विकासन्युज

तरकारीको मूल्यमा दोब्बर वृद्धि

विराटनगर । चाडपर्वसँगै विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ । विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ तर उक्त क्षेत्रमा भदौ महिनामा आएको बाढीले खेती डुबानमा परेपछि तरकारीको उत्पादनमा कमी भई यसको मूल्यमा वृद्धि भएको हो । कम उत्पादनका कारण उपभोक्ता दोब्बर मूल्यमा तरकारी किन्न बाध्य भएका छन् । एकातिर तरकारीखेती हुने क्षेत्र डुबानमा परेपछि उत्पादनमा कमी आएको र अर्कोतिर विराटनगरको सीमावर्ती क्षेत्र जोगबनीस्थित मीरगञ्जमा पुल भत्केकाले आयातमा आएको कमीका कारण तरकारीको मूल्य वृद्धि भएको तरकारी व्यापारी बताउँछन् । नेपालको पहाडी क्षेत्र र भारतबाट आयात गरेर व्यावसायीले विराटनगर बजारमा तरकारीको आपूर्ति गर्दै आएको छ । पहाडी जिल्लाबाट आयात गर्दा ढवानी खर्च वृद्धि हुने र भारतबाट पनि तरकारी आयातमा आएको कमीले गर्दा मूल्यमा वृद्धि भएको तरकारी व्यवसायीहरु बताउँछन् । बाढी आउनुअघि प्रतिकिलो रु २५ पर्ने प्याज अहिले रु ५० छ भने रु ३० पर्ने आलु रु ६० पुगेको छ । यस्तै रु ४० प्रतिकिलो पर्ने गोलभेँडा रु ६० देखि ७०, रु ५० प्रतिकिलो पर्ने रामतोरिया अहिले रु ८०, प्रतिकिलो रु २५ पर्ने घिराँैला रु ४० देखि ५० तथा रु ३० प्रतिकिलो पाइने काँक्राको मूल्य अहिले रु ६० पुगेको छ । यस्तै प्रतिकिलो रु २५ पर्ने प्याज अहिले रु ५० मा पुगेको छ भने रु ७० पर्ने फूलकोभी अहिले रु १२५ मा सर्वसाधाराणले खरिद गरिरहेका छन् । बजारमा तरकारीको मूल्य वृद्धिले आफूले अन्य सामानको बजेट घटाइ तरकारीमा खर्चगर्नु परिरहेको विराटनगर–९ का गृहिणी विद्या पाण्डेले बताए । विराटनगर बजारमा दैनिक २५ देखि ३५ टन हरियो तरकारी बिक्री हुने गरेको तरकारी व्यवसायीहरु बताउँछन् । माग अनुसारको आपूर्ति हुन नसकेपछि व्यापारीले आफूखुशी तरकारीको मूल्य निर्धारण गर्ने गरेको र बजार अनुगमन प्रभावकारी नहुँदा पनि आम उपभोक्तालाई चर्को मूल्यमा तरकारी किन्नुपर्ने बाध्यता रहेको छ । रासस

