विकासन्युज

आइपिओ र राइट सेयरको प्रिमियम मुल्य तोक्नु अनिवार्य भैसक्योः डा. गोपाल भट्ट

डा. गोपाल भट्ट, निर्देशक, नेपाल राष्ट्र बैंक स्टक मार्केटमा तल माथी हुनु स्वभाविक नै हो । यसमा धेरै चिन्ता गर्नुहुन्न । निरन्तर बढ्ने र निरन्तर घट्ने बजार त बजार नै होइन् । बजार तलमाथी भएन भने दुर्घटना हुन्छ । नेपालमा किन्ने, होल्ड गर्ने र बेच्ने चलन छ । तर अरु देशमा तुरुन्तै किनेर बेच्ने प्रणाली पनि छ । बजार बढेर मात्रै नाफा हुँदैन त्यस्तो बजारमा बजार घट्दा पनि नाफै हुन्छ । घटेको बेला किन्ने र बढेको बेला बेच्ने गरियो भने घट्दा वा बढ्दा दुबै अवस्थामा लगानी कर्तालाई फाइदा नै हुन्छ । तर हामी कहाँ बजारको नियम नै छैन् । न ब्रोकर नियममा चल्न चाहान्छन, न नियमनकारी निकायमै पनि त्यो स्तरको ज्ञान देखिन्छ, न लगानी कर्ता नै परिपक्क अवस्थामा छन् । अहिलेको बजारप्रति अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक कोहि पनि नकारात्मक छैनन् । अहिले बजारमा पैसा ज्यादै छ, तरलता धेरै छ । सेयर बजारको डिमाण्ड बढेकाले पनि त्यो पुष्टि गर्छ । नेपालमा सूचनामा आधारित सेयर बजारको विकास पनि भैरहेको छ । पहिले पहिले मौद्रिक नीति प्रति सेयर बजार सजग रहन्थ्यो तर अहिले त्यसले खासै प्रभाव पार्ने गरेको छैन् । त्यसपछि राजनीतिक उतारचढावमा बजार निर्भर बन्दै गरेको थियो । संबिधानका नाममा बजार तलमाथी भयो, नाका बन्दीका नाममा, आन्दोलनका नाममा, सरकार परिवर्तनका नाममा पनि बजारमा उतारचढाव आईरह्यो । अहिले फेरी तरलताका कारण बजार बढिरहेको छ । बजारमा पैसा आयो तर लगानीका विकल्पहरु भएनन् । बैंकको ब्याजदर पनि कम भयो । त्यसकारण धेरै क्षेत्रबाट सेयर बजारमा पैसा लगानी भैरहेको छ । बजारमा वैध लगानी आएको हो भने बजारको उतारचढाव स्वभाविक नै हो । कालोधन हो भने सम्बन्धीत निकायले छानविन गर्नुपर्छ । बजार निरन्तर उकालो चढेको थियो भने जोखिम हुने थियो । अहिले तलमाथी भैरहेको छ, त्यसले बजारमा क्रमशः परिपक्कता आईरहेको भन्ने बुझाउँछ । यसैगरि बजारलाई परिपक्क बनाउने हो । नेपालको सेयर परिसूचकको उच्चतम बिन्दु कति हो भनेर निरक्र्यौल गर्ने आधार छैन् । कुनै पनि सिद्धान्तले बजारको उच्चतम बिन्दु यति हो भनेर भन्ने अवस्था छैन् । बजार भनेको लगानी कर्ताको इच्छाशक्तिले निर्धारण गर्ने हो । बजारमा उपलब्ध सूचनाले पनि बजार निर्धारणमा सहयोग गर्छ । त्यससँगै बजारमा रहेको तरलताले पनि भूमिका खेल्छ । नेपालमा बजार बढ्दा पनि रुवाबासी हुन्छ अनि घट्दा पनि रुवाबासी नै हुन्छ । यस्तो दुनियामा कहिँ पनि हुँदैन् । नियामक निकायले पनि बजार घट्दा पनि तनाब लिएको देखिन्छ अनि बजार बढ्दा पनि तनाबै लिएको देखिन्छ । यस्तो पनि कहिँ हुन्छ ? नियामक निकाय बजार उकालो लागेन भने पनि रुने अनि बजार उकालो चढ्दा पनि रुने ? बजारमा समस्या छन भने करेक्सन गर्नु पर्छ । मलाई लाग्छ नेपालको बजारमा सुधार्नु पर्ने धेरै कुराहरु छन् । कहाँ कहाँ छन समस्या ? संसारमा कहि नभएको मार्जिन ल्याण्डिङको व्यवस्था हामी कहाँ छ । नेपाल राष्ट्र बैंकले अरु देशमा प्रयोग भएको मार्जिन ल्याण्डिङ शब्दलाई बटारेर मार्जिन टाइप ल्याण्डिङ भन्ने गरेको छ । वास्तवमा मार्जिन ल्याण्डिङ शिर्षकमा बैंकहरुले सिधै लगानी कर्तालाई ऋण दिने होइन । अन्तराष्ट्रिय अभ्यासमा पनि त्यस्तो व्यवस्था कहिँ छैन नेपालमा मात्रै हो । बैंकहरुले पनि ऋण प्रवाह गर्ने अरु कुनै ठाउँ नभएपछि सेयरको प्रमाण पत्र धितो राखेर खुरुखुरु ऋण प्रवाह गरिरहेका छन् । यसको नियमन पनि राम्रोसँग भैरहेको छैन किन की त्यसको रेकर्ड गर्ने व्यवस्था पनि खासै राम्रो छैन् । मार्जिन ल्याण्डिङको अन्तराष्ट्रिय अभ्यास भनेको ब्रोकर कम्पनीलाई ऋण दिने हो । ब्रोकर कम्पनीले लगानी कर्ताको एकाउण्ट राख्ने र लगानी कर्ताको सेयरका आधारमा ब्रोकर मार्फत बैंकले लगानी गर्ने हो र त्यसमा केहि हिस्सा ब्रोकरको पनि हुन्छ । सारमा भन्ने हो भने मार्जिन ल्याण्डिङको अन्तराष्ट्रिय अभ्यास भनेको ब्रोकर कम्पनीलाई ऋण दिने हो सिधै लगानी कर्तालाई होइन् । बिडम्बना हामी सिधै लगानी कर्तालाई दिईरहेका