विकासन्युज

साल्ट ट्रेडिङको चिनी बजार मूल्य भन्दा सस्तो, प्रतिकिलो ७७.५० रुपैयाँमा बिक्री

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बजार मूल्य भन्दा सस्तो दरमा चिनी बिक्री गरेको छ । कर्पोरेशनले प्रतिकिलो ७७ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरिरहेको जानकारी दिएको छ । हाल बजारमा चिनीको खुद्रा मुल्य प्रतिकिलो ८५ रुपैयाँसम्म छ । तर कर्पोरेशनले प्रतिकिलो साढे ७ रुपैयाँ सस्तोमा चिनी बिक्रीवितरण गरिरहेको जनाएको छ । कर्पोरेशनले यसअघि पनि बजार मूल्य भन्दा सस्तोमा प्रतिकिलो ८२ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरिरहेको थियो । तिहार र छठ पर्वलाई लक्षित गर्दे सहुलियत र घुम्ति पसलबाट सस्तो दरमा चिनी बिक्री वितरण भइरहेको कर्पोरेशनको भनाई छ ।  

भूकम्प पीडितलाई राहत, तीन लाख अनुदान लिएर काठमाडौंमा घर बनाउन पाइने

काठमाडौं । भूकम्पबाट पीडितले अनुदान रकम काठमाडौं उपत्यकालगायतका सहरमा घर बनाउनका लागि खर्च गर्न पाउने भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प पीडितलाई दिने अनुदान कार्यविधिमा परिमार्जन गरी उपत्यका बाहिर घर भत्केका पीडितले काठमाडौमा घर बनाउन सम्बन्धित जिल्लाबाट अनुदान रकम पाउने भएका छन् । जस्तै सिन्धुपाल्चोकमा घर भत्केको पीडित व्यक्तिले चाहेमा अनुदान रकम काठमाडौमा घर बनाउन खर्च गर्न पाउने व्यवस्था गरिएको छ । नयाँ मापदण्डअनुसार काठमाडौं उपत्यका जोडिएका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ र मकवानपुरका पीडितले ३ लाख रुपैयाँ अनुदान राजधानीमा घर बनाउन खर्च गर्न पाउने छन् । धेरै लफडा र समस्या आएपछि छिमेकी जिल्लामा गएर घर बनाउनका कार्यविधिमा परिमार्जन गरी अनुदान दिने निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा.डा. गोविन्दराज पोखरेलले बताए । छिमेकी जिल्लामा घर बनाउनका लागि पीडितले ३ लाख रुपैयाँ अनुदान रकम पाउने उनले जानकारी दिए । सम्बन्धित जिल्लाबाट अनुदान लिएर अर्को जिल्लामा गएर घर बनाउन खर्च गर्न पाउने उनले स्पष्ट पारे । धेरै समस्या आएपछि प्राधिकरणले अनुदान नीतिमा परिमार्जन गरेको उनको भनाई छ । एउटा जिल्लामा घर र अर्को जिल्लामा जग्गा भएपछि यस्तो व्यवस्था गरेको उनको भनाई छ । यसअनुसार अनुदान लिन धेरै प्रक्रिया पुरा गर्नुपर्ने छ । हालसम्म ५५ हजार ६२३ नयाँ घर बनिसकेका छन् । १ लाख ३७ हजार ९२५ घर निर्माणधिन अवस्थामा रहेको प्राधिरकरणले जनाएको छ । हालसम्म ७ लाख ६७ हजार ७०५ लाभग्राहीको सूचिमा परेका छन् । ६ लाख ४० हजार २९१ संग अनुदान सम्झौता भएको छ । ६ लाख १५ हजार ४४७ ले पहिलो किस्ता, ७९ हजार ९१९ ले दोस्रो र ८ हजार ५६२ ले तेस्रो किस्ता अनुदान पाएको प्राधिकरणले जनाएको छ । सरकारले भूकम्प पीडितलाई घर बनाउनका लागि दिने अनुदान रकम नुपग्ने भएपछि विश्व वैंकसंग थप ३० अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ ।विश्व बैंकको वार्षिक गभर्नस बैठकमा नेपालले थप ३० अर्ब रुपैयाँ ऋण दिनका लागि अनुरोध गर्ने भएको हो । भूकम्प पीडितलाई घर बनाउनका लागि शुन्य ब्याज दरमा ऋण माग्ने भएको हो ।  

चुनावी दौडमा अर्थमन्त्री ज्ञानेन्द्र कार्की, सुनसरी–४ बाट प्रत्यक्षका लागि सिफारिस

