बालेनलाई सुनिताको चेतावनी : झडप होइन, मेयर आफै अघि आउनुपर्छ
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई प्रत्यक्ष रूपमा समस्याको समाधान गर्न आग्रह गरेकी छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको हाजिरी विषयमा उत्पन्न विवाद संवादमार्फत हल गर्नुपर्ने उनको धारणा छ । डंगोलका अनुसार कर्मचारीको हाजिरी प्रक्रियामा भएको झडप नगरपालिकाको लागि सकारात्मक संकेत होइन । उनले भनिन्, 'मन्त्रालयबाट पठाइएको अधिकारीलाई अवरोध गर्नु राम्रो होइन । कर्मचारीबीचको विवाद समाधान गर्नुपर्छ ।' उनले थप अनुसन्धान आवश्यक भए कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताइन् । 'हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासी यस विवादका कारण सास्ती भोगिरहेका छन् । क्यान्सरपीडितलाई आवश्यक सहयोगसमेत रोकिएको छ । काम अवरुद्ध गरिनुहुँदैन, ' उनले भनिन् । उपमेयर डंगोलले मेयर शाहको प्रत्यक्ष संलग्नता आवश्यक भएको भन्दै उनले कोठामा बसेर मात्र आदेश दिन नमिल्ने बताइन् । 'यदि यो मेयरको निर्णय हो भने, उहाँ आफै अघि आउनुपर्छ। आदेश मात्र होइन, समस्याको समाधान प्राथमिकता हुनुपर्छ, ' उनले भनिन् । उनले समस्याको समाधान नगरी बोर्ड बैठक बस्न नहुने बताइन् । तत्काल समस्या समाधान गरेर मात्रै बोर्ड बैठक बस्न्पर्ने उनको भनाइ छ । यसबीच तीन महिनादेखि मेयर शाहले कार्यकारी अधिकृत गुरागाईंलाई हाजिर गर्न नदिँदा कर्मचारीहरूको तलबसमेत रोकिएको छ । आज कार्यालय पुग्दा कर्मचारीहरूले गुरागाईंलाई स्वागत गरे पनि कार्यकक्षमा तालाबन्दी भएका कारण उनी कार्यालय प्रवेश गर्न सकेनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि पत्र पठाएको थियो । मन्त्रालयले उनलाई पुनः प्रमुख प्रशाकीय अधिकृतमा नियुक्त गर्न महानगरलाई पत्र पठाइसकेपछि बिहीबार बिहान उनी महानगरपालिकामा हाजिर गर्न पुगेका थिए । महानगरपालिकामा देखिएको यो विवादको निकास कहिले र कसरी निस्कन्छ भन्ने प्रतीक्षा नगरवासीले गरिरहेका छन् ।
दिपलको पहिलो वर्ष : ४ फ्युचरिस्टिक मोडल सार्वजनिक, ९६ बढी चार्जिंग स्टेसन
काठमाडौं । नेपालको लक्जरी इलेक्ट्रिक भेइकल (इभी) ब्रान्ड दिपलले पहिलो वर्ष उल्लेखनीय उपलब्धिहरू र महत्वपूर्ण कोशेढुंगाहरू पार गर्दै मनाएको छ । कम्पनीका अनुसार नेपालमा सार्वजनिक भएको एक वर्षमै ८०० भन्दा बढी ग्राहकको मन जित्दै, दिपल नेपालको नम्बर १ लक्जरी इभी ब्रान्ड बन्न सफल भएको छ । ग्राहकहरूको विश्वास र समर्थनका कारण, एमएडब्लु वृद्धि अटोकर्पले इलेक्ट्रिक मोबिलिटी र इनोभेसनमा आफ्नो स्थान बलियो बनाएको छ । दिपलले एस०७, एल०७, एस०७ एल, र ई०७ गरी चार अत्याधुनिक इभी मोडेलहरू सार्वजनिक गरिसकेको छ । यी मोडेलहरूमा ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी उद्योगमै पहिलो पटक उपलब्ध भएका प्रविधिहरू समावेश छन् । दिपलले इभीबाट ग्राहकहरूले गर्न सक्ने अपेक्षालाई नयाँ परिभाषा दिएको छ । दिपलले नेपालभर ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसनहरू सञ्चालन गरिरहेको छ । यो नेपालकै सबैभन्दा ठूलो इभी चार्जिङ नेटवर्क हो, जसले इलेक्ट्रिक मोबिलिटीलाई थप सहज र भरपर्दो बनाएको छ । नेपालका चर्चित व्यक्तित्वहरू दिपलसँग जोडिएका छन् । पूर्व क्रिकेट कप्तान पारस खड्का दिपलको ब्रान्ड एम्बासडर बनेका छन् । नीति शाह, सन्दीप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिङ राई जस्ता ३० भन्दा बढी