नेशनल लाईफको फड्को, नाफा १७ % बढ्दा जीवन बीमा कोष ७१.४४ अर्ब पुग्यो

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १७ प्रतिशत बढेर २५ करोड ५१ लख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ११.३२ प्रतिशत बढेर ८ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७३ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको दावी भुक्तानी १४ प्रतिशत बढेर ९ अर्ब ४४ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ४० करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अभिकर्ता कमिसनवापत कम्पनीले ७६ करोड ७४ लाख रुपैयाँ, सेवा शुल्क वापत ६ करोड २९ लाख रुपैयाँ, कर्मचारीको तलबवापत २३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ, सेयर प्रिमियम २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोष ४९ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ६० करोड १८ लाख रुपैयाँ, अन्य इक्विटी ४८ करोड ८३ लाख रुपैयाँ र जीवन बीमा कोष ७१ अर्ब ४४ करोड २५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ९.९० रुपैयाँबाट बढेर १०.१८ रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १३२.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.२२ गुणा छ । कम्पनीले १५ लाख ९२ हजार ७७६ बीमा लेख जारी गरेको छ । यस अवधिसम्म कम्पनीले ५८ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ दीर्घकालिन लगानी गरेको छ भने ५ अर्ब १० करोड रुपैयाँ छोटो अवधिका लागि लगानी गरेको छ ।