छौं । यसले नियमनमा पनि समस्या आईरहेको छ । यो बिषय केन्द्रिय बैंकले नियमन गर्ने पनि होइन धितोपत्र बोर्डले नियमन गर्ने हो । हामीले अमेरिकाबाट मार्केट इकोनोमी भित्र्यायौं तर सिस्टम चाँही ल्याएनौं । अमेरिकी मार्केट इकोनोमी भित्र्याएर आफ्नै सिस्टममा चल्छौं भनिरहेका छौं यसले दुर्घटना निम्त्याउँछ । मार्जिन ल्याण्डिङमा केन्द्रिय बैंकले इनिसियल मार्जिन तोक्नुपर्छ, धितोपत्र बोर्डले मेन्टिनेन्स मार्जिन तोक्नु पर्छ, त्यसपछि मार्जिन कलका लागि के के गर्ने भन्ने कुरा आउँछ । अनि मात्रै ब्रोकर र लगानी कर्ताको काम आउँछ । अहिले त कहाँको पैसा कहाँ गैरहेको छ । त्यसैले कालो र सेतो लगानीको कुरा उठेको हो । बैंकको प्रभुत्व कहिलेसम्म ? दोश्रो कुरा भनेको नेपालको सेयर बजारमा बैंक तथा वित्तिय संस्थाको प्रभुत्व छ । केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई पुँजी बढाउ भन्यो । त्यो भनेको सेयर बजार उकालो लगाउन होइन् । यसको उदेश्य भनेको अन्तराष्ट्रिय रुपमा प्रतिष्पर्धी बैंक तथा वित्तिय संस्थाको निर्माण हो । हामी विश्व बैंकका सदस्य छौं, त्यसले तोकेको मापदण्ड पुरा गर्न पुँजी बढाउन खोजिएको हो । बैंक तथा वित्तिय संस्थाको क्षमता बढाउन र नियमन सहज बनाउन केन्द्रिय बैंकले पुँजी बढाउने योजना ल्याएको थियो तर नेपालको पुँजी बजारले त्यसलाई अर्कै अर्थ लगायो । हकप्रद सेयर र बोनस सेयर आउँछ भनेर बजार बढ्यो । कहि नभाएको जात्रा हाँडी गाउँमा हकप्रद र बोनस सेयरले कम्पनीको रिटर्न बढ्छ भनेर मैले कहिँ पढेको छैन् । यसले त झन रिटर्न घट्ने हो । संसारका कुनै पनि मुलुकमा हकप्रद सेयर र बोनस सेयरका कारण पुँजी बजार बढ्दैन् । त्यसले उल्टै सेयरको मुल्य घट्छ । नेपालमा त हकप्रद र बोनसले सेयरको मुल्य बढाईरहेको छ । त्यसको कारण भनेको स्ट्रक्चरल मिस्टेक हो । हामी कहाँ नयाँ इस्यु गर्ने सेयरको मुल्य एक सय रुपैंयाँ तोकिन्छ । आइपिओ, एफपिओ वा हकप्रद सेयरमा मुल्य तोक्ने संरचनै गलत छ । गर्यो भने हुन्छ भन्ने नजिर नेपाल टेलिकमले बसालेको छ । जस्तो उसले सुरुमै सात सय रुपैयाँमा सेयर निष्काशन गर्यो । हामी कहाँ बजारमा २२ सय, २५ सय देखि ३ हजारमा सेयर बिक्रि भैरहेका हुन्छन् । हकप्रद जारी गर्ने वित्तिकै त्यो एक सय रुपैंयाँमा प्राप्त हुन्छ । यस्तो व्यवस्था नेपालमा बाहेक संसारमा कहि पनि छैन र यस्तो सिद्धान्त पनि कहिँ छैन् । अब बजारमा यस्तो मुल्य निर्धारणको व्यवस्था हटाउनु पर्छ । हकप्रद सेयर र बोनस सेयर आएपछि बजार ह्वारह्वार्ती बढ्छ किन ? किनकी मुल्य निर्धारणमा गम्भिर त्रुटि छ । यस्तै कारणहरुले बजार अपरिपक्क भएको हो । अब हामीले पनि साधारण सेयर(आइपिओ), हकप्रद सेयर(राइट सेयर) र एफपिओ(फर्दर पब्लिक इस्यु) सबैमा प्रीमियम मुल्य अनिवार्य गर्नुपर्छ । रियल सेक्टर कहिले ? नेपालको पुँजी बजारमा बैंक तथा वित्तिय क्षेत्रको दबदबा कायम छ । जबसम्म रियल सेक्टर(उत्पादनमुलक क्षेत्र)ले पुँजी बजारमा ठुलो हिस्सा ओगट्दैन तबम्म बजार परिपक्क हुँदैन् । पुँजी बजारलाई अर्थतन्त्रको प्रतिबिम्बका रुपमा स्थापित गराउन पनि रियल सेक्टरलाई अघि ल्याउनु पर्छ । बरु त्यसका लागि रियल सेक्टरलाई अनुदान दिनुपर्छ । जब पुँजी बजारको ठुलो हिस्सा रियल सेक्टरले ओगट्छ तब मात्रै पुँजी बजारले अर्थतन्त्रको प्रतिनिधित्व गर्न सक्छ । ब्रोकरलाई अनावश्यक भूमिका नेपालमा ब्रोकरको भूमिका पनि अलि बढि भयो । ब्रोकरको काम भनेको जम्मा लगानी कर्ताको अर्डर लिने मात्रै हो । तर यहाँ त ब्रोकरसँग नै लगानीको सल्लाह माग्ने गरिएको छ अनि ब्रोकरले पनि सल्लाह दिईरहेका छन् । ब्रोकरसँग लगानीको सल्लाह माग्नु पनि र ब्रोकरको लगानीका लागि सल्लाह दिनु दुबै गलत हो । यसले इनसाइडर ट्रेडिङको सम्भावना पनि बढेको छ । पोर्टफोलियो मेनेजर, संस्थागत लगानी कर्ता अलि बढि खोज्नु पर्यो । उनीहरुले लगानी कर्तालाई सल्लाह दिने र लगानीको व्यवस्थापन गरिदिनु पर्छ । फेरी पनि मेरो मान्यता स्पष्ट छ, आइपिओ र राइट सेयरको फ्री प्राइसिङ अनिवार्य भैसकेको छ ।(राजधानीमा आयोजीत एक कार्यक्रममा भट्टले व्यक्त गरेको निजी विचार)