चर्चित सेलिब्रिटी र खेलाडीहरूले दिपललाई आफ्नो यात्राको साथी बनाएका छन् । क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगमलाई नेपाल ल्याएर दिपलले आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरेको कम्पनीको भनाइ छ । दिपलको नवप्रवर्तन र प्रभावशाली बजार यात्रालाई विभिन्न सम्मानले समेत मान्यता दिएको छ । सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्लु वृद्धिले चांगान अटोबाट नेपालमा ‘इभी इनोभेसन’मार्फत ‘ग्रिन मोबिलिटी’मा योगदान पुर्याएको भन्दै ‘सांग्रिला न्यु इनर्जी अवार्ड‘ पाएको थियो । यसबाहेक ‘टेकलेख’ले दिपल एस०७ लाई ‘एसयुभी अफ द इयर २०२४’ बाट सम्मान गरेको थियो । दोस्रो वर्षमा प्रवेश गर्दै दिपल ब्रान्डले इलेक्ट्रिक मोबिलिटीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । कम्पनीले नेपाली बजारमा नवीनतम प्रविधि भित्र्याउने, चार्जिङ पूर्वाधारलाई अझ बलियो बनाउने र ग्राहकहरूको सन्तुष्टि पहिलो प्राथमिकता राख्ने योजना अघि सारेको छ ।
भेट्रान सीईओको अनुभव, आजको काम आजै, तलब २ करोड ८ लाख |
भेट्रान सीईओको अनुभव, आजको काम आजै, तलब २ करोड ८ लाख |
वित्तीय क्षेत्रमा २८ वर्षसम्म सीईओ, पुरानामा भन्दा नयाँ कम्पनीमा फाइदा
वित्तीय क्षेत्रमा २८ वर्षसम्म सीईओ, पुरानामा भन्दा नयाँ कम्पनीमा फाइदा
काठमाडौं महानगरमा तनाव : गुरागाईंलाई प्रवेशमा रोक लगाइएपछि कर्मचारीले फोडे ढोका
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोडेका छन् । महानगर प्रहरीले उनलाई रोकेपछि महानगरका कर्मचारीले तालासहित ढोका पनि फोडेका हुन् । महानगर प्रहरीले गुरागाईंलाई गेटमै रोके पनि कर्मचारीले भित्रसम्म पुर्याएका छन् । गुरागाईंको स्वागतमा उपमेयर सुनिता डंगोल पनि देखिएकी छन् । बालेनले प्रहरीको साथ लिएर उनलाई रोक्ने प्रयास गरेपनि कर्मचारी मिलेर उनलाई भित्र पुर्याएका हुन् ।
नेपालले जलवायु रणनीति भारत र चीनको नीति अनुसार बनाउनुपर्छ : डा. महेश्वर ढकाल
काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले नेपालले जलवायु परिवर्तनसम्बन्धी रणनीति बनाउँदा भारत र चीनको नीति अनुसार अघि बढ्नुपर्ने सुझाव दिएका छन् । काठमाडौंमा आयोजित यातायात डिकार्बोनाइजेसनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले नेपालको जलवायु नीति दातृ निकायहरूको प्रभावमा बढी महत्वाकांक्षी बनेको टिप्पणी गरे । डा. ढकालका अनुसार भारतले सन् २०७० र चीनले सन् २०६० मा कार्बन न्यूट्रल लक्ष्य लिएको अवस्थामा नेपालले सन् २०४५ को लक्ष्य राख्नु व्यावहारिक नहुने बताए । नेपालको नीति वास्तविक धरातलमा आधारित हुनु आवश्यक छ । उनले एनडिसी (राष्ट्रिय निर्धारित योगदान) का लक्ष्यहरू दातृ निकायहरूको प्रभावमा परेर बढी महत्वाकांक्षी बनाइएको गुनासो गरे । उनका अनुसार, सरकारले धान्न सक्ने र नेपाली समाजले आत्मसात् गर्न सक्ने व्यावहारिक लक्ष्यहरू निर्धारण गर्नुपर्ने आवश्यकता छ । डा. ढकालले इलेक्ट्रिक सवारीमा सहुलियत दिने नीति धनी वर्गलाई मात्र फाइदा पुग्ने गरी अघि बढिरहेको बताउँदै सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । राजस्वको वैकल्पिक स्रोत खोजी नगरी हचुवा नीति लिने हो भने विद्युतीय सवारी प्रवर्द्धनको नाममा व्यावहारिक समस्याहरू आउन सक्ने उनको तर्क छ। नेपालको जलवायु रणनीतिलाई छिमेकी मुलुकहरूको रणनीतिसँग समायोजन गर्दै अन्तर्राष्ट्रिय वित्तीय सहयोगको व्यवहारिक दृष्टिकोण राख्नुपर्ने उनको धारणा छ ।
ट्रम्पको अटो ट्यारिफले ४६० अर्ब डलरभन्दा बढीको अमेरिकी सवारीसाधन र पार्ट्स आयातलाई समेट्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २५ प्रतिशत अटो ट्यारिफले वार्षिक रूपमा ४६० अर्ब डलरभन्दा बढीको सवारीसाधन र अटो पार्ट्स आयातलाई समेट्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बुधवारको संघीय रजिस्टर नोटिसमा समावेश गरिएको ट्यारिफ कोडहरूको विश्लेषण गरी ४६० अर्ब डलरभन्दा बढीको सवारीसाधन र अटो पार्ट्स आयातलाई समेट्ने जनाइएको हो । गत हप्ता ट्रम्पको अटो ट्यारिफ घोषणा मे ३ देखि लागू हुनेछ । यो बिहीबार मध्यरातमा २५ प्रतिशत ट्यारिफ लागू भएपछि एक महिनापछि लागू हुनेछ । यस सूचीमा इन्जिन, ट्रान्समिसन, लिथियम–आयन ब्याट्री तथा अन्य प्रमुख कम्पोनेन्टहरूसहित टायर, शोक अब्जर्बर, स्पार्क प्लग वायर, ब्रेक होज जस्ता कम महँगा पाट्र्सको ट्यारिफ कोडहरू समावेश छन् । तर सूचीमा अटोमोटिभ कम्प्युटरहरू पनि छन्, जुन चार–अङ्कीय ट्यारिफ कोड अन्तर्गत पर्दछ । जसमा ल्यापटप, डेस्कटप कम्प्युटरहरू र डिस्क ड्राइभहरू समेत समावेश छन् । २०२४ मा यस श्रेणीको आयात १३८.५ अर्ब डलर रहेको अमेरिकी जनगणना ब्युरोको तथ्याङ्कले देखाएको छ । यो श्रेणीबाहेक अमेरिकी सवारीसाधन र पाट्र्स आयातको कुल मूल्य ४५९.६ अर्ब डलर रहेको छ । आधुनिक कार र ट्रक, विशेष गरी विद्युतीय सवारीसाधनहरूका लागि आवश्यक कम्प्युटरहरूको सटीक मूल्य तत्काल स्पष्ट छैन किनभने अटोमोटिभ कम्प्युटरहरूको लागि कुनै अलग ट्यारिफ कोड छैन । पाट्र्ससूची साथै मे ३ बाट लागू हुने यी ट्यारिफहरूको समयसीमा ट्रम्पले सबै अमेरिकी आयातका लागि १० प्रतिशत आधारभूत ट्यारिफ घोषणा गर्नुअघि खुलासा गरिएको थियो । धेरै देशहरूलाई उच्च पारस्परिक ट्यारिफ लगाइएको थियो, जुन गैर–ट्यारिफ व्यापार अवरोधहरू प्रतिकार गर्न डिजाइन गरिएको थियो । वरिष्ठ ट्रम्प प्रशासन अधिकारीहरूका अनुसार सेक्शन २३२ राष्ट्रिय सुरक्षा ट्यारिफ अन्तर्गत पर्ने सवारीसाधन र अटो पाट्र्सहरूलाई छुट्टै आधारभूत वा पारस्परिक ट्यारिफ लगाइने छैन । अटो ट्यारिफहरू नयाँ पारस्परिक ट्यारिफहरूसँग थपिने छैनन्, जुन अप्रिल ५ देखि सुरु हुँदैछ । अझै बढी पाट्र्सहरू ट्यारिफ सूचीमा थपिन सक्ने सम्भावना छ, किनभने ह्वाइट हाउसले वाणिज्य विभागलाई ९० दिनभित्र घरेलु उत्पादकहरूलाई अन्य पार्ट्स आयातलाई निशाना बनाउन अनुरोध गर्ने प्रक्रिया स्थापना गर्न निर्देशन दिएको छ । नोटिसमा भनिएको छ कि यदि कुनै सवारीसाधन अमेरिकी–मेक्सिको–क्यानडा सम्झौताका उत्पत्तिको नियमअन्तर्गत योग्य हुन्छ भने आयातकर्ताहरूले आदेशको गैर–अमेरिकी सामग्रीमा मात्र २५ प्रतिशत शुल्क तिर्नुपर्नेछ ।
त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी
काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का गोविन्द कोइराला निर्वाचित भएका छन् । सामुहिक वाम गठबन्धनलाई पराजित गर्दै नेविसंघका उम्मेदवारहरूले प्रमुख पदहरूमा विजय हासिल गरेका छन् । अध्यक्षसहित सचिव र कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् । स्ववियु सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम (थोमस) निर्वाचित भएका छन् । सबै बुथको मतगणना एकीकृत गरिने प्रक्रिया जारी रहेको बताइएको छ । निर्वाचन समितिले औपचारिक रूपमा नतिजा घोषणा गर्न बाँकी रहेको भए पनि नेविसंघका उम्मेदवारहरू अग्रस्थानमा रहेको पुष्टि भइसकेको छ ।