२ दिनमै १९ हजार भन्दा बढी उपभोक्ताले गरे दशैंको बेला सस्तो मेलाको अवलोकन
काठमाडाैं । दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपमा सुरु भएको स्टक क्लियरेन्स मेलामाको दोस्रो दिन सम्ममा १९ हजार भन्दा बढी उपभोक्ताले मेला स्थल अवलोकन गरेका छन् । दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाइने भएकै कारण उपभोक्ताको घुइँचो लागेको मेला संयोजक दिपेश जोशीले बताए । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शंशेर राणाले पनि अबलोकन गरेका छन् । अबलोकन पछि अध्यक्ष राणाले उपभोक्ताले सस्तो सामान पाउने र व्यवसायीले पनि आफ्नो स्टकमा रहेका सामानको कारोबार गर्न पाउने मेला दुबै पक्षका लागि फाइदाजनक भएकोे बताए । बुधबारदेखि देखि ६ दिनसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार भइरहेको छ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फुडकोर्ट, होम एफिलियन्स र फिटनेसका स्टलहरु रहेका रहेको कम्पनीले जनाएको छ । मेला अबधीभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ । मेलामा इकमर्स पार्टनर बनेको सपर्भडटकमले अनलाइन सेवा पनि उपलब्ध गराएको छ ।
पशुपति मुरारकाको सिमेन्ट उद्योगले तातो हावाबाट ४ मेगावाट विद्युत् उत्पादन गर्दै
काठमाडौ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर ४ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहेका पशुपति मुरारकाले कुरा गर्दै भने, “नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ पहिलो चरणमा २.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ, दोस्रो चरणमा थप १.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।” चार मेगावाट विद्युत् उत्पादन गर्न उद्योगमा थप ८० करोड रूपैयाँ लगानी गरिने मुरारकाले जानकारी दिए। सुधारिएको स्टिम इन्जिन प्रणालीबाट विद्युत् उत्पादन गर्ने प्रणालीको जडानका लागि चीनबाट सामान ल्याउने प्रक्रिया शुरु गरिएको र आगामी सात महिनाभित्र विद्युत् उत्पादन शुरु हुने उनले बताए। नेपालको हकमा खेर गएको तातो हावालाई प्रयोग गरेर विद्युत् निकाल्ने प्रणाली जडान गर्न लागिएको नै पहिलोपटक हो भन्दै उनले निर्माणाधीन अन्य सिमेन्ट उद्योगलाई समेत यसबाट थप प्रेरणा प्राप्त हुने बताए । विद्युत् उत्पादनमा प्रयोग हुने सामान खरिदका लागि एलसी खोलिएको जानकारी दिँदै मुरारकाले आफ्नो उद्योगलाई चाहिने विद्युत्मध्ये केही आफैँ उत्पादन गर्ने रणनीतिमा आफू लागेको बताए । अहिले उद्योगबाट निस्केको तातो हावा खेर गइरहेको र वातावरण समेत प्रदूषित भइरहेको छ । विद्युत् उत्पादन गर्ने प्रणाली जडान भएपछि वातावरणीयरुपमा कुनै समस्या नआउने उनकाे दावी छ । चीन भ्रमणमा जाँदा यस्तो प्रविधि देखेपछि वाष्प (स्टिम) प्रविधिको प्रयोग गरी बिजुली निकाल्ने अठोट गरेको मुरारकाले बताए । चीनमा वाष्प प्रविधिबाट ठूलो मात्रामा बिजुली उत्पादन गरिएको छ । उद्योगबाट निस्किएको तातो हावाले ‘स्टिम इन्जिन’ चलाउने र त्यसरी घुमेको इन्जिनले विद्युत् उत्पादन गर्ने प्रणालीलाई ‘वेस्ट हिट रिकभरी युनिट’ नाम