विश्वास बहुउदेश्यीय सहकारी १९ औं वर्षमा, पूँजी १९ करोड ३४ लाख पुग्यो
काठमाडौं । विश्वास बहुउदेश्यीय सहकारी संस्था १९ औं वर्षमा प्रवेश गरेको छ । राजधानीमा संस्थाले आफ्नो स्थापना दिवस मनाउँदै १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । हालसम्म संस्थाले १९ करोड ३४ लाख सेयर पूँजी संकलन गर्न सफल भएको संस्थाका अध्यक्ष रमेश गौतमले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले सहकारी संस्थाहरुलाई व्यवस्थित गर्नको लागि सहकारी नीति बनाउँदा विज्ञहरुलाई समेट्नु पर्ने कुरामा जोड दिए । मन्त्री पाण्डेले नीतिनियम बनाउँदा विज्ञलाई नसमेटीएकोले रहेक निकायको नीति फितलो भएको कुरा औल्याए । मन्त्री पाण्डेले सहकारीले जनताको पैंसा जोखिममा पर्न नदिन लगानीको विकल्प खोज्न पनि आग्रह गर्दै सबै निकायको जिम्मेवार सरकार भएकाले सहकारीको समस्यालाई सरकारले नै छलफल गरि निराकरण गर्नुपर्ने बताए । मन्त्री पाण्डेले सरकारले खर्च गरे मात्र जनताको धन बचत र लागानी हुने बताए । मन्त्री पाण्डेले सहकारीको विकासले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको स्पष्ट पार्दै सहकारीको समस्यामा आफु र सरकार पनि जिम्मेवार पूर्वक लाग्ने बताए ।
स्पावेक स्किन केयर नेपाली बजारमा, १३१ देखि १२७८ रुपैयाँसम्ममा उपलब्ध
काठमाडौं । भास्कर ट्रेडिङले कस्मेटिक उत्पादन स्पावेक स्किन केयर नेपाली बजारमा ल्याएको छ । महिला ग्राहकवर्गमा लक्षित यो उत्पादन प्रोडक्टहरु एक सय ३१ रुपैयाँदेखी अधिकतम १२ सय ७८ रुपैयाँसम्म पर्ने कम्पनीले जानकारी दिएको छ । बुधबार चर्चित गायिका इन्दिरा जोशीले यो उत्पादनको उद्घाटन गरेकी हुन् । जापानी कम्पनी कोस कर्पोरेसनको स्पावेक ब्राण्डका उत्पादनहरुमा स्पावेक ह््वाइट्नीङ त्रिपल केयर सेरम एण्ड स्पावेक एज सोलुसन इन्टेन्सिभ सेरम रहेको कस्मेटिक कम्पनीले जानकारी दिएकोे छ । उत्पादित सो प्रोडक्टमा जापानको रेमिनीन्सससेन्ट स्पावेकको सबै प्रोडक्टमा जापानको सहयोग र समुन्द्रको नुन समावेश गरिनुको साथै माइन कस्मेटिक इन्ग्रिडेन्ट समावेश गरिएको कम्पनीले जनाएको छ । स्पावेकले वातावरणका हानिकारक प्रभाव विरुद्ध महिलाको छाला जोगाउने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा भाष्कर ट्रेडिङका निर्देशक विकास पालीके भने, “हाम्रो समन्वय स्पावेकसँग भएकोमा हामी अत्यन्तै गौरवान्वित छौं ।” जापानी प्रविधिबाट निर्मित यो उत्पादन भारतपछि नेपाली बजारमा ल्याइएकाे कम्पनीले जनाएकाे छ ।
काँग्रेस नेता निधि कार्यबाहक सभापति
