यस कारण कुमारी बैंक एनसीसीसँगको मर्जको विपक्षमा–अमिर प्रताप राणा
काठमाडौं, ३१ असार । एनसीसीसहित ४ वटा विकास बैंकसँग मर्जमा जाने कुमारी बैंक सञ्चालक समितिको ८ महिना लामो प्रयास शुक्रबार सम्पन्न साधारणसभाबाट विफल भएको छ । मर्जको पक्षमा कम्तिमा ७५ प्रतिशत मत हुनुपर्नेमा मर्जको विपक्षमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । रोचक पक्ष के छ भने शुक्रबारसम्मन्न विशेष साधारणसभामा भीआईपी नामधारीसहित १९ जना सेयरधनीले कम्तिमा दुई घण्टा मर्जको पक्षमा आफ्नो विचार राखे । तर अन्तिम वक्ता अमिर प्रताप राणाले जम्मा ८ मिनेट आफ्नो विचार राखे मर्जको विपक्षमा । अमृतभोगको हलमा खचाखच सेयरधनीले उनको हरेक तर्कमा समर्थन गर्दै गट्टटट ताली बनाए । अन्तत राणाको विचारको पक्षमा र सञ्चालक समितिको प्रस्तावको पक्षमा सेयरधनीले मतदान गरे । प्रस्तुत छ साधारणसभामा राणाले व्यक्त गरेको विचारको मुख्य अंश । जब कुमारी बैंकको सञ्चालक समितिले एनसीसीलगायत अन्य ४ वटा विकास बैंकसँग मर्जमा जार्ने सम्झौता गर्यो, तब मैले यो प्रक्रियालाई नजिकबाट अध्ययन गर्न थाले । बैंक सञ्चालक समितिले, मर्जर कमिटिले दिएको तथ्याङ्कहरु अध्ययन गरेँ । ती तथ्याङ्कहरु मलाई राम्रो लागेन । मैले अन्य लगानीकर्ता साथीहरुसँग आफूले देखेको कुरा गरे । प्रवद्र्धकहरुसँग पनि कुरा गरे, साधारण सेयरधनीहरुसँग पनि कुरा राखे । सत्य तथ्य, वास्तविकता जे हो, त्यो भने । उहाँहरुको कुरा पनि सुने । उहाँहरुले पनि ‘यो त राम्रो भएन, सत्य तथ्य कुरा लगानीकर्तासम्म आएकै छैन’, भनेर भन्नुभयो । मर्जर प्रक्रियामा विशेष साधारणसभा गर्नै पर्छ, त्यतिबेला आफ्नो कुरा राख्छु पर्छ भन्ने कुरा भयो । साधारणसभाबाट नै उचित निर्णय लिनुपर्छ भन्ने कुरा भए । त्यसपछि डिडिए रिपोर्ट आयो, मर्जको लागि तय भएको स्वाप रेसियो हामीलाई देखाईयो । एनसीसीको १०० हुँदा कुमारीको ९८ रुपैयाँ देखाईयो । अरु चार विकास बैंकहरुमा कसैको ८०, कसैको ७५, कसैको ७०, एउटाको ५० भन्दा पनि कम देखियो । कुमारीको ९८, एनसीसीको १०० ? यो कसरी हुन सक्छ ? मैले डीडीए गर्दा लिएका आधारहरु विश्लेषण गर्न लगाए । सिनियर अटिरहरुलाई अध्ययन गर्न दिए । निष्कर्ष के आयो भने कुमारीको १०० हुँदा एससीसीको ८० भन्दा कम हुनुपर्ने । (फ्लोरमा गटट्ट् ताली) विकास बैंकहरुको ५० भन्दा माथि कुनैको पनि हुन सक्दैन । (फ्लोरमा गटट्ट् ताली) अब त मनले मानेन । यो त हुने कुरै भएन । यो मर्जको स्वाप रेरियो मुलतः नेटवर्थमा आधारित छ । अन्टराष्ट्रिय मापदण्ड फरक छ । नेटवर्थ, एनपीए, एनबीए, ऋणहरुको अवस्था लगायत ७/८ वटा मापदण्डका आधारमा स्वाप रेसियो निर्धारण गरिनुपथ्र्यो, त्यो यहाँ भएको छैन । पूर्ववक्ता साथीहरुको कुरा सुनेँ । मर्जमा नगए राष्ट्र बैंकले कारवाही गर्छ, झन समस्या आउँछ । मलाई त्यस्तो लाग्दैन । यो विशेष साधारणसभाले एनसीसी लगायत चार विकास बैंकसँग मर्जमा जाने प्रस्तावको विपक्षमा निर्णय गर्दा कुनै पनि कानुनको उल्लंघन हुँदैन । विशेष साधारणसभाले मर्जमा नजाने निर्णय गर्दा