दिइएको छ । नेपालमा हालसम्म यस्तो प्रविधिबाट विद्युत् उत्पादन गरिएको छैन । दोलखाको चर्नावती र पर्वतको मोदी हाइड्रो पावरमा लगानी गर्नुभएका मुरारकाले भने, “यस्तो पाइलटिङ सफल भयो भने नेपालका अधिकांश सिमेन्ट उद्योगमा सहजैरुपमा विद्युत् उत्पादन हुने र त्यसले व्यावसायिक रुप लिनेछ ।” उद्योगले हाल नेपाल विद्युत् प्राधिकरणबाट १० मेगावाट बिजुली खपत गर्दै आएको छ । उद्योगको क्षमता विस्तार गरेर दैनिक ३ हजार ५०० मेट्रिक टन उत्पादन पु¥याउने लक्ष्य राखिएकाले थप १० मेगावाट विद्युत् आवश्यक पर्ने उनकाे भनाइ छ । उक्त प्रणालीको जडानपछि उद्योगले १६ मेगावाट मात्रै विद्युत् खपत गर्नेछ । नेपालमा जगदम्बा, मारुती, शिवम्जस्ता निजी क्षेत्रका ठूला सिमेन्ट उद्योग सञ्चालनमा छन् भने सरकारी स्वामित्वको उदयपुर, हेटौँडा सिमेन्ट सञ्चालनमा छन् । ती उद्योगमा समेत यस्तो प्रणाली जडान गर्न सकिन्छ । सरकारले थर्मल ऊर्जा प्रणालीबाट विद्युत् उत्पादनको प्रक्रिया शुरु गरेको भए पनि खेर गएको हावाबाट विद्युत् उत्पादन गर्ने प्रणाली पहिलोपटक शुरु हुन लागेको हो । पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको घरिवल सिमेन्ट उद्योगले २० मेगावाट विद्युत् सोही प्रणालीबाट उत्पादन गरिरहेको छ । पाकिस्तानकै लक्की सिमेन्ट उद्योगमा समेत १० मेगावाट विद्युत् उत्पादन गरिएको छ । भारतको तेलङ्गनाको सागर सिमेन्ट उद्योगले छ मेगावाट विद्युत् उत्पादन गर्ने अन्तिम तयारी गरेको छ । फिलिपिन्सको सिमेक्स सिमेन्ट उद्योगमा समेत चिनियाँ प्रविधि जडान गरी ४.५ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको छ भने इन्डोनेसियाका सिमेन्ट उद्योगमा वेस्ट हिट रिकभरी युनिट जडान गरी ३० मेगावाट विद्युत् उत्पादन गर्ने प्रणाली जडान गरिएको छ । पाकिस्तानको राष्ट्रिय विद्युत् नियमन प्राधिकरणले वेस्ट हिट रिकभरी युनिट स्थापना गर्न र बढी भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्नैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । सिमेन्ट उद्योगले फाल्ने हानिकारक कार्बन डाइअक्साइड नियन्त्रण गर्न र वातावरणको संरक्षण गर्न समेत यस्तो प्रणाली संसारभर फैलने क्रममा रहेको ग्लोबल सिमेन्टले हालै प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । रासस
तीन महिनापछि जुफाल विमानस्थल सञ्चालनमा
डोल्पा । डोल्पामा यातायातको एकमात्र विकल्पको रुपमा रहेको जुफाल विमानस्थलमा आजदेखि हवाई सेवा सुचारु भएको छ । स्तरोन्नतिका लागि झण्डै तीन महिनादेखि बन्द गरिएको जुफाल विमानस्थलमा ९० प्रतिशत कालोपत्रे गर्ने काम सम्पन्न भएपछि हवाई सेवा सुचारु गरिएको हो । हवाई बन्द भएपछि प्राकृतिक नाकाबन्दीको अवस्था खेपिरहेको डोल्पालीको समस्या र नजिकिँदो महान चाड दसैँको अवसरमा दैनिक उपभोग्य सामग्री ढुवानीका साथै आवतजावतमा हुने समस्यालाई मध्यनजर राख्दै बाँकी १० प्रतिशत काम जहाज चल्दै गर्दा समय व्यवस्थापन गर्ने सर्तमा विमानस्थल सुचारु गरिएको आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिए । विमानस्थलको जम्मा ५६० मिटर कालोपत्रेमध्ये धावन मार्गको ५५ मिटर र पार्किङको काम मात्र काम बाँकी रहेको शाहीको भनाइ छ । आयोजना प्रमुख शाहीका अनुसार धावन मार्गको ५५ मिटर कालोपत्रेको काम गर्दै गर्दा रुलर मेसिन बिग्रेकाले काम रोकिएको हो । मेसिन मर्मतपछि केही दिनमै काम सुचारु गरिने उनले बताए । बिहानको जहाज आउने समयमा पार्किङको काम गर्ने र जहाज गइसकेपछि दिउँसो धावन मार्गको काम सञ्चालन गर्ने योजना रहेको छ । रासस
यूनाईटेड इन्स्योरेन्समा ३६ करोड घोप्लाबाजी प्रकरण : ३ दिनभित्र स्पष्टीकरण पेस गर्न बीमा समितिको निर्देशन
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिको निर्देशनको अवज्ञा गरेको छ । निर्देशन पालना नगरेपछि बीमा समितिले सो कम्पनीलाई स्पष्टीकरण सोधेको छ । बीमा समितिले भदौ २२ गते पत्र लेख्दै स्पष्टीकरण माग गरेको हो । ‘समितिले ३ दिन भित्र लिखित जवाफ पेश गर्ने निर्देशन दिएको छ’ सम्बद्ध स्रोतले भन्यो । बीमा समितिबाट प्राप्त पत्र विहीबार नै कम्पनीमा दर्ता भएकोे यूनाइटेड इन्स्योरेन्स कम्पनी सम्बद्ध स्रोतले पुष्टि गरेको छ । कम्पनीले आईतबार भित्र स्पष्टीकरण दिनुपर्ने भएको छ । यसअघि बीमा समितिले आर्थिक वर्ष २०७२/७३को वासलातसहितको वार्षिक प्रतिवेदन अस्वीकृत गर्दै लेखापरीक्षकले जनाएको कैफियत अनुसार प्रोभिजन बढाएर संशोधित वार्षिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । साउन १६ गते पत्र लेख्दै समितिले भदौ १५ गतेभित्र संशोधित आर्थिक प्रतिवेदन पेश गर्ने निर्देशन दिएको थियो । समितिको निर्देशन पालना नगरी यूनाईटेड इन्स्योरेन्स कम्पनीले नियामक निकायलाई अटेर गरेको ठहर गर्दै बीमा समितिले भदौं २२ गते प्रष्टीकरण सोधेको हो । चौधरी ग्रप अन्तरगतको ‘सिटी स्केप’को ५३ करोड ५८ लाख रुपैयाँ दावी भुक्तानी विवादमा यूनाइटेड इन्स्योरेन्स कम्पनीभित्र करिब करिव ३६ करोड रुपैयाँ घोप्लाबाजी भएको छ । बीमा समितिले प्रष्टीकरण माग्दै दोस्रो निर्देशन दिएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराल र निर्वाण चौधरीबीच पटक पटक छलफल भएको छ । कम्पनीका अध्यक्ष विजयबहादुर श्रेष्ठले यस विषयमा आफू केही नबोल्ने बताए । १ अर्ब २३ करोड रुपैयाँ भ्यालुको बीमा भएको सिटी स्केपको अपार्टमेन्टमा २०७२ सालको भूकम्पले क्षति पुर्याउपछि कम्पनीले ५३ करोड ५८ लाख रुपैयाँ बीमा दावी गरेको छ । ‘नेपाली भ्यालुएटर राजन थापा र एउटा भारतीय कम्पनीले गरेको भ्यालुएशनको आधारमा ५३ करोड ५८ लाख रुपैयाँ बीमा दावी गरिएको छ । त्यसमा १ प्रतिशत सेवा शुल्क थप गरिएको छ’ स्रोतले भन्यो । उक्त दावी आएपछि युनाईटेड इन्स्योरेन्स कम्पनीले तत्काल २५ करोड रुपैयाँ सिटीस्केपलाई भुक्तानी गरेको छ । यो कम्पनी अरुणकुमार चौधरीको हो । युनाईडेड इन्स्योरेन्सको मुख्य लगानीकर्ता समेत रहेको चौधरी ग्रुप नै हो । ‘लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले औल्याएको वित्तीय विवरण अनुसार पुर्नबीमा कम्पनीबाट ५१ करोड ८० आउनु पर्ने देखिन्छ । तर पुर्नबीमाबाट करिव १४ करोड रुपैयाँ मात्र आएको छ । सोही आधारमा पुर्नबीमाबाट आउनु पर्ने भनिएको तर नआएको रकम (करिव ३६ करोड रुपैयाँ) प्रोभिजन गर्न बीमा समितिले भनेको छ’ स्रोतले भन्यो । सपोर्ट डकुमेन्ट नभएको पुर्नबीमा कम्पनीले थप भुक्तानी दिन अस्वीकार गरेको छ । ‘डकुमेन्ट हेर्दा पुरै भवनको बीमा गरिएको देखिएन, फ्लोरवाईज बीमा गरिएको रहेछ । पुर्नबीमा गर्दा कम्पनीको तर्फबाट गम्भिर त्रुटी भएको देखिएको छ । यसरी गरिएको बीमा ‘बीमाको सिद्धान्त र अन्तराष्ट्रिय अभ्याससँग मेल खाँदैन’ स्रोतले भन्यो । पुर्नबीमाबाट थप भुक्तानी हुने सम्भावना नरहेकोले बीमा समितिले प्रोभिजन गर्न कम्पनीलाई निर्देशन दिएको स्रोतको भनाई छ । सम्बन्धित समाचारहरू पुर्नबीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द महत्वपूर्ण सूचना लुकाएर सेयर लगानीकर्तालाई डुबाउँदै यूनाइटेड इन्स्योरेन्स
लुम्बिनी बिकास बैंकको नयाँ शाखा कुरिनटारमा
काठमाडौं । लुम्बिनी बिकास बैंकले कुरिन्टारमा शाखा विस्तार गरेको छ । स–साना निक्षेप परिचालन तथा कृषि एवं साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको हो । यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैंकिङ, रेमिट्यान्स, लकर्सलगायतका सेवाहरु उपलब्ध गराउँदै आएको तथा निरन्तर रुपमा आफ्नो सेवालाई आधुनिकीकरण गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंको डिल्लिबजारमा रही देशका विभिन्न भागमा कुल ५५ वटा शाखा सञ्जालहरु र १२ वटा एटीमबाट बैकिङ्ग सेवाप्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।
ओम डेभलपमेन्ट बैंकको सेयर दर्ता किताव भदौ ३० सम्म बन्द
काठमाडौं । ओम डेभलपमेन्ट बैंकको सेयर दर्ता किताव भदौ ३० गतेसम्म बन्द हुने भएको छ । बैंकले चुक्तापुँजी बढाउन ३० प्रतिश हकप्रद सेयर बिक्री गर्ने भएपछि सेयर दर्ता बन्द गरिएको बैंकले जनाएको छ ।
बोर्डमा आधा दर्जन कम्पनीको ७९ करोडको बोनस सेयर दर्ता
काठमाडौं । धितोपत्र बोर्डमा आधा दर्जन कम्पनीको बोनस सेयर दर्ता भएको छ । गत साउनदेखि हालसम्म ७८ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको ७८ लाख ८८ हजार कित्ता दर्ता भएको बोर्डले जनाएको छ । साउनयता सांग्रीला विकास बैंकको ४५ करोड ७३ लाख ९४ हजार, भागर्व विकास बैंको २ करोड ४० लाख, सेती फाइनान्स लिमिटेडको ५७ लाख १० हजार, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० लाख रुपैयाँ दर्ता भएको छ । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३ करोड २५ लाख र लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २६ करोड ५२ लाख २४ हजार रुपैयाँको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ ।
नेप्सेको सीईआेमा ५ जना छनौट, व्यसायीक याेजना माग
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुत्तिका लागि ५ जनाको नाम शिफारिश भएको छ । सीईओ नियुक्तिका लागि शिफारिश गर्न गठित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक, मनोजकुमार ज्ञवाली र सीताराम थपलियालाई अन्तरवार्ताका लागि छनौट गरेको छ । व्यवसायिक योजना र अन्तरवार्तापछि छनौट हुने उम्मेदवार नेपाल स्टकको सीईओ हुने छ ।