विकासन्युज

सकियो मुख्य पर्यटकीय याम, बढे १० प्रतिशत पर्यटक

काठमाडौं । नेपालमा यतिखेर मुख्य पर्यटकीय याम सकिएको छ । हिउँदको याम जाडो हुने भएकाले तुलनात्मक रूपमा विदेशी पर्यटक कमै आउँछन् । डिसेम्बर १५ पछि नेपाल आएका विदेशी पर्यटक बिस्तारै गन्तव्य मुलुक फर्किन्छन् । अक्टोबर, नोभेम्बर र डिसेम्बरमा उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । शरद् ऋतु पर्यटनको मुख्य ‘सिजन’ मानिन्छ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ठूलो सङ्ख्यामा विदेशी नागरिक आउँछन् । यसरी हेर्दा नेपालमा विशेषगरी शरद् र वसन्त ऋतु पर्यटकका लागि बढी उपयोगी सिजन मानिन्छ । विदेशी पर्यटक कम आउने याम भएकाले पनि नेपालको पर्यटकीय क्षेत्रमा हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकीय गतिविधिले पर्यटकलाई आकर्षण मात्रै होइन, उनीहरूको बसाइँ लम्ब्याउन पनि मद्दत पुग्छ । यसै सन्दर्भमा अहिले पर्यटनको राजधानी पोखरा, पर्यटकीय क्षेत्र चितवन, लुम्बिनीलगायतका गन्तव्यमा पर्यटनसँग जोडिएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता, महोत्सवलगायत गतिविधि भइरहेको छ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आजदेखि ९ दिने अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । यही पुस १४ गतेदेखि नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता आयोजना हुँदैछ । त्यस्तै, पुस १३ देखि १७ गतेसम्म २६औं पोखरा सडक महोत्सव हुन गइरहेको छ । यी उत्सव र मेलाले पर्यटक आकर्षण मात्रै नभई नेपालमा रहेका विदेशी पर्यटकको बसाइँ लम्ब्याउन पनि मद्दत पुगेको छ । पर्यटक कम आउने याममा पर्यटनलाई चलायमान बनाउन हुने अन्तर्राष्ट्रिय उत्सव र गतिविधिले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सघाउ पुग्ने गरेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन् । ‘पर्यटक कम आउने ‘लो सिजन’ मा पनि नेपालका गन्तव्यमा भइरहेका अन्तर्राष्ट्रियस्तरका ठूला-ठूला ‘इभेन्ट’ हरूले पर्यटकीय चहल-पहल बढाएको छ, पर्यटक आगमनमा पनि सघाउ पुगेको छ,’ उनले भने । डिसेम्बर १५ तारिखपछि नेपालमा पर्यटकको आगमन घट्दै जान्छ । विभिन्न प्रयोजनका लागि नेपाल आएका पर्यटक पनि क्रिसमस र नयाँ वर्ष मनाउन पर्यटक घर फर्किने चलन छ । यही सन्दर्भमा पर्यटक चाँडो घर नफर्किऊन् भनेर नेपालका विभिन्न गन्तव्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले ठूला-ठूला ‘इभेन्ट’ सञ्चालन हुन थालेका छन् । विशेषगरी विगत २५ वर्षदेखि रिनन्तर रुपमा पोखरा सडक महोत्सव भइरहेको छ । यो पर्यटक आकर्षण गर्ने महत्वपूर्ण माध्यम बनेको छ । यस्तै, अघिल्लो वर्षदेखि सुरु भएको ड्रागन बोट रेस प्रतियोगिता, अन्तर्राष्ट्रिय बेलुन महोत्सव आदि उत्सव र गतिविधिले नेपालको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन ठूलो मद्दत पुगेको व्यवसायीको बुझाइ छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टले पर्यटकीय गन्तव्यमा भइरहेका महत्त्वपूर्ण इभेन्टले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘राम्रो याममा धेरै मेहनत गर्नु पर्दैन, अफ सिजनमा बढीभन्दा बढी गतिविधिले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ, अहिले भइरहेका अन्तर्राष्ट्रिय मेला महोत्सवले नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा पहिचान गराउँछ, यसले विदेशी पर्यटक तान्छ ।’ होटल सङ्घ नेपाल (हान) का महासचिव साजन शाक्य पनि नेपालमा भइरहेका अन्तर्राष्ट्रियस्तरका महोत्सव र राष्ट्रियस्तरका पर्यटकीय गतिविधिले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जाने बताउँछन् । ‘पर्यटक घट्ने समयमा हुने पर्यटनका गतिविधि र अन्तर्राष्ट्रिय उत्सवले गन्तव्यको पर्यटनलाई चलायमान बनाउनाका साथै विदेशी पर्यटकलाई आकर्षण गर्न राम्रो भूमिका खेल्छ,’ उनले भने । महासचिव शाक्यका अनुसार अफ सिजन भएकाले अहिले होटल क्षेत्रको अकुपेन्स करिब ३० प्रतिशतमात्रै छ । काठमाडौं नजिकका धुलिखेल, नगरकोट तथा पोखरा, चितवन, लुम्बिनीलगायत गन्तव्यमा आन्तरिक र विदेशी पर्यटकको बाक्लो चहल-पहल छ । अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु विभिन्न अवसरमा आयोजना हुने पर्यटनसम्बन्धी मेला-महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याइरहेको छ । अङ्ग्रेजी नयाँ वर्षकै सन्दर्भमा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव आयोजना गरिएको छ । पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु भएको महोत्सवमा २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहेको छ । बेलुन नेपाल प्रालिको आयोजनामा नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा बेलुन उडाइनाका साथै हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुने जनाइएको छ । महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका साथै नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ। पुस १३ देखि पोखरा सडक महोत्सव नयाँ वर्ष २०२५ का अवसरमा यही पुस १३ देखि १७ गतेसम्म २६औं पोखरा सडक महोत्सव हुँदैछ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा महोत्सव हुन लागेको हो । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा पाँच लाख बढीले सहभागिता जनाउने आयोजकको दाबी छ । रेबान सौराह (चितवन) ले १४ फेब्रुअरीमा पाँचदिने सडक महोत्सव गर्दैछ भने रेबान केन्द्रले नेपाली नयाँ वर्षलाई लक्षित गरेर काठमाडौँको दरबारमार्गमा सडक महोत्सव गर्ने जनाएको छ । रेबानका अध्यक्ष विष्टका अनुसार महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पुर्याउन पनि मद्दत गरेको छ । लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म) लाई समेटेर सडक महोत्सव गरिँदै आएको छ । रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले सडक महोत्सवको माध्यमबाट पर्यटन प्रवर्द्धनका साथै कला संस्कृति प्रवर्द्धनका सँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उल्लेख गरे । नेपालमा आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा पुग्ने गरेको बताइन्छ । पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षलाई सफल बनाउन पनि पर्यटकीय मेला महोत्सवले सहयोग पुग्ने बताइएको छ । पुस १४ देखि नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस नेपालको पर्यटन प्रवर्द्धन गर्ने नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता यही पुस १४ र १५ गते आयोजना हुँदैछ ।  पोखरामा हुने दोस्रो संस्करणको ड्रागन बोट रेसमा नेपालका ११, चीनका आठ र सिङ्गापुरका एक गरी २० समूहको सहभागिता रहनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह-आयोजनामा ड्रागन वोट रेस आयोजना हुने भएको हो । पर्यटक लक्ष्य भेट्टाउन कठिन कोभिड-१९ (कोरोना भाइरस) महामारी पूर्व १२ लाख हाराहारी विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले पछिल्लो दुई वर्षमा पर्यटक आगमनको उक्त लक्ष्य भेट्टाउन हम्मे परिरहेको छ । महामारीपछिको दुई वर्षको आँकडाले