राष्ट्र बैंकले कुमारी बैंकलाई कारवाही गर्छ भन्ने मलाई लाग्दैन । साधारणसभाको निर्णय राष्ट्र बैंकले मान्छ । हामी कानुनअनुसार चल्ने हो भने राष्ट्र बैंकले पनि हाम्रो निर्णयलाई कदर गर्छ । (फ्लोरमा गटट्ट् ताली) म यो फ्लोरलाई महत्वपूर्ण कुरा सुनाउँछु । तपाईहरुलाई भनिएको छैन । समस्या लुकाएर हुँदैन । कुमारी, एनसीसीसहित चार वटा विकास बैंक मर्जपछि बन्ने संस्थाले कम्तिमा तीन वर्ष लाभांश दिन सक्दैन । यो मेरो भनाई होइन, मर्जरका लागि गरिएको डिडिए रिपोर्टले दिएको निष्कर्ष हो । रिपोर्टमा आफ्टर मर्ज (मर्जपछिको अवस्था) शिर्षकमा यस्तो लेखिएको छ । (फ्लोरमा ताली) एनसीसीसँग मर्ज हुँदै गरेको विकास बैंकहरु मध्ये केही विकास बैंकमा अधिक बढी कर्मचारी रहेछन् । उनीहरुले यसअघि नै फाइनान्स कम्पनीसँग मर्ज गरेकाले बढी कर्मचारी हुन गएको रहेछ । ६ वटा बैंक मर्ज हुँदा करिव १४ सय कर्मचारी हुनेरहेछ । कुमारी बैंकसँग ३६ अर्ब निक्षेप छ । कर्मचारी साढे ३ सय कर्मचारी छन् । ६ संस्था मर्ज हुँदा निक्षेप करिव ७८ अर्ब हुन्छ । विजनेश करिब ११५ प्रतिशतले वृद्धि हुँदा कर्मचार ३०० प्रतिशतले वृद्धि हुन्छ । ७०० देखि ८०० कर्मचारी भए पुग्ने ठाउँमा १४०० कर्मचारी राखेर, बल्छि बजार बनाएर हुन्छ ? यस्तो संस्था कसरी चल्छ ? मर्जको मुख्य उदेश्य थोरै कर्मचारीले धेरै विजनेश हेण्डल गर्छ, बढी नाफा दिन्छ भन्ने हो । तर त्यो उदेश्य एनसीसीसँगको मर्जबाट सम्भव छैन । (फ्लोरमा ताली) मर्जपछि सेयर पुँजी ३०६ प्रतिशतले बढ्छ तर विजनेश ११५ प्रतिशतले मात्र बढ्छ । यस्तो मर्ज गरेर कसरी नाफा हुन्छ ? नाफा छैन, फाइदा छैन भने किन मर्जमा जाने ? (फ्लोरमा ताली) अब तपाई मर्जमा जाने पक्षमा हुनुहुन्छ ? म त मर्जको पक्षमा छैन । बाटोमा अगाडि खाल्टो देख्दा देख्दै म त अगाडि बढ्ने पक्षमा छैन । हामी मर्जमा जाने हो भने मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी ८ अर्ब २४ करोड रुपैयाँ हुन्छ । त्यसपछि बैंकले बोनस सेयर, हकप्रद सेयर केही पनि दिदैन । जब बोनस सेयर, हकप्रद सेयरको सम्भावना हुँदैन, बजारमा सेयरको मूल्य निकै तल जान्छ । मर्जमा गएपछि हामी सबैलाई घाटा हुन्छ भने हामी किन मर्जमा जाने ? (फ्लोरमा ताली) मर्जमा जान हुँदैन भन्ने पक्षमा भोट दिन म तपाईहरुलाई आग्रह गर्छु । धन्यवाद । र यो पनि कुमारी बैंकको विशेष साधारणसभामा चुनाव पक्का, एनसीसी बैंकसँग मर्ज नहुने सम्भावना बढ्यो
साउन २ गतेदेखि सेयर कारोबार एक घण्टा बढ्ने, धितोपत्र बोर्डले दियो पाँच बुँदे निर्देशन
काठमाडौं, ३१ असार । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले धितोपत्रको दोस्रो बजार कारोबार अवधी एक घण्टा बढाएको छ । साउन २ गतेदेखि अब दैनिक चार घण्टा सेयर बजार खुल्नेछ । नेप्सेले सरोकारवाला निकायहरुको सुझाव अनुसार सेयर कारोबारको समयावधी वृद्धि गरेको जनाएको छ । साउन २ गतेदेखि सेयर बजार बिहान ११ बजे खुलेर ३ बजे बन्द हुनेछ । ‘सरोकारवालाहरुसँगको छलफल पछि एक घण्टा समय थप्ने निर्णय गरेका हौं, अब लगानी कर्ताले समय पुगेन