सिभिल बैंकको हकप्रद आजसम्म मात्र भर्न पाइने
काठमाडौं । सिभिल बैंकको हकप्रद बिक्री खुला आज शुक्रबारसम्म मात्र रहेको छ । आज बैकिङ समयसम्म मात्र हकप्रद बिक्री खुला हुने बैंकले जनाएको छ । गत पुस २७ गतेबाट बढाएर माघ १२ गतेसम्म पुरइएको थियो । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गरेको हो ।
कुमारी बैंकले नाफा बढायो, ६ महिनामा ४८ करोड
काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । बैंकले गत पुससम्म ४८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २७ करोड ९३ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । गत आवको तुलनामा चालु आवमा बैंकले झण्डै २१ करोड रुपैयाँ नाफा बढाएको शुक्रबार सार्वजनिक गरिएको दोस्रो त्रैमाशको वित्तीय विवरणमा उल्लेख छ । यो वर्ष बैंकले नाफा १ अर्ब रुपैयाँ पुर्याउने देखिएको छ । बैंकको खराब कर्जा १.६१, निक्षेप लागत ७.८३, सीडी रेसियो ७६.८२, आधार ब्याजदर ११.१७ र स्प्रेड दर २.८ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन बढाएर ५७ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ३९ अर्ब ९४ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भई ५० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ३३ अर्ब ६५ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी ५ अर्ब ९६ करोड रुपैयाँ मात्र छ ।
सिद्धार्थ बैंकले फागुन २ गतेदेखि ६८ करोडको हकप्रद निष्कासन गर्ने
काठमाडौं । सिद्धार्थ बैंकले फागुन २ गतेदेखि ६८ करोड २६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । १० बराबर १ अनुपातमा निष्कासन हुन लागेको हकप्रद सेयर बिक्री चैत ६ गते बन्द हुने बैंकले जनाएको छ । माघ २२ गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका सेयरधनीले हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् । हकप्रद सेयर बाँडफाँडपछि चुक्तापुँजी बढेर ७ अर्ब ५० करोड ८७ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको चुक्तापुँजी ६ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ छ ।
माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद लिलामी माघ २८ गते हुने
काठमाडौं । माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहकको गरी १६ हजार १८१ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । जसमध्ये संस्थापकको १० हजार ४४ र सर्वसाधारण समूहको ६ हजार १३७ कित्ता हकप्रद सेयर रहेको छ । हकप्रद लिलामी माघ २८ गते हुने बैंकले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन गत मंसिर ७ गतेदेखि पुस १२ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको हकप्रद सेयर लिलामी गर्न लागेको हो ।
सम्पत्ति सुद्धिकरण प्रविधि भित्र्याउन बैंकले गर्यो ढिला सुस्ती
काठमाडौं। सम्पत्ति सुद्धिकरण प्रविधि भित्र्यान बैंकले ढिला सुस्ती गरेको छ । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीअई)ले सम्पत्ति सुद्धिकरण प्रविधि भित्र्यान बैंकले ढिला सुस्ती गरेको बताएको हो । बिहिबार नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीअई) ले राजधानीमा आयोजना गरेको सम्पत्ति सुद्घिकरण सम्बन्धि एक दिने सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै एनबिआईका कार्यकारी अधिकृत संजिब सुब्बाले सम्पत्ति सुद्घिकरण प्रत्येक तहका बैंकिङ कर्मचारीहरुले जन्नुपर्ने बताए । ‘कुनै पनि बैंक तथा वित्तिय सँस्थाहरुले सम्पत्ति सुद्घिकरण सम्बन्धि प्रविधि भित्राउन ढिला सुस्ती गरिरहेको छ’ उनले भने । सम्मेलनमा बोल्दै नेपाल बैंकर्स एशोसिएशनको अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सम्पत्ति सुद्घिकरण जस्तो विषयमा सबै सजक र सम्बेदनशील भएमा मात्र वित्तिय क्षेत्र र अर्थतन्त्र सबल हुने बताए । त्यस्तै फिन्टलेक्टका प्रबन्धक निर्देशक शिरिष पाठकले सम्पत्ति सुद्घिकरण विश्वकै एउटा गहन विषय भएको र सबै देशका नियामक निकायहरुले यसलाई गम्भिरताकासाथ लिदै आएको बताए । सम्मेलनमा १५० भन्दाबढी बैंक तथा वित्तिय सँस्थाको कर्मचारीहरु सहभागी भएको जनाइएको छ ।
सीटीसी महलमा मोबाइलको मल्टि शोरुम सञ्चालन, मोबाइल किन्दा ब्लूतुथ सित्तैमा
