कुमारी बैंकले साढे ६१ हजार कित्ता सेयर बेच्दै, मूल्य कति ?

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४२५ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सेयरको मूल्य बिक्रेताले तोकिए बमोजिम हुने बैंकले जनाएको छ । बैंकको सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि तोकिएको अवधिमा आवेदन नपरेमा अन्य जोकाहीलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल रहेको छ ।

कृषि विकास बैंकको आज १३ प्रतिशत लाभांश पारित हुँदै

काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधारण सभा मंगलबार बस्ने भएको छ । बैंकको १६ औं वार्षिक साधारण आज चैत १४ गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंकको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न ३ जना सञ्चालकको निर्वाचन गर्नेछ । यस्तै, सहायक कम्पनी कोष व्यवस्थापन कम्पनी, गोबर ग्याँस र साना किसान विकास लघुवित्तको वित्तीय विवरण पनि पारित गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसैले फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा उपस्थित भई लाभांश प्राप्त गर्नेछन् ।

एनआईसी एशिया बैंकले बेच्न थाल्यो सीआईटीको सेयर, प्रतिकित्ता ७१७ रुपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंकले नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा भएको नागरिक लगानी कोषको २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको संस्थापक सेयरमा चैत १३ गतेदेखि चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१७ रुपैयाँ तोकेको छ । सेयरको खरिद गर्न जोकोही इच्छुक लगानीकर्ताले आवेदन दिन पाउनेछन् । संस्थापक सेयर बिक्रीमा एनआईसी एशिया क्यापिटल रहेको छ । एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय काठमाडौं, शाखा कार्यालय मोरङ्गको विराटनगर, वीरगंजको आदर्शनगर, पोखराको महेन्द्रपुल, बुटवलको श्रवणपथ, धनगढीको हस्पिटललाइन र सुर्खेतको विरेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । नागरिक लगानी कोषमा एनआईसी एशिया बैंकको कूल ३ लाख ८२ हजार ५९० कित्ता सेयर लगानी रहेको छ ।