विकासन्युज

नविरकण शुल्क तिर्न नेप्सेको पत्राचार, १५ देखि ५० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने

काठमाडौं, ७ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सवै सुचिकृत कम्पनीहरुलाई सुचिकरण वापतको नविकरण शुल्क बुझाउन जानकारी गराएको छ । नेप्सेमा सुचिकृत भएर कारोवार गरे वापत सवै सुचिकृत कम्पनीहरुले चालु आर्थिक बर्ष सुरु भएको असोज मसान्तभित्रमा नविकरण शुल्क बुझाइ सक्नुपर्ने ब्यवस्था बमोजिम त्यस्तो शुल्क बझाउन नेप्सेले सवै सुचिकृत कम्पनीहरुलाई पत्राचार समेत गरेको नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । धितोपत्र कारोवार सुचिकरण नियमावाली २०५० को दफा ९ मा सुचिकरण नविकरण शुल्क बार्षिक रुपमा नेप्सेलाई बुझाउनु पर्ने ब्यवस्था छ । सो ब्यवस्था अनुसार तोकिएकै समयमा शुल्क बुझाएर नविकरण गर्न गराउन नेप्सेले कम्पनीहरुलाई पत्राचार गरेको हो । यस्तो शुल्क ग्लोबल आइएमइ बैंकमा रहेको नेप्सेको खाता नम्बर ७५०१०१००००७७५ मा जम्मा गरेर सक्कल प्रति भौचर नेप्सेमा बुझाउन पत्रमा उल्लेख गरिएको छ । नेप्सेमा बार्षिक सुचिकरण नविकरण शुल्क वापत १ करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले १५ हजार, १ करोडदेखि ५ करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले बार्षिक २५ हजार, ५ करोडदेखि १० करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले बार्षिक ३५ हजार र १० करोड रुपैयाँ चुक्ता पूजी भएका कम्पनीहरुले बार्षिक ५० हजार रुपैयाँ शुल्क तिर्नु पर्छ ।

डाटा सेवामा ध्यान केन्द्रित गर्दै एनसेल, फोजी सेवा सञ्चालनमा ल्याउने तयारी

काठमाडौं, ७ भदौ । ईन्टरनेट सेवाको माग र ग्राहक संख्या बढीरहेको अहिलेको अवस्थामा एनसेलले यो वर्ष आफुले डाटा सेवामा विषेश ध्यान दिने जनाएको छ । एनसेलद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले उक्त कुरा बताएका हुन् । पर्किन्सले भने, ‘यो वर्ष डाटा सेवामा थप सुधार गर्नु कम्पनीकोे पहिलो प्राथमिकता हो ।’ अहिले फोरजी व्यापक चर्चाको विषय बनेको छ । यही विषयमा बोल्दै पार्किन्सले नियमक निकायको अनुमति पश्चात कम्पनीले फोरजी सेवा शुरु गर्ने तयारीमा रहेको बताए । सरकारले गरेको फ्रिक्वेन्सी नीतिको परिमार्जन अनुरुप फोरजी सेवा सञ्चालनका लागि कम्पनीले १ हजार ८ सय मेगाहर्ज ब्याण्डमा थप फ्रिक्वेन्सी र आवश्यक अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरण समक्ष निवेदन दिई सकेको छ । सरकारले अनुमति दिएमा २ महिना भित्रै सेवा सञ्चालनमा ल्याउन सकिने एनसेलले बताउँदै आएको छ । केही महिना अघि एनसेलले आफ्नो सेवा ग्रामिण तथा दुर्गम स्थानमा विस्तार गर्न पुर्वाधारमा सन् २०१६ भित्र १२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । शहरी क्षेत्रमा नेटवर्कको क्षमता अभिवृद्घि गर्दै उच्च गतिका डाटा सेवा प्रदान गर्ने कार्यमा समेत यो लगानीको उपयोग गरिने कम्पनीले जनाएको थियो । अहिले एनसेलको मोबाईल डाटा सेवा देशका ७५ जिल्लामा र थ्रीजी प्रविधीमा आधारित उच्च गतिको डाटा सेवा ६३ जिल्लामा पुगि सकेकोे छ । एनसेलले काठमाडौं उपत्यका र सगरमाथा क्षेत्रका आफ्ना उपभोक्तालाई थ्रीजी प्रविधिमा आधारित २१ एमबी प्रति सेकेन्ड सम्मको डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडौं उपत्यका बाहिरका शहरहरुमा पनि क्रमशः नेटवर्क आधुनिकिकरण गर्दै लैजाने बताएको छ । अहिले ५६ लाख ३८ हजार ग्राहकले एनसेलको ईन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । थ्रीजी प्रविधि अन्तर्गत नेटवर्कमा आधुनिकिकरण र फोरजीको शुरुवात पछि डाटा सेवाको माग र ग्राहक संख्यामा थप वृद्धि हुने कम्पनीको अपेक्षा छ । “फोरजीमा मोबाईल ईन्टरनेटको गति सुधार हुन्छ यसले गर्दा उपभोक्ताले सजिलैसँग अनलाईन भिडियो हेर्न तथा गेमहरु खेल्न सक्छन्,” पर्किन्सले आजीयाटा गु्रप अन्तर्गत फोरजी सेवा सञ्चालन गरिसकेका देशहरुको अनुभव सुनाउदै भने । नयाँ ब्राण्ड लोगोको औपचारिक रुपमा अनावरण पश्चात एनसेलले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्न आगामी २ वर्ष भित्रै थप ७० अर्ब रुपैयाँ पुँजीगत तथा सञ्चालन लगानी गर्ने उद्घोष पनि गरेका छ । यस अन्तर्गत कम्पनीले सन् २०१७ र २०१८ मा औसतमा प्रत्येक वर्ष ३५ अर्ब रुपैयाँ लगानी गर्नेछ । हाल सम्म एनसेलले नेपालमा रु ७४ अर्ब लगानी गरिसकेको जानकारी दिएकोे छ । एनसेलमा ८० प्रतिशत शेयर लगानी रेनोल्डस् होल्डिङ्गको र २० प्रतिशत नेपालीको शेयर रहेको छ । गत चैत्रमा मलेशियन कम्पनी आजीयाटाले रेनोल्डस् होल्डिङ्को शतप्रतिशत स्वामित्व किने पछि गत साउन ३२ गते एनसेलको नयाँ ब्राण्ड लोगो अनावरण गरिएको थियो ।

राष्ट्रिय सहकारी बैंकको नाफा २२ करोड भन्दा बढी

काठमाडौं, ७ भदौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७२/०७३ मा २२ करोड २२ लाख ९५ हजार नाफा आर्जन गरेको छ । गत आ.व. मा बैंकको मुनाफा १७ करोड ९० लाख २६ हजार रहेको थियो । शेयर पूँजी ७६ करोड ८२ लाख ६० हजार र निक्षेप संकलन सदस्य संघ/संस्थाहरुबाट ११ अर्ब ८३ करोड ८३ लाख र कूल जगेडा कोष २२ करोड ३५ लाख ७७ हजार रहेको छ । त्यसैगरी कर्जा लगानी तर्फ ७ अर्ब ६ करोड ३६ लाख ६३ हजार पुगेको बैंकले जनाएको छ । सहकारी बैंकले १ केन्द्रीय कार्यालय सहित ३७ वटा शाखा कार्यालय मार्फत ७५ जिल्लाका सदस्यहरुलाई सेवा पु¥याउदै आएको छ । बैंकले सदस्य संघ/संस्थाका लागि आवश्यक बिभिन्न प्रकारका स्थानिय, क्षेत्रिय, राष्ट्रिय र अन्र्तराष्ट्रिय तालिमहरुमा सहभागी गराउदैं आएको छ । सहकारी विभागबाट दर्ता भई संचालनमा आएको यस सहकारी बैंकले नेपाल राष्ट्र बैंक, लघुबित्त प्रबद्र्धन विभागबाट समय समयमा निरिक्षण तथा प्राप्त निर्देशनहरुको परिपालनाह गरी साप्ताहिक, मासिक, त्रैमासिक र वार्षिक वित्तिय विवरणहरु नेपाल राष्ट्र बैंकले तोके अनुसार पठाउने गरिएको छ । बैंकका अनुसार निश्क्रिय कर्जा ३ दशमलब ०६ प्रतिशत र पूँजीको औषत लागत ४ दशकलब ४ प्रतिशत रकेको छ । साथै, जोखिम भारित सम्पत्तिमा पूँजीको पर्याप्तता न्यूनत्तम ८प्रतिशत तोकेकोमा १० दशमलब ५४ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ५२ दशमलब २७ प्रतिशत रहेको बैंकले जनाएको छ ।

अवदेखि जति मूल्यको जग्गा बेचेपनि १० प्रतिशत अग्रिम कर तिर्नुपर्ने, घरजग्गा ब्यवसायीलाई भने छुट

काठमाडौं, ७ भदौ । जग्गाको कारोवार गर्न स्थापना भए बाहेकका फर्म, कम्पनी, गैरसरकारी संस्था, विद्यालय जस्ता संस्था र निकायले आफ्नो स्वामित्वमा भएको जग्गा विक्री गर्दा अनिवार्य रुपमा अग्रिम कर तिर्नुपर्ने भएको छ । यस्ता निकायले जग्गा विक्री गर्दा जति मूल्यको विक्री गरेको भएपनि अग्रिम १० प्रतिशत कर तिर्नुपर्ने भएको छ । यसअघि यस्तो ब्यवस्था थिएन । यसअघि ब्यक्तिले जग्गा विक्री गर्दा ३० लाख भन्दा माथिको कारोवारमा यस्तो कर लाग्न गरेको भए पनि त्यस्ता संस्था वा निकायले कर छुट पाउदै आएका थिए । सरकारले चालु आर्थिक बर्षदेखि जग्गाको कारोवार गर्ने यस्ता निकायले पनि अग्रिम कर तिर्नुपर्ने ब्यवस्था गरेको हो । आन्तरिक राजस्व विभागले ७ भदौमा सार्वजनिक सुचना प्रकाशित गरेर यस्तो कारोवारमा कर लाग्ने जानकारी गराएको छ । ‘एकलौटी फर्म, साझोदारी फर्म, कम्पनी गैरसरकारी संस्था, ट्रष्ट, निजी विद्यालय/विश्विद्यालय लगायतका निकायहरुले आफ्नो स्वामित्वको जतिसुकै मूल्यको जग्गा भवन निसर्ग (विक्री वा अन्य कुनै प्रकारले स्वामित्व हस्तान्तरण) गर्दा भएको लाभमा रजिस्ट्रेसनका बखत १० (दश) प्रतिशतशका दरले अग्रिम कर असुल गर्ने,’ विभागले सामयिक कर असुल ऐन २०१२ को दफा ३ दिने दिएको अधिकार प्रयोग गरी प्रकाशित गरेको सार्वजनिक सुचनामा उल्लेख गरिएको छ । ब्यक्तिले भने ३० लाख रुपैयाँसम्मको जग्गा विक्री गर्दा अग्रिम कर तिर्नु पर्दैन । त्यसभन्दा माथिको जग्गा विक्री गर्दा खरिद गरिएको ५ बर्षभन्दा अगाडि नै विक्री गर्नुपरे ५ प्रतिशत र सोभन्दा पछाडि विक्री गर्नुपरे २.५ प्रतिशत कर तिर्नु पर्छ । यस्तो ब्यवस्था घरजग्गा ब्यवसायीको हकमा भने लागू नहुने विभागले जानकारी दिएको छ । ‘घरजग्गा ब्यवसाय गर्नको लागि स्थापना भएका फर्म, कम्पनी वा संस्थाले १० प्रतिशत अग्रिम कर तिर्नुपर्दैन, यो ब्यवस्था अरुहरुको लागि हो,’ विभागका एक अधिकारीले भने ।

यसकारण आए कन्वल नेपाल, यस्तो छ स्ट्याण्डर्ड चार्टर्ड बैंकको पूजी बृद्धिको योजना

काठमाडौं, ७ भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुको चुक्ता पूजी कम्तिमा पनि ४ गुणाले बढाएर ८ अर्ब रुपैयाँ हुनै पर्ने बाध्यकारी ब्यवस्था गर्यो । सो अनुसारको चुक्ता पूजी बढाउनको लागि आगामी असार मसान्तसम्मको समय सीमा दिइएको छ । राष्ट्र बैंकले गत बर्षको भदौ मसान्तभित्रमा पूजी बृद्धिको योजना पेश गर्न सवै बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दियो । पछि त्यस्तो योजना आफ्नो बैंकको वेबसाइटमा नै राख्नुपर्ने ब्यवस्था पनि राष्ट्र बैंकले गर्यो । यो ब्यवस्था अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले न पूजी बृद्धिको योजना राष्ट्र बैंकमा पेश गर्यो, न त दोस्रो निर्देशन अनुसारको पूजी बृद्धिको योजना आफ्नो वेबसाइटमा नै राख्यो । स्ट्याण्डर्ड चार्टर्डको यस्तो रबैयाले सो बैंकले अव के गर्छ भन्ने प्रश्न लगानीकर्तामा छ । प्रतिस्पर्धी बैंकहरु भने उसलाई किन यस्तो सुविधा भनेर प्रश्न गरिरहेका छन् । ‘राष्ट्र बैंकले तोके अनुसारको ब्यवस्था कायम गर्छाैं भन्ने प्रतिवद्धता जाहेर गरेको छ,’ स्ट्याण्डर्ड चार्टर्ड बैंकले पूजी बृद्धिको योजनामा के गर्छ भन्ने प्रश्नमा राष्ट्र बैंकका अधिकारी बताउदै आएका थिए । यसविचमा स्ट्याण्डर्ड चार्टर्डले नेपाल छोड्न लागेको हल्ला पनि चल्यो । कहिले कुन बैंकले र कहिले कुन बैंकले सो बैंक खरिद गर्ने भन्ने हल्ला पनि चल्यो । स्ट्याण्डर्ड चार्टर्डले हटौडा, पोखरालगायतका शाखा बन्द गरेपछि उसले नेपाल छाड्न लागेको भन्ने हल्लालाई थप बल पनि मिलेको थियो । यसविचमा अर्काे हल्ला पनि आएको थियो । त्यो हल्ला के थियो भने स्ट्याण्डर्ड चार्टर्डले आफूलाई विदेशी शाखाको मान्यता देउ भन्ने प्रस्ताव राष्ट्र बैंक समक्ष गर्यो । तर यी कुनै पनि हल्ला पुष्टी हुन सकेका थिएनन् । राष्ट्र बैंकका अधिकारीले पनि यसै हो भनेर प्रष्ट जवाफ दिन सकिरहेका थिएन । आफूहरुसँगको कुराकानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृतले ‘म पनि हेडक्वाटरको जवाफ कुरेर बसेको छु,’ भन्ने जवाफ दिने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउथे । यसैविच गत आइतवार स्ट्याण्डर्ड चार्टर्ड बैंकका आसियान तथा दक्षिण एशिया क्षेत्रीय प्रमुख कार्यकारी अजय कन्वल दुई दिने नेपाल भ्रमणमा आएपछि यो विषय पुन चर्चामा आएको छ । किन आए त कन्वल ? स्ट्याण्डर्ड चार्टर्डले शाखाको मान्यता माग्छ ? नेपाल छोड्छ ? वा पूजी थप्छ ? यी तिनै ओटा प्रश्नको जवाफ लिएर कन्वल नेपाल आएका राष्ट्र बैंक स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारी अनुसार स्ट्याण्डर्ड चार्टर्डले नेपाल नछोड्ने प्रष्ट पारिसकेको छ । ‘८ अर्ब पूजी पुर्याउनु पर्ने ब्यवस्था लगत्तै नेपाल छोड्ने मनस्थितिमा बैंक देखिएको थियो, तर हामीले नछोड्न एक प्रकारको अनुरोध नै गर्यौं, उसको यहाँका पदाधिकारीदेखि हेडक्वाटरसम्मका पदाधिकारीको निकट सम्पर्कमा रह्यौं, उसले केही सहुलियत माग्यो, हामीले तोकिएको समयमा पूजी पुर्याउने वाहेकको सहुलियत दिन तयार छौं भन्ने जानकारी गरायौं, कन्वलको अहिलेको भ्रमण त्यसैको मूर्त रुप हो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । स्रोतको अनुसार यो बर्षको बोनसवाट कति पूजी थप्ने, हकप्रद दिने कि एफपिओ जारी गर्ने भन्ने जस्ता कुरा स्ट्याण्डर्ड चार्टर्डले सार्वजनिक नगर्दा पनि हुने छुट राष्ट्र बंैकले दिएको छ । यस्तै उसका सम्भाब्यता नभएका स्थानका शाखा बन्द वा स्थानान्तरणको सुविधा पनि राष्ट्र बैंकले दिएको छ । ‘तोकिएकै समयमा पूजी पुर्याउन स्ट्याण्डर्ड चार्टर्ड ग्रुपले ग्यारेन्टी गर्ने र हामीले थप प्रक्रियागत कुरामा छुट दिने भन्ने भएको थियो, कन्वल त्यही ग्रुप ग्यारेन्टीको लागि नेपाल आएका हुन्,’ स्रोतले भन्यो ।

हुण्डाईको दशैं तिहार गेट सेट गो का विजेता घोषणा

काठमाडौं, ७ भदौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको दशैं तिहार गेट सेट गोे अफरको विजेता घोषणा गरेको छ । गेट अफर अनुसार हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको बिमा साथै सामसुङ ग्यालेक्सी एस६ एज स्मार्टफोन ५६ जनालाई र बम्परमा हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए । सेट अफर अनुरुप ५६ भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एस६ एज जित्ने अवसर पाएका थिए । सो अफरका विजेता यसअघि नै हुन्डाई थापाथली र भाटभटेनी स्थित शोरुममा एक लक्की ड्र कार्यक्रमको आयोजना गरि घोषणा गरिएको थियो । लक्की ड्र शोरुममा उपस्थित ग्राहकहरुको हातबाट गरिएको थियो र विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै गो स्किम अन्तर्गत वुटबलकी सुमी श्रेष्ठ हुन्डाई क्रेटा कार जितिन् । हुण्डाईको गेट सेट गो अफर २०७२ साल भदौं २४ गतेदेखि मंसिर १० गतेसम्म सञ्चालन गरिएको थियो ।

उपत्यकामा यातायातका थप तीन कार्यालय थपिदै, लाइसेन्सको फारम बुझाउन रातभर लाइन बस्नु नपर्ने

