ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्दै
पथरी, मोरङ । पूर्वी मोरङमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको छ । संघीयता कार्यान्वयन हुने अन्तिम चरणमा पुगेको बेला पूर्वी मोरङको उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको हो । प्रान्तीयस्तरका कार्यक्रम, सभा, गोष्ठी स्थानीय ठाउँमा नै हुने पक्कापक्की भएपछि होटल तथा रिसोर्टमा लगानी बढेको व्यवसायीको भनाइ छ । मोरङको उर्लाबारी– ४ सिसौलीमा दुई बिगाहा क्षेत्रफलमा रोयल हेरिटज रिसोर्ट सञ्चालन गरिएको छ । पथरीका तीन जना युवा व्यवसायीले सञ्चालनमा ल्याएको रिसोर्टमा हालसम्म १करोड ५० लाख रूपैयाँ लगानी भइसकेको छ । पूर्वाञ्चलकै ठूलो र भव्य एवं सुविधा सम्पन्न बनाउने लक्ष्यका साथ सञ्चालनमा आएको रोयल हेरिटेजले निर्माणको आधा काम सकेको छ । रिसोर्टका सञ्चालक कमलहाङवाङले भने, “चिल्ड्रेन पार्क, स्वीमिङ पुल, पार्किङ र कम्पाउण्ड वाल निर्माण भइरहेको छ ।” निर्माण सम्पन्न भइसक्दा रु पाँच करोड बढी लगानी हुने हाङवाङको भनाइ छ । रिसोर्ट पूर्व–पश्चिम राजमार्गबाट एक किमी दक्षिण सशस्त्र प्रहरीको सुरक्षा बेश क्याम्पसँगै रहेको छ । ग्रामीण क्षेत्रको शान्त वातावरणमा स्थापना भएकाले जोकोही आएर बस्नसक्ने हाङवाङ बताउछन । हाल १२ जनाले रोजगार पाइरहेको रिसोर्ट पूर्णरुपमा सञ्चालनमा आइसक्दा २५ जनालाई राम्रो रोजगार पाउने सञ्चालकको भनाइ छ । दुई बिगाहा क्षेत्रफलभित्र अत्यन्तै आकर्षक घर, बगैँचा, सभाहल र २५ वटा भिआइपी आवास कोठा रहेका छन् । हाल दैनिक तीनदेखि पाँच वटा टिम होटलको अवलोकनका लागि आउने गरेको सञ्चालक कमल हाङवाङको भनाइ छ । रासस
सप्तकोसी विकास बैंकको साधारणसभा माघ १३ मा, बोनस सेयर वितरण गर्ने
काठमाडौं । सप्तकोसी विकास बैंकको पाँचौ वार्षिक साधारणसभा माघ १३ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गर्ने छ । गत आवमा गरेको नाफाबाट सप्तकोसीले २ करोड ३२ लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । संस्थापकतर्फ ४ जना सञ्चालककको निर्वाचन हुने भएको छ ।
जलविद्युत कम्पनीको आईपीओ आउदै, संचय कोषले संचयकर्तालाई डीम्याट खाता खोल्न भन्यो
काठमाडौं । कर्मचारी संचय कोषले साधारण सेयर (आईपीओ) भर्न संचयकर्तालाई हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न भनेको छ । कोषले ऋण लगानी गरेका जलविद्युत आयोजना सम्बद्ध कम्पनीहरुले धमाधम आईपीओ निष्कासन गर्न लागेपछि संचयकर्तालाई डीम्याट खाता खोल्न भनेको हो । कोषले ऋण लगानी गरेको १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ५८ मेगावाटको सान्जेन जलविद्युत आयोजना र ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाले आइपीओ निष्कासनको तयारी गरेका छन् । यी मध्ये रसुवागढी र सान्जेनको आईपीओ तत्काल आउन लागेको छ । कोषले ऋण लगानी गरेको आयोजनामा संचयकर्तालाई पनि निश्चित प्रतिशत सेयरको व्यवस्था भएकाले डीम्याट खाता खोल्न भनेको हो । पछिल्लो समयमा कोषले जलविद्युतमा लगानी बढाएो छ ।
गोर्खाज फाइनान्सको साधारणसभा पुस २५ मा, लगानीकर्ताको रित्तो हात
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । साधारणसभाको छलफलको विषयमा लगानीकर्तालाई लाभांशको दिने प्रस्ताव उल्लेख गरिएको छैन् । गत वर्ष गरेको नाफाबाट १ प्रतिशत नाफा संस्थाको सामाजिक उतरदाइत्व वहन गर्ने खर्च गर्ने प्रस्ताव बाहेक लाभांशको उल्लेख नभएकाले लगानीकर्ताले लाभांश नपाउने भएका छन् ।
प्रिमियर इन्स्योरेन्सको एफपीओ आजदेखि निष्कासन, प्रतिकित्ता ७९९
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) आइतबारदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । प्रिमियम मूल्य ६९९ र अंकित मूल्य १ सय रुपैयाँ थप गरी एफपीओ निष्कासन गर्न लागेको हो । न्युनतम् १० देखि २ हजार २९० कित्तासम्म एफपीओ भर्न सकिने छ । कम्पनीले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सेयर मूल्य १ हजा ५३५ रुपैयाँ छ । एफपीओबाट कम्पनीमा ५२ करोड ६९ लाख ९२ हजार रुपैयाँ थप हुने छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । दरखास्त दिन पाउने न्युनतम सेयर संख्या १० र बढीमा ३ हजार २९० कित्ता रहेको छ । एफपीओ निष्कासन छिटोमा पुस १९ र ढिलोमा माघ १५ गतेसम्म तोकिएको छ । कम्पनीको सेयर देशभर ३८ स्थानबाट भर्न पाइने व्यवस्था गरिएको छ ।
