आइएमई लाइफको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको १ करोड कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले वितरण गरेको बोनस वापतको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता बोनस सेयर वितरण गरेको थियो । उक्त वितरित बोनस सेयर आइतबार सूचीकृत भएको हो । उक्त सेयर वितरण भएसँगै कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्ता पुँजी पूर्याउन निर्देशन दिएको थियो ।

सन नेपाल लाइफको बीमाशुल्क आर्जन १५.७६ प्रतिशत बढ्यो, नाफा ५७.४९ करोड रुपैयाँ

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा खुद बीमाशुल्क आर्जन १५.७६ प्रतिशत बढेर ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०.५६ प्रतिशत बढेर गत वर्ष २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको खुद नाफा २६.५२ प्रतिशत घटेर ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । ग्त असारसम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोष १५ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटी ३७ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी घटेर १४.५१ रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३४.९४ रुपैयाँ रहेको छ । गत असारसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.८७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३५.२३ गुणा छ ।

नेपाल पुनर्बीमासँग प्रतिस्पर्धाको तहमा पुग्यो हिमालयन रि, कुन-कुन क्षेत्रमा छ लगानी ?

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा ३८ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब ७८ करोड र हिमायन रिइन्स्योरेन्सले १७ अर्ब ७७ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका हुन् । कम्पनीहरूले सबैभन्दा धेरै लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरेका छन् । यी दुई कम्पनीहरूले ८१.८२ प्रतिशत लगानी मुद्दती निक्षेपमा गरेको नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । कम्पनीहरूले ३१ अर्ब ३६ करोड रुपैयाँ वाणिज्य, विकास, फाइनान्स कम्पनी र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा लगानी गरेका हुन् । नेपाल पुनर्बीमाले आफ्नो कुल लगानीको ८५.६८ प्रतिशत अर्थात १७ अर्ब ८१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको हो । हिमालयन रिले आफ्नो कुल लगानीको ७७.३१ प्रतिशत अर्थात् १३ अर्ब ७४ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको छ । कम्पनीहरूले बाँकी लगानी सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड डिबेन्चर र ऋणपत्रमा गरेका छन् । यसका साथै सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्र, नागरिक लागानी कोष र म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनीको सेयर, अन्य संस्थापक सेयर, सूचीकृत नभएका पब्लिक कम्पनीको सेयर लगायत क्षेत्रमा यी कम्पनीले लगानी गरेका छन् ।