खाडी मुलुकको यो कम्पनीमा ९० प्रतिशत महिला कामदार, महिला सशक्तीकरणको नौलो अभ्यास

दुबई । नुर अल हस्सन टार्जामा नामको ट्रान्स्लेसन सेवा कम्पनी चलाउँछिन् । अरब मूलकभित्र सो कम्पनीमा चार सय कामदारलाई फुल टाइम र पार्ट टाइम रोजगारी दिइरहेको छ । र ती मध्ये ९० प्रतिशत महिला छन् । टार्जामाले महिलालाई घर बसी बसी अन्य प्रतिबद्धतासहित ल्यापटपमा मन लागेको सिफ्ट अनुसार काम गर्ने वातावरण दिएको छ । ‘हामीसँग काम गर्ने अधिकांश महिला बच्चाका आमा छन्, ‘अल हसनले भनिन्, ‘उनीहरु ९-१० बजेसम्म अफिस आएर काम गर्न भ्याउदैनन् ।’ विश्व बैंकको सन् २०१६को तथ्यांक अनुसार मध्यपूर्वी क्षेत्रमा २२ प्रतिशत भन्दा कम संख्याका महिला मात्र रोजगारीमा आबद्ध छन् । यो विश्वकै सर्वाधिक कम आकडाँ मानिन्छ । विशेषगरी अल हस्सनको माइतीदेश जोर्डनमा यो समस्या छ । उच्च साक्षरताका बावजुद यहाँ १४ प्रतिशत महिलामात्र काम गर्छन् । उनको यो कामले महिलालाई भाषा पढ्नका लागि हौसाएको छ । जोर्डनमा मात्रै उनले ६० महिलालाई सम्पादकिय र अनुवादका लागि काम दिएकी छिन् । यसको अर्थ उनले पुरुषलाई रोजगारी नदिने भन्ने चाँही होइन । उनले भनिन्,’ हामी समानता ल्याउन खोज्दैछौं… यो स्वस्थकर छ ।’ कठिन संघर्ष टार्जामाले साउदी अरबीया र युनाइटेड अरब इमिरेट्स (युएइ)मा महिलाका लागि रोजगारोन्मुख विशेष तालिम सञ्चालन गरिरहेको छ । यसले तलबी इन्टर्नसिपको पनि व्यवस्था गरेको छ । यद्दपी पितृसत्तात्मक बाहुल्यता रहेको यो क्षेत्रमा महिलालाई रोजगारी दिनु कठिनपूर्ण छ । हस्सनले भनिन्, ‘यो विल्कुलै परम्परागत कुरा हो । बढीजसो जागिर पूरुषलाई दिइन्छ । प्रसुती विदा तथा विभिन्न समस्याका कारण महिलाभन्दा पुरुषालाई नै रोजगारीका लागि छानिन्छ ।’ परिवारका पुरुष सदस्यपनि सबै बुझकी हुदैनन् । केहि महिला स्टाफले आफ्नो पतीबाट समेत ल्यापटप लुकाएर काम गरिरहेको उनले बताइन् । युएइमा ४२ प्रतिशत महिला रोजगार छन्, जबकी विश्वको औषत तथ्यांक ४९ प्रतिशत मात्र छ । अल हस्सनले भनिन्, ‘महिला सशक्तीकरणका पक्षमा युएइमा हाम्रो नेतृत्व बेजोड छ। तपाईं महिला र इच्छुक हुनुहुन्छ भने तपाईंले राम्रो अवसर पाउनुहुनेछ ।’ युएइले आगामी २०२१ सम्ममा संयूक्त राष्ट्र संघको विश्वका लैङ्गीक समानता भएका टप २५ मुलुकहरुको सूचीमा सहभागी हुने लक्ष्य राखेको छ । (अहिले ४२ औं अंकमा छ ।) गत महिना यसले श्रमिकले काम गर्ने वातावरणमा कसरी अघि बढ्ने, काम-जिवन सन्तुलन, प्रसुती विदा जस्ता विभिन्न विषयमा छापेको थियो ।

अपडेट: सेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन खुलेको सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार १ बजेर ३ मिनेट जाँदा बजार ४२ दशमलब ८३ अंकले ओरालो लागेको छ । सो अवधीमा १३४ कम्पनीको १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।   नेप्सका सबै परिसूचक रातै देखिएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २५३ अंकले ओरालो लागेको छ । उत्पादन मुलक समुह ९ अंकले ओरालो लागेको छ भने कारोबार भएका बाँकी सबै समुहको सूचक दोहोरो अंकले घटेको छ ।

