विकासन्युज

स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेष्ट कन्जुमर डिजिटल अवार्ड’बाट सम्मानित

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेष्ट कन्जुमर डिजिटल अवार्ड-२०१७’ बाट सम्मानित भएको छ । शुक्रबार न्यूर्योकमा आयोजित एसिया प्यासिफिक वल्र्ड बेष्ट कन्जुमर डिजिटल बैंकस् प्रतियोगिताको पहिलो चरणको विजेताको घोषणा ग्लोबल फाइनान्सले गरेको छ । प्रतियोगितामा स्ट्याण्डर्ड चार्टर्ड लगायतका अरु बैंकहरु छानिएका छन् । ग्राहकलाई डिजिटल अफरिङ्गहरु प्रयोग गराउनमा सफल भएका बैंकहरु उक्त प्रतियोगितामा छानिएका छन् । साथै, विजेता बैंकहरु डिजिटल ग्राहकहरुको वृद्धि, प्रोडक्ट अफरिङ्गको दायरा, डिजिटल पहलबाट प्राप्त मूर्त लाभको प्रमाण र वेब/मोबाइल साइट डिजाइन र कार्य क्षमताको आधारमा छानिएका बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विजेताहरु इन्फोसिस्, विश्वको अग्रणी परामर्श, प्रविधि र आउटसोर्सिङ्ग कम्पनीको उच्चस्तरीय निर्णयक मण्डलले छानेका हुन् । ग्लोबल फाइनान्स इडिटर्स पहिलो चरणको अन्तिम नतिजाको लागि जिम्मेवार थिए । यस बैंकले लगातार तीन पटक उक्त अवार्ड हासिल गरेको हो । यसै महिना यस बैंकले इरोनोमीद्वारा प्रस्तुत गरिएको सम्माननिय नेपालस् बेष्ट बैंक २०१७ को अवार्ड पनि हासिल गरेको थियो ।

नेप्से ५२ अंकले उक्लियो, चार अर्ब ७३ करोडको सेयर कारोबार

काठमाडौं । यस साता नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२.१८ अंकले बढेर अन्तिम दिन १६३५.७५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.०८ अंकले बढेर ३४७.४५ अंकमा आईपुगेको छ । त्यस्तै, बजारमा चार अर्ब ७३ करोड ८२ लाख ७६ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका छन् । कारोबार रकम गत साताको भन्दा १२.७२ प्रतिशत बढी हो । गत साता चार अर्ब २० करोड ३४ लाख ५२ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका थिए । यसैगरी बजारमा व्यापार समूह बाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६४१ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ८१, बैंकिङ ४०, विकास बैंक ४६ र उत्पादनमूलक समूहको परिसूचक ५८ अंकले उकालो लागेका छन् । यस साता कारोबार रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो अवधिमा यस कम्पनीको २८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

युरोपियन युनियनको कालोसूचिबाट हट्दै नेपाली बायुसेवा कम्पनी

काठमाडौं । युरोपियन युनियनको कालोसूचिबाट नेपाली बायुसेवा कम्पनीहरु हट्ने भएका छन् । अन्तर्राष्ट्रिय हवार्इ उड्ययन संस्था (आइकाओ) को टोलीले गरेको सेफ्टी अडिट नेपालका बायु सेवा कम्पनीहरुले आधारभुत स्तर पारे गरेपछि कालोसूचिबाट हटेका हुन् । आइकाओले कालोसूचिबाट हटाएपछि इयुले पनि हटाउने सम्भावना रहन्छ । इयुको कालोसूचीमा एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स थिए। इयुले नेपाल बाहेक अफगानिस्तान, कङ्गो, अंगोला, इन्डोनेसिया, लाइवेरिया, मोजाम्विक, सिरियालियोन, इरान, इराकका बायु सेवा कम्पनीलाई कालोसूचिमा राखेको छ ।

मुक्तिनाथ विकास बैंकको नाफा ४९ करोड ६३ लाख, खराब कर्जा शून्य नजिक

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक २०७३/०७४ वर्षमा ४९ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.३० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तुलनामा २०७३/०७४ वर्ष बैंकको निक्षेप र कर्जा लगानी दुबैमा वृद्धि भएको छ । सोही अवधिमा बैंकको निक्षेप ४८.७६ प्रतिशतले बृद्धि भई १६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ५४.६४ प्रतिशतले वृद्धि भई १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । बैंकका प्रति शेयर वार्षिक आम्दानी ३२.११ रुपैयाँ रहेको छ । साथै, सो अवधिमा बैंकको प्रति शेयर कुल सम्पत्तीको मूल्य १,२७८.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.२४ रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, बैंकले वार्षिक तरलता अनुपात २२.६७ प्रतिशत, प्रति सेयर नेटवर्थ १४९.८० रुपैयाँ र पूँजीकोष अनुपात १४.९६ प्रतिशत पुर्याएको छ । सो अवधिमा बैंकले न्यून खराब कर्जा ०.०२ प्रतिशत कायम गरेको छ, जुन गत आर्थिक वर्षको यही अवधिमा ०.०९ प्रतिशत रहेको थियो ।

नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले मौद्रीक नीतिको अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले हालै सार्वजनिक भएको मौद्रीक नीति २०७४/७५ को अन्तरक्रिया कायक्रमको आयोजना गर्न गईरहेको छ । काठमाडौंको होटल र्याडिसनमा हुन गइरहेको यस कार्यक्रममा मौद्रीक नीति संग सरोकार राख्ने एवम बैंकिङ्ग क्षेत्रका विज्ञहरु बाट प्रस्तुति हुने इन्टिच्यूटले जनाएको छ । यस अन्तरक्रिया कायक्रमा नरबहादुर थापा (कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक) बाट मौद्रीक नीतिको बारेमा प्रस्तुती हुने छ । त्यस पश्चात हुन गई रहेको प्यानल डिसकसनमा नेपाल राष्ट्र बैंकको एक्विक्विटिभ डाइरेक्टर नर बहादुर थापा, सानिमा बैंकको सिइओ भुवन कुमार दाहाल, डिबिएएनको भाइस प्रिसिडेन्ट गोबिन्द प्रसाद ढकाल र एनएफआईएको राष्ट्रपति सरोज काजी तुलाधर द्वारा आ-आफ्नो धारणाहरु राख्नुहुने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

यती एयरलाइन्सबाट यात्रा गरेका यात्रुहरुलाई चन्द्रागिरि केबलकारको टिकटमा विशेष छुट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिक बिच सेवाग्राहीलाई छुट लिने दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार यती एयरलाइन्स मार्फत हवाइ यात्रा गरेका यात्रुहरुलाई हवाई यात्राको बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै, चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११(एघार) देखि २०(विष) प्रतिशत सम्म छुट पाउने व्यवस्था मिलाइएको छ । सम्झौतापत्रमा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेक विक्रमशाह र यती एयरलाइन्स डोमेस्टिकको तर्फबाट प्रविना के.सी. ले हस्ताक्षर गरेका छन् । यो छुट योजना २०७४ साउन १ गते देखि २०७५ असार मसान्तसम्म लागु हुनेछ । चन्द्रागिरि हिल्स लिमिटेडले ल्याउने सेवाग्राही मुखि प्रर्बद्धनात्मक कार्यक्रम र यती एयरलाइन्सले ल्याउने दशैं तिहारको टिकट शुल्कमा यो योजना लागु हुने छैन । अन्यशर्तहरु सम्झौताबमोजिमलागु हुने छन् । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

सनराइज बैंकद्धारा बचतकर्ता सामुहिक दुर्घटना अन्तर्गत बीमा रकम भुक्तानी

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँमा नवढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणा सम्म दावी गर्न सकिने छ । यस बैंकका निक्षेप ग्राहक महादेव लाल देवकी छोरी, परमेश्वर देव वैश्यकी श्रीमती, विसहरिया-४, सप्तरी निवासीे श्रीमती मालती देवी वैश्यको सडक दुर्घटनामा परी निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत मृतकको नाममा यस बैंकको न्यूरोड शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात १ लाख ४९ हजार २९१ रुपैयाँ बराबरको रकम हस्तान्तरण गरियो । उक्त रकम बराबरको चेक बैंकका न्यूरोड शाखाका शाखा प्रबन्धक प्रितमलाल श्रेष्ठद्धारा मृतकका श्रीमान परमेश्वर देव वैश्यलाई हस्तान्तरण गरियो ।

३५ अर्बको बोनस सेयर सूचिकृत, हकप्रद सेयर १८ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०७४ जेठ मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ३५ अर्ब ९ करोड रुपैयाँ बराबरको बोनस शेयर सूचिकृत भएको छ । जुन रकम धितोपत्र सूचिकृत मध्ये सबैभन्दा बढी हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको एघार महिनामा कुल १२१ अर्ब ८५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । त्यसमध्ये १८ अर्ब ८४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको साधारण शेयर नेप्सेमा थिपिएका छन् । त्यस्तै, सोही अवधिमा ६२ अर्ब बराबरको सरकारी ऋणपत्र र १ अर्ब २५ करोड बराबरको म्युच्युअल फण्ड गरी सो मात्राको धितोपत्र सूचीकृत भएका छन् । २०७४ जेठ मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । जुन संख्या अघिल्लो वर्षको भन्दा १८ संख्या कम हाे। २०७३ जेठ मसान्तमा (अघिल्लो वर्ष) सूचीकृत कम्पनीहरूको संख्या २३० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको राष्ट्र बैंकले जनाएको छ । सूचीकृत कम्पनीहरूमध्ये १६९ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १४ वटा जलविद्युत् कम्पनी, ४र४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी वार्षिक विन्दुगत आधारमा ४४.४ प्रतिशतले वृद्धि भएको छ । चुक्ता पूँजी सो मात्राले वृद्धि भई गत आर्थिक वर्षको एघार माहिनामा २८३ अर्ब १६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।