एनसीसी र प्रभु बैंकको प्रमोटर सेयरमा किन तानिए लगानीकर्ता ?
काठमाडौं । आज आइतबार दुई वाणिज्य बैंकको संस्थापक सेयर प्रमोटर) सबै भन्दा बढी कारोबार भएको छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र प्रभु बैंकको संस्थापक सेयर बढी कारोबार भएको हो । दुई बैंकको संस्थापक सेयर किनबेचले सेयर कारोबार रकम बढाएका छन् । आइतबार ५८ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनसीसीको संस्थापक सेयर एनबी ग्रुपले बिक्री गरेको अनुमान गरिएको छ । एनसीसीको प्रतिकित्ता २ सय रुपैयाँमा ९ करोड ६९ लाख ६१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै प्रभुको प्रतिकित्ता १६० मा ३ करोड ७८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । बजार निरन्तर ओरालो लागेका बेला संस्थापक सेयरको कारोबार बढेको छ । एनसीसीको २५, ३८, ४९ र ५७ नम्बर ब्रोकरबाट कारोबार भएको छ । यस्तै प्रभुको ४९, ५८, १९, २९, ५२ र २९ नम्बर ब्रोकरबाट कारोबार भएको छ ।
सनराइज बैंकको लुभु शाखा स्थानान्तरण
काठमाडौं । सनराइज बैंक लिमिटेडले लुभु शाखालाई ललितपुर जिल्लामा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक ओमकृष्ण जोशीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगाएत उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । हाल बैंकले आफ्नो ७१ वटा शाखा, ९० वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।
पोखरा-बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्र, चारवटा प्याकेज सहित मर्मत शुरु
पर्वत । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा-बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्र रुपमा थालिएको छ । विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वषौं देखि टालटुलको भरमा चल्दै आएकोमा यस पटक बल्ल बृहत्रुपमा सुधार गर्न थालिएको हो । सडक विभागअन्तर्गतको मध्यपहाडी आयोजनाले राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भारलाई गति दिएको छ । आयोजनाको पश्चिम खण्डका प्रमुख सूर्यबहादुर भाटका अनुसार राजमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न थालिएको बताए । अहिले चारवटा प्याकेज बनाएर राजमार्ग मर्मत सम्भारसहित विस्तार गर्न थालिएको भाटले बताए। बहत्तर किलोमिटर लामो पोखरा–बागलुङ सडक तीन वर्षमा धेरैजसो भाग पूरै नयाँ बन्नेछ । “पोखरा–बागलुङ राजमार्ग निकै नै अप्ठेरो भएको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो” भाटले भने, “अबको तीन वर्षभित्र यो राजमार्ग पूरै नयाँ बन्नेछ । दोहोरो सवारी साधन चल्न मिल्ने गरी सडकले आकार लिनेछ ।” राजमार्ग विस्तार र मर्मतको काम गत कात्तिकदेखि शुरु भएको थियो । भाटका अनुसार यो आयोजना पोखराबाट शुरु हुनेछ । पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म छ किलोमिटर पहिलो र त्यसपछि घट्टेखोलासम्मको खण्ड दोस्रो भागमा पर्नेछ । घट्टेखोलादेखि नयाँ पुलसम्मको करिब २५ किलोमिटरलाई तेस्रो खण्डमा र नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड (२४ किमी) लाई अर्को खण्डमा बाँडेर मर्मत सम्भार र विस्तार गर्न थालिएको छ । उनका अनुसार पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म छ लेनको सडक तयार हुनेछ भने फेँदीसम्म पनि छ लेनको सडक बन्ने भएको छ । फेँदीदेखि