काठमाडौं।, काठमाडौंको सुन्धारा स्थित सीटीसी महलमा सबै ब्राण्डका मोबाइलहरु पाइने मल्टि शोरुम सञ्चालनमा ल्याएको छ । सस्तो, सुलभ र आधुनिक प्रविधिका अधिकांश मोबाइलका ब्राण्डहरु तथा एसेसरिजहरुसहित अल्फा स्टोर प्रालिले महलको भुईतलामा बुधबारदेखि सोे मल्टिशोरुम सञ्चालनमा ल्याएको हो । सो अवसरमा प्रालिले एक हप्तासम्म मोबाइल किन्दा दुई हजार रुपैयाँ बराबरको ब्लूतुथ निःशुल्क दिने अफर ल्याएको छ । आधुनिक आइफोनसहित १३ ब्राण्डका सबै मोबाइलहरु एकै ठाउँमा उपलब्ध हुने कम्पनीको भनाइ छ । शोरुम सञ्चालन कम्पनीको प्रबन्ध निर्देशक संजय बगरियाले शोरुमबाट आइफोनसहित सामसुङ, ओपो, वान प्लस लगायतका मोबाइल खरिद गर्न सकिने बताए । त्यस्तै शोरुममा मोबाइल एक्सचेन्जका साथै मर्मतको समेत सेवा रहेको उनको भनाइ छ । शोरुममा ५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्मका मोबाइलहरु रहेको जानकारी गराइएको छ ।
डलरमा बिजुली खरिद गर्दा हुने जोखिम अन्त्य गर्न हेजिङ फण्ड स्थापना हुदै
काठमाडौं । सरकारले विदेशी प्रवद्र्धकसंग अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) बाट हुने जोखिम हटाउन हेजिङ फण्ड स्थापनाको प्रक्रिया अघि बढाएको छ । डलर पीपीए गर्दा विदेशी मुद्राको जोखिम बढ्दै गएपछि यसलाई व्यवस्थापन गर्न सरकारले हेजिङ फण्ड खडा गर्न लागेको हो । हेजिङ फण्ड स्थापनाको काम सुरु भइसकेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले एक वर्षभित्र फण्डको स्थापना हुने जानकारी दिए । उनले आयोजनाको प्रवद्र्धक, विद्युत प्राधिकरण र सरकारको लगानीमा हेजिङ फण्ड स्थापना हुने जानकारी दिए । फण्डले डलर महंगिएर विद्युत प्राधिकरणले प्रवद्र्धकलाई बढी बिजुलीको मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य हुने घिसिङको भनाई छ । “डलर मजवुत भएर १५० रुपैयाँ पुग्यो भने यस्तो जोखिम फण्डले व्योहर्ने छ” उनले भने । नेपाल राष्ट्र बैंकमार्फत सो फण्ड खडा हुने छ । वैदेशिक लगानीमा बन्ने आयोजनाका प्रवद्र्धकसंग १० वर्ष वा ऋण तिर्ने अवधिसम्म मात्र डलरमा पीपीए गर्ने उनले जानकारी दिए । विदेशी प्रवद्र्धकसंग विद्युत पीपीए गर्दा डलर जोखिम बढ्दै गएपछि सरकारले फण्डको व्यवस्था गर्न लागेको उनले जानकारी दिए । अन्य मुलुकमा डलर जोखिम कम गर्न हेजिङ फण्डको स्थापना भएका छन् । फण्डलाई पुर्वाधार क्षेत्रमा पनि लगानी गर्ने तयारी सरकारको छ । अर्थमन्त्रालयले १० वर्षसम्म वा ऋण तिर्ने अवस्थासम्म डलरमा पीपीए गर्न सहमति जनाइसकेको छ । डलर जोखिम व्यवस्थापन गर्ने संयन्त्र नहुदा पीपीए हुन सकेको छैन् । विद्युत् प्राधिकरणले ६० मेगावाटको खिम्ती, ३६ मेगावाटको माथिल्लो भोटेकोसी, ५० मेगावाटको माथिल्लो मस्र्याङदी, ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजाको प्रवद्र्धकसंग डलरमा पीपीए गरेको छ । यस्तै २१६ मेगावाटको माथिल्लो त्रिशुली १ र १२० मेगावाटको रसुवाभोटेकोसी आयोजनासंग पनि डलरमा पीपीए गरेको छ । यी आयोजनासंग डलरमा हुने पीपीए जोखिम बहन हेजिङ फण्डले गर्ने घिसिङले जानकारी दिए ।
कुलमान र उद्योगीको जुहारी : सिमेन्टको मूल्य वृद्धिमा एकअर्कामा दोषारोपण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ३ घण्टा मात्र विद्युतभार कटौती (लोडसेडिङ) भएको जानकारी दिएको छ । उद्योगीले दैनिक ६ घण्टा लामो समय लोडसेडिङका कारण महंगोमा डिजेल जेनेरटर चलाउदा उत्पादन लागत महंगो भई सिमेन्टको भाउ बढेको बताइरहेका बेला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको कारण सिमेन्टको मूल्य नबढेको स्पष्टपारेका छन् । प्राधिकरणले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले भने “उद्योग क्षेत्रमा ३ घण्टा मात्र लोडसेडिङ भएको छ, यसका कारणले सिमेन्टको मूल्य बढेको हैन अन्य कारणले बढेको होला ।” सिमेन्टको भाउ बढ्नुमा लोडसेडिङको कुनै भूमिका नभएको उनको दावी छ । उनले साँझ साढे ५ देखि राती साढे ८ बजेसम्म मात्र उद्योगमा लोडसेडिङ गरेको स्पष्टपारे । उनले भरपर्दो वितरण प्रणाली नहुदा बिजुली आपूर्तिमा केही कहिलेकाही अवधरोध हुने गरेको जानकारी दिए । यता उद्योगीले लोडसेडिङका कारण सिमेन्टको लागत बढेको जिकिर गरिरहेका बेला कुलमानको यस्तो प्रतिक्रिया आएको हो । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले सिमेन्टको भाउ बढ्नुमा अहिले पनि उद्योगमा दैनिक ६ घण्टा लोडसेडिङ मुल कारण भएको बताएका छन् । विकास न्युजसंग कुरा गर्दै थापाले भने “विद्युतको गुणस्तर छैन । बिजुली आएको बेलामा पनि पावर घटबढ भईरन्छ । दिनमा ४, ५ पटक बत्ती जान्छ । यसले गर्दा उद्योगले धेरै नोक्सान बेहोर्नु परेको छ ।” “जब नियमित बिजुली आउँछ, सिमेन्ट उद्योगले गुणस्तरीय बिजुली पाउन थाल्छ, तब मूल्य पनि घट्छ” उनले भने ।