काठमाडौं, ७ भदौ । उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन बस्नुपर्ने बाध्यता हट्ने छ । बढ्दो सवारी दुर्घटनाका साथै यातायातसम्बन्धी कामका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीको अत्याधिक चाप भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको निर्देशनलगत्तै मन्त्रालयले कार्यालय विस्तारको निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाएर यथाशीघ्र यातायात व्यवस्था कार्यालय थप गरेर सहज र छिटो काम हुने अवस्था सिर्जना गर्न निर्देशन गरेको सचिवालयका कर्मचारी मनोहरि तिमिल्सिनाले जानकारी दिए । निर्देशनलगत्तै यातायातमन्त्री लेखकले मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय थप गर्ने निर्णय गरेका हुन् । मन्त्री लेखकले छिटोमा दुई साता र ढिलोमा तीन साताभित्र थपिने कार्यालयहरू सञ्चालनमा आउने बताए । थप तीनवटा कार्यालय सञ्चालनमा आएपछि मोटरसाइकल र गाडीको लाइसेन्स नयाँ निकाल्ने, नवीकरण गर्ने गराउने र सवारी साधनको कर तिर्ने काम छुट्टाछुट्टै स्थान, काउन्टरबाट गरिने र त्यसो गर्दा सेवाग्राहीलाई सहज हुनुका साथै काम व्यवस्थित र छिटो हुने उनको भनाइ छ । मन्त्री लेखकले भने, ‘सडक दुर्घटनाहरू बढिरहेका छन् । त्यसको न्यूनीकरणका लागि हामीले ऐन कानुनहरू पनि संशोधन गर्ने काम अगाडि बढाएका छौँ । क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीलाई पनि कारबाही भइरहेको छ। समग्रमा हामी यातायात व्यवस्थालाई व्यवस्थित गर्न लागेका छौँ ।’ सवारीचालक अनुमति पत्रको फाराम बुझाउनसमेत सेवाग्राहीहरू रातभरि लाइन बस्नु परेको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले काठमाडौँमा दुईवटा र भक्तपुरमा एउटा यातायात व्यवस्था कार्यालय थप गरेर छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । समाचार स्रोत ः गोरखापत्र दैनिक

साझाकै पेट्रोल पम्पमा सिलबन्दी, साझाले तीनदिनभित्र स्पस्टिकरणसमेत दिनुपर्ने

काठमाडौं ७, भदौ । अन्य पेट्रोल पम्पको तुलनामा आर्मी, पुलिस र साझाको पेट्रोल पम्पमा उपभोक्ताको विश्वास हुने गरेको छ । तर, सरकारी पेट्रोल पम्म भनेर चिनिएको र जनतालाई ठग्दैन भन्ने विश्वास भएको साझाले नै ठगी गरेर उपभोक्ताको भ्रमलाई साझाले तोडिदिएको छ । उपभोक्ता ठग्ने पुल्चोकको साझा पेट्रोल पम्पमामा रहको डिजल बिक्री गर्ने एउटा मेसिनमा सरकारी अनुगमन टोलीले सिलबन्दी गरेको सिल गरेको छ । अनुगमन टोलीले बजार अनुगमन गर्दा साझाका ६ वटा तेल बिक्री गर्ने मेसिन मध्ये रियलटेक आरटीए ११२ नम्बरको मेसिनबाट डिजेल मापदण्ड भन्दा कम विरतण गरिएको तथा नापमा एकरुपता नभएकाले भन्दै सिल गरिएको गुणस्तर तथा नापतौल विभागले बताएको छ । पुलचोकको साझा पम्पको एउटा मेसिनले तोकिएको मापदण्ड भन्दा कम परिमणमा तेल बिक्री गरेको र मेसिनमा एकरुपता नभएको भन्दै सिलबन्दी गरिएको छ। त्यस्तै अनुगमन टोलीले लगनखेलमा रहेको माहायन पम्पको डिजल बिक्री गर्ने मेसिनमा समेत सिलबन्दी गरेको छ। उक्त पम्पले डिजल मापदण्डभन्दा कमपरिणाम बिक्री गरेको फेला परेको छ। साथै टोलीले एकान्तकुनाको जावलाखेल पेट्रोलपम्पले मापदण्डभन्दा बढी डिजेल बिक्री गरेको फेला परेपछि तीनदिनभित्र स्पष्टीकरण दिन निर्देशन पनि दिएको छ।