आगामी वर्षदेखि आदिवासी दिवस सरकारले मनाउने

काठमाडौं, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षदेखि सरकार र आदिवासी जनजातिले संयुक्त रुपमा आदिवासी दिवस मनाउने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घले मंगलबार आयोजना गरेको २२औँ आदिवासी दिवस, २०७३ को समारोहलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्र सङ्घले समेत मान्यता दिएको र नेपाल त्यसको पक्ष राष्ट्र भएकाले पनि आगामी वर्षदेखि नेपाल सरकारको आयोजनामा सो दिवस मनाइने घोषणा गरेका छन् । सरकार गठनको समयमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच सातबुँदे सहमति भएको र संविधान निर्माण प्रक्रियादेखि नै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसी, आदिवासी, जनजाति समुदायको माग सम्बोधन गर्न तीनबुँदे सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने – “संविधानको संशोधन र परिमार्जन गरेर सबै समुदायको माग सम्बोधन गरिन्छ, त्यसमा म प्रतिबद्ध छु ।” संविधानमा सबैको अपनत्व र भावनालाई सुनिश्चित गर्ने लक्ष्यका साथ नयाँ सरकार गठन गरिएको स्पष्ट पार्दै प्रधानमन्त्रीले आन्तरिक राष्ट्रिय एकता सुदृढ नहुँदासम्म मुलुकले उन्नति गर्न नसक्ने बताए । आफूलाई इतिहासको महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको दोहो¥याउँदै उनले भने – “मुलुक र जनताको पक्षमा केही महत्वपूर्ण काम गरौँ भन्ने लागेको छ । त्यसका लागि सबैको सकारात्मक साथ र सहयोग जरुरी छ ।” प्रधानमन्त्रीले संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि आफू प्रयत्नशील रहने स्पष्ट पारे । उनले आदिवासी, जनजातिका पक्षमा गर्न सकिने जति काम गर्न आफूले इमान्दार प्रयास गर्ने उल्लेख गर्दै भने – “संविधानमा सबैको भावनालाई समेट्न इमान्दार प्रयास हुन्छ । सबैको महत्वपूर्ण साथ र सहयोग चाहेको छु ।” कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले संविधान कार्यान्वयन गरेर थप अधिकार प्राप्तिका लागि अगाडि बढ्नु नै आजको प्रमुख कार्यभार भएको बताए । उनले आदिवासी जनजातिको पहिचान र संस्कृति गुम्दै गएकामा चिन्ता व्यक्त गर्दै भने – “विश्व समुदायलाई देखाउने हाम्रो पहिचान हो, हाम्रो पहिचानमाथि विदेशी हस्तक्षेप भइरहेको छ । त्यसलाई रोक्न हामी सबैको इमान्दार प्रयास हुनु जरुरी छ ।” नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आदिवासी जनजातिलाई अधिकारसम्पन्न बनाउन सकेका खण्डमा मात्रै संविधानको सहज कार्यान्वयन हुने र मुलुक समृद्धिको मार्गमा अगाडि बढ्ने बताए । संविधानका कतिपय प्रावधानले आदिवासी जनजातिलाई अधिकार नदिएको जनाउँदै उनले सशोधनमार्फत समृद्ध बनाउनुपर्नेमा जोड दिए । सन् १९९५ मा संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेअनुसार आज विश्वभर आदिवासी दिवस मनाइएको हो । कार्यक्रममा महासङ्घका अध्यक्ष नागेन्द्र कुमाल, सांसद यशोदाकुमारी लामा, रुक्मिणी चौधरी लगायतले आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि थप सङ्घर्ष गर्नुपर्ने बताए। रासस