काठमाडौं । कांग्रेसले सुनसरी-४ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट चुनाव लड्नका लागि अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सिफारिस गरेको छ । कांग्रेसले निर्वाचनमा लड्ने जिल्लाका प्रतिनिधिसभा र प्रदेशतर्फका प्रत्यक्ष तथा समानुपातिकका लागि पार्टीमा कृयाशील रहेका सबै आकाँक्षीहरुमध्येबाट छनौट गरेर उम्मेरवारहरुमा अर्थमन्त्री सहित उम्मेदवार सिफारिस गरेको हो । यसै क्रममा युवा नेता बाबुराम आचार्य पनि क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् । गाँउबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट सिफारिस भएर आएपनि जिल्लासंगको समन्वयमा उक्त क्षेत्रमा अर्थमन्त्री कार्कीले निर्वाचनमा लड्ने मनशाय देखाएर नाम सिफारिस गरेपछि समानुपातिकमा नाम सिफारिस गर्न आचार्य सहमत भएका हुन् । २० बर्षदेखी निरन्तर पार्टीमा सकृय युवा नेता आचार्य (महेन्द्रनगर चक्रघट्टी) हाल बराह नगरपालिका ७ का स्थायी बासिन्दा हुन् । महेन्द्र मोरङ क्याम्पसमा नेबिसंघ राजनीतिमा सकृय भएका नेता आचार्य हाल तरुणदलमा सकृय छन् । जिल्लाबाट सिफारिस भएर आएका आचार्यलाई उनले विगतमा गरेको योगदानका कारण समानुपातिक उम्मेदवारका रुपमा छनौट गर्ने बलियो संभाबना रहेको छ ।

एनसेलबाट तीनमहिनासम्म निशुल्क आईफ्लिक्स चलाउन पाउने, ५० रुपैयाँ १ घण्टाको भिडियो प्याक  

काठमाडौं । अब एनसेलका ग्राहकले विहीबारदेखि तीन महिनासम्म आइफ्लिक्सका सेवा निशुल्क चलाउन पाउनेछन् । एनसेल र आइफ्लिक्सबीच बुधबार सहकार्य गर्ने समझदारी भएको छ । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेक दिन बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म थप २ घण्टा आईफ्लिक्सको निःशुल्क सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ । एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा कर सहित ५० रुपैयाँमा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ ।यो प्याक अन्तर्गत ग्राहकले  आईफ्लिक्समा रहेका कन्टेन्टहरु  मध्य कुनै पनि कन्टेन्टको एक घण्टा सम्म लिन सक्नेछन् र ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याकजति पटक पनिलिन सक्नेछन् । ‘‘आफ्ना ग्राहकलाई विश्वस्तरीय मनोरञ्जन प्रदानगर्न आईफ्लिक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं । देशको विभिन्न १९ सहरमा फोरजी सेवाविस्तार पश्चातगरिएको यो सहकार्य डिजिटल नेपालनिर्माणको कार्यमा योगदान पुर्याउनएनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्नेछ,’’ एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने । नेपालमा आईफ्लिक्स सेवाको शुरुवात भएको अबसरमा, थुप्रै चर्चित सिनेमा तथा टीभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुनेछन् । “आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामग्रीको विशाल संकलनबाट विश्वका उत्कृष्ट टीभी शो तथा सिनेमा नेपाली दर्शक तथा ग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौं । यस सेवाको लागि एनसेल, नेपालको अग्रणी मोबाइल सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं, ” आईफ्लिक्सकालागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भनिन् । कम्पनीका अनुसार ग्राहकले गुगल प्ले वाआइओएस एप्पल स्टोरमागई सजिलै आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रगोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोडगर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना ५ वटा सम्म डिभाइसमा जस्तै मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्सको सुविधा लिन सक्छन् र एकै साथै दुई वटा डिभाइसमा विभिन्न सामाग्रीहरु हेर्न सक्नेछन् ।

शिखर इन्स्योरेन्समा रोजगारीको अवसर, ८० भन्दा बढी कर्मचारी आवश्यक

काठमाडौं । शिखर इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरको छ । इन्स्योरेन्सले ८० भन्दा बढीको संख्यामा म्यानेजर, अफिसर र असिस्टेन्ट पदका लागि आवेदन माग गरेको हो । इन्स्योरेन्सले कर्पोरेट अफिस र शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर, असिस्टेन्ट म्यानेजर, अधिकृत, असिस्टेन्ट अकाउन्टेन्ट माग गरेको हो । मार्केटिङ डिपार्टमेन्टको म्यानेजर तथा असिस्टेन्ट म्यानेजरका लागि स्नातक र बैंक, बिमा वा वित्त क्षेत्रमा अनुभव बटुलेकाहरुका लागि आवेदन माग गरेको छ । आवेदकले आफ्नो बायोडाटासहित इन्स्योरेन्सको वेबसाइट [email protected] बाट आवेदन दिन सक्नेछन् ।