भनेर गर्ने गुनासो कम हुन्छ’, नेप्सेका प्रवक्ता शम्भु पन्तले विकासन्युजसँग भने । उता, नेपाल धितोपत्र बोर्डले भने लगानी कर्ताहरुलाई सुविधाका लागि पाँच बुँदे निर्देशन दिएको छ । बोर्डले तत्कालै क्लियरिङ बैंकको संख्या थप्न, स्वचालित कारोबार प्रणालीमा देखिएको समस्या तत्काल सुधार गर्न, कारोबार राफसाफ र फछ्र्यौट सम्बन्धमा समयमै पेइन र पेआउटको व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएको हो । त्यस्तै, बोर्डले सेटलमेन्ट ग्यारेण्टी फण्डको कार्यान्वयन तत्काल गराउन तथा धितोपत्रको कारोबार तथा दलाल व्यवसायीको कामकारवाहीको कडा अनुगमन गर्न समेत निर्देशन दिएको हो । नेप्सेका प्रवक्ता पन्तले बोर्डले दिएका बजार विकास सम्बन्धी निर्देेशनहरु कार्यान्वयनका लागि नेप्से प्रतिवद्ध रहेको बताए ।
नेवार बस्तीमा एकीकृत बस्तीको पुनःनिर्माण अभियान सुरु
काठमाडौं, ३१ असार । काठमाडौंको भित्री नेवार बस्तीमा एकीकृत बस्ती पुनःनिर्माण अभियान सुरु भएको छ । गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित काठमाडौँ महानगरपालिकाको वडा नं १८ भित्र पर्ने दुम्बोचुक तथा ल्होँह गल्लीमा रहेका ५४ घर परिवारको संयुक्त आवास निर्माण गरिन लागिएको हो । निर्माण कार्यलाई प्रक्रियामा लगेपछि त्यसको परिणाम के हुने तथा त्यसबाट स्थानीय नेवार बासिन्दालाई के लाभ हुने भन्ने विषयमा काठमाडौं उपत्यका विकास प्राधिकरण तथा स्थानीयवासीबीच आज छलफल भयो । झन्डै तीन रोपनी जग्गामा ५४ परिवारका लागि संयुक्त आवास निर्माण हुने भए पनि सयौँ वर्षदेखि आफ्नो घरमा बस्दै आएका कतिपय जग्गाधनीले अझै जग्गाधनी पुर्जा तथा निस्सा नलिएको तथा कतिपयको जग्गाधनी प्रमाणपुर्जा भूकम्पबाट क्षति भएको घरमा नै पुरिएर हराएको वा बिग्रेको अवस्थामा भएकाले बस्ती निर्माण गर्न केही समस्या देखिएको स्थानीयवासीले बताएका छन् । कार्यक्रममा पूर्व भौतिक योजनामन्त्री हिसिला यमीले काठमाडौंको भित्री नेवार वस्तीमा २१औँ शताब्दीमा संयुक्त आवासको अवधारणा लागू हुन लागेकामा खुसी प्रकट गरेका छन् । प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले संयुक्त आवास निर्माण भए पनि जग्गाको स्वामित्व घरधनी नै हुने र कथम्कदाचित जग्गाधनी प्रमाणपुर्जा लिन नपाएको वा हराएको अवस्थामा पनि उनीहरुको जग्गाधनी पुर्जा लिन प्राधिकरणले सहयोग र सल्लाह दिने तर उनीहरुको हक नखोसिने स्पष्ट पारे । उक्त आवास ७६० वर्ग फुटमा फैलिने छ र संरचना पाँच तलाको हुने छ । यही साउन १० भित्र प्राधिकरणले एकीकृत बस्ती वा संयुक्त आवास बनाउन एउटा कमिटी बनाइने भएको छ । दुम्बो चुकका स्थानीय बासिन्दा विजयानन्द वैद्यले संयुक्त आवास निर्माण कार्य राम्रो कदम भए पनि आफ्नो १२ परिवार रहेको एउटै घरको १४ आना जग्गाको हालसम्म जग्गाधनी प्रमाण पुर्जा र निस्सासमेत लिइनसकेकाले समस्या भइरहेकोतर्फ ध्यानाकर्षण गरेका छन् । एकीकृत बस्ती पुनःनिर्माण अभियानका संयोजक मचाराजा महर्जनले एकीकृत बस्तीभित्रका स्थानीय बासिन्दालाई घर निर्माणमा सघाउ पु¥याउने उद्देश्यले अभियानले लामो समयदेखि पहल गर्दैआएको बताउँदै पहिलो पटक निर्माण हुन लागेको यो अभियान अन्य ठाउँमा पनि विस्तार गर्न उपयुक्त हुने सुझाव दिएका थिए। रासस
