लगातार बजार घट्दा सबैभन्दा बढी गुमाउनेमा लघुवित्त, त्यसपछि इन्स्योरेन्स
काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगातार गिरावट अाएकाे छ । याे साताभरी नै बजार राताे भयाे र बिहीबार पनि नेप्से १० अंकले घट्याे । बजारमा निरन्तर गिरावट अाउँदा लघुवित्त संस्थाका सेयरधनीले बढी गुमाएका छन् । बिहीबारको कारोबारमा पनि धेरै गुमाउनेको अग्रस्थानमा रहेका १० कम्पनी मध्ये सबैभन्दा बढी लघुवित्त संस्था रहेका छन् । सबैभन्दा बढी गुमाउने १० कम्पनीमध्ये लघुवित्त मात्र ५ वटा छन् । सबैभन्दा बढी मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ५.२४७ प्रतिशत गुमाएका छन् । त्यस्तै, डिपरोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.९९, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ४.२३, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ४.०२ र विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.८४ प्रतिशतले घटेको छ । राम्राे लाभांश घाेषणा गरेका संस्थाकाे पनि मूल्यमा गिरावट देखिएकाे छ । बिहीबार डिप्रोक्स लघुवित्तले २० प्रतिशत लाभांश घोषणा गरेको थियो । लाभांश घोषणासँगै सेयर मूल्यमा गिरावट आएको छ । सो दिनभरको बजारमा यस संस्थाको मूल्य अघिल्लो दिनको तुलनामा ३१ रुपैयाँ घटेर प्रतिकित्ता ५९० रुपैयाँमा झरेको छ । लघुवित्तपछि सबैभन्दा बढी इन्स्यारेन्स कम्पनीको सेयर मूल्यमा गिरावट आइरहेको छ । बिहीबार गुमाउनेको अग्रस्थानमा रहेका मध्ये विभिन्न ३ बीमा कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५.८५ प्रतिशतले घटेको छ । त्यस्तै, नेकाे इन्स्योरेन्सका लगानीकर्ताले ५.२० र गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले ३.७७ प्रतिशत गुमाएका छन् । कमाउनेको अग्रस्थानमा रहेका १० कम्पनीमध्ये अधिकांश वाणिज्य बैंक र जलविद्युत कम्पनी रहेका छन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीकाे सेयर मूल्य भन्दा लघुवित्त तथा बीमा समूहकाे मूल्य अझै माथि छ । वाणिज्य बैंक समूहकाे परिसूचक १००९ हुँदा माइक्राेफाइनान्स समूहकाे परिसूचक १३०० भन्दा माथि छ । त्यस्तै बीमा समूहकाे परिसूचक ५ हजार भन्दा माथि छ ।
अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम
काठमाडौं । अहिले २५ जिल्लामा मात्रै यो कार्यक्रम लागू भएकाले चाँडैनै देशभरका सबै जिल्लामा लागू हुने भएको छ । गुल्मीको हुँगाकी मृगौला पीडित १३ वर्षिया वालिका बन्दना भण्डारीलाई उपचारकालागि उठाइएको सहयोग रकम हस्तान्तरण गर्न प्रदेश पाँच पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले हालै सरकारले ३५ लाख श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको प्रष्ट पारे। स्वास्थ्य बीमा कार्यक्रम लागूभए पछि यसले मृत्युलाई जित्न नसकिए पनि अकालमा पैसा अभावले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग हुने उल्लेख गरे । यस्ता कार्यले आम मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन थप सहयोग पुग्ने विश्वास गरे। सरकारले अहिले काम गरिरहेको बताउँदै नकारात्मक टिका टिप्पणीहरु मात्रै बढी भएको बताए। ‘सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वागत योग्य कुरा भए पनि सकारात्मक कामको पनि मुल्यांकन गर्नु पर्छ’ मन्त्री ज्ञवालीले भने। कार्यक्रममा मन्त्री ज्ञवालीले हुँगाकी १३ वर्षिया वालिका बन्दा भण्डारीलाई उपचारका लागि दुबईमा संकलन गरिएको २ लाख ८ हजार ५ सय रुपैयाँ उपचारका लागि सहयोग हस्तान्तरण गरेका थिए। दुबईमा बैदेशिक रोजगारीका क्रममा रहेका कुवेर लुईटेल र खिम केसीले संयोजन गरेर नेपालमा कलाकार बैकुण्ठ महत मार्फत रकम उपलव्ध गराइएको हो।
सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा सुर्खेतको मेहलकुनामा बीमा जागरण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा सुर्खेतको मेहलकुनामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । व्यापक स्थानीय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महा प्रबन्धक कमलराज गौतमले जीवनबीमाको महत्ववारे प्रकाश पारेका छन् ।