सगरमाथा सिमेन्टको डिलर मिट पोखरामा सम्पन्न

काठमाडौं, २५ साउन । घोराही सिमेन्ट इन्डस्ट्री प्रालिद्वारा उत्पादित सगरमाथा सिमेन्टले पोखरामा आरोही २०७३ (डिलर मिट) सम्पन्न गरेको छ । कलाकार निमा रुम्बाको मनोरञ्जनात्मक कार्यक्रमकाबीच सम्पन्न सो कार्यक्रममा सर्वोकृष्ट बिक्रेता, उत्कृष्ट बिक्रेता र उत्कृष्ट भूक्तानीको पुरस्कार साथै कदर पत्र हस्तान्तरण गरिएको थियो । समारोहमा देशभरका ३५० भन्दा बढी बिक्रेता कार्यक्रममा सहभागी थिए । कार्यक्रममा आदित्य सराफले नेपालले स्वदेशमै अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट उत्पादन गर्न सक्षम भएको बताउँदै सगरमाथा सिमेन्ट दिनप्रति दिन लोकप्रिय बन्दै गईरहेको जानकारी दिए । घोराही सिमेन्टले केएचडी हुमबोल्डट जर्मन प्रविधिबाट उत्पादित नँया रोलर पे्रस मेसिनबाट २ हजार मेट्रिकटन प्रतिदिन गुणस्तरीय सगरमाथा सिमेन्ट उत्पादन लिएर नेपाली बजारमा आइसकको कम्पनीले जनाएको छ ।

मालपोत अधिकृत सिवाकोटीविरुद्ध मुद्दा

काठमाडौं, २५ साउन । सार्वजनिक पदमा बहाल रहँदा मालपोत कार्यालय कलङ्कीका अधिकृत जीवनाथ सिवाकोटीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । वाग्मती अञ्चल अदालतमा नासुबाट सेवा प्रवेश गरेका सिवाकोटीले विभिन्न कार्यालयमा रहँदा हालसम्म रु एक करोड ४७ लाख ४१ हजार ६७१ गैरकानुनी रुपले आर्जन गरेको देखिएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बमोजिम जरिवाना र कैद सजाय तोक्न माग गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले निजकी श्रीमती तारादेवीका नाममा रहेको स्रोत नखुलेको चलअचल सम्पत्ति जफत गर्न पनि माग गरेको छ । रासस

कृषि विकास बैंकमा एस.एम.एस अर्लट सेवा संचालन हुने

काठमाडौं, २५ साउन । कृषि विकास बैंकले ग्राहकवर्गको सुविधाको लागी निक्षेप खातामा रकम जम्मा हुँदा अथवा रकम झिक्दा एस.एम.एस. मार्फत जानकारी दिने सेवा थप गरेको छ । कृषि विकास बैंक र एफ वन सफ्ट प्रा.लि. बीच सोमबार कृषि विकास बैंकको मुख्य कार्यलयमा सो सेवा संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला तथा एफ वन सफ्टका तर्फबाट बिक्री तथा बजार निर्देशक विपुल ढकालले हस्ताक्षर गरेका हुन् । उक्त सेवा सम्झौता भएको एक हप्ता भित्रनै संचालन हुने बैंकले जनाएको छ ।

पुल निर्माण गर्न एसएसबीको रोक

कञ्चनपुर, २५ साउन । दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ । एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको नालामा पुल नहुँदा नेपाल भारतका बासिन्दालाई आवतजावत अप्ठेरो परेको छ । नेकपा (एमाले) दोधारा चाँदनी नगर कमिटीले स्थानीयवासीको आग्रहमा सोमबार अस्थायी पुल बनाउने कार्य सुरु गरेपछि एसएसबीले रोेक लगाएको हो । कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले एसएसबीले दशगजा क्षेत्रमा पर्ने भन्दै पुल बनाउन नदिएको बताए । उनका अनुसार अस्थायी पुल निर्माण रोक्नका लागि १५ जनासम्म एसएसबीका जवान आएका थिए । एसएसबीले पुल बनाउन नदिएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा बल बेस क्याम्प दोधारा चाँदनीको टोली सुन्दरनगर पुगेको थियो । सशस्त्रको टोलीसित पनि एसएसबीले दशगजा क्षेत्र भएको जिकिर गर्दै आफूहरुको निगरानीमा मात्रै पुल बनाउन पर्ने अडान दोहो¥याएको थियो । भारतीय पक्षले भीमदत्त नगरपालिका–१० जिमुवामा सीमा क्षेत्र नजिक सडक ग्राभेल र कालोपत्रे गर्न दिएको छैन । दशगजा क्षेत्रमा परेको जनाउँदै सडकमा कालोपत्रे गर्न रोक्ने गरेको छ । रासस

पवन संघाईसँगै पूर्व सभासद् मधुसुधन अग्रवाल पनि फरार, कहाँ-कहाँ छ संघाई ग्रुपको बिजनेश कनेक्सन ?

