राष्ट्रिय जीवन बीमा कम्पनीले सुरू गर्याे वैदेशिक रोजगार बीमा
काठमाडाैं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु गरेको छ । श्रम इजाजत प्राप्त व्यक्तिले इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर प्रयोग गरि बीमा गर्न सक्ने कम्पनीले जनाएकाे छ । साथै वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले पनि इसेवाबाट सम्बन्धित कामदारको लागि बीमा गराउन सक्ने जनाइएकाे छ । कम्पनी लामाे समयदेखि वैदेशिक राेजगार म्यादी जीवन बीमाबाट बाहिर रहेकाे थियाे । गत साउन १ गतेदेखि लागु हुने गरि नेपाल बीमा प्राधिकरणले वैदेशिक राेजगार म्यादी जीवन बीमामा पुल प्रणाली लागु गरेकाे थियाे । यससँगै कम्पनीले साे बीमालेख जारी गर्न सुरू गरेकाे हाे ।
राष्ट्रिय बीमा कम्पनीले सञ्चालकको बैठक भत्ता बढाउने, २ वर्षको प्रतिवेदन तयार
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सञ्चालकहरूको बैठक भत्ता बढाउने भएको छ । कम्पनीले सञ्चालकहरूको बैठक भत्ता प्रतिबैठक ६ हजार रुपैयाँ, सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले पुस २४ गते काठमाडौंमा बिहान ११ बजे दोस्रो साधारण सभा बोलाएको हो । कम्पनीको सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । यस्तै, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्ने, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिवाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एवं पारिश्रमिक समर्थन गर्नेछ । सञ्चालकहरूको आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को बैठक भत्ता एवं सुविधा अनुमोदन गर्नेछ ।
राष्ट्रिय बीमा कम्पनीको साधारण सभा पुस २४ गते हुने
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले पुस २४ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको २७ मंसिरमा बसेको ४१८औं बैठकले काठमाडौं शंखमुलस्थित अनमोल क्याटरिङमा दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभामा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि १८ देखि २४ पुससम्म कम्पनीको सेयर दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ ।