विकासन्युज

एनएमबी माइक्रोफाइनान्सको नाफा तीन करोड

 काठमाडौं, ११ साउन । एनएमबी माइक्रोफाइनान्सको  नाफा तीन करोड पुगेको छ । एनएमबी माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७२/७३ मा २ करोड ९८ लाख नाफा कमाएको हो । यो नाफा कम्पनीले अघिल्लो आर्थिक वर्षमा कमाएको भन्दा एक करोड ९१ लाखले बढी हो । कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा जम्मा १ करोड ७ लाख नाफा कमाएकोे थियो । ७ करोड ४१ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा तीन करोड रहेको छ । १ दशमलब १५ प्रतिशत खराब कर्जा रहेको एनएमबीको प्रति सेयर ६४ रुपैंया ८७ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २३४ रुपैंयाँ ३२ पैसा रहेको छ ।

टानको विवाद सहतमा, मनपरी चन्दा बाँडेको विषयमा अध्यक्ष र कोषाध्यक्षबीच आरोप प्रत्यारोप

काठमाडौं, ११ साउन । पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासमा स्थापित टे«किङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)मा भित्रको विवाद वाहिर आएको छ । टानका अध्यक्ष चन्द्र रिजाल र कोषाध्यक्ष लिलाबल्लभ दाहालबीच सार्वजनिक मञ्चमा नै एकले अर्कोलाई बाघ र बाच्छोको संज्ञा दिएका छन् । पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आयोजना गरेको ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रममा बोल्दै टानका अध्यक्ष चन्द्र रिजालले वर्तमान कार्यसमितिले व्यवसायीको हित हुने कार्यक्रमहरु अगाडि बढाउन खोजे पनि कार्यसमिति दुई खेमामा विभाजित हुँदा झन् समस्या निम्तिएको स्विकार गरे । कार्यसमिति मार्फत बहुमतले पारित गरेका कार्यक्रममा समेत फरक मत राखि कोषाध्यक्षले बजेट निकासामा अवरोध गरेको बताए । कोषाध्यक्षका कै कारण टानका धेरै कार्यक्रमहरु बीचैमा अलपत्र परेको अध्यक्ष रिजालले बताए । उनले भने–‘कोषाध्यक्षले बिधिसम्मत भुक्तानी गर्नुपर्ने विषयहरुका चेकमा हस्ताक्षेर नगर्दा र हरेक कार्यक्रमहरुमा प्रतिपक्षीको जस्तो भूमिका निर्वाह गरिदिंदा टानले आफ्ना नियमित गतिविधि चलाउन सकेको छैन ।’ नियोजित रुपमा संस्थालाई संकटमा पार्ने काम भएकाले कोषाध्यक्ष दाहाललाई स्पष्टीकरण सोध्न कार्यसमिति बाध्य भएको उनको भनाई थियो । कार्यक्रममा टानका कोषाध्यक्ष लिलाबल्लभ दाहालले भने कार्यसमितिमा आफूलाई एक्लो पारी बाघले बाच्छोलाई लखेटेको झैं गरि लेखेटेको भन्दै आफूले पनि बाच्छोको सिंग चलाएको भन्ने जवाफ दिए । उनले टानलाई गलत बाटोमा जान नदिन र अनावश्यक चन्दा दिनबाट रोक्ने उदेश्यका साथ सबै चेकमा हस्ताक्षर नगरिएको स्पष्ट पारे । दाहालले प्रति प्रश्न गर्दै भने, ‘चेकमा हस्ताक्षेर नै नगरेको भए अहिलेसम्म टान कसरी चल्यो ?’ संस्थामा बिधिसम्मत काम गरिरहेको र आगामि दिनमा पनि बिधिसम्मत बाटोमा हिंड्न आफु तत्पर रहेको उनको भनाई थियो । त्यस्तै टानका महासचिव कर्ण लामाले पनि कोषाध्यक्षकै कारण टान गतिहीन बनेको आरोप लगाए । उनले कोषाध्यक्षले फोनै नउठाउने, महत्वपूर्ण भनेका बैठकहरुमा अनुपस्थित हुने, भित्र अर्कै कुरा गर्ने–बाहिर अर्कै कुरा गर्ने र संस्थालाई समय नै नदिने गरेको र यसरी संस्था नचल्ने बताए । उनले पनि बिधि नियम अन्तर्गत नै संस्थामा सबैले काम गर्नुपर्ने स्पष्ट पारे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र प्रसाद सापकोटाले टिम्स रकम निकासामा ठूलो आन्तरिक समस्याहरु देखिएको बताउँदै यसलाई तत्काल समाधान गर्नुपर्ने बताए । उनले टानको विवाद सतहमा छताछुल्ल हुनु दुःखद् भएको भन्दै समस्याको समाधानमा आफुहरुले सक्रिय भूमिका निर्वाह गरि विवादरहित टान बनाउन पहल गर्ने प्रतिबद्धता जनाए । टानका पूर्व अध्यक्ष ज्योति अधिकारीले विवाद सतहमा पुग्नु राम्रो नहुने भन्दै आन्तरिक रुपमै समस्याको समाधान खोज्न कार्यसमितिलाई सुझाब दिए । टानमा जानेहरुले ईश्यू, क्वालिटी, इन्प्mास्टक्चचर आदि कुरामा बहस गर्ने भन्दै अध्यक्ष र कोषाध्यक्ष दुबैलाई संयमता अपनाउन र व्यवसायीक हितमा सहकार्य गर्न आग्रह गरे । टानका अर्का पूर्व अध्यक्ष दीपक महतले कार्यसमिति विधान सम्मत चल्नु पर्नेमा जोड दिए । कोषाध्यक्ष एक्लै छ भनेर पेल्न÷हेप्न नहुने, कर्मचारी माथि कसैले पनि फरक दृष्टी राख्न नहुनेमा उनको जोड थियो । उनले टान भित्रका विवादलाई सामाजिक संजालमा ल्याएर व्यवसाय कै बद्नामी गर्ने काम भएको भन्दै वर्तमान कार्यसमितिको आलोचना गरे । पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आयोजना गरेको ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रममा टानका बहुसंख्यक सदस्य तथा निवर्तमान कार्यसमिति, टानका पूर्व अध्यक्षहरु र ट्रेकिङ व्यवसायीहरुले टान विवादलाई आपसी छलफलबाट समाधान गर्न सुझाव दिएका छन् । सहभागीहरुले टानका आन्तरिक समस्यालाई सञ्चारमाध्यममा ल्याएर नाङ्गो बनाउनु भन्दा आफैं–आफैं बीच चित्त नबुझेका विषयलाई गहन छलफल गरि पर्वतीय तथा पदयात्रा क्षेत्रको विकास र प्रबद्र्धनमा एक आग्रह गरेको छन् ।

गुडविल फाइनान्सको नाफा ९ करोडले बढ्यो

काठमाडौं, ११ साउन । गुडविल फाइनान्स लिमिटेडले आपर्थक वर्ष २०७२/७३ मा १३ करोड १४ लाख नाफा कमाएको छ । यो नाफा गुडविलले अघिल्लो आर्थिक वर्षमा कमाएको नाफा भन्दा ९ करोड ९ लाखले बढि हो । फाइनान्सले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा जम्मा ४ करोड ५ लाख मात्रै नाफा कमाउन सफल भएको थियो । ३६ करोड चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा १८ करोड रुपैंयाँ रहेको छ । गुडविललले ४१ करोड व्याज आम्दानी गरेर २३ करोड व्याज खर्च गरेको छ । २ दशमलब शुन्य ५ प्रतिशत खराब कर्जा रहेको कम्पनीले १ करोड राइटब्याकबाट आम्दानी गरेको देखिन्छ । गुडविलको प्रति सेयर आम्दानी ३६ रुपैंयाँ २२ पैसा छ भने प्रति सेयर नेटवर्थ १५२ रुपैंयाँ १५ पैसा रहेको छ ।

मेगा रेमिटबाट पठाएको रकम बुमबाट भुक्तानी हुन

काठमाडौं, ११ साउन । मेगा रेमिटेन्स प्रालीले बुम रेमिटेन्स प्रालीलाई सुपर एजेन्ट नियुक्त गरेको छ । मेघा ईन्टरनेसनल मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम बूम रेमिटले नेपालमा भुक्तानी गर्नेछ । बुम रेमिटको ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु रहेका छन् । मेघा ईन्टरनेसनल मनि ट्रान्सफरले युरोपबाट रेमिटेन्सको कारोवार गर्दै आएको छ । बूम रेमिट्यान्सले खाडी मुलुकबाट रेमिटेन्सको कारोवार गर्दै आएको छ । बुमले चाँडै मलेसीया, कोरीया, जापान, अस्टे«लिया, युरोपबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । उक्त सम्झौतामा बूम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र मेघा ईन्टरनेसनल मनि ट्रान्सफरका अघ्यक्ष शन्तोस अधिकारीले सम्झौता पत्रमा हस्तक्षर गरेका थिए ।

प्रभु बैंकको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा

काठमाडौं, ११ साउन । प्रभु बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा स्थापना गरेको छ । नेपाल र चिनबिचको नयाँ व्यापारिक नाकाका रुपमा अघि सारिएको रसुवागढी नाकालाई मध्यनजर गर्दै शाखा खोलिएको बैंकले जनाएको छ । सो शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उद्घाटन गरेका थिए । गत वर्षको भुकम्पका कारण अतिप्रभावित जिल्ला रसुवामा बैंकको शाखा विस्तार भएकापछि सो क्षेत्रमा आर्थिक गतिबिधी बढाउन समेत सहयोग पुग्ने, पिडीतहरुलाई सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध हुने राहत रकम बैंक मार्फत भुक्तानी गर्न सहज हुनेछ । रसुवा जिल्लाको स्याफ्रुवेशी चिनसँग जोडिएको प्रमुख व्यापारिक नाका हो । बैंकको शाखा कार्यालय स्थापना भएपछि व्यापारिक प्रयोजनका लागि सहज हुनुका साथै बैंकको शाखा कार्यालयबाट उपलब्ध हुने बैंकिङ्ग कारोबारले सो क्षेत्रमा व्यापारिक गतिविधि समेत बढाउने बैंकले जनाएको छ ।

भेरिजोनले किन्यो इन्टरनेट जाइन्ट याहु ४.८३ विलियन डलरमा

काठमाडौं। अमेरिकी इन्टरनेट जाइन्ट कम्पनी याहु विक्रि भएको छ। अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार अमेरिकी ब्रोडव्याण्ड इन्टरनेट सेवा दिने कम्पनी भेरिजोनले याहुलाई  ४.८३ बिलियन अमेरिकी डलरमा किनेको जनाएको छ। भेरिजोननले आफूले लिलाम बढाबढमा याहु किनेको पुष्टि गरेको छ।   सोमवार घोषणा गरिएको एक कार्यक्रममा किनवेचका लागि दुई कम्पनीविच गत हप्तादेखि छलफल भएको जनाइएको छ। अमेरिकी कम्पनी याहुले गत फेब्रुअरीमा आफूहरु स्ट्राटेजिक विकल्पको खोजीमा  रहेको बताएको थियो। केही वर्षदेखि याहुलाई समसामायिक हिसाबमा अघि बढ्न नसकेको आरोप लाग्दै आएको थियो । गत हप्ता एक रिसर्च रिपोर्टले याहु ४ सय ४० मिलियन डलर घाटामा रहेको देखाएको थियो भने यहि स्थितिमा रहे कम्पनी डुब्ने खतरामा रहेको चेतावनी विभिन्न रिसर्चले देखाएको थियो।

त्रिकोण एडभर्टाईजिङ्ग आफ्नै भवनमा

काठमाडौं, १० साउन । त्रिकोण एडभर्टाइजिङ्ग सर्भिस आफ्नै नवनिर्मित भवनमा सरेको छ । यस अघि सानो गौचरणस्थित चार्टर टावरमा सञ्चालन कम्पनी अब बालुवाटार(सुवर्ण समशेर मार्ग) मा आफ्नै भवनमा सरेको हो । त्रिकोण एडभर्टाइजिङ्ग सर्भिस विगत तीन दशकदेखि विज्ञापन व्यवसाय सञ्चालन गर्दै आएको पुरानो एजेन्सीहरु मध्येको एक हो । देशका सरकारी निकाय, प्रमुख व्यापारिक तथा औद्योगिक समूहहरु, बैंक तथा वित्तीय संस्थाहरु तथा गैरसरकारी संस्थाहरुलाई विज्ञापन सेवा उपलव्ध गराई आएको एजेन्सीले हालका वर्षहरुमा विदेशी कम्पनीहरुलाई पनि सेवा दिँदै आएको छ । कम्पनीका प्रवन्ध निर्देशक राजेन्द्र अर्यालले एजेन्सीले आफ्नो सेवा सुबिधालाई नयाँ ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

ज्योति बिकाश बैंक नौं औं बर्षमा, नाफा १३ करोड

काठमाडौं, १० साउन । ज्योति बिकाश बैंक नौं औं वर्ष प्रवेश गरेको छ । नौं औं वर्ष प्रवेशसँगै बैंकले आफ्नो सेवालाई थप विस्तार गर्दै गुणस्तरिय बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । २०६५ साल साउन ९ देखि स्थापित जाजरकोट र खोटाङ लगाएत २४ वटा शाखा तथा विस्तार गरिसकेको छ । बैंकको देवघाटमा एक्स्टेन्सन काउन्टरसहित देशभर ९ वटा एटिएम संचालनमा छन् । बैंकले झिमरुक बिकाश बैंकसंगको मर्जर प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । मर्जरपछि बैकको शाखा सञ्जाल वृद्धि भई २९ पुग्ने छ । साथै , बैंकको सञ्जाल देश व्यापी रुपमा सातै प्रदेशमा पुर्याउने योजनाका साथ उपयुक्त स्थानहरु पहिचान गरि थप शाखा सञ्जालहरु वृद्धि गरिने बैंकल जनाएको छ । बैंकले इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, टेलिफोन तथा मोबाइलको बिल भूक्तानी सेवा, एबिबिएस सेवा तथा एटिएम कार्ड मार्फत जारी गर्ने समेत योजनामा बनाएको छ । बैंकले असार मसान्तसम्म ६५,५०० हजार निक्षेपकर्ताको ७ अर्व ६७ करोड निक्षेप संकलन भएको छ । करिब ३,८०० ऋणीहरु मार्फत ६ अर्व ६ करोड कर्जा लगानी गरेको छ । त्यस्तै बैंकले २१ करोड १० लाख संचालन मुनाफा आर्जन गरी खुद मुनाफा १३ करोड ४३ लाख आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्व ५० करोड पूँजी पुर्याउने उदेश्य राखेको छ ।