महामारीपूर्वको अवस्थामा पुग्न अझै मिहिनेत गर्नुपर्ने देखिन्छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५३३ विदेशी पर्यटक आएका छन् । पछिल्लो आँकडा हेर्दा सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य भेट्टाउन कठिन हुने देखिएको छ । अब एक महिना मात्र बाँकी छ । एक महिना (डिसेम्भर) मा करिब ७० हजार पर्यटक आउने बोर्डको अनुमान छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख २५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने जनाइएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै पर्यटक बढ्ने देखिन्छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । यद्यपि एसिया प्यासिफिक क्षेत्रभन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को छ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ  । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । रासस

ईसेवाबाट रकम चोरी भएको छैन, भ्रामक समाचारको पछि नलाग्नूहोस् : ईसेवा

काठमाडौं । नेपालको अनलाइन भुक्तानी गर्ने एउटा गेटवे ‘ईसेवा’ले ईसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । ईसेवाले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरू तथा केही समाचार पोर्टलमा ईसेवाबाट रकम चोरी भएको तथा ईसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भएकाले विश्वास नगर्न ध्यानाकर्षण गराएको हो । १६ वर्षको इतिहासमा ईसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको समेत कम्पनीले जनाएको छ । कम्पनीले ईसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरू तथा मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारीसमेत गराएको छ । भुक्तानी तथा फर्स्याैट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरूको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार प्रयोगकर्ताहरूको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ । ईसेवाले ग्राहकको रकम पूर्ण रूपमा सुरक्षित रहेको र आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्यतथ्यमा विश्वास गर्नसमेत आग्रह गरेको छ ।

सूर्य नेपाल इस्टर्न ओपन पुस १० बाट सुरु, विजेताले १ लाख ५० हजार पाउने

काठमाडौं । सूर्य नेपाल इस्टर्न ओपन बुधबारबाट सुरु हुने भएको छ । सूर्य नेपाल गल्फ टूर २०२४-२०२५ अन्तर्गतको तेस्रो प्रतियोगिताको रूपमा सूर्य नेपाल इस्टर्न ओपन सुरु हुन लागेको हो । धरान गल्फ क्लबमा आयोजना हुन लागेको यो प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिता ५४ होलमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ५० हजार, द्वितीयले १ लाख र तृतीयले ७५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै शीर्ष २१ मा पर्ने खेलाडीहरूले पनि पुरस्कार रकम पाउनेछन् । प्रतियोगिता शनिबार प्रो-एम प्रतियोगिताको साथमा समाप्त हुनेछ । यसमा शौकिया गल्फरहरूले व्यवसायिक खेलाडीहरूसँग टिम बनाएर खेल्ने अवसर पाउने जनाइएको छ । कुल २९ व्यावसायिक गल्फरहरू र २६ शौकिया (५ वा कम ह्यान्डिक्याप भएका) खेलाडीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष खेलाडीहरूमा भुवन नगरकोटी, दिनेश प्रजापति, जयराम श्रेष्ठ, निरज तामाङ, सञ्जय लामा, र धन थापा रहेका छन्। ३६ होलको खेलपछि कट लागू गरिनेछ र शीर्ष २१ व्यावसायिक खेलाडीहरू र शौकिया खेलाडीहरूले अन्तिम १८ होलको चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल एसबिआई बैंकको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो सुर्खेत रोड, नेपालगन्ज उपमहानगरपालिका– २, नेपालगन्ज, बाँकेमा अवस्थित लुम्बिनी प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका– ८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ । उक्त प्रदेश कार्यालयको नयाँ भवनपरिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध–निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपकुमार देले बैंकका प्रबन्ध–निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा गरेका थिए ।

सिटिजन्स बैंक र इजी डेन्टलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इजी डेन्टलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले इजी डेन्टलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।

काठमाडौं महानगरमा ‘महिला सञ्जाल सञ्चालन कार्यविधि, २०७९’ कार्यान्वयन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणका लागि ‘महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९’ कार्यान्वयनमा ल्याएको छ । हिंसा, शोषण, दमन भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरमा बस्ने महिलाहरुमा छिटो न्यायको पहुँच पुर्‍याउन महिला सञ्जाल गठन गरिएको महानगरले जनाएको छ । हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारवाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै ठाउँ उपलब्ध गराउने सेवा नै ओसीएमसी हो । काठमाडौंका ५ वटा अस्पतालमा यस्ता केन्द्र छन् । केन्द्रहरूमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक सामाजिक कारणबाट सिर्जित समस्याबाट पीडित भएका तथा घटनाबाट प्रभावित भएका महिला, बालबालिका र पुरुषहरू आउने गरेका छन् । उनीहरूका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ । छलफलका क्रममा सञ्जालका संयोजक तथा सदस्यहरूले वडागत अवस्थाका विषयमा जानकारी गराएका थिए । वडामा सञ्चालन भएका मेलमिलाप केन्द्रहरूमा मेलमिलापकर्ताबाट मेलमिलाप गराउने महानगरले जनाएको छ । सञ्जालले गरेका काम कारवाहीको उपप्रमुखबाट अनुगमन र सुपरीवेक्षण हुने व्यवस्था छ ।

५ महिनामा जीवन बीमाको व्यापार पौने ६६ अर्ब, व्यवसाय वृद्धिमा रिलायबल र सिटिजन आक्रामक

काठमाडाैं । जीवन बीमाको व्यापार चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा पौने ६६ अर्ब पुगेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको साउनदेखि मसिंर मसान्तसम्म १४ जीवन बीमा कम्पनीले ६५ अर्ब ७४ करोड १८ लाख बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको प्राधिकरणले जनाएकाे छ । नेपाल लाइफले १८ अर्ब ७६ करोड ४८ लाख बीमाशुल्क संकलन गर्दा नेशनल लाइफलले ७ अर्ब ९८ करोड ६८ लाख, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) ले ७ अर्ब ६६ करोड ३६ लाख, हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख, सूर्यज्योति लाइफले ३ अर्ब ९९ करोड ६८ लाख र एशियन लाइफले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । व्यवसाय वृद्धिमा यी कम्पनी अगाडि व्यवसाय वृद्धिमा रिलायबल लाइफ आक्रामक देखिएको छ । रिलायबलले चालु आवको ५ महिनामा गत आवको सोही अवधिको तुलनामा २५.४३ प्रतिशतले व्यपार वृद्धि गरेको हो । गत आवको मसिंर मसान्तसम्म रिलायबलले १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गर्न सफल भएको छ । यसैगरी, सिटिजन लाइफको व्यपार १८.५८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको मसिंर मसान्तसम्म २ अर्ब २३ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले २ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ । यसैगरी, प्रभु महालक्ष्मी लाइफको व्यवसाय १५.९० प्रतिशत, आईएमई लाइफको व्यवसाय १५.७० प्रतिशत, सूर्यज्योति लाइफको १५.५६ प्रतिशत र नेपाल लाइफको ११.९५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, नेशनल लाइफ, एशियन लाइफ, एलआईसी नेपाल र सानिमा रिलायन्सको व्यापार क्रमशः ११.५१, ११.०९, १०.७४ र ९.६३ प्रतिशतले वृद्धि भएको छ ।

