लाइसेन्सको ट्रायल ढाँचा फेरियो, ८ बाट सुरु हुने ट्रायल अब सीधै टी पार्किङबाट

काठमाडौं २२, पुस । यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयोगात्मक (ट्रायल)परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्कका आठ (८) आकारको वृत्तबाट शुरु भई यु घुम्ती, उकालो र टी, पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा यथावत रहने कार्यालयका प्रमुख तेजनायण यादवले बताए। ‘सेवाग्राहीको चापलाई ध्यानमा राखेर कार्यालयले यस्तो निर्णय गरेको हो,’ यादवले भने, ‘शुरुमा अंग्रेजी अङ्क आठ आकारमा ट्रायल लिँदा यसले धेरै समय लिने भएकोले सेवाग्राहीले धेरैबेर कुर्नुपर्ने भयो। तर, शुरुमा टी पार्किङबाट ट्रायल शुरु गर्ने हो भने त्यसमा कम समय लाग्ने र पास भएर जानेले मात्र आठ आकारमा ट्रायल दिन पाउने भएकोले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न सहज हुन्छ।’ उनका अनुसार शुरूमै ८ आकारमा परीक्षा लिँदा एक सेवाग्राहीलार्इ कम्तीमा पनि १० मिनेटसम्म अर्को सेवाग्राहीले कुर्नु पर्ने हुन्थ्यो। तर, शुरूमा टी पार्किङको परीक्षा लिँदा एउटा सेवाग्राहीलार्इ ३ मिनेटभन्दा बढी समय लाग्दैन। र, टीमा पास हुनेले मात्र ८ मा जान पाउने भएकोले चाप व्यवस्थापनमा सहयोग मिल्न सक्छ। यादवका अनुसार विभागको निर्देशनअनुसार नै ढाँचा परिवर्तन गरिएको हो। गाडीको लाइसेन्सका लागि बुधबार लिखित परीक्षा दिने सेवाग्राहीको भीड बढेपछि विभागले सबैको ट्रायल लिन नसक्ने भएपछि सूचना टाँस गरी शुक्रबार ट्रायल लिन जानकारी गराएको छ। गाडीका लागि कार्यालयले सिंहदरबारको प्रमुख द्वारदेखि पश्चिमपट्टि रहेको बग्गीखाना ट्रायल स्पटमा ट्रायल परीक्षा लिँदै आएको छ। नागरिक दैनिकबाट ।

ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली सुरु, दुई दिनमा १५ ट्याक्सीमा बिलिङ सिस्टम

काठमाडौं १९, पुस । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान)सुरु गरेको दुई दिनमा (आइतबार–सोमबार) १५ ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन्। यो साता ९पुस १७ देखि २३ सम्म० बा।२ज ३००० देखि बा।२ज ३२०० सम्मका दुई सयवटा ट्याक्सीलाई बिलिङ प्रणाली जडान गर्ने समय तोकिएको छ। उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले आइतबारदेखि प्रिन्टर जडान सुरु गरेको हो। ‘आइतबार तीन र सोमबार १२ वटा गरी जम्मा १५ वटा ट्याक्सीले बिलिङ प्रणाली ९प्रिन्टर० जडान गरेका छन्,’ नेपाल गुणस्तर तथा नापतौल विभाग ट्याक्सी टेम्पो इकाइका प्रमुख विकास ध्वजूले नयाँ पत्रिकासँग भने। आगामी दिनमा प्रणाली जडान गर्ने ट्याक्सीको संख्यामा वृद्धि हुने उनको भनाइ छ। यसअघि सरकारले कम्प्युटर बिलिङ प्रणाली थाल्नुअघि नै २२ वटा ट्याक्सीले प्रणाली जडान गरिसकेका थिए। अहिलेसम्म कुल ३७ वटा ट्याक्सीमा बिलिङ प्रणाली जडान भएको छ। ट्याक्सी चढ्दा उपभोक्तालाई ठगिनबाट बचाउन र ट्याक्सी सञ्चालनलाई विश्वसनीय बनाउन सरकारले आइतबारदेखि कम्प्युटर बिलिङ प्रणाली जडान गर्न सुरु गरेको हो। साउनसम्ममा उपत्यकाका सबै ट्याक्सीमा कम्प्युटर बिलिङ काठमाडौं उपत्यकामा हाल करिब आठ हजार पाँच सयवटा मिटर ट्याक्सी सञ्चालनमा छन्। ती सबै ट्याक्सीलाई आगामी ७ साउनभित्र कम्प्युटर बिलिङमा ल्याइसक्ने सरकारको योजना छ। त्यसका लागि ‘ट्याक्सीको लट’ अनुसार ट्याक्सी नम्बर विभाजन गरिएको छ। एक लटको ट्याक्सीलाई एक साताको समय तोकिएको छ। जसअनुसार उक्त अवधिमा ट्याक्सीधनीले अनिवार्य रूपमा ट्याक्सीको मिटरसँगै प्रिन्टर जडान गर्नुपर्नेछ। ‘२३ पुसपछि क्रमशः सातामा पाँच सयवटा ट्याक्सीमा प्रिन्टर जडान गरिनेछ,’ ध्वजूले भने। एकैचोटि सबैलाई बिलिङ प्रणालीमा ल्याउन नसकिने भएकाले दैनिक पाँच सयवटामा मात्र प्रिन्टर जडान गर्ने तयारी गरिएको उनको भनाइ छ। नयाँ पत्रिकादैनिकबाट ।

एक महिनाभित्र भूकम्पपीडितले ट्याक्सी पाउने, १५ सय ट्याक्सीका लागि ढेड लाखको आवेदन

काठमाडौं १५, पुस । यातायात व्यवस्था विभागले भूकम्पपीडितलाई ट्याक्सी बाड्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । पीडितको आवेदन छानविन गरी सम्पूर्ण विवरण कम्प्युटरमा राख्ने काम पुरा भएको विभागले जनाएको छ ।१५ सय ट्याक्सीका लागि १ लाख ४८ हजार आवेदन दर्ता भएका छन् । एकान्तकुनास्थित यातायात कार्यालयका प्रमुख बसन्त अधिकारीले आवेदकको सम्पूर्ण तथ्यांक कम्प्युटरम चढाउने प्रक्रिया बिहीबार पुरा भएको बताए । अब एक महिनाभित्र गोलाप्रथाद्धारा ट्याक्सी वितरण गर्छौं उनले भने । कान्तिपुर दैनिकबाट ।