विकासन्युज

विजय डिस्टीलरीले नेपाली बजारमा ल्यायो नयाँ ह्विस्की मास्टर सेलेक्सन

काठमाडौं । विजय डिस्टीलरी प्रालीले नयाँ ह्विस्की मास्टर सेलेक्सन नेपाली बजारमा ल्याएको छ । कम्पनीले यो ह्विस्की रोयल नेपाल गल्फ क्लबको १०० औं बार्षिओत्सवको अवसरमा सार्वजनिक गरेको हो । यो विस्की मिक्सोलोजिस्ट तथा विस्की प्रमीहरुमाझ अब्बल दर्जामा ठहरिने कम्पनीले जानकारी दिएको छ । मास्ट सिलेक्सन विस्की र मनमोहक बोतल तथा प्याकेजिङ् समेत एक कलको रुपमा लिन सकिन्छ । मस्टर सिलेक्सन्, एकमात्र ब्लेन्डेड माल्ट स्कच विस्कीलाई अल्ट्रा प्रिमियम श्रेणीमा गनिन्छ । डिस्टीलेरी बाटै मास्टर सिलेक्सनको माग अनुरुप विक्री भइसकेको छ । स्कटल्यान्डको पूवी हाइल्यान्डबाट नेपालको हिमालय सम्म, यो लिमिटेड एडिसन स्कच् हो । ब्लेन्डिङ्को कलालाई आदर गर्नेले यो ह्विस्की रुचाउने कम्पनीले बताएको छ ।

धरहराबाट ‘सेफ ल्याण्डिङ’ खोज्दै टेलिकम, पुननिर्माण प्राधिकरणले आफैं बनाउने

काठमाडौं । नेपाल टेलिकमले धरहरा निर्माणको जिम्मेवारीबाट सुरक्षित अवतरण खोजेको छ । टेलिकमले असोज ५ गते राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई पत्र लेखेर घुमाउरो भाषामा ३ अर्ब ६७ करोेड लागतको धरहरा पुननिर्माणबाट सुरक्षित अवतरणको सन्देश दिएको हो । पुरातत्व विभागले ३ अर्ब ६७ करोड १९ लाख १२ हजार ५ सय ६८ रुपैंयाँ १६ पैसा निर्माण लागत आवश्यक पर्ने प्रक्षेपणसहित ११ तले धरहराको डिजाइन तयार पारेको थियो । पुरानो धहराको ६ रोपनी, टक्सार विभागको १२ रोपनी, गोश्वारा हुलाकको १२ रोपनी र सुन्धाराको १० रोपनी गरि कुल ४० रोपनी क्षेत्रफलमा नयाँ धरहरा निर्माण गर्ने तयारी थियो । २४५ फिट अग्लो धरहरा भिमसेन थापाले निर्माण गर्दा कै अर्थात ११ तल्ले नै हुनेछ । म्युजियम, पार्किङ वाटर फाउण्टेन सुबिधा सम्पन्न क्याफे र लाइब्रेरी समेत धरहरामा हुनेछन् । तत्कालिन केपी ओली सरकारले सरकारले २०१६ को फेब्रुअरी १७ तारिखका दिन मै बनाउँछु धरहरा नामको अभियान सञ्चालन गरेको थियो । सो अभियानमा यथेष्ठ रकम संकलन नभएपछि मन्त्रिपरिषद बैठकले नेपाल टेलिकमलाई बनाउन दिने निर्णय गरेको थियो । पुरातत्व विभागले तयार पारेको डिजाइन अनुसार धरहराको निर्माण गर्दा ३० बर्षसम्ममा सञ्चालन खर्च र लगानी समेत नउठ्ने देखेपछि टेलिकमले बाहिरीने सोँच बनाएको हो । ‘टेलिकमले धरहराको पुननिर्माण नगर्ने आसयको पत्र असोज ५ गते नै बुझाएको छ, हामीले मन्त्रिपरिषदलाई त्यसको जानकारी दिईसकेका छौं, अब टेलिकमलाई धरहरा बनाउन दिने निर्णय मन्त्रिपरिषदले खारेज गर्छ र प्राधिकरण आफैंले धरहरा बनाउँछ’, राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहायक प्रवक्ता डा. भिष्म भुषालले विकासन्युजसँग भने । उता, टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले भने धराहरा बनाउने निर्णयबाट टेलिकम पछि नहटेको तर अरबौं लगानी गर्दा लगानी उठ्ने अवस्थाको माग गरेको बताए । ‘हामीले धरहरा नबनाउने भनेका छैनौं, हामीलाई धरहराबाट नाफा कमाउनु पनि छैन तर सञ्चालन खर्च र लगानी उठ्ने वातावरण बनोस भन्ने मात्रै चाहेका हौं’, टेलिकमका सहायक प्रवक्ता अधिकारीले विकासन्युजसँग भने । टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राज भण्डारीले आफ्नो एक बर्षे उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमै धरहरा लगायतका पुरातात्विक सम्पदाको पुननिर्माणमा एक अर्ब दिने पुर्व प्रतिवद्धता यथावत रहेको बताएका थिइन् ।