मुलुक राजनीतिक स्थाइत्वतर्फ उन्मुख

यसपालीको दशैले नेपालको राजनीतिक क्षेत्रमा ठुलो परिवर्तन ल्याएको छ । दशैको अवसर पारेर नेकपा एमाले, नेकपा माओवादी केन्द्रबीचको चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्नेसम्मको सहमति गरेका छन् । दुबै पार्टी एक भएर साझा एकिकृत वामपन्थी शक्ति निर्माण गर्ने प्रतिवद्धता पनि जनाएका छन् । एमाले र माओवादीबीच ६०÷४० को तालमेल भएको छ । दुबै पार्टी एकभएर अहिले उम्मेदवार व्यवस्थापनामा लागेका छन् । वामपन्थी तालमेल भएपछि केन्द्रीय र प्रदेश निर्वाचनमा सहज रुपमा दुई तिहाइ बहुमत प्राप्त गर्न सकिने उनीहरुको आँकन छ । यदी दुबै पार्टीले चुनावलाई उपयोग गर्न मात्र रणनीति तयार पारेका हुन भने यसको कुनै अर्थ छैन् । यसले अहिले जनतामा भएको उत्साहलाई निराशामा परिणत गर्ने छ । दुबै पार्टीले इमान्दारपुर्वक सम्झौता कार्यन्वयन गरे भने पार्टी एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी बन्ने निश्चित छ । एमाले र माओवादी केन्द्रले चुनावमा तालमेल र एकिकरणसम्मको सहमति गरेपछि सत्तारुढ नेपाली काँग्रसले पनि उसलाई चुनौति दिन भनेर वृहत लोकतान्त्रिक शक्तिको निर्माणमा जुटेको छ । काँग्रेसले तराई केन्द्रीत संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रीक फोरम, राष्ट्रिय जनता पार्टीलगायत राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) संग चुनावी तालमेलका लागि वार्ता थालेको छ । विमलेन्द्र निधीको संयोजकत्वमा चुनावी तालमेल समिति बनाएर काँग्रेसले काम अघि बढाएको छ । नयाँ चुनावी तालमेलले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, राजपा परित्याग गरेर आएका हृदेयस त्रिपाठी र वृजेशकुमार गुप्तालगायतका नेतालाई ठुलो राहत दिने संभावना छ । उनीहरु एमालेको सूर्य चिन्ह लिएर चुनावमा भाग लिने भएका छन् । एमालेले साना र चुनाव जित्न सक्ने अन्य पार्टीका नेतालाई उम्मेदवारी बनाउन लागेको छ । निर्वाचन कानूनमा प्रत्यक्षतर्फ चुनाव नजित्ने र ३ प्रतिशत मत नल्याउनेलाई राष्ट्रिय पार्टीको मान्यता नदिने व्यवस्था भएपछि सबैले आफनो अस्तित्वका लागि चुनावी तालमेलदेखि एकिकरणसम्मका तयारी गरेका हुन् । निर्वाचन कानूनले नै नेपालमा फुटेका पार्टी जुटेर वामपन्थी र लोकतान्त्रिक शक्ति तयारका लागि आवश्यक पुर्वाधार तयार गरेको छ । एकता हुनुको मुल कारण निर्वाचनको थ्रेसहोल्डलाई मान्न सकिन्छ । नेपालको संघीय प्रणालीअनुसार कुनै पनि दललले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था नदेखिएपछि फुटेका पार्टी पुनः जुट्न थालेका हुन् । लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष बहुदलीय प्रतिस्पर्धा नै हो । पार्टीबीच प्रतिस्पर्धा हुने नै लोकतन्त्रको चरित्र पनि हो । यो पालीको दशैले फुटेका पार्टी जुटाउन र एकआपसमा सद्भाव कायम राख्न ठुलो काम गरेको छ । एमाले र माओवादीले दशै विदाको भरपुर उपयोग गरेर चुनावमा तालमेलदेखि एकिकरणसम्मका लागि आवश्यक पुर्वाधार तयार गर्न सफल भएका छन् । यो एकताले नेपालमा लोकतान्त्रिक र वामपन्थी शक्ति गरी दुई धार स्पष्ट रुपमा स्थापित गर्नेतर्फ उन्मुख बनाएको छ । वामको नेतृत्व एमाले र माओवादी र लोकातान्त्रिक शक्तिको नेतृत्व काँग्रेसले गरेका छन् । विकशित मुलुकको अभ्यास हेदा मुल रुपमा दुई राजनीतिक दल नै चुनावमा प्रतिस्पर्धामा आएको देखिन्छ । अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक । यस्तै वेलायतमा लेवर र कन्जरभेटीभ पार्टी छन् । लामो समयदेखि यी प्रमुख दलले अमेरिका र बेलायतमा आलोपालो शासन गर्दे आएका छन् । २, ४ सिट जितेर मोलमोलाइ गरी सधै सत्तामा जानेको अब दिन गएका छन् । यद्यपी स्वतन्त्र सांसदको अस्तित्व रहेने भएकाले सत्ता समीकरणमा केही खेलोफड्को हुने संभावनालाई नर्कान सकिन्न् । त्यसैले नेपाल जस्तो सानो मुलुकमा धेरै दल हुनु राम्रो हैन् । फुटेर हैन जुटेर जादा नै राजनीतिक स्थाइत्व भई मुलुकलाई समृद्धितर्फ उन्मुख गराउने छ । यसले जनताको आशा जगाएको छ । यो प्रयास सफल भए नेपालको राजनीतिमा लोकतान्त्रीक र वामपन्थी दुई धारको मात्र अस्थित्व रहने देखिन्छ । पार्टी एकिकरण र चुनावी तालमेलको प्रयास थालनी भएको छ, यसले मुर्तरुप पाओस भन्ने हाम्रो शुभकामना ।  