काठमाडौं, २५ साउन । लागुऔैषध तस्करी जस्तो गम्भीर अपराधमा अनुसन्धान भैरहेको बेला व्यापारिक घराना संघाई ग्रुपका अध्यक्ष पवन संघाइसँगै उनका भान्जा मधुसुधन अग्रवाल पनि फरार भएका छन् । अग्रवाल एस.आर. ड्रग ल्याब्रोटरी प्रा.लिका संचालक एवं पूर्व सभासद् पनि पनि हुन् । २०६४ को पहिलो संविधानसभामा मधेसी जनाधिकार फोरमबाट समानुपातिक सभाषद् बनेका अग्रवालले पनि संघाईले जस्तै कोल्ड ट्याब्लेट बनाउने सरकारसँग अनुमति लिएर सो स्युडोइफ्रिडिन रसायन आयात गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यद्यपी यसलाई भने प्रहरीले सार्वजनिक गरेको छैन । दुबै जना नेपालबाट भागेर भारत छिरेको अनुमान गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार नेपाल र भारतमा रहेका व्यापारिक प्रतिष्ठान पनि हेर्न मिल्ने गरी उनी भारततर्फ भागेकाले उनलाई पक्राउ गर्न नसकिएको हो ।  ‘ललितपुस्थित प्लाष्टिक कारखानमा ‘स्युडोइफ्रिडिन’ बरामद भएकै भोलीपल्ट उनी भागेका हुन उनलाई पक्राउ गर्न खोज्दा खोज्दै सूचना लिक भएर उनी भागे’, प्रहरी उच्च स्रोतले भन्यो । प्रहरी स्रोतकै अनुसार यतिबेला उनी दिल्लीमा रहेका आफन्तकोमा बसिरहेका छन् । त्यहीबाट नेपालको व्यापार हेर्ने गरेका छन् । यद्यपि प्रहरीले दिल्ली प्रहरीसँग समन्वय गरेर ल्याउन सकिरहेको छैन । लागूऔषध नियन्त्रण व्यूरोका एसएसपी गणेश केसीका अनुसार प्रहरीले पवन काठमाडौमै हुनसक्ने सम्भानालाई ध्यान दिएर विमानस्थलदेखि स्थलमार्गको नाकामा समेत निगरानी राखिरहेको छ । ‘हामीले चारै तिर निगरानी बढाएका छौ, उनी काठमाडौमै हुन पनि सक्छन्’, उनले भने । पक्राउ परेपछि प्रहरीले ९० दिसम्म थुनेर अनुसन्धान गर्ने अधिकार भएकाले पनि उनी फरार भएको हुनसक्ने आशंका गरिएको छ । स्वीटजरल्याण्डबाट नेपाल औषधि बनाउन अनुमति लिइ स्वीटजरल्याण्डबाट नेपाल ल्याइएको सहायक रसायन लागूऔषध तस्करलाई सप्लाई गरेको भन्दै उनको सबै बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ । प्रहरीले उनीहरुको बैक खाता र लकरको अनुसन्धान सुरु गरेको छ । सबै बैकबाट स्टेटमेण्ट निकालेर अध्ययन प्रहरी स्रोतले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ परेका रतनलाल संघाई र कर्मचारी मोहित हलनसँगै फरार सञ्चालक पवनकुमार संघाई, आर्य फर्माका सञ्चालक शंकर हलनको बैंक खाता र लकर रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको थियो । सोही अनुसार उनीहरुको खाता रोक्का भैसकेको छ । ‘लागूऔषध कारोबारमा संलग्नतासँगै वित्तीय कारोबारको अवस्थासमेत अनुसन्धान गर्न बैंक र लकर रोक्का राख्नु पर्ने अवस्था आएको छं,’ ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश केसीले भने । कोल्ड ट्याब्लेट बनाउने भन्दै नेपाल ल्याइएको स्युडोइफ्रिडिन एमफेटामाइन बनाउन भारत हुँदै तिब्बत र बर्मा र थाइलैण्ड तस्करी गर्ने गरेको भन्दै ब्युरोले संघाई समूहका सञ्चालकसँगै सहयोगी दिलीप पण्डित, श्याम मोक्तान र बद्री वनलाई पक्राउ गरेको थियो । आर्य फर्माका नाममा नेपाल ल्याएको स्युडोइफ्रिडिन उनीहरूले तस्करी गर्ने गरेको ब्युरोको दाबी छ । तस्करीका लागि लुकाएर राखेको ४ सय ७० किलो स्युडोइफ्रिडिन ब्युरोले ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको प्लास्टिक कारखानामा फेला पारेको थियो । प्रहरीले सो औषधि नास्टमा पठाएको थियो । नास्टले ती चक्कीमा स्युडोइफ्रिडिनसँगै एमफेटामाइनका रसायन रहेको पुष्टि गरेको छ । प्रहरीले सिंगै व्यापारिक घरानाको यस कार्यलाई आश्चर्यजनक रुपमा लिएकाले एक समितिनै बनाएर छानवीन गर्दे सम्पत्ति समेत जफतका लागि सरकारले कदम चाल्नुपर्ने जनाएको छ । रुघा खोकीको औषधि नेपालमा सो कच्चा पदार्थ मार्फत रुघाखोकी लागेको ठिक हुने औषधि कोल्डीन, डिकोल्ड, आदि उत्पान हुने गर्दछ । नेपालको ठूलो औद्योगिक घराना संघाई समूहका मुख्य सञ्चालकले औषधि बनाउन ल्याएको रसायन स्युडोइफ्रिडिन अन्र्तराष्ट्रिय लागूऔषध कारोबारीलाई बिक्री गरेको थियो । सो समूहले कोल्ड ट्याब्लेट बनाउने सरकारसँग अनुमति लिएर सहायक रसायन आयात गरेको थियो । संघाई समूहको लगानी रहेको आर्य फर्मा