घट्टेखोलासम्म नौ मिटर फराकिलो सडक बन्ने भएको छ । यो सडक विस्तार र स्तरोन्नति गर्न करिब रु तीन अर्ब ३२ करोड लाग्ने भएको छ । चारवटा निर्माण कम्पनीले काम गर्न थालेको भाटले जानकारी दिए । कास्कीको नयाँपुलदेखि पर्वतको कुश्मासम्मको खण्ड सबैभन्दा अप्ठेरो रहेको छ । ठाउँठाउँमा पहरो भएकाले चट्टान फुटाउन पनि समस्या रहेकाले विस्तारमा समय लाग्नसक्ने बताइएको छ । धेरै नै पहिले राजमार्ग बनिसकेकाले अहिले विस्तार गर्दा त्यसमा मुआब्जा कतै तिर्नुपर्दैन । “पहिला नै सडकको केन्द्रदेखि १५ मिटर दुवैतिर मापदण्ड तोकिएको थियो । यो राजमार्ग पछिल्लो समय भाँसिने समस्याले ग्रसित हुँदै आएको छ । वर्षेनी मर्मत भएपछि भासिन नछाडेपछि सडक पूरै नयाँ स्वरुपमा विस्तार गर्न जरुरी थियो । यस सडकमा पर्ने पुल अझै साँघुरा भएकाले ती पुलको आकार बढाउनेबारे पनि छलफल भएको बताइएको छ । पोखरा–बागलुङ राजमार्ग करिब तीनदशक अघि चीन सरकारको सहयोगमा बनेको हो । चीनले उक्त राजमार्गलाई आव २०५०÷५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । मर्मत सम्भार चलिरहेको सडकमा यतिबेला काँडेदेखि नयाँ पुलसम्मको सबै खण्ड अस्तव्यस्त भएको छ । मर्मत सम्भारले निर्माण सामग्री बाटोमा थुपारिँदा कतिपय खण्डमा एकतर्फी मात्र सवारी गुड्न सक्छन् । विस्तारको क्रमसँगै सवारी साधनको दोहोरो आउजाउ हुँदा काममा बाधा परेको बताइएको छ । रासस
औद्योगीक प्रदर्शनीमा फेसन शो, करिब एक लाखले अवलोकन गर्नेे अपेक्षा
काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भईरहेको १४ औं जुत्ता प्रदर्शनीको अवसरमा फेसन शो आयोजना गरिएको छ । सो अवसरमा मोडलहरुले नेपाली ब्राण्डका विभिन्न जुत्ता चप्पलहरुको साथमा नेपाली पहिरनका साथ र्याम्पमा क्वाटवाक गरेका छन् । उक्त फेसन शो मलाको प्रदर्शनीस्थलमा नै आयोजना गरिएको हो । सो अवसरमा मेलामा आएका हजारौ आगन्तुकहरुले अभिरुची पुर्वक फेसन शो अवलोकन गरेका छन् । यो प्रदर्शनीको आयोजना फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले गरेको हो । यो प्रदर्शनी पौष १३ गते देखि शूरु भएको हो । प्रदर्शनीमा स्वदेशी छाला जुत्ता तथा वस्तु उत्पादकहरुको सहभागीता रहेको छ । प्रदर्शनी मुख्यत नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल रहेको छ । हालसम्म प्रदर्शनीमा करिब ४५ हजारले अवलोकन गरिसकेका छन् । प्रदर्शनीलाई सर्वसाधारण देखि सभासद, नेपाल सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पुर्वमन्त्री समेतले अवलोकन गरेका छन् । यसै सिलसिलामा मेलामा आज पुर्वमन्त्री तथा सांसद विष्णु पौडेल, पम्फा भुसाल, आनन्द पोखरेल, भानुभक्त ढकाल, एलपी साँवा लिम्बु लगायतको उपस्थीती रहेको थियो । त्यसै गरी काठमाडौ जील्लाका प्रमुख जिल्ला अधिकारी केदार नाथ शर्माका साथै नेपाल प्रहरीका पुर्व आईजीपी कुवेर सिंह रानाले समेत मेला अवलोकन गरेका छन् । मेलामा कुल १३५ स्टल रहेका छन् भने छालाजन्य वस्तुका दुई र अन्य जुत्ता तथा चप्पलका स्टल रहेका छन् । यस प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ को सहयोग रहेको छ । यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी महिला/पुरुष, बिद्यार्थी, कर्मचारी आदि सबै वर्गले उत्सुकतापूर्वक अवलोकन गरिरहेका छन् । आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ सुरु यस प्रदर्शनीलाई करिब एक लाख जनाले अवलोकन गर्नेे आयोजकको अपेक्षा रहेको छ । यो मेला पुस १८ गतेसम्म चल्नेछ ।