‘हुन्डाई हाईवे एसुरेन्स’ आयोजना शुरु, हाईवेमा फ्रि चेक अप क्याम्पको स्थापना

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले ‘हुन्डाई हाईवे एसुरेन्स’ हुन्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहकका लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ । ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले नि:शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ । यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थानबिर्तामोड (काँकड्भित्ता), इटहरी (मिलन चोक), हेटौडा (बैंक रोड), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५ कि.मी. उत्तरतर्फ), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया)फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरीेएको छ । यसका साथै ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै राजमार्गको चेक पोइन्टहरुको २० किलोमिटर दुरीे सम्म रोडसाइड एसिसटेन्टको पनि व्यवस्था गरीेएको कम्पनीले जनाएकाे छ । यो कार्यक्रम असोज ९ देखी १२ गते सम्म बिहान १० बजे देखी साँझ ६ बजे सम्म सञ्चालन हुनेछ ।

हवाई इन्धनको मौज्दात न्यून बिन्दुमा, आयातमा समस्या

काठमाडौं । भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ । नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई इन्धन मौज्दात रहेको छ । निगमका अनुसार विराटनगरमा २२० किलोलिटर, भद्रपुरमा ३७, काठमाडौँमा एक हजार २३९, मन्थलीमा २७, पोखरामा ५५, भैरहवा ३५, नेपालगन्ज ६८, सुर्खेत ५३, धनगढी ४० किलोटिर हवाई इन्धन मौज्दात छ । निगमका प्रबन्ध निर्देशक प्रेमप्रसाद आचार्यले आयातमा भएको समस्याका कारण अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई इन्धन दिन नसक्ने अवस्थामा निगम पुगेको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज भएको छलफलका क्रममा उनले भारतीय भन्सारमा जाँच पड्ताल गर्न लामो समय लाग्ने तथा विद्युतीय प्रणालीमा नै सबै जानकारी नआई प्रवेश नदिनेजस्ता समस्या आएका कारण इन्धन आयातमा कठिनाइ भएको बताए । रक्सौल भन्सार बिन्दुमा मात्रै दैनिकजसो १५ किलोमिटरभन्दा लामो जाम हुने गरेका कारण पनि आयात प्रभावित भएको छ । बर्षात्का कारण आयात केही घटेको र मौज्दातमा रहेको इन्धन वितरण गर्दागर्दै भण्डारणसमेत खाली हुन पुगेको उनको भनाइ छ । गत साउनको अन्तिम साता आएको बाढी, पहिरोका कारण रेलको लिकलगायतका संरचना बगाउँदा आएको समस्या समाधान भएपछि भन्सार बिन्दुमा थप जटिलता उत्पन्न भएको निगमको भनाइ छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई दैनिक ६ लाख लिटर हवाई इन्धन आपूर्ति गर्दै आएको छ । यस्तै आन्तरिक उडानतर्फ ६० हजार लिटर मात्रै खपत हुने गरेको छ । निगमले केही दिन पहिले वायु सेवा प्रदायकलाई बोलाएर उत्पन्न परिस्थितिको बारेमा समेत जानकारी गराएको थियो । तर वायु सेवा प्रदायकले चाडबाडको समयमा बढी आवतजावत हुने र विदेशबाट नेपाल आउनेको संख्या समेत उल्लेख्य भएकाले इन्धन भरेर आउने अवस्था नभएको जनाएको थियो । निगमका प्रबन्ध निर्देशक आचार्यले भने ‘‘हामीले अन्तर्राष्ट्रिय उडानमा रहेका सबैलाई बोलाएर भन्यौ, इन्धन भरेर आइदिनुस् । केही समस्या आइलाग्यो । तर उनीहरुले मुख्य समयमा एउटा झोला समेत कम गर्न नसकिने भएकाले इन्धन नै ल्याउने विषय सम्भव नभएको जानकारी गराए ।’’ समस्या समाधानका लागि आपूर्ति मन्त्रालय, भारतस्थित नेपाली दूतावास र सम्बद्ध अन्य निकायसँग पहल भइरहेको जानकारी दिदै भारतीय आयल कर्पोरेसनका उच्च अधिकारी समेत रक्सोल आइपुगेका छन् । भारतीय भन्सारले आफ्नो प्रणाली विद्युतीय बनाएपछि इन्धन आयातमा समस्या आएको निगमको भनाइ छ । समस्या समाधान गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई समेत निगमले आगह गरेको छ । निगमको हवाई इन्धन विभाग प्रमुख मनोज ठाकुरले निगमसँग मौज्दात रहेको पाँच हजार किलोलिटर इन्धन क्रमशः सकिएको जानकारी दिनुभयो । वर्षात्का कारण भारतीय रेल्वे लाइनमा समस्या आएको, मर्मत गर्न दश दिन लागेका कारण इन्धन आयात ठप्प भएको थियो । प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका कारण तीन दिन भन्सार बिन्दु बन्द हुँदा हवाई इन्धन आयातमा थप समस्या आएको जानकारी दिंदै ठाकुरले समस्या चरम बिन्दुमा पुगेको बताए । उनले चाडबाड केन्द्रीत गरेर अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले काठमाडौं उडान समेत थप गरेका छन् । दैनिक तीन उडान गर्दै आएको एयर अरेबियाले हाल दैनिक सात उडान गरिरहेको छ । कतारको चार उडान छ भने इत्तिहाद तथा अन्य अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले समेत नियमित उडानमा थप गरेका छन् । हवाई इन्धनको माग बढेपनि आपूर्ति कम भएको, भण्डारण क्रमशः सकिदै गएका कारण अत्यावश्यक प्रयोजनका लागि मात्रै हवाई इन्धन आपूर्ति हुन सक्ने अवस्था आएको निगमको भनाइ छ । निगमले शनिबार १४० किलोलिटर मात्रै हवाई इन्धन आयात गरेको छ । आज एक हजार २०० किलोलिटर उपलब्ध गराइदिन भारतीय आयल कर्पोरेशनलाई आग्रह गरेपनि सीमा नाकामा लामो लाइनका कारण मंगलबार मात्रै इन्धन राजधानी आइपुग्नेछ । नेपालमा आयात हुने अधिकाशं हवाई इन्धन रक्सोल नाकाबाट मात्रै आयात हुने गरेको छ । आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले राजनीतिक, कुटनीतिक तथा कर्मचारी तहमा छलफल गरेर तत्काल समस्या समाधान गर्न निगमका उच्च अधिकारीलाई निर्देशन दिए । रासस

एनसीसी बैंकको नयाँ शाखा रामहिटीमा

काठमाडौं । आइतवार नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) ले रामहिटी (सिमलटार)मा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका हुन् । उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृतले यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई सहयोग पुर्याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी गराएका छन् । बैंकले यस अघि असोज ६ गते शुक्रवार सूर्यविनायकमा नयाँ शाखा संचालनमा ल्याएको थियो ।

४४ करोड प्रोभिजन गर्न युनाइटेड इन्स्योरेन्स बाध्य, बीमा समितिकाे दवावले कम्पनी घाटामा गएकाे सिईओको अाराेप

काठमाडाैं । युनाइटेड इन्स्योरेन्स कम्पनीले ४४ करोड ९६ लाख ५८ हजार ८ सय ६२ रुपैंयाँ प्रोभिजन गरेको छ । भूकम्पले भत्किएको  सिटी स्केप हाउजिङमा परेको बीमा दावीका लागि रि इन्स्योरेन्स कम्पनीले भुक्तानी दिन नमानेपछि युनाइेटेड इन्स्योरेन्सले सो मात्रामा प्रोभिजन गरेर अार्थिक वर्ष २०७२/७३ काे वित्तिय विवरण बीमा समितिलार्इ बुझाएकाे छ । चौधरी ग्रुपले प्रवद्र्धन गरेको हाउजिङ कम्पनी ‘सिटीस्केप’मा भूकम्पले क्षति पुर्याएपछि बीमा दावी वापत रि इन्स्योरेन्स कम्पनीले रकम दिन नमानेको हो । उक्त कम्पनीले गरेकाे ५३ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गर्ने क्रममा यूनाईटेड इन्स्योरेन्स कम्पनी थला परेको छ । प्रमुख कार्यकारी अधिकृत शेखर बराल सिटी स्केपमा पुगेको क्षतिका लागि रि इन्स्योरेन्स कम्पनीसँग युनाइटेडले ५४ करोड ३७ लाख ५१ हजार २ सय ८८ रुपैंयाँ दावी गरेको तर  रि इन्स्योरेन्स कम्पनीले १५ करोड २७ लाख ४८ हजार ७ सय ९९ रुपैंयाँ मात्रै भुक्तानी दिएको युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले स्वीकार गरेका छन् । कम्पनी करिव २५ कराेड रूपैयाँ नाेक्सानीमा गएकाे छ । बीमा समितिले दवावमा कम्पनीले ४४ कराेड प्राेभिजन गर्नु परेकाेले कम्पनी नाेक्सानमा पुगेकाे र यसमा व्यवस्थापन पक्ष दाेषी नभएकाे बरालले अाफ्ना निकट व्यक्तिहरूसँग भन्ने गरेका छन् । बीमा समितिकै कारण कम्पनीले सेयरधनीलार्इ वितरण गर्न प्रस्ताव गरेकाे १० प्रतिशत बाेनस सेयर र १०० प्रतिशत हकप्रद सेयर रद्द भएकाे उनकाे अाराेप छ । यसअघि कम्पनीले अार्थिक वर्ष २०७२/७३  नाफाबाट १० प्रतिशत बाेनस सेयर दिने र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेकाे थियाे । बीमा कम्पनीले जोखिमको ११५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था रहे अनुसार युनाइटेडले ४४ करोड भन्दा बढि रकम प्रोभिजन गरेको परिस्कृत वित्तिय विवरण बीमा समितिलाई बुझाएको छ । ‘हामीले वित्तिय विवरणमा कैफियत जनाएर फिर्ता पठाएका थियौं, अहिले प्रोभिजनसहितको परिस्कृत वित्तिय विवरण आएको छ, हामी अध्ययन गरिरहेका छौं’, बीमा समिति उच्च स्राेतले भन्यो । बीमा समितिले युनाइटेड इन्स्योरेन्स कम्पनी र लिडर रि इन्स्योरेन्स कम्पनीबिचको सम्झौता सम्बन्धी कागजात पनि मागेको छ । ‘रि इन्स्योरेन्स कम्पनीले किन भुक्तानी दिन मानिरहेको छैन ? प्रश्न उब्जिएको छ, हामीले कम्पनी र रि इन्स्योरेन्सबीचको सम्झौता मागेका छौं’, बीमा समिति उच्च स्राेतले भन्यो । सम्बन्धीत समाचारहरू महत्वपूर्ण सूचना लुकाएर सेयर लगानीकर्तालाई डुबाउँदै यूनाइटेड इन्स्योरेन्स पुर्नबीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द यूनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित

सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको विजेता घोषित

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको दोस्रो साताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा प्रेम बहादुर आले मगर, ललिता राई, लोक राज शर्मा, राम प्रीत केवत्, शोभा थापा मगर्, अनुजा भट्टराई, समझना ढकाल, सुनिता महर्जन छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा चिरा कुमारी शर्मा छनोट भएकी छिन् । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलार्र्ई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो । सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दूबै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

रिडी हाइड्रोपावरको साधारणसभा कात्तिक १० गते, कहिले हुँदै छ बुक क्लोज ?

काठमाडौं । रिडी हाइड्रोपावरको १६ औँ वार्षिक साधारणसभा आगामी कात्तिक १० गते हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले असोज ३० गते कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको छ । उक्त सभामा कम्पनीले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदै छ । उक्त साधारणसभा सम्बन्धि निर्णय कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।