ल्याब प्रालिले औषधि व्यवस्था विभाग र गृह मन्त्रालयबाट कोडिन, डिकोल्डलगायत औषधि बनाउन अनुमति लिई स्युडोइफ्रिडिन नेपाल ल्याएको हो । तर, स्थलमार्गबाट भारत हुँदै अन्तर्रा्ष्ट्रिय कारोबारीलाई बिक्री गर्ने गरेको लागूऔषध नियन्त्रण ब्युरोको प्रारम्भिक अनुसन्धान विवरणमा उल्लेख छ । एक ट्याब्लेटमा ६० प्रतिशत स्युडोइफ्रिडिन हुन्छ । प्रहरीले संघाईको गोदामबाट २९ लाख ७४ हजार ग्राम चक्की फेला पारेको थियो । फेला परेको चक्की र त्यसमा रहेको स्युडोइफ्रिडिनको मात्रा छुटयाउँदा एक सय ७४ किलो परिमाण हुने प्रहरीले दावी गरेको छ । उनको गोदममा फेला परेको चक्की प्रशोधन गरी त्यसमा रहेको स्युडोइफ्रिडिनबाट ७१ किलो एमफेटामाइन वा आइस्डड्रग्स बनाउन सकिने अनुमान गरिएको थियो । प्रहरीका अनुसार लागूऔषध बजारमा त्यति मात्राको एमफेटामाइन पुग्ने हो भने १ अर्ब ३२ करोड रुपैयाँ पर्नेछ । स्युडोइफ्रिडिन औषधि बनाउन प्रयोग हुने एक प्रकारको रसायन हो । यो रसायन ल्याउन औषधि उत्पादक कम्पनीले औषधि व्यवस्था विभागमा निवेदन दिनुपर्छ । विभागले सो निवेदन अनुमतिका लागि गृहमन्त्रालय पठाउँछ । कति ल्याउने, कुन देशबाट ल्याउने भन्ने स्पष्ट भएपछि गृहले स्वीकृति दिन्छ । सरकारलाई विवरण बुझाउन आनाकानी सिउडो ल्याउने स्वीकृति पाएपछि कम्पनीले एलसी खोलेर मात्रै सिउडो खरिद गर्न पाउँछ । त्यसरी ल्याइएको रसायनबाट कति ट्याब्लेट औषधि उत्पादन भयो र सो औषधि कुनकुन पसलमा बिक्री भयो भन्ने विवरण तयार पारेर सरकारलाई बुझाउनु पर्छ । नेपालमा कुन कम्पनीले कति सिउडो ल्यायो भन्ने तथ्यांक अन्तराष्ट्रिय लागूऔषध नियन्त्रण ब्यूरोमा समेत पेश गर्नुपर्छ । ६ महिना यता सो कम्पनीले विवरण नै बुझाएको छैन । सिउडो अवैध लागूऔषध एमफेटामाइन बनाउन प्रयोग हुने रसायन हो । सिउडोको कारोबार लागूऔषध माफियासँग भएको भेटिन थालेपछि भारत र अमेरिका जस्तो देशले यसको उत्पादन नै बन्द गराएका छन् । तर पवन सांघाईले भने स्वीजरल्याण्डबाट ल्याउँदै भारतकै बाटोबाट चीन र बर्मासम्म पुर्याउने गरेका थिए । औषधि उत्पादनका लागि ल्याइएको रसायन लागूऔषध माफियालाई सप्लाई गर्ने पवन सांघाईलाई कारबाहीको दायरामा ल्याउन सके लागूऔषध माफियासँग अन्य व्यापारिक घरानियाँको ‘कनेक्सन’ खुल्ने ब्यूरोको दावी छ । ‘यसमा उनी मात्रै कारोवारमा संलग्न छन् कि अन्य व्यापारिक व्यक्तिहरु पनि संलग्न छन भन्ने विषयमा अनुसन्धान भैरहेको छ’, व्यूरोका एसएसपी केसीले भने । शेयर बजार प्रभावित व्यापारिक घराना संघाइ ग्रुपकै अध्यक्षलाई पक्राउ पूर्जी जारी हुनु र लागूऔषध कारोवारमा संलग्न भएको आरोप लगाएपछि सेयर बजारमा कारोवार गर्ने मारवाडी समूदायले धेरै दिनदेखि कारोवार बन्द गरेका छन् । व्यापारिक घरनामा दाग लागेका कारण तथा उनीले सम्हालेका उद्योग धन्दाको कारोबारको रकम समेत प्रभावित भएकाले सेयर बजार प्रभावित बनिरहेको प्रहरीले दावी गरेको छ । राजेन्द्र खेतान तथा खेतान समूहसँगको ठूला विजनेशमा पार्टनरसिप गर्दै आएका संघाई र अग्रवालले लक्ष्मी बैंक, प्राइमलाईफ, एभेरेष्ट इन्स्योरेन्स बैंक तथा बीमा कम्पनीहरुमा उल्लेख्य मात्रमा प्रमोटर सेयरमा लगानी गरेका छन् । पछिल्लो समय उनीहरुले तस्करीबाट कमाएको अर्बौ रुपैयाँ नेप्सेमा सूचिकृत विभिन्न कम्पनीहरुको साधारण सेयर खरिदमा लगानी गरेको बुझिएको छ । संघाई ग्रुप लागूऔषध कारोबारमा विवादमा परेपछि सेयर बजारमा मूल्यमा भारी गिरावट आएको छ । भारतमा यसको कारोवार एक बर्ष अघि दिल्ली पुलिको क्राइम ब्रांचले स्युडोइफ्रिडिन ड्रग्स तस्करीमा संलग्न शार्मिला दोरइ र मलिक अग्रवाललाई पक्राउ गरेको थियो । उनको साथबाट १४ किलो स्युडोइफ्रिडिन बरामद गरेको थियो । भारतीय प्रहरीले यसलाई ठूलै चुनौतिका रुपमा लिएर अनुसन्धान समेत गरेको थियो । सयौ औषधि पसललाई कारवाही गर्नुका साथै अहिले प्रतिबन्ध नै लगाइदियो । सबै प्रान्तमा सर्च अभियाननै सञ्चालन गरेर त्यसलाई नियन्त्रणमा लिएको थियो । उनीसँग फेला परेको सो रसायन अन्तराष्ट्रिय ७० लाख डलर पर्ने भन्दै ठूलो मूल्य निर्धारण गरेपछि भारतीय सरकारसमेत त्यसलाई नियन्त्रण गर्नै दिशामा गम्भीर भएर लागेको थियो ।

