विकासन्युज

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ आजदेखि १० देशमा

काठमाडौँ । एनसेलका ग्राहकले अबविभिन्न १० देशहरुको भ्रमणमा रहदाबिनाकुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदालिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबारबाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकापनि समावेश गर्ने भएको हो । यो सँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ्ग डेटा