राष्ट्र बैंकले २ अर्ब ३१ करोड लिन बोलायो
काठमाडौं । बजारमा लगानीयोग्य पुँजीको संकट भइरहेका बेला नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मुद्धति निक्षेप लिन बोलाएको छ । बैंकले प्रतिस्पर्धाबाट २ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ मुद्दती निक्षेमा राख्न लागेको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकका लागि १ अर्ब ८५ करोड ४१ लाख, विकास बैंकलाई ३४ करोड ७६ लाख र वित्त कम्पनीलाई ११ करोड ५९ लाख रुपैयाँ बोलकबोलबाट मुद्दती निक्षेमा राख्न लागेको हो । बैंकले आउदो मंगलबार बोलपत्र पेश गर्न भनेको छ । निक्षेप आगामी वर्ष पुस अन्तिमम परिपक्व हुनेछ । सो निक्षेप रकम लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको हुनुपर्ने छ । बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका बैंकले मात्र निक्षेप पाउने छन् । यस्तै कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने छ ।
सेयर बजारमा सुधार आएन, ३० अंकले घट्यो
काठमाडौं । निरन्तर घटिरहेको सेयर बजार आजपनि ओरालो लागेको छ । अहिलेसम्म बजार ३० अंक घटेर १ हजार ३८४ मा झरेको छ । आइतबार सबै क्षेत्रको सेयर मूल्य घटेर राताम्य भएको छ । बजार घटेपनि २४ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । हालसम्म बजार २ प्रतिशत घटिसकेको छ । सबैभन्दा बढी कारोबार नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको भएको छ । प्रतिकित्ता २ सय रुपैयाँमा एनसीसीको संस्थापक सेयर कारोबार भएको छ ।
४५ दुर्गम स्थानीय तहमा बाणिज्य बैंकका नयाँ शाखा, कुन बैंकले कहाँ खोले ?(सूचिसहित)
काठमाडौं । ४५ वटा दुर्गम स्थानीय तहमा बाणिज्य बैंकहरुले शाखा खोलेका छन् । सरकारले सबै स्थानीय तहमा न्युनतम एउटा बाणिज्य बैंकको शाखा स्थापना गर्ने निर्णय गरेपछि दुर्गमका ४५ तहमा बाणिज्य बैंकका शाखा स्थापना भएका हुन् । सरकारले स्थानीय तहको बजेट राख्नका लागि बाणिज्य बैंकमै खाता खोल्नुपर्ने व्यवस्था गरेको छ । हाल मुलुकभर ७५३ वटा स्थानीय तह रहेका छन् । तीमध्ये ३५५ वटा स्थानीय तहमा बाणिज्य बैंकको सञ्जाल स्थापना भएको थिएन् । ‘सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा खोल्ने अभियान अन्तर्गत केन्द्रिय बैंकले काम गरिरहेको छ, हामी बैंकहरुलाई प्रोत्साहन गरिरहेका छौं र सरकारलाई पुर्वाधार विस्तार गर्न अनुरोध गरिरहेका छौं’, राष्ट बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने । पण्डितका अनुसार सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तारका लागि पुर्वाधार र बजारको अभाव रहेको छ । ‘बैंकको शाखा खोल्नका लागि बिजुली, बाटो, सुरक्षा र बजारको आवश्यकता पर्छ, हाम्रा धेरै तहमा त्यस्तो सुबिधा अझै पुगेको देखिन्न, बाणिज्य बैंकको शाखा विस्तारमा केहि चुनौती छ र तर हामी काम गरिरहेका छौं’, पण्डितले भने ।
स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९५०
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ९५० रुपैयाँ कायम गरेको हो । बैंकको सेयर मूल्य घटेर आइतबार ३ अंकमा आएको छ । गत बिहीबार अन्तिम दिन बैंकको २२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।