एनबी टण्डनः अमेरिका र क्यानडामा नेपाल चिनाउने ‘मूर्ख’ ट्रक ड्राइभर

काठमाडौं, २५ साउन । दाङमा जन्मिएका एनबी टन्डन एघार वर्षदेखि रोजगारीको सिलसिलामा क्यानडामा छन् । उनको पेशा हो ड्राइभिङ । प्रवासमा रहेर ड्राइभिङको पेशा अँगाले पनि उनी नेपाल र नेपालको प्राकृतिक सौन्दर्यको पुजारी नै हुन् । उनी राष्ट्रियताप्रति निकै सचेत छन् । त्यसैले क्यानाडामा पनि नेपाल चिनाउने कर्म गरिरहेका छन् । उनी विगत ३ बर्ष देखि पेशा सँगसँगै नेपाल चिनाउने पवित्र कर्ममा लागि परेका हुन् । क्यानडामा अमेरिका र क्यानडा घुम्ने २९ लाख ट्रक छन् । तीमध्ये एउटा ट्रक चलाउँछन् टण्डन । उनको ट्रक अरुको भन्दा बिल्कुल भिन्न छ । उनको ट्रकभित्र अरू ट्रकमा जस्तै सामान हुन्छ भने बाहिर बिल्कुल अरू भन्दा फरक सिंगो नेपाल छ । ट्रक सगरमाथा, स्वयम्भू, लुम्बिनी, बुद्ध, पशुपतिनाथ र नेपालको राष्ट्रिय झण्डाका सुन्दर कलाकृतिले सजिएको छ । यी दृश्यले कस्लाई पो नलोभ्याउला । टण्डनले चलाउने नेपाल चिनाउने ट्रक उनी प्रायःजसो मानिसको ‘यो के हो ?’ भन्ने प्रश्नको  घेरामा पर्दछन् । उनी सगर्व उत्तर दिन्छन्, ‘यो बुद्ध जन्मेको र सर्वोच्च शिखर सगरमाथाको देश नेपाल हो ।’ क्यानडा र अमेरिकाका विभिन्न शहरमा ट्रक लिएर घुमिरहदा एक दिन उनलाई यस्तो आइडिया फुरेको हो । उनले सोचे ‘यत्रो ठाउँ पुगिन्छ, हाम्रो देश नेपाल घुम्नका लागि अति राम्रो मुलुक हो भनेर कसरी भन्ने ? अनि सोच्दै जाँदा उनलाई यस्तो अक्कल आएको हो । अमेरिका र क्यानडा नियमित आवतजावत गरिरहनुपर्ने भएकोले अध्यागमनले रोक्ने हो कि भन्ने शंका उनलाई थियो । नीति–नियमले दिने–नदिनेबारे बुझ्न अध्यागमन गए र अध्यागमनका कर्मचारीलाई आफ्नो कुरा राखे । अध्यागमनका कर्मचारीले त उनलाई मूर्ख समेत भने । पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग टण्डन आफ्नै पैसा खर्च गरेर किन यस्तो गर्ने भनेर उनीहरूले टण्डनलाई भनेका थिए । मूर्ख भनेर भनेका उनले त्यसको प्रवाह नगर्दै डेढ लाख बढी खर्च गरेर आफ्नो ट्रकलाई कलात्मक ढंगले सिंगारे । यस्तो कलात्मक दृृश्यले सिँगारेको देखेपछि अध्यागमनकै कर्मचारीले उनको प्रशंसा गर्दै ‘तिमीले त गजबै ग¥यौं’ भनेको उनी सम्झन्छन् । त्यसैले उनलाई नेपालबारे चिनाउन थप हौसला मिलेको छ । अहिले उनलाई कसैले सोध्यो भने नेपालबारे बताउने र एकचोटि घुम्न जानको लागि नेपाल जान सिफारिस गर्ने गरेका छन् । नेपाल बारे बताएपछि उनलाई प्रायजसोले जीवनमा एकपल्ट नेपाल गएरै छाड्ने प्रतिवद्धता गर्ने गरेका छन् । कति त उनलाई अर्को पटक भेट्दा नेपाल घुमेर फर्किएको बताउँछन् । यसबाट उनलाई थप आनन्द मिल्छ, थप खुशी मिल्छ । उनले यही नेपालका कलाकृतिले सिंगारिएको ट्रक लिएर पूरै क्यानडा मात्र होइन, झण्डै अमेरिका पनि घुमिसकेका छन् । टण्डनको नेपालका कलाकृतियुक्त ट्रक गत बर्ष गएको महाविनाशकारी भुकम्पमा पनि उनले ट्रककै माध्यमबाट राहत तथा पुनःनिर्माणका लागि सघाएका थिए । उनले आफ्नो ट्रकमा लेखेरै नेपालको पुनःनिर्माणमा सघाउन आग्रह गरेका थिए । नेपालमा ड्राइभरलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । त्यसलाई ड्राइभर आफैे र सरकारले यसलाई सुधार्न सहयोग गर्नुपर्ने उनी बताउँछन् । क्यानडामा ड्राइभरको पनि राम्रो सम्मान हुने हुनाले आँफूलाई ड्राइभर भन्न कुनै हिचकिचाहट नहुने उनी बताउँछन् । टण्डनकै पहलमा अहिले क्यानडा र अमेरिकामा ड्राइभिङ पेशा अँगालेकाहरुको एउटा