आइपीओ निष्काशनको तयारी गर्दै माउन्टेन इनर्जी, रोवष्ट इनर्जी र आधिशाक्ति विद्युतलाई प्राप्ति गर्ने
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले दुई जलविद्युत कम्पनीलाई प्राप्ति (एक्जिसन) गर्ने भएको छ । माउन्टेन इनर्जीले रोवष्ट इनर्जी लिमिटेड र आधिशक्ति विद्युत विकास कम्पनी लिमिटेडलाई प्राप्ती गर्न लागेको हो । प्राप्तीका लागि माउन्टेन, रोवष्ट र आधिशक्तिले आउदो शुक्रबार साधारणसभा बोलाएका छन् । प्राप्तिका लागि दुबै कम्पनीको सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीडीए) सम्पन्न भई सेयर आदनप्रदान स्वामत्वि (स्वाप) रेसियो तय भएको छ । कम्पनीले स्वाप रेसियो भने खुलाएको छैन् । रोवष्टले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युुत आयोजना निर्माण गरिरहेको छ । आधिशत्ति विद्युत विकासले नुवाकोटमा ५ मेगावाट क्षमताको तादीखोला आयोजना सञ्चालन गरिरहेको छ । दुबै कम्पनीलाई प्राप्ति गरेपछि माउन्टेनले सर्वसारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सभाबाट दुबै कम्पनी प्राप्ति गर्ने प्रस्ताव पारित भएपछि औपचारिक रुपमा आईपीओ निष्कासनमा जाने निर्देशक सुब्रत धितालले बताए ।एउटै समूहका कम्पनी भएकाले प्राप्ति गर्न लागेको उनले जानकारी दिए । साधारणसभा सकिएपछि आईपीओ निष्कासनका लागि प्रक्रिया थाल्ने उनले जानकारी दिए । मिस्त्री आयोजनाको काम ६० प्रतिशत सकिएको धितालले बताए । उनकाअनुसार आउदो जेठसम्म सुरुङ खन्ने काम सकिने छ । प्रसारणलाइनको काममा ढिलाइ भएकाले आयोजना निर्माण पनि सुस्त गतिमा भएको हो । कालिगण्डकी करिडोरमा प्रसारणलाइनको काममा भएको ढिलाइले आयोजना पनि पछि धकेलिएको छ । आउदो सन् २०१९ को मार्चमा आयोजनाको काम सक्ने लक्ष्य लिएको छ ।
तस्बीरमा हेर्नुस्: यसरी मनाइयो तमु ल्होसार
काठमाडौं । राजधानीको टुंडीखेलमा गुरुङ समुदायले आफ्नो नयाँ वर्षको रुपमा तमु ल्होछार मनाएका छन् । आफन्तसँग भेटघाट गर्ने, नयाँ लुगा लगाउने र सेलरोटी, खिरलगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ । गुरुङ समुदायले चरा वर्गलाई बिदाइ गरि कुकुर वर्गलाई स्वागत गरेर तमु ल्होसार’ पर्व मनाए । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष चराको वर्ष थियो भने यस वर्ष कुकुरको वर्ष ( खि ल्हो ) रहनेछ । यस वर्ष भने कुकुरको शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्ने विश्वास गरिन्छ । शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि सहभागिता थियो । ‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । ल्हाेछारकाे राैनक दिपेन गजुरेलले कैद गरेको तस्बिर :
बैंकबीच निक्षेपको ब्याजदर नबढाउने सहमति
काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर बढाउनक बैंकले अब अस्वस्थ प्रतिस्पर्धा नगर्ने भएका छन् । नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले ब्याजदर बढ्दा कर्जा पनि धेरै महंगो हुने भन्दै तत्काल निक्षेपको ब्याजदर नबढाउने सहमति भएको हो ।नेपालम २८ वाणिज्य बैंक छन् । प्राय सबै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मिलित बैठकमा ब्याजदर नबढाउने सहमति भएको बैंकर्स संघका कार्यवहाक अध्यक्ष ज्ञानेन्द्र ढुङानाले बताए । “ ब्याजदर यति उतिमा राख्ने सहमति भएको हैन” उनले भने “अब जति बढ्यो त्यो भन्दा माथि नजाने सहमति भएका छ ।”ब्याजदरमा स्थिाइत्व दिन यस्तो सहमति आवश्यक भएको उनको भनाई छ । बजारमा लगानीयोग्य पुँजी नभएपछि बैंकले धमाधम मुद्दती निक्षेपको ब्याज दर बढाएका थिए । बैंकले १२.२५ प्रतिशत दिने सार्वजनिक गरेका थिए । केही बैंकले १३ प्रतिशतमा निक्षेप उठाएका थिए ।गत वर्षपनि लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकहरुले निक्षेपको ब्याज नबढाउने आन्तरिक सहमति गरेका थिए । हाल बैंकिङ प्रणालीमा ३२ अर्ब रुपैयाँ अधिक तरलता छ । ग्लोबल आईएमई बैंक, सिभिल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले मुद्दती निक्षेप रोक्नलाई भन्दै ब्याजदर बढाएका छन् । यस्तै अन्य बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर न्युनतम १० प्रतिशत पुर्याएका छन् ।