सिमेन्ट र रड उद्योगीले अटेर गर्दा विभागले काट्यो २४ घन्टे पुर्जी
काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा सिमेन्ट र रडको भाउ बढेपछि चारैतिरबाट सरकारको आलोचना भएको थियो । त्यसलाई मध्यनजर गर्दै आपूर्ति मन्त्रालयको निर्देशनमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले धादिङको धार्केमा पुस २४ गते सिमेन्ट तथा रड बोकेको २४ ओटा ट्रकलाई नियन्त्रणमा लिई कागजात जफत गरेको थियो । जगदम्बा स्टिल उद्योग, अम्बे स्टिल उद्योग, मारुती सिमेन्ट उद्योग, शिवम् सिमेन्ट, नारायणी, अग्नि लगातका विभिन्न सिमेन्ट तथा रड उद्योगका ती ट्रकहरुबाट विभागले अनुसन्धानको लागि कर भर्पाइ, बिलबिजक चलानी लगायतका आवश्यक कागजात नियन्त्रणमा लिइसकेको छ । कागजात नियन्त्रणमा लिएसँगै अनुसन्धानको लागि सम्बन्धित उद्योगका आधिकारिक प्रतिनिधिलाई विभागमा तत्काल उपस्थित हुन निर्देशन दिइएको थियो । निर्देशनलाई अटेर गरेपछि मंलबार ती सम्पूर्ण २४ ओटै ट्रक सम्बन्धि उद्योगहरुको नाममा २४ घन्टे पुर्जी काटिसकेको शाखा अधिकृत राजेशकाजि श्रेष्ठले बताए । पुर्जी पत्र प्राप्त गरेको २४ घन्टाभित्र अनुसन्धानको लागि ती उद्योगहरुको प्रतिनिधिहरु विभागमा उपस्थित हुनु पर्ने भनिएको छ । यदि उपस्थित नभएको अवस्थामा कार्बाही प्रक्रियाअघि बढाउने जनाइएको छ । कम्तिमा पनि माघ महिनाभित्र सम्बन्धित उद्योगीहरु अनुसन्धानको दायरामा आउने र अनुसन्धान अघि बढ्नेमा उनी विस्वस्त छन् । ‘छानविनपछि कसरी अघि बढ्ने निक्र्यौल हुन्छ,’ उनले भने ‘पूर्जी काटेयता केही उद्योगहरु विभागमा उपस्थिति हुन थालेका छन् ।’ उनको अनुसन्धानको क्रममा ठगी अथवा कालोबजारी गरेको भेटएमा सोही अनुसार कार्वाहीको प्रक्रिया अघि बढ्नेछ । विभागको अनुसार पछिल्लो समय प्रतिबोरा सिमेन्टमा २ सय र रडमा किलोको १० रुपैयासम्म बढेको उजुरी आएको छ । सिमेन्ट उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमा सिमेन्टको कच्चा पदार्थको मूल्य बढेकोले मूल्य बढाउन बाध्य भएको बताएका छन् भने, निर्माण व्यवसायीहरुले पुनर्निर्माणको मौका छोपि उद्योगीहरुले सिमेन्ट र रडको भाउ बढाइ कालोबजारी गरेको आरोप लगाएको छ ।
सिद्धार्थ बैंकले शरु गर्यो भाइबर बैंकिङ्ग सेवा, खाता नभएकाले पनि उपयोग गर्न पाउने
काठमाडौं । सिद्धार्थ बैंकले प्रविधिमैत्री ग्राहकहरुलाई लक्षित गरि भाइबर बैंकिङ्ग सेवा शुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायत अन्य विद्युतिय उपकरणबाट बैंकिङ्ग सेवाबारे जानकारी लिन सक्नेछन् । भाइबर बैंकिङ्ग सेवा लिन ग्राहकको मोबाइल नम्बर बैंकको सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्ने बैंकले जनाएको छ । सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिस्टर गरिएको मोबाइलका प्रयोगकर्ता ग्राहकले भाइबर बैंकिङ्गमार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्ने, कर्जा सुविधा, मुद्दती खातालगायत बैंकका अन्य सेवाबारे जानकारी पाउन सक्नेछन् । यो सेवा बैंकका ग्राहकले मात्र नभई यस बैंकमा खाता नभएका सर्वसाधारणले पनि उपयोग गर्न सक्नेछन् । खाता नभएको व्यक्तिले यस सेवामार्फत बैंकका शाखा, एटीएम तथा अन्य सेवा सम्बन्धि जानकारी लिन सक्ने बैंकले जनाएको छ । बैंकले हाल देशभर ३ एक्स्टेन्सन् काउन्टर, ८२ वटा शाखा, १०५ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को पौष मसान्तसम्म बैंकले कुल निक्षेप ८५ अर्ब ५७ करोड र कर्जा लगानी ७६ अर्ब ९५ करोड परिचालन गरेको छ ।