डिडिसीको नयाँ उत्पादन दाना र टि मिल्क बजारमा
काठमाडौ, ३१ असार । दुग्ध विकास संस्थानले आफ्नो ४८ औं वार्षिकोत्सवमा विभिन्न नयाँ उत्पादन बजारमा ल्याउने भएको छ । संस्थानले नेपालको पशुपक्षी दान क्षेत्रमा रहेको निजी क्षेत्रको एकाधिकारकार तोड्दै पहिलोपटक डिडिसी दाना बजारमा ल्याउने भएको छ भने चियाका लागि टि मिल्क नामक छुट्टै दुधको पनि बिक्री सुरु गर्ने भएको छ । संस्थानले वार्षिकोत्सव र भावी योजनाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । संस्थानका महाप्रवन्धक गंगाप्रसाद तिमल्सिनाले संस्थानको यही साउन १ गते हुने वार्षिकोत्सव कार्यक्रममा उक्त उत्पादनहरु सार्वजनिक गरिने बताए । संस्थानले चियाका लागि उत्पादन गरेको दुध फयाट कम भएको र वाक्लो रहेकोले हाल प्रचलनमा रहेको दुधभन्दा २ कप बढी चिया बनाउन सकिने जनाएको छ । संस्थानले होटलहरु व्यवसायीहरुको मागअनुसार वजार अध्ययन गरेरै टि मिल्क बजारमा ल्याउन लागेको संस्थानका उपमहाप्रवन्धक इश्वरी प्रसाद अधिकारीले बताए । उनका अनुसार टि मिल्कमा फयाटको मात्रा १.५ प्रतिशत रहेको छ भने एसएनएफको मात्रा सबैभन्दा बढी ९.५ प्रतिशत रहेको छ । सामान्य दुधमा एसएनएफको मात्रा ८ प्रतिशत र फयाटको मात्रा ३ प्रतिशत हुने गरेको छ । टि मिल्कका कारण थप १० हजार लिटर दुधको खपत बढ्ने संस्थानको अनुमान छ । त्यस्तै सस्थानले हेटौडामा सञ्चालनमा ल्याएको पशु आहार कारखानाबाट हालसम्म ७० हजार मेटिकटन दाना परीक्षणस्वरुप किसानसम्म पुगिसकेको र किसानबाट उत्साहजक प्रतिक्रिया आएको संस्थानले दाबी गरेको छ । निजी क्षत्रको तुलनामा सस्तो र गुणस्तरीय रहेकोले पनि डिडिसी दानाका लागि बजारको कुनै समस्या नरहेको पनि संस्थानका अधिकारीहरुले बताएका छन् । संस्थानले आगामी योजनाअन्तर्गत दुध तथा दुग्ध जन्य पदार्थको विविधिकरण गर्दै जाने भएको छ । मिल्क होलिडे समस्या न्यूनीकरणका लागि विराटननगरस्थित पाउडर प्लान्टको क्षमता विस्तार गर्ने, बुटवलमा युएचटी प्लान्ट स्थापनाका साथैै नेपालगंज र अत्तरियामा प्रसोधन कारखानको क्षमता विस्तार गर्ने, खुमलटारमा दही उत्पादन कारखाना स्थापना गर्ने, भुस तथा दाउरा व्वाइलर प्लान्ट सञ्चालनमा ल्याइ डिजेल खपत घटाउने लगायत रहेका छन् । संस्थानले हाल ग्रामीण क्षेत्रबाट दैनिक साढे दुइ लाख लिटर दुध संकलन गरी शहरी क्षेत्रमा दैनिकरुपमा १ लाख ८० हजार लिटर प्रसोधित दुध विक्री वितरण गर्दै आएको छ ।
संसद्मा बजेटले स्थान पाएन, सरकार विरुद्ध अविश्वास प्रस्तावमा छलफल साउन ६ गते
काठमाडौं, ३१ असार । बजेटसम्बन्धी विधेयक पारित गर्ने मितिका बारेमा दलहरुबीच सहमति नहुँदा व्यवस्थापिका–संसद्को बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको बैठक सूचना टाँस गरेर साउन ६ गते ११ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि दलहरुबीच बजेटसम्बन्धी विधेयक कहिले पारित गर्ने भन्ने सम्बन्धमा कुरा नमिल्दा बैठक स्थगित भएको बताइएको छ । साउन ६ गते बस्ने बैठकमा माओवादी केन्द्रका अध्यक्षसहित २८१ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल हुने संसद् सचिवालयको सूचनामा उल्लेख छ । सरकार बजेटसम्बन्धी अन्य विधेयक तत्काल पारित गराउने पक्षमा छ । काँग्रेस र माओवादी केन्द्रमा भने सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले उक्त प्रस्तावअघि बजेटसम्बन्धी विधेयक पारित गर्दा सरकारका पक्षमा बहुमत देखिने भय उत्पन्न भएको छ । प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिइसकेकाले सरकार अल्पमतमा परेको अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको बुझाइ छ । संसद्को कार्य सञ्चालन नियमावलीअनुसार बुधबार संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव परिपक्व हुन एक साता लाग्नेछ । उक्त प्रस्ताव सम्बन्धको प्रक्रिया आगामी साउन ६ गते मात्र अघि बढ्ने संसद् सचिवालयले जनाएको छ । आजको कार्यसूचीमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउने र सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले समितिको १८ औँ प्रतिवेदन, २०७३ पेश गर्नुहुने विषय थियो । त्यस्तै ‘आर्थिक विधेयक, २०७३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७३’ र ‘ऋण तथा जमानत (एक्काइसौँं संशोधन) विधेयक, २०७३’ मा दफाबार छलफल गरी पारित गर्ने कार्यसूची थियो । यसअघि संसद्ले ‘विनियोजन विधेयक, २०७३’ पारित गरिसकेको छ । सरकारबाट गत मङ्गलबार समर्थन फिर्ता भएको माओवादी केन्द्रले आर्थिक विषयका उक्त विधेयक अविश्वास प्रस्ताव पारित नभएसम्म अघि नबढाउने निर्णय गरेको छ । तर सरकार र प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले भने अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ । रासस
घरेलु उद्योगको विकासपछि आर्थिक विकास हुन्छ : मन्त्री पाण्डे
काठमाडौं,३१ असार । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले लघु, घरेलु तथा साना उद्योगको विकास बिना मुलुकको आर्थिक विकास सम्भव नरहेको बताएका छन् । घरेलु तथा साना उद्योग विकास समितिद्धारा काठमाडौं महानगरपालीका ९ बत्तिसपुतलिमा रहेको जग्गामा राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रर्दशनी तथा विक्रि कक्ष निर्माण गर्न भवनको शिलन्यास गर्दैै मन्त्री आर्थिक विकासको मुख्य मेरुदण्ड घरेलु उद्योग रहेको बताएका हुन । प्रर्दशनी कक्षको निर्माणपछि मुलुकमा लघु, घरेलु तथा साना उद्यमीद्धारा उत्पादीत सामानको प्रर्दशनि हुनुका साथै उत्पादीत सामानलाई बजारीकरण गर्नमा ठुलो सहयोग पुग्ने धारणा मन्त्री पाण्डेले व्यक्त गरे । घरेलु उद्योगको विकासका लागि अब नयाँ प्रविधिलाई पनि अवलम्वन गर्नुपर्ने समय आएकोमा उनले जोड दिए । भवन निर्माण कार्यलाई छिटो सम्पन्न गर्न र आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको धारणा मन्त्री पाण्डेको थियो । घरेलु तथा साना उद्योग विकास समिति संचालक समितिका अध्यक्ष एंव उद्योग मन्त्रालयका सहसचिव याम कुमारी खतिवडाले थोरै पुँजीमा उद्योग संचालन गरी राम्रो आम्दानी गर्न सकिने लघु, घरेलु तथा साना उद्योग भएकाले उद्यमीले उत्पादन गरेका सामानलाई बजारीकरण गर्न प्रर्दशनि कक्ष निकै प्रभाबकारी रहने बताइन । भवन निर्माण गर्न सरकार, स्थानिय समुदाय, नागरीक समाज र सुरक्षाकर्मीको भुमिका महत्वपुर्ण रहेको घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले बताए । भवन निर्माण पछि दुरदराजमा रहेका सामानलाई बजारीकरण गर्न ठुलो सहयोग हुने छ कार्यकारी निर्देशक उपाध्यायले बताए । काठमाडौं महानगरपालीका ९ बत्तिसपुतलिमा रहेको झण्डै १० रोपनि क्षेत्रफलमा भुकम्प प्रतिरोधात्मक ७ तले आधुनिक घरेलु तथा साना उद्योग प्रर्दशनि तथा विक्रि कक्ष निर्माण हुने छ । भवन ३५ करोडको लागतमा निर्माण हुने छ । सो भवन निर्माण पछि ७५ जिल्लाका लघु, घरेलु तथा साना उद्यमीले उत्पादन गरेका सामानहरु निरन्तर रुपमा प्रर्दशनि भई विक्रि वितरण हुने छ ।
मर्जर प्रक्रियाबाट कुमारी बैंक बाहिरियो, ५० प्रतिशत सेयरधनीद्धारा मर्जको विपक्षमा मतदान
काठमाडौं, ३१ असार । ६ वटा वित्तिय संस्था एकै पटक मर्ज हुने भनिएको मेगा मर्जर प्रक्रियाबाट कुमारी बैंक बाहिरिएको छ । कुमारी बैंकको बिशेष साधारण सभाले मर्जरमा नजाने निर्णय गरेको हो । मर्जरमा जाने वा नजाने भन्ने बिषयमा भएको मतदानमा ५० प्रतिशत भन्दा बढि सेयरधनीले मर्जरको विपक्षमा मतदान गरेका हुन् । नियमतः २६ प्रतिशत सेयर धनीले मर्जरका विपक्षमा मतदान गरेमा मर्जर प्रक्रिया रोकिने व्यवस्था छ । शुक्रबार भएको मतदानमा ५० प्रतिशत भन्दा बढि सेयर धनीले मर्जरमा जान नहुने पक्षमा मत दिएसँगै मेगा मर्जर प्रक्रियाबाट कुमारी बैंक बाहिरिएको हो । एनसीसी बैंकसँग मर्जरमा जाँदा अवसर भन्दा जोखिम धेरै हुने भन्दै धेरै सेयर धनी मर्जरको विपक्षमा उभिएका हुन् । कुमारी बैंकसँगै एनसीसी, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक मर्ज हुन लागेका थिए । यो मर्जर प्रक्रियाबाट कुमारी बैंक बाहिरिए पनि अन्य पाँच वटा संस्था भने मर्जमा जान सक्नेछन् ।
सोसाइटी डेभलपमेन्ट बैंकको शाखा अब बीरगंजमा
काठमाडौं, ३१ असार । सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले बीरगंजको आदर्शनगरमा शाखा स्थापना गरेको छ । बिहीवार एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले उक्त शाखाको उद्दघाटन गरका हुन् । कार्यक्रममा अध्यक्ष पराजुलीले बैंकको उक्त शाखाबाट सरल तथा स्तरीय बैंकिङ सेवा उपलब्ध गराउने बताए । बैंकले आफ्ना सबै शाखाबाट निक्षेप,कर्जा सुविधाका साथै एटिएम, एविविएस,मोवाइल बैंकिङलगायत सेवा उपलब्ध गराउदै आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसम्म बैंकले ३० ओटा शाखा कार्यालय र एउटा एकस्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकको चुक्ता पूँजी ८९ करोड ७९ लाख रुपैयाँ र निक्षेप ७ अर्व १६ करोड रुपैयाँ र कर्जा रकम ५ अर्व ८८ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।