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई तोकेका छन् । भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेका सभापति देउवाले भारतबाट फिर्ता नहुँदासम्मका लागि नेता निधिलाई कावा सभापति तोक्नुभएको पार्टी कार्यालयले जनाएको छ । त्यसैगरी सभापति देउवाले आजै नेपाली काँग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २१ (ठ) बमोजिम हरिप्रसाद नेपाल (पाल्पा) राधेचन्द्र यादव (बारा) र अमृत अर्याल (मोरङ) तथा विधानको धारा २१ (झ) बमोजिम ध्यानगोविन्द रञ्जित (काठमडौं) लाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे हृदयराम थानी सदस्य रहेको पार्टी केन्द्रीय अनुशासन समिति समेत गठन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्ली जानुभएका प्रधानमन्त्री देउवा पाँच दिने राजकीय भ्रमण सम्पन्न गरी यही भदौ ११ गते स्वदेश फर्किनेछन् । रासस
दुई सातादेखि अवरुद्ध विद्युत् सुचारु
भदौ । गुल्मीको मुसिकोट नगरपालिका बामीमा गत दुई सातादेखि अवरुद्ध बनेकोे विद्युत् बुधबार बिहानदेखि सुचारु भएको छ । अविरल वर्षाका कारण दुई साताअघि बामी नजिकै गएको पहिरोले विद्युत् नहर बगाउँदा उक्त क्षेत्रमा लामो समयदेखि विद्युत् सेवा अवरुद्ध बनेको थियो । एक सय ३५ किलोवाट क्षमताको उक्त विद्युत् स्थानीय परोपकार बहुउद्देश्यीय सहकारी संस्था वामीटक्सारद्वारा सञ्चालनमा आइरहेको थियो । विद्युत् सेवा अवरुद्ध बनेपछि त्यस क्षेत्रका एक हजार ८०० भन्दा बढी घरधुरीका उपभोक्ता लामो समयसम्म अध्यारोमा बस्न वाध्य भएका थिए । लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा मुसिकोट नगरपालिकाको बामी टक्सारलगायत त्यस वरिपरीका बासिन्दाले मोबाइल चार्ज गर्नसमेत पाएका थिएनन् । विद्युत् बन्द भएसँगै नेपाल टेलिकमको जिएसएम, सिडिएमए, ल्याण्डलाइन, वाइम्याक्सलगायत एडिएसएल सेवासमेत ठप्प भएको थियो । दुई सातापछि विद्युत् सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रका बासिन्दा यतिबेला निकै खुसी बनेका छन् । रासस
प्रधानमन्त्रीको भारत भ्रमणपछि थपिँदैछ ५० मेगावाट बिजुली आयात, मोदी र देउवाले संयुक्त शुभारम्भ गर्ने
काठमाडौं । बिहीबारदेखि कटैया–कुसाह अन्तर्गत १३२ केभी क्षमताको दोस्रो प्रसारणलाइनबाट बिजुली आयात हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार दुरनियन्त्रित यन्त्रबाट (स्वीच थिचेर) बिजुली आयातको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर प्रसारणलाइन सुचारु गर्ने छन् । औपचारिक रुपमा भारतबाट थप ५० मेगावाट बिजुली आउने छ । प्रसारणलाइन निर्माण भएपनि सञ्चालमा ल्याइएको छ्रैन् । कटैया–कुसाह अन्र्तगत अर्को प्रसारणलाइनबाट बिजुली आपूर्ति भइरहेको छ । यो लाइन भारतको सहयोगमा निर्माण भएको हो । यस्तै परवानीपुर–रक्सौल १३२ केभी प्रसारणलाइन पनि सम्पन्न भएको छ । भारतको मोतिहारीमा सवस्टेशनको काम भइरहेकाले केही महिनापछि मात्र सञ्चालनमा आउने छ । यो लाइनबाट पनि ५० मेगावाट आउने छ । हालै भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत आदनप्रदान समिति (पीईसी) बैठकले कटैया–कुसाह र परवानीपुर– रक्सौल