‘पत्रकारितामा मात्रै होइन सबै क्षेत्रमा चुनौती छ, विश्वास गुम्न दिनु हुँदैन’

काठमाडौं । पत्रकारले समयमा तलब पाएन, आज फलानो मिडियाका पत्रकार सडकमा आए । आजभोलि पत्रकारका यस्ता समाचार आइरहन्छन् । श्रमजीवी पत्रकारले न न्यूनतम पारिश्रमिक पाउन सकेका छन्, न त मिडिया हाउसले दिएको तलब पनि समयमै पाउन सकेका छन् । नेपालमा ठूलो मिडियाको रुपमा कहलिएका प्रतिष्ठानका पत्रकारहरू नै यसको मारमा परेका छन् । यस्तो अवस्थामा पत्रकार भएर टिक्न कति सहज छ भन्ने प्रश्न अहिलेको अवस्थामा आफैंमा निकै जटिल बनेको छ ।  प्रेस युनियनका अध्यक्ष शिव लम्साल नेपालमा विभिन्न प्रतिष्ठानमा काम गर्ने पत्रकारले ज्याला नपाएको समस्या रहेको भन्दै यो क्षेत्रमा टिक्न गाह्रो भइरहेको बताउँछन् । सार्वजनिक रुपमा सडकमै आन्दोलन गरेर पत्रकारलाई १०/११ महिनादेखि तलब खुवाउनुपर्ने बाध्यता रहेको भन्दै उनले नेपाल पत्रकार महासंले यो मुद्दालाई प्राथमिकता राख्नुपर्ने बताए । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल श्रमजीवी पत्रकारका मुद्दामा धेरै काम गर्न बाँकी रहेको बताउँछन् । आफ्नो कार्यकालमा मात्रै अदालतबाट र संवादबाट तीन करोड बढी पैसा पत्रकारको फिर्ता गराएको बताउँदै उनले आफूहरूले लडाइँ नगरेको भए पत्रकारले यो रकम पाउन सक्ने अवस्था नरहेको सुनाए । उनले अझै यस्तो समस्यामा धेरै पत्रकार रहेको बताए । महासंघले प्रेस तथा  अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आफूलाई उभ्याउँदै आएको बताउँदै उनले  यसमा पनि काम गर्न धेरै बाँकी रहेको बताए ।  ‘हामी एक मिनेट पनि आँखा झिम्क्यायो भने राज्यले हामीलाई नियन्त्रण गर्ने कानुन बनाउँछ भन्ने कुरा पटक-पटक देखिएको छ, ’उनी भन्छन, ‘हामी सजगता का साथ कानुन निर्माणका सन्दर्भमा  कानुन कार्यान्वयनका सन्दर्भमा  अत्यन्त गम्भीर र चनाखो भएर हेर्नुपर्ने छ ।’ उनले पत्रकारका सवालमा लड्दा लड्दै लेख्न बिर्सेको हो कि भन्ने अवस्थामा आइपुगेको बताए ।  ‘नेपाली पत्रकारहरू लेख्न जान्दैनन् भन्ने आलोचना गर्छन् यसको एउटा कारण हामी सधैं लडाइँमा लाग्नुपर्ने भएर हो,’ उनले थपे, ‘राज्यले लेख्न फुर्सद दियो भने पत्रकार लेखिरहन र टिकिरहन सक्छन् अब पत्रकारलाई लेख्न सक्ने सिक्ने ठाउँ राज्यले दिनुपर्छ ।’ नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकार भइरहन सहज नभएको बताइन् । उनले सहज छैन भन्दा पत्रकार महासंघ सदस्य हुने सङ्ख्या बढेको तर पत्रकार भएर बाँच्न अहिले नै असहज रहेको बताइन्  । उनले यसका लागि महासंघलाई पत्रकारकै संस्था बनाउने कि  पत्रकारमात्रै भएर बाँच्ने संस्था बनाउने भन्ने कुरा जटिल रहेको बताइन् ।  पारिश्रमिकसँगै अहिले पत्रकारको सूचनासँगको  पहुँच पहिलेको भन्दा पनि संकुचन हुँदै गइरहेको बताइन् । ‘सरकार दल र अरु संरचनाभित्र सूचना दिने प्रणाली अहिले पनि सहज छैन,’ उनी भन्छिन्,‘कार्यालयमा रहेका प्रवक्ता पनि सूचना दिन हो कि लुकाउन बसिरहेका छन् भन्ने छुट्याउन गाह्रो ।’ अर्को कुरा सूचनाको पहुँचमा पुगेपनि भेरीफाइ र क्रसचेक गर्न झन जटिल रहेको बताउँदै उनले गलत सूचना र गलत जानकारीको खतरा धेरै बढेको बताइन् । ‘समाचार दिन हामीलाई हतारो छ,को पहिलो हुने भन्ने हतारोले अहिले पनि भेरीफाइ नगर्दा यो जोखिम बढेको हो ।   यसै कारण पत्रकार नै भएर बाँचिरहन अहिले पनि समस्या छ,’ उनी भन्छिन,‘प्राइमरी सूचना पहिले नै आउँछ, तर पत्रकारले  छिटो गर्ने होडबाजीमा त्यही सूचनालाई भेरिफाइ नगरी लेख्दा गलत सूचना पनि सही हुने खतरा देखियो ।’ पहिले पत्रकार भन्दा सम्मान हुने ठाउँमा अहिले प्रश्न उठ्न थालेकाे उनकाे भनाइ छ । पत्रकारभन्दा राम्रो सूचना दिने जमात सामाजिक सञ्जालमा रहेको बताउँदै अब पत्रकारले पनि यो विषयमा ध्यान दिनुपर्ने उनकाे भनाइ छ ।  विश्वास दह्राे दिलाउनुपर्छ पत्रकार मोहन मैनाली पत्रकारको लागि सबैभन्दा ठूलो कुरा विश्वास भएको बताउँछन् । उनी  पत्रकारले विश्वास कायम गर्न सकेन, विश्वास घात ग¥यौ भने पत्रकारिता लामो समयसम्म कायम रहन गाह्रो हुने बताए ।  पत्रकारितामा विश्वासका कुरा गर्दा विगतमा भए गरिएको केही उदाहरण दिँदै मैनालीले  पत्रिकाकोमुनि समाचार लेखिसकेपछि यहाँ प्रकाशित सामाचार भेरीफाइ नगरिकन  नपत्याउनु होलादेखि  रेडियो र टेलिभिजनमा पनि  समाचार दिँदा धुन बज्ने बित्तिकै सुरुवातीमा यो रेडियो फलानो हो फलानोबाट समाचार सुन्नहोस् तर भेरिफाइ नगररिकन नपत्याउनुहोस् भनेर भन्ने गरियो उदाहरण सुनाए ।  उनले पत्रकारले भनेको कुरा जगतले पत्याउने भएकाले यसो भन्ने गरिएको र यसो गर्दा यदि कसैले भेरिफाइ गरेर सही सावित भयो भने पत्रकारकै शीर ठूलो हुने बताए  ।  विगतमा गोरखापत्रमा प्रकाशित सम्पादकलाई चिठी भन्ने एउटा स्तम्भमा त्यसको मुनितिर कोस्टभित्र यो सामाग्रीको जवाफदेही सम्पादक रहने छैन भन्ने लेखिएको हुनथ्यो ।  २०३७ साल पुस १५ गतेपछि त्योे स्तम्भ  मुनितर त्यो कुरा आउन छाडेकाे उनी सुनाउँछन् । यसको मतलब सम्पादकले अब यसको जिम्मा म लिन्छु भन्ने गर्यो । ‘४१ वर्ष भयो नेपाली सम्पादकले आफ्नो प्रतिष्ठानमा छापिएका सबै कुराको जिम्मेवारी म लिन्छु भनेको,’ मैनाली भन्छन्, ‘यसको मतलब हामीले त्यतिबेलादेखि नै कुनै सामग्री लेख्दा छाप्दा ट्रस्ट मी, आइ एम जर्नालिष्ट भन्ने कुरा सुरु गरियो ।’    मैनालीले पत्रकारप्रतिको विश्वास उसको अमूल्य र एक मात्र सम्पत्ति रहेको बताए । ‘विश्वास गुमेका दिन हामीले खाडी जाँदा हुन्छ वा काँशी जाँदा हुन्छ,’ मैनालीले व्यङ्ग्य गर्दै भने, ‘खाडी जाने तयारी हामी गर्न सक्दैनौँ किन कि त्यहाँ पनि निकै मिहिनेत गर्नुपर्छ, तर काँशी जाने तयारी यही उमेरमा हामी सबैले गरिरहेका छौँ कि जस्तो लाग्छ ।’ मिडियामा झुटा कुरा नजाने वातावरण बनाउन महासंघ लाग्नुपर्ने उनको सुझाव छ । अहिले समाजमा पत्रकारीलाई ढाट्ने जमात बढेको भन्दै मैनालीले सरकार पनि यो कुरामा सक्रिय रहेको बताए । मैले केही समय पहिले कक्षा ९ को इतिहास विषयको पाठ्यक्रम हेरेँ, त्यहाँ निकै त्रुटी पाएँ, जुन मैले किताबमा लेखेको कुरासँग मेल खाएको विषय थियो,’ उनले थपे,‘पाठ्यक्रममै त्रुटी फेला भनेपछि यहाँ सही सूचना पाउनै गाह्रो देखियो अब कुनैपनि सूचनामा हामीले विश्वास गरिहाल्नु हुँदैन, भेरीफाइ नगर्दा पत्रकार ढाटिनेक्रम बढेको छ सजगता अपनाउनु होला ।’ उनले पत्रकारले गल्ती गरिहाल्याे भने पनि  स्वीकार्न मिडिया हाउस र पत्रकार तयार रहनुपर्ने बताए ।  न्यू याेर्क टाइम्सजस्तो पत्रिकाले पनि एक जना मान्छेको नामको स्पेलिङ गल्ती भए पनि सच्याउने गरेको बताउँदै गल्ती सच्याउन नेपालमा कन्जुस्याइँ भइरहेको बताए । संसारभर मिडियाप्रति अरु मान्छेको गुनासो सुन्ने र त्यसको निश्पक्ष जाँच गरेर त्यो कुरा पाठकलाई भनिदिने चलन चलेको बताउँदे यसको सिको नेपालमा पनि तुरुन्तै गर्न आवश्यक रहेको बताए ।   पत्रकारप्रति नेताकाे दृष्टिकोण गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा आयोजित ‘पत्रकार भइरहन कति सहज ?’ विषयक अन्तरक्रियामा उनले पत्रकारिताको धर्म र नैतिकतालाई व्यवस्थित गरेर लैजान सकेको खण्डमा सिङ्गो पत्रकारिताको माध्यमबाट लोकतन्त्र र प्रजातन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।  ‘पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्नु हुँदैन, नकि पत्रकार, चिकित्सक, वकिल र राजनीतिकर्मी सबै आफू जहाँ छौँ आ-आफ्नो धर्म निर्वाह गर्नुपर्छ यसबाटै देश र समाजको बृहत्तर हित हुन्छ,’ उनले भने,‘आजको दुनियाँमा नैतिकताको ह्रास भइरहेको छ । यस्तो बेलामा पत्रकारको आफ्नो धर्म छ । तपाइँहरू जहाँ हुनुहुन्छ । व्यावसायिक धर्म नछोड्नुस् ।’     पत्रकार देश र समाजको प्रतिनिधित्व गर्ने वर्ग भएकाले पेसागत दायित्व र नैतिक इमान्दारिता कायम गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । यादवले आज संसारमा प्रजातन्त्रको क्षयीकरण भइरहेको सन्दर्भमा आफू विद्यार्थी राजनीति, चिकित्सा पेसा र पछिल्लो पदीय जिम्मेवारीमा रहदाँ करिब ८३ वर्षको उमेरमा लोकतन्त्रमाथि खतरा छभन्दा असाध्यै दुःख लाग्ने गरेको बताए ।  पूर्व अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा सञ्चार जगतले समाजमा उत्पन्न भएका सूचनालाई सुसचित गरेको बताउँछन् । पारिश्रमिक नपाउनु आफैमा दुःख भएको बताउँदै उनले सरकारलाई सही बाटोमा लाग्न सञ्चारमाध्यमले सरकारलाई खबरदारी गर्न सहयाेग गरिरहेकाे बताए ।  ‘पत्रकारले समाज र लोकतन्त्रलाई गती दिएको छ,पत्रकारले समाचार नलेखेको भए समाज यहाँ पुग्ने थिएन, हरेक आन्दोलनमा अगाडि बढ्न शक्तीको रुपमा यसले काम गरेको छ,’ उनी भन्छन,‘ तर कहिलेकाँही गलत सूचना पनि आउँछन्, यो राम्रो होइन ।’ ‘एउटा ठाउँमा बन्दुक पड्क्यो, गोली हानियो भनेर समाचार आउँदा देशभरका नागरिकलाई थाहा हुन्छ तर जहाँ बन्दुक पड्केको हो त्यहाँका नागरिकलाई थाहा हुँदैन किन कि त्यहाँ पड्केकै हुँदैन । ‘कहिलेकाँही व्यक्ति विशेषले पनि बद्लाको भावमा लेखिदिने, एउटा झुटो कुरा लेख्दिन सक्छ, त्यो कुरा सत्य हुँदैन, त्यो खण्डनयोग्य हुन्छ, त्यसको भुक्तभोगी हामी छौँ तर, यसलाई हामी सिंगो पत्रकारसँग जोडिएर हेर्नु हुँदैन,’ उनले भने । हरेक कुराभित्र विकृति बिसंगति हुने भन्दै उनले यसलाई सुद्धिकरण गरेर जानुपर्ने उनकाे भनाइ छ ।  पत्रकार भइरहन कत्तिको सहज छ भन्ने प्रसंगमा शर्माले कोही केही रहिरहन कति सहज छ भन्ने प्रश्नमा आएर हेर्नेहो भने कुनैपनि कुरा सहज नभएको बताए । ‘नेता हुन पनि सहज छैन, किसान हुन पनि सहज छैन, पत्रकार हुन पनि सहज छैन केही हुन पनि सहज छैन, उनी भन्छन्,‘ कुरा इमान्दारिताको हो, संकलपको हो लगनशिलताको हो, यो भयो भने कसरी सहज हुने नहुने भन्ने कुरा आफैमा भर पर्छ ।’  पूर्व सञ्चारमन्त्री एवं काग्रेस नेता डा. मिनेन्द्र रिजाल पत्रकार महासंघमा गठबन्धनको अध्यक्षको रुपमा अपेक्षा राख्नु मुर्खता भएको बताउँछन् । राजनीति जस्तो छ, पत्रकार पनि उस्तै भएको भन्दै उनले राजनीतिको प्रति छाया देखिएको भन्दै पत्रकारप्रतिछाया बन्दा पत्रकार नै नरहने बताए  । काग्रेस-एमाले मिलेको गठबन्धनको संस्कृतिलाई उपयोग गरेर बनेको महासंघले यो प्रवृतिबाट उम्काउन सक्नुपर्ने उनकाे भनाइ छ ।