प्रिमियममा आईपीओ ल्याएका ३ कम्पनी : सन नेपाल, सिटिजन र आइएमई लाइफलाई तुलना गर्दा

काठमाडौं । बीमा कम्पनीहरू चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेका कम्पनीहरूमध्ये आइएमई लाइफ, सन नेपाल लाइफ र सिटिजन लाइफले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी तीन वटा बीमा कम्पनीहरूले प्रिमियमा आईपीओ सार्वजनिक गरेकोले पनि यी कम्पनीको वित्तीय स्वास्थ्यको विषयमा धेरैको चासो छ । प्रिमियममा आईपीओ ल्याएका यी कम्पनीप्रति बीमित तथा लगानीकर्ताको चासो पनि उत्तिकै छ । यी कम्पनीहरूको वित्तीय विवरण केलाउँदा पुँजीका हिसाबले आइएमई लाइफको ४ अर्ब रुपैयाँ पुगे पनि नाफामा भने सन नेपाल लाइफ अगाडि छ । ६ महिनामा सबैभन्दा धेरै नाफा सन नेपाल लाइफले ३२ करोड ८४ लाख रुपैयाँ गरेको छ । आइएमई लाइफले २३ करोड ४७ लाख रुपैयाँ र सिटिजन लाइफले १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको तथ्याङ्क छ । जबकी आइएमई लाइफको पुँजी ४ अर्ब रुपैयाँ, सिटिजन लाइफको ३ अर्ब ७५ करोड रुपैयाँ र सन नेपाल लाइफको ३ अर्ब २० करोड रुपैयाँ पुँजी छ । समीक्षा अवधिमा सबैभन्दा धेरै खुद बीमा शुल्क सिटिजन लाइफले आर्जन गरेको छ । सिटिजन लाइफले २ अर्ब ५७ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९९ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ५८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका हुन् । ६ महिनाको अवधिमा सबैभन्दा धेरै दाबी भुक्तानी सिटिजन लाइफले गरेको देखिन्छ । सिटिजन लाइफले २ अर्ब ६० करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ८७ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब २९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको तथ्याङ्क छ । याे अवधिमा अभिकर्ता कमिसनमा सबैभन्दा धेरै खर्च सिटिजन लाइफले गरेको छ । सिटिजन लाइफले अभिकर्तालाई २७ करोड ५५ लाख रुपैयाँ, आइएमई लाइफले २० करोड ४४ लाख रुपैयाँ र सन नेपाल लाइफले १४ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ । जीवन बीमा कोषको आकारमा हिसाबले सिटिजन लाइफ बलियो देखिन्छ । पुस मसान्तसम्म सिटिजनले १२ अर्ब ७ करोड रुपैयाँ, आइएमई लाइफले ७ अर्ब ९९ करोड रुपैयाँ र सन नेपाल लाइफले ६ अर्ब ५१ करोड रुपैयाँ जीवन बीमा कोषमा सञ्चिति छ । महाविपत्ति कोषमा आइएमईको १५ करोड ३५ लाख रुपैयाँ, सिटिजन लाइफको १४ करोड ९६ लाख रुपैयाँ र सन नेपालको १२ करोड ३५ लाख रुपैयाँ छ । रिटेन्ड अर्निङमा सन नेपाल लाइफले १ अर्ब ७ करोड रुपैयाँ, आइएमई लाइफले ८५ करोड २ लाख रुपैयाँ र सिटिजन लाइफको ६८ करोड ९५ लाख रुपैयाँ छ । यस्तै, अन्य इक्विटीमा सिटिजनको ६५ करोड १२ लाख रुपैयाँ, आइएमईको ५५ करोड ३६ लाख रुपैयाँ र सन नेपालको ३४ करोड ९० लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी सन नेपाल लाइफको २०.५३ रुपैयाँ, आइएमई लाइफको ११.७४ रुपैयाँ र सिटिजन लाइफको ६.६ रुपैयाँ छ । यस्तै, नेटवर्थ प्रतिसेयरमा सन नेपालको १८७.०४ रुपैयाँ, सिटिजनको १८१.१३ रुपैयाँ र आइएमईको १७७.२७ रुपैयाँ छ । तथ्याङ्क अनुसार कर्मचारीका लागि आइएमई लाइफले १४ करोड १६ लाख रुपैयाँ, सिटिजनले १५ करोड ८० लाख रुपैयाँ र सन नेपालले १५ करोड १५ लाख रुपैयाँ खर्च गरेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार सन नेपालको सेयरमूल्य ५८२ रुपैयाँ छ भने सिटिजनको ४४९ रुपैयाँ र आइएमई लाइफको ५३८ रुपैयाँ रहेको छ । सिटिजन लाइफ समीक्षा अवधिमा सिटिजन लाइफले १२ लाख ३५ हजार ९०१ कुल बीमालेख जारी गरेको छ । कम्पनीले बोनस दर न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार दीर्घकाल लगानी १६ अर्ब १० करोड रुपैयाँ र सर्टटम लगानी ६५ करोड ३२ लाख गरेको कम्पनीले जनाएको छ । कम्पनीले बीतिलाई दिएको कर्जाबाट ४ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी र कर्जा तथा लगानीबाट ७४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ । आइएमई लाइफ समीक्षा अवधिमा आइएमई लाइफले ४ लाख १५ हजार ४९४ कुल बीमालेख जारी गरेको छ । कम्पनीले बोनस दर न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार दीर्घकाल लगानी १० अर्ब ६१ करोड रुपैयाँ र सर्टटम लगानी २ अर्ब ८६ करोड गरेको कम्पनीले जनाएको छ । कम्पनीले बीतिलाई दिएको कर्जाबाट १ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानी र कर्जा तथा लगानीबाट ६३ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । सन नेपाल लाइफ समीक्षा अवधिमा सन नेपाल लाइफले ८ लाख ९३ हजार ९३० वटा कुल बीमालेख जारी गरेको छ । कम्पनीले बोनस दर न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार दीर्घकाल लगानी ७ अर्ब ३१ करोड २१ लाख रुपैयाँ र सर्टटम लगानी २ अर्ब ९८ करोड ५० लाख गरेको कम्पनीले जनाएको छ । कम्पनीले बीतिलाई दिएको कर्जाबाट १ करोड ८ लाख रुपैयाँ ब्याज आम्दानी र कर्जा तथा लगानीबाट ४३ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाललाई नियुक्त भएका छन् । माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।