सनराइज बैंकको २०औं शाखारहित बैंकिङ्ग सेवा गोदावरीको छम्पीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो २०औं शाखारहित बैंकिङ्ग सेवा गोदावरीको छम्पीमा शुरू गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ उक्त स्थानमा नयाँ शाखा खोलेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गोदावरी नगरपालिकाका अध्यक्ष आत्माराम थापाले एक समारोहका बीच गरेका हुन् । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि राजिब केसीलाई पोइन्ट अफ सेल मेसिन आत्माराम थापा र भैँसीपाटी शाखाका प्रवन्धक कमल बाबु सिम्खडाले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । साथै, बैंकको भैँसीपाटी शाखाका प्रवन्धक सिम्खडाले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उदेश्य प्रष्ट पारेका छन् ।उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस शाखा सहित बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २० पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।
स्वावलम्बन लघुवित्तको १७ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंक लि.को १७औं वार्षिकोत्सव एक समारोह बीच काठमाडौंमा सम्पन्न भएको छ । उक्त समारोहको उद्घाटन नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका का.मु.कार्यकारी निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथि देवकुमार ढकालले गरेका छन् । सोही अवसरमा ढकालले वित्तीय संस्थाले यस प्रकारका कार्यक्रम गरी विभिन्न विधामा ग्राहक सदस्यहरुलाई सम्मान गरी प्रोत्साहन गर्नु अत्यन्त प्रशंसनिय रहेको बताएका छन् । कार्यक्रमका सभापति तथा बैंक संचालक समितिका अध्यक्ष बिजेन्द्र सुवालले हालको प्रतिस्पर्धामा चुनौतीहरु रहेता पनि चुनौतीलाई अवसरको रुपमा लिएर संस्था अगाडि बढ्ने बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले बैंकको विकासको १६ वर्षको समय अन्तरालमा विभिन्न साना ठूला समस्या र चुनौतिहरुलाई सहजता र सफलतापूर्वक पार लगाउदैं आजका दिनसम्म आइपुगेको बताउदैँ विगत र वर्तमान गौरव गर्न लायक रहेको बताएका छन् । बैंकले हाल ५४ जिल्लाका १२३ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख १८ हजार ९ सय ७२ ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ । बैंकको हाल ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
सरकारले ७ वटै प्रदेश राजधानी र प्रमुख तोक्यो, बामपन्थी गठबन्धनद्वारा अालाेचना
काठमाडौं । सरकारले सातवटा प्रदेशका प्रमुखका साथै अस्थायी राजधानी तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुख र अस्थायी मुकाम तोकेको हो । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगरलाई तोकेको छ । त्यहाँको प्रदेश प्रमुखमा गोविन्द सुब्बा नियुक्त भएका छन् । २ नम्बर प्रदेश मुकाम जनकपुर ताेकिएकाे छ । त्यहाँ रत्नेश्वरलाल कायस्थलार्इ प्रदेश प्रमुख बनाइएकाे छ । ३ नम्बरको केन्द्र हेटौडालाई तोकिएको छ । अनुराधा कोइराला प्रदेश प्रमुखमा नियुत्त भएकी छिन् । यसैगरी ४ प्रदेशको अस्थाई राजधानी पाेखरा बनाइएकाे छ । त्यहाँ सरकारले बाबुराम कुँबरलार्इ प्रदेश प्रमुख बनाएर पठाएकाे छ । प्रदेश नम्बर ५ को राजधानी बुटवललाई तोकिएको छ । त्यहाँ उमाकान्त झालाई प्रदेश प्रमुख बनाइएकाे छ । प्रदेश नम्बर ६ को केन्द्र सुर्खेत ताेकिएकाे छ भने प्रदेश प्रमुखमा दुर्गाप्रसाद खनाललार्इ नियुक्त गरिएकाे छ । ७ को राजधानी धनगढीलाई तोकिएको छ । त्यहाँको प्रमुखमा मोहनराज मल्ललाई तोकिएको छ । अस्थायी राजधानी तोक्ने विषयमा विवाद भएको थियो । सरकारले गरेकाे नयाँ निर्णय विरूद्ध सरकार बनाउँदै गरेकाे बामपन्थी गठबन्धनका नेताहरूकाे भनार्इ सार्वजिनक भएकाे छ ।
राइनो ५००डी फलामे डण्डीद्धारा टेक्निकल मिटको आयोजना