संगठन बनेको छ । उनको संगठनमा अहिले सय जना भन्दा बढि कृयाशील सदस्यहरु छन् । उक्त संस्थाले नेपालको स्थास्थ्य र शिक्षा क्षेत्रमा सकेको योगदान दिने लक्ष्य लिएको छ । नेपाली ड्राइभरले महिला तथा किशोरीलाई जिस्क्याउने तथा गलत दृष्टिले हेर्ने गरेका कारण उनीहरुमाझ नै नकारात्मक सोचको बिकास भएको ठहर गर्दै त्यसलाई चिर्नका लागि किशोरीको स्वास्थ्यका लागि नै उक्त संगठनले पहिलो चरणमा लगानी गरी सकेको छ । ट्रक चालक एनबी टण्डन गुल्मीमा गंगा खड्कालाई स्वास्थ्य दूत बनाएर स्वास्थ्य चेतना अभिवृद्धी गर्ने तथा किशोरीहरुको लागि महिनावारी भएको समयमा प्रयोग गर्ने प्याड निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउनुका साथै दुर्गम क्षेत्रका विद्यालयका लागि ‘फस्ट एड किट’ वितरण गर्ने कार्य पनि भइसकेको छ । संगठनका सदस्यबाट उठाएको लेबीबाट स्वास्थ्य र शिक्षा क्षेत्रमा केही गर्न खोजिरहेको छ उक्त ‘ड्राइभर एसोसिएसन’ । अहिले उक्त संगठनमा अध्यक्षको भूमिकामा रही संगठनलाई हांकिरहेका छन् एनबी टण्डन । उनले नै गैर नाफामूलक संस्था नेपाल विकास टिमको अवधारणा पनि अघि सारेका छन् । नेपालको विकासका लागि नेपाललाई सहयोग गर्न चाहनेबाट सहयोग लिने र सिधा सम्बन्धित काममा सहयोग गर्ने योजना अन्तर्गत यो अवधारणा अघि सारेको टण्डन बताउँछन् । उनै ‘मूर्ख’ चालक पर्यटन दूत दाङदेखि क्यानडा पुगेर क्यानडा मात्र नभएर अमेरिकासम्म नेपालको पर्यटन क्षेत्र र सिंगो नेपाललाई चिनाउन टण्डनले गरेको कामको प्रशंसा गर्दै पर्यटनबोर्डको सिफारिसमा नेपाल सरकारले मे १९, २०१६ देखि टन्डनलाई क्यानडाको लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ । सरकारको यो निर्णयले आफू र आफ्नो टिमलाई आगामी दिनमा आगाडी बढ्न थप हौसला मिलेको टन्डन बताउँछन् । आफ्नो ट्रकमा नेपालका सुन्दर कलाकृती कुद्नका लागि सोधखोज गर्न अध्यागमनको ढोका पुग्दा त्यहींका कर्मचारीले ‘श्रीमतीलाई गहना जोड्न छोडेर ट्रकमा के के जाती बुट्टा भर्न दौडिएको मूर्ख’को संज्ञा दिईएका टण्डन अहिले सरकारको सानो सम्मान पर्यटन दूत बनेपछि पुलकित छन् । यसै बिच आफु क्यानडाको पर्यटन दुत नियुक्त भएलगतै बिभिन्न खालका पर्यटन प्रबद्रन गर्ने उदेश्यले  क्यानडामा आयोजना भएको सन २०१६ जुन ११ मा झन्डै विश्व भरबाट  ७ हजार भन्दा बढी मनिसहरूको सहभागिता रहने  ’ब्राम्टन डे’ मा नेपालले पहिलो पल्ट आफ्नो  सहभागिता जनाएको थियो । बिभिन्न खालका नेपाली कला धर्मसंस्कृति र रहनसहन झल्किने  परिवेशको साथ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । उक्त कार्यक्रममा  सहभागिता भए बापत नेपालको लागि  मायाको चिनो  प्रदान गरिएको थियो । उनले  दाङगको तुलसिपुर नगरपालिका र क्यानडाको ब्राम्टन नगरपालिकालाई मित्र नगरपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको र केहि समय पछि ब्राम्टन नगर प्रमुखको टोलि उक्त कार्यक्रमको लागि नेपाल आउने समेत कार्यक्रम रहेको बताए । पर्यटन प्रबद्धनको लागि विद्यार्थी प्याकेज समेतको तयारी भैरहेको जानकारी समेत दिए । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयन  परिसद्  क्यानडाले भुकम्प पिडित बालबालिकाको सहयोगार्थ  क्यानडाबाट एनबी टन्डनको पहलमा स्कुलका किताबहरू पिसफर पिपुलकी डाईरेक्टर पुनम खड्कीलाई   गत शक्ररबार काठमान्डौमा बितरण गर्नुका साथै  टन्डनले व्यक्तिगत रूपमा नगद १० हजार रुपैयाँसमेत आर्थिस सहयोग गरेका छन् ।