प्रसारणलाइनबाट गरी थप १ सय मेगावाट बिजुली आयात गर्ने सहमति गरेको छ । आउदो हिउँदमा विद्युतभार कटौती (लोडसेडिङ) हटाउन यी दुई लाइनबाट १ सय मेगावाट बिजुली आयात गर्ने तयारी भएको हो । यो वर्ष ५ सय मेगावाटसम्म बिजुली आयात हुने छ । गत वर्ष ३८५ मेगावाटसम्म बिजुली आयात भएको थियो । गत वर्ष ०७३/०७४ गत वर्ष भारतबाट २ अर्ब १७ करोड ५० लाख ४० हजार युनिट बिजुली आयात भएको छ । अघिल्लो आवमा प्राधिकरणले १ अर्ब ७७ करोड ७६ लाख ८० हजार युनिट बिजुली आयात गरेको थियो । गत आवमा प्राधिकरणले १४ अर्ब २० करोड रुपैयाँ बराबरको बिजुली आयात भएको थियो । गत वर्ष ग्रीड प्रणालीमा उपलब्ध कुल ऊर्जा मध्ये भारतबाट आयातित बिजुलीको हिस्सा बढेर ३४.७६ प्रतिशत पुगेको छ । विद्युत प्राधिकरणको आफनो उत्पादनको ३८.८४ र निजी क्षेत्रको २८.४० प्रतिशत मात्र छ । गत वर्ष विद्युत प्राधिकरणका आफना आयोजनाबाट उत्पादन हुने बिजुली परिमाण ८ प्रतिशत बढेर २ अर्ब ३० करोड ५१ लाख ७० हजार युनिट पुगेको छ । अघिल्लो वर्ष २ अर्ब १३ करोड ३४ लाख ४० थियो । प्राधिकरणले भारतको एनपीटीसी विद्युत व्यापार निगमको ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ र पीटीसी इन्डिया लिमिटेडको टनकपुरबाट ३५ मेगावाट बिजुली खरिद गरिएको जानकारी दिएको छ । २ सय मेगावाट भन्दा बढी विहार र उत्तरप्रदेशबाट विद्युत आदनप्रदान सम्झौता अनुसार आयात भइरहेको छ ।
नेको इन्स्योरेन्सको सञ्चालकमा भट्टराई नियुक्त
काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा रोहितकुमार भट्टराई नियुक्त भएका छन् । भदौ ६ गते बसेको कम्पनीे सञ्चालक समितिको बैंठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
आरएसडिसी लघुवित्तको भदौ १६ गते बुक क्लोज, हकप्रद सेयर निष्काशन गर्दै
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आगामी भदौ १६ गते बुक क्लोज हुने भएको छ । हकप्रद सेयर प्रयोजनको लागि सो दिन संस्थाको बुक क्लोज हुने भएको हो । लघुवित्तले सेयरधनीलाई २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।
राष्ट्र बैंकको अस्थिर नीतिको परिणाम, अध्यक्ष र सञ्चालकको कार्यकाल सीमा हट्यो
काठमाडौं । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको नीतिमा अस्थिरता देखिन थालेको छ । पहिला गरेको निर्णयबाट केन्द्रीय बैंक पछि हट्न थालेको छ ।बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) मा सञ्चाकको कार्यकाल २ वर्ष भन्दा बढी हुनु हुदैन भन्ने व्यापक पहल (लविङ) गरेको राष्ट्र बैंक अहिले नयाँ ऐनमा व्यवस्था नभएको भन्दै सञ्चालक समितिको कार्यकाल सीमा हटाएको हो । यो व्यवस्थाअनुसार जति समय पनि सञ्चालक हुन पाउने भएका छन् । यसअघि एउटा संस्थामा लामो समय एउटै व्यक्ति अध्यक्ष तथा सञ्चालक हुदा समस्या भएको भन्दै निर्देशिका ल्याएर २ कार्यकालको सीमा तोकेको थियो । वाफियामा व्यवस्था नभएपछि राष्ट्र बैंक आफैले नयाँ निर्देशन ल्याएर सञ्चालकको सीमा तोकेको थियो । राष्ट्र बैंक पहिलाको निर्णयबाट पछि हटेपछि उसले निर्णय गलत थियो भन्ने पुष्टि छ । यस्तै नीतिगत दावावमा राष्ट्र बैंक परेको देखिन्छ । कानूनमा नभएपनि राष्ट्र बैंकले आवश्यक परे निर्देशिका ल्याएर नयाँ व्यवस्था गर्न सक्ने अधिकार भएपनि राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको बैंक तथा वित्तीय संस्था सम्बन्धित एकिकृत निर्देशनमा कुनै व्यवस्था नगरी खुला गरिदिएको छ । व्यवस्थापिका संसदको अर्थ समितिमा बैकर साँसदले नै लविङमा लागेर यसलाई हटाएका थिए । समितिले वाफियामा कार्यकारी र सञ्चालकको अघि प्रवन्ध सञ्चालक शब्द थपेर २ वर्ष कार्यकालको सीमा लगाउने व्यवस्था गरिएको छ । वाफिया ऐनले नबोलेपछि राष्ट्र बैंकले एकिकिृत निर्देशनमा यस सम्बन्धित व्यवस्था नगरेर अघोषित रुपमा अध्यक्ष तथा सञ्चालककको कार्यकाल सीमा हटाएको विज्ञको भनाई छ । कानूनमा नभएपनि नयाँ निर्देशन ल्याएर राष्ट्र बैंक तोक्ने व्यवस्था भएपनि राष्ट्र बैंक दवावमा परेर यस विषयमा मौन रहेको देखिन्छ । राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेल वाफियामा भएको व्यवस्था अनुसार सञ्चालककको कार्यकाल हटेको बताउछन् । विकास न्युजसंग कुरा गर्दे पौडेलले कानूनमा जे छ त्यही अनुसार राष्ट्र बैंकले सञ्चालकको विषयमा व्यवस्था गरेको तर्क गरे । यता पुर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सञ्चालककको कार्यकाल सीमा हटाउदा बैंक तथा वित्तीय संस्थामा दीर्धकालमा सुशासन नहुने बताउछन् । “संस्थागत सुशान नहुने भएपछि वाफियामा प्रस्ताव गरिएको थियो” उनले भने “साँसदले नै लविङ गरेर हटाएपछि राष्ट्र बैंक चुप लगाएर बस्नु हुदैन थियो ।” राष्ट्र बैंकले निर्देशनमार्फत यसलाई पुनः कार्यन्वयनमा ल्याउन सकिने आधार हुदाहुदै मौन बसेको उनको भनाई छ । सञ्चालकको सीमा नभएपछि मनोमानी बढ्ने, प्रलोभनमा फस्ने र दीर्धकालमा बैंक तथा वित्तीय संस्था नै संकटमा पर्ने उनको तर्क छ । तत्कालिन पुनरावेदन अदालत पाटनले ऐनमा व्यवस्था नभएपनि सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल तोक्ने अधिकार राष्ट्र बैंकसंग रहेको मान्यता स्थापित गरि दिएको छ । कैलाश विकास बैंकका तत्कालिन अध्यक्ष राजेन्द्र गिरीको मुद्धाको फैसला गर्दे यस्तो मान्यता स्थापना गरेको हो । वाफिया एने २०६३ मा कार्यकारी अध्यक्ष र प्रवन्ध सञ्चालकको व्यवस्था भए पनि कार्यकाल र सीमा तोकिएको थिएन् । लामो समय कार्यकारी अध्यक्ष, सञ्चालक हुदा सुशान कमजोर भई वित्तीय समस्या आएपछि राष्ट्र बैंकले सीमा लगाएको हो । अध्यक्ष, सञ्चालक र कार्यकारी प्रमुख अधिकृतको समय सीमा तोएिपछि पछिल्लो समयमा वित्तीय संस्था समस्याग्रस्त भएका छैनन् ।