काठमाडौं । शंकर ग्रुप अन्तगर्तको जगदम्बा स्टील्सले नेपाली बजारमा ग्यारेन्टिड डक्टिलिटी सहित एफई ५००डी ग्रेडमा राइनो ५००डी उत्पादनमा सिद्धता प्राप्त गरेको छ । उत्पादन सम्बन्धि प्राविधिक जानकारी उपलब्ध गराउने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिटको सञ्चालन गरिरहेको छ । ‘राइनो ५००डी नयाँ पुस्ताको उच्च शक्ति र डक्टाइल रीब्ड रिइन्फोर्समेन्ट बार हो । उत्पादन प्रक्रिया र यसमा मिसाइने भौतिक तथा रसायनिक गुणका कारण राइनो अन्य फलामे डण्डीका तुलनामा फरक छ ।’ कम्पनीद्धारा आयोजित टेक्निकल मिटमा बोल्दै जगदम्बाका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले भने ‘एफई ५००डी ग्रेडको राइनो स्टिल फलामे डण्डीमा सल्फर र फोसफरसको मात्रा अधिकतम ०.०७५ प्रतिशतमा सिमित गरिएको छ । यसले गर्दा फलामे डण्डीलाई उच्च शक्ति र डक्टिलिटी प्राप्त हुन्छ ।’ यसमा रहेको डक्टिलिटी र शक्तिका कारण राइनो ५००डी फलामे डण्डी उच्च सिसमिक जोखिम सहितको नेपालमा प्रयोगका लागि उपयुक्त भएको कम्पनीेले जनाएको छ । यसले भुकम्पीय जोखिम न्यूनिकरण गर्नुका साथै भुकम्प प्रतिरोधी सुरक्षित निर्माणको सुनिश्चितता समेत प्रदान गर्ने कम्पनीको दावी छ । कम्पनीका अनुसार राइनो ५००डी फलामे डण्डी नेपाल भरका एक्स्क्लुजिव विक्रि केन्द्र मार्फत ८ एमएम देखि ३२ एमएममा उपलब्ध छ । साथै, उपभोक्ताको माग तथा तिनका योजना अनुसार कम्पनीले ३६ एमएम तथा ४० एमएम आकारमा पनि फलामे डण्डी उपलब्ध गराउने गरेको छ । फेब्रिकेशनका क्रममा फलामे डण्डी खेर नजाओस् भन्ने सोचका साथ कम्पनीले यसलाई १२ मिटरको स्थिर लम्बाइमा उपलब्ध गराउने गरेको छ । उपभोक्ताले आफ्नो आवश्यता अनुसार ८ एमएम देखि ४० एमएम आकारमा राइनो ५००डी खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
क्रेडिट क्रन्चको असर, तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले शुक्रबार १० अर्ब बजारमा पठाउँदै
काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको अवस्था कमजोर भएपछि नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँ बजारमा पठाउने भएका छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितोमा राखेर बजारमा थप तरलता प्रवाह गर्न लागेको हो । पुस मसान्तमा बैंकिङ प्रणालीमार्फत अर्बौ रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा गएपछि अधिकाँश बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ८० प्रतिशतको हारहारीमा पुगेको छ । अधिकाँश बैंकको सीसीडी रेसियो कसिलो भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न विकास ऋणपत्र सोझै खरिद बोलकबोल उपकरणमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । अधिकाँश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले सीसीडी रेसियो ७९ प्रतिशत पुगेकाले कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको बताइसकेका छन् । केही बैंकहरुले कर्जा प्रवाह बन्द गरेको जानकारी दिएका छन् । बजारमा लगानीयोग्य पुँजी कम भएपनि अन्तर बैंक ब्याज दर ५ प्रतिशत भन्दा तल छ । अन्तर बैंक ब्याजदर स्थिर भएपछि पछिल्लो समयमा राष्ट्र बैंकले रिपो गर्न पाएको छैन् । रिपोमार्फत तरलता प्रवाह गर्न नपाएपछि केन्द्रीय बैंकले विकास ऋणपत्र धितोमा राखेर बजारमा पैसा पठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार बजारमा २६ अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता रहेको छ । एक साता अघि पनि केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै बोलकबोलबाट खरिद गर्ने वित्तीय उपकरणमार्फत ३ पटकमा गरी झण्डै २८ अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । त्यसमध्ये राष्ट्र बैंकले बजारबाट पुनः २ अर्ब रुपैयाँ प्रशोचन गरेको थियो ।
सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा शक्तिबल्लभ श्रेष्ठ नियुक्त
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा शक्ति बल्लभ श्रेष्ठ नियुक्त भएका छन् । गत पुस २५ गते बसेको कम्पनीे सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई संस्थाको उक्त पदमा नियुक्त गरेको हो । श्रेष्ठले नियुक्ति भएकै दिनदेखि संस्थाको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हालेका छन् ।