेसम्म थपको हो । यसअघि इन्स्योरेन्सले सो मात्राको सेयर गत फागुन १३ गतेदेखि चैत १८ गतेसम्म बिक्री गर्ने निर्णय गरेको थियो । तर कम्पनीको हकप्रद निष्कासनको प्रयोजनको लागि तयार गरिएको विवरणको दफा ‘र’ मा भएको व्यवस्था अनुसार कम्पनीले उक्त दिनसम्म म्याद थपेको इन्स्योरेन्सले जनाएको छ । कम्पनीले हाल २ बराबर १ को अनुपातमा अंकित मूल्य १०० रुपैयाँको दरले ४० लाख २७ हजार ९६६ कित्ता सेयर जारी गरिहेको छ । यसैअनुसार कम्पनीको माघ ७ गतेसम्म कायम साविक सेयरधनीहरुले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत सो मात्राको सेयर भर्न पाउने छन् । उक्त सेयरको लागि इच्छुक सेयरधनीले अन्तिम म्याद वैशाख २ गते(बैंकिङ्ग समयभित्र भित्र) आवेदन दिन सक्नेछन्् ।

प्राइम लाइफ इन्स्योरेन्सले साढे १२ प्रतिशत बोनश शेयर बाड‍्ने

काठमडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७३/७४ को वित्तीय विवरणहरु पारित गरिएको छ । जसमा आर्थिक वर्षहरुको मुनाफाबाट हकप्रद शेयर निष्काशन पश्चात हुने चुक्ता पूँजी रू १ अर्ब ५८ करोड ६५ लाख २० हजारको १२ दशमलब ५ प्रतिशत (खूद) का दरले शेयरधनीहरुलाई बोनश शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर बितरण तथा हकप्रद शेयर निष्काशन प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ हुने बताइएको छ । साधारण सभाबाट संस्थापक शेयरधनीकोतर्फबाट एकजना महिला सञ्चालकको नियूक्ती भएको छ । उक्त इन्स्योरेन्स कम्पनीले देशभरका विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवा उपलब्ध गराई रहेको जनाएको छ । आगामी बर्ष त्यसलाई बढाएर कम्तिमा पनि १३५ स्थानबाट सेवा प्रवाह गर्ने कम्पनीको भनाइ छ । साधारणसभामा कम्पनीको हालसम्मको वित्तीय अवस्था, जीवनवीमा क्षेत्रमा गरेको उपलब्धी लागयतको लसम्बन्धमा जानकारी गराएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ४२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता १६९९ रुपैयाँ रहेको थियो ।