नेपाल एसबिआई बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयरमा छुट
काठमाडौं । नेपाल एसबिआई बैंक र विशालनगरको अरोगिन हेल्थकेयरबीच सम्झौता भएको छ । दुई संस्थाबीच बैंकका भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई छुट दिने विषयमा सम्झौता भएको हो । उक्त सम्झौता बैंकका मुख्य प्रबन्धक विनोद कूमार र हेल्थकेयरका प्रबन्धक जानुका विष्टले हस्ताक्षर गरेका छन् । सम्झौता अुनसार बैंकका ग्राहकले अरोगिन हेल्थकेयरमा विभिन्न सेवा जस्तै कपाल प्रत्यारोपण, छाला स्याहार, दन्त सेवा, दिवा स्याहार, चौविस घण्टे नर्सिङ सेवा, फिजीयोथेरापी, तथा अन्य ल्याब सम्बन्धि सेवाहरुमा विशेष छुट पाउनेछन् । यो छुट पाउन ग्राहकले कार्ड वा मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्नुपर्नेछ ।
सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट
काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य साथ बैंकले ग्राहकलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिज्जा हट र क्रिम बेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको हो । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एपबाट नेपालपे कयुआर स्क्यान गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा संचालित केएफसी, पिज्जा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक तुरुन्तै पाउनेछन् । यो योजना असार २१ गते बिहीबारसम्मका लागि लागु गरिएको बैंकले जानकारी दिएको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट
काठमाडौं । सिटिजन्स बैंकले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले आदर्सनगर, विरगन्ज अवस्थित औरा इलेभेनका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउने छन् । यसैगरी, सप्तरीमा अवस्थित एम डी हेल्थ केयर हस्पिटलका सेवाहरुमा अधिकतम १० प्रतिशत सम्म छुट पाउने छन् । यसैगरी बोदेबर्साइन, सप्तरीमा अवस्थित बोदेबर्साइन लाइफ केयर पोली क्लिनिकका सेवाहरुमा अधिकतम १७ प्रतिशत सम्म छुट पाउने छन् भने कावाशोती, नवलपुर अवस्थित कालिगन्डकी नारायणी सामुदायिक हस्पिटलका सेवाहरुमा अधिकतम १५ प्रतिशत सम्म छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।