स्थानिय निकायबाट सेयर कारोबार मिलाउन इन्भेष्टर्स फोरमको माग

काठमाडौं । नेपाल इन्भेटर्स फोरमले स्थानिय निकायबाट सहज रुपमा सेयर कारोबारको वातावरण मिलाउन माग गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई बुधबार भेटी यस्तो माग गरेको हो । फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको फोरमको प्रतिनिधिमण्डलले बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स प्रदान गरी स्थानिय निकायमा कार्य क्षेत्र विस्तार गर्नका लागि सुझाएको हो । यस्तै निर्धारित समयमा सेयरको अनलाइन कारोबार लागु गर्न माग गरेको फोरमले जनाएको छ । यस्तै अक्सन तथा हकप्रद सेयरलाई तत्काल आस्व प्रणालीमा आवद्ध गरी सबैले सहज रुपमा लगानीको वातावरण मिलाउन भनेको छ । बजार निर्माता र सेयर डिलरसिपको काम तत्काल अगाडी बढाउन सीईओ साउदको ध्यानकर्षण गरेको छ ।

‘आईएमई छक्का-पञ्जा’ अफर अन्तर्गत न्यौपानेले पाए १० लाख नगद पुरस्कार

काठमाडौं । आईएमईका सेवाग्राही थानेश्वर न्यौपानेले आईएमई छक्का-पञ्जा’ अफर अन्तर्गत १० लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाएका न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित भएका हुन् । त्यस्तै तेस्रो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही बिमल गौतमले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा युएई स्थित अल–अहलियाबाट नेपालमा पैसा पठाउने गौतम भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता गौतम वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छलाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् । मंसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने आईएमईले जनाएको छ ।  

कतार एयरवेजले पूर्वी युरोप र नर्डिकका देशहरुमा सेवा बढायो, यस्तो छ नयाँ तालिका

काठमाडौं । कतार एयरवेजले पूर्वी युरोप र नर्डिकका मूलुकहरुमा आफ्नो सेवा दोब्बर बनाएको छ । यो एयरलाइन्सले  प्राग, बार्सा र हेल्सिंकीमा जाने यात्रुको संख्या बढेपछि नयाँ तालिका सार्वजनिक गर्दै  कतार एयरवेजले सेवा बढाएको हो । यो एयरलाइनले आगामी पुस (डिसेम्बरको मध्यदेखि) देखि नयाँ एयरबस ए३२०बाट प्रत्येक रुटमा अतिरिक्त दैनिक उडानको पनि व्यवस्था गरेको व्यवस्था गर्ने भएको छ । यो एयरबसमा थप १३२ वटा सिटको पनि व्यवस्था गरिएको छ । प्राग, चेक गणतन्त्र, हेलसिंकी,  फिनल्याण्ड, वार्सा र पोल्याण्डमा प्रत्यक्ष सेवा सुरु गरेको आठ हप्तापछि सेवा विस्तार गरिएको कम्पनीले जानकारी दिएको छ । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अकबर अल बकरले भने, ‘कतार एयरवेजले यात्रुलाई दोब्बर सुविधा दिन पाएकोमा खुसी छ। यसले हाम्रो कारोबार र यात्रु दुवैलाई मौका दिनेछ । ‘ यो एयरलाइनले हेलसिंकीसम्मको सेवाको विस्तार सोही रुटको वार्षिकोत्सवको अवसरमा सुरु गरेको थियो । अब यसले हेलसिंकी अन्तराष्ट्रिय विमानस्थलदेखि नर्डिक अन्तर्गतका मुलुकका शहरहरु ओस्लो, कोपेनह्यागेन, स्टकहोम र हेलसिंकीमा प्रत्येक साता ९८ ठाँउमा उडान सेवा दिनेछ । नयाँ तालिका दोहा-प्राग क्यु आर २८९ – सोमबार, बुधबार र आइतबार: २.३० देखि ६.५५ बजेसम्म क्यु आर २९१ – मंगलबार, विहीबार र शनिबार: ८.०० देखि १२.२५ बजेसम्म प्राग-दोहा क्यु आर २९० – मंगलबार, बुधबार, शुक्रबार र आइतबार: ८.२५ देखि ४.२५ सम्म क्यु आर २९२ – मंगलबार, विहीबार र शनिबार: ४.१० देखि ००.१० सम्म दोहा-बार्सा दैनिक क्यु आर २६१ दोहाबाट छुट्ने समय ४ बजे पुग्ने समय ८ बजे क्यु आर २६२ बार्साबाट छुट्ने समय २१.१० पुग्ने समय ४.५० प्लस १ दोहा- हेलसिंकी दैनिक क्यु आर ३०७ दोहाबाट छुट्ने समय ४ बजे पुग्ने समय २१.४५ क्यु आर ३०८ हेलसिंकीबाट छुट्ने समय २२.५५ बजे पुग्ने समय ०६.१५ प्लस १