माहुली सामुदायिक लघुवित्तले ६० प्रतिशत लाभांश दिने, ५० प्रतिशत हकप्रद पनि

काठमाडौं । माहुली सामुदायिक लघुवित्तले सेयरधनीलाई ६० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत बोनस र १० प्रतिशत नगद लभांश गरि सो मात्राको लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले ५० प्रतिशत बोनस सेयर पछि २ बराबर एकको अनुपातमा (५० प्रतिशत) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । सो निर्णय असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले पूँजी वृद्धिकोे लागि सो मात्राको बोनस र हकप्रद सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ६ करोड रुपैयाँ हुनेछ । त्यस्तै, बोनस पश्चात कायम भएको पूँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको पूँजी ९ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र कम्पनीले सो मात्राको बोनस वितरण तथा हकप्रद सेयर निष्काशन गर्न पाउने छन् ।

थ्राइभ ब्रोकेरेजको सेयर कारोबार खुला

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले थ्राइभ ब्रोकेरेज हाउस प्रा.लिको सेयर कारोबार खुला गरेको छ । ३ दिन कारोबार रोक्का गरेपछि आइतबारदेखि खुला गरेको नेपाल स्टकले जनाएको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले यस ब्रोकेरेजकोे कारोबार रोक्का गरेको हो ।

स्वावलम्बन लघुवित्तले ३१ प्रतिशत लाभांश दिने

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई ३१ दशमलब ५७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ११.५७८ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी ४१ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीले नगद लभांश तथा बोनस सेयरको कर समेत ४ करोड ८५ लाख ११ हजार रुपैयाँ बराबरको नगद लभांश दिने प्रस्ताव राखेको छ । साथै, कम्पनीले ८ लाख ३७ हजार ९२३ कित्ता बोनस सेयर वितरण गर्ने छ ।

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक, भट्टराई बने पहिलो विजेता

काठमाडौं । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका छन् । सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएका थिए । उक्त रकम नेपालको सिन्धुपाल्चोक स्थित आइएमईको व्यवसायीक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको छ । रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षितगरि ‘दशैं तिहारमाआइएमई गर्नुहोस् घर सजाउनुहोस्’नामक सेवाग्राहीमूखि कार्यक्रमयही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) संचालनमा ल्याएको छ । योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत पाँच जना भाग्यशाली विजेता घोषणा गरिन्छ । भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेताले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्गमसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नेछन् । उपहार प्राप्त गर्नका लागि विजेताले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ ।