बीमा संस्थानद्वारा ५० जना अभिकर्तालाई आधारभुत तालिम प्रदान
काठमाडाैं । राष्ट्रिय बीमा संस्थानले ५० जना अभिकर्तालाई तालिम दिएको छ । संस्थानले मंसिर ७ गतेदेखि ९ गतेसम्म अभिकर्ताहरुलाई तालिम दिएको हो । बजारमा संस्थानको उपस्थिती मजदुत पार्नका लागि अभिकर्ताहरुलाई तालिम दिएको बताएको छ । तालिममा बीमा महत्व, बीमा सम्बन्धी ऐन, नियमावली तथा विनियमहरु, अभिकर्ताहरुको सेवा तथा सुविधाहरु, बीमा बजारीकरण तथा बिक्रयकलाछको बारेमा जानकारी गराइएको संस्थानका नायव(महाप्रबन्धक महेश रिमालले बताए । विगत लामो समयदेखि निरन्तर आफ्ना अभिकर्ताहरु मार्फत बीमासेवा प्रदान गर्दै आएको संस्थानले आक्रामक रुपमा अभिकर्ता संख्यमा बृद्धि गर्ने योजनामा छ । यससँगै देशभर अभिकर्ताहरुको संख्यामा बृद्धि गर्ने कार्यमा अघि बडेको संस्थानले पश्चिमको सुर्खेत, धनगढि र नेपालगंजमा बीमा बजार विस्तार गर्नको लागि यो तालिम संचालन गरिरहेको छ। हाल संस्थानले सावधिक जीवन बीमा, बालबच्चाको शिक्षा तथा विवाह जीवन बीमालेख, बालउमङ्ग जीवन बीमा, जीवन साथी जीवन बीमा , जीवन सुरक्षा जीवन बीमा जस्ता बिभिन्न बीमालेखहरु बीक्रि गरिरहेको छ। जन्मेदेखि टछ बर्षसम्म जुनसुकै उमेर समुहको जीवन बीमा संस्थानमा गर्न सकिने कुरा संस्थानले दावि गरेको छ।
आइएमई जनरल इन्स्योरेन्सले सागका खेलाडीको ५ लाखको दुर्घटना बीमा गर्ने
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दक्षिण एसियाली खेलकुद(साग)–२०७६ को विभिन्न खेलहरुमा सहभागि हुने खेलाडीको प्रतिव्यक्ति ५ लाखका दरले सामूहिक दुर्घटना बीमा गर्ने भएको छ । इन्स्योरेन्सले उक्त खेलकुद कार्यक्रममा सहभागि हुने वैदेशिक खेलकर्मी तथा अन्य वैदेशिक पदाधिकारीहरुको उक्त रकम बराबरको सामूहिक दुर्घटना बीमा गराउन लागेको हो । सो सम्बन्धी सोमबार राष्ट्रिय खेलकुद परिषद र आइएमई जनरल इन्स्योरेन्सबीच सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय खेलकुद परिषदको सचिवालय तथा १३औं दक्षिण एसियाली खेलकुद २०७३ को मूल आयोजक समितिको तर्फबाट सदस्य सचिव रमेश सिलवाल र आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । साथै, उक्त सम्झौता अनुसार खेलकुद आयोजनाको समयावधी अर्थात मंसिर १५ गतेदेखि मंसिर २४ गतेसम्मको लागि यस इन्स्योरेन्सलाई आधिकारिक बीमा प्रायोजकको रुपमा नियुक्त गरिएको छ । सो अवसरमा सदस्य सचिव रमेश सिलवालले इन्स्योरेन्सलाई धन्यवाद दिँदै आगामी दिनमा पनि आईएमई जनरल इन्स्योरेन्ससँग सेवा विस्तार गरी अगाडी बढ्ने बताएका छन् । साथै, उक्त अवसर प्रदान गरेकोमा खेलकुद परिषदलाई धन्यवाद दिँदै इन्स्योरेन्सका सीईओ श्रेष्ठले आगामी दिनमा परिषदलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा लिन आग्रह गरेका छन् ।
सिद्धार्थ इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा, काठमाडौंमा मात्रै ११ वटा खोल्ने लक्ष्य
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको न्यूरोडमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाले संयुक्त रुपमा गरेका हुन् । सो समारोहमा कार्यकारी निर्देशक पौडेलले विस्तारित शाखाबाट बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सजिलो हुने बताएका छन् । कम्पनीका अध्यक्ष केडियाले अहिलेसम्म काठमाडौं उपत्यकामा ११ वटा शाखा सञ्जालमार्फत स्तरिय बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताएका छन् ।