प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा ४ जना
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा लैनचोरमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेको सभापतित्वमा संचालन भएको उक्त सभाले कम्पनीकाे नयाँ संचालक समितिमा चार जना चयन गरेको छ । कम्पनीको सञ्चालक समितिमा डा. आत्माराम घिमिरे, सुभाष अमात्य, रामेश्वर सापकोटा र मनिराम पोखरेल चयन भएका छन् । साधारण सभाले आ.ब. २०६३/०६४ देखि आ.ब.२०७३/०७४ सम्मको संचालक समितिको प्रतिवेदन पारित गरेको छ । साथै, सभाले वासलात लगायत नाफा नोक्सान हिसाब किताव, आर्थिक वर्ष २०७४/०७५ का लागि लेखा परिक्षक नियुक्ती तथा सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गर्ने विषयहरु समेत पारित गरेको छ । यस इन्स्योरेन्स २०६४ सालमा दर्ता भै २०७४ मंसिर २८ गतेदेखि कारोबार संचालनमा आएको हो ।
सांग्रिला विकास बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । सांग्रिला विकास बैंक लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंक्यास्योरेन्स सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा इन्स्योरेन्सका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् । यस सम्झौताले बैंकका ग्राहकलाई उत्कृष्ट निर्जिवन बीमा सेवा पुग्ने छ ।
कुमारी बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र सिद्धार्थ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् । बैंकले ग्राहकलाई उत्कृष्ट निर्जिवन बीमा सेवा दिने उद्देश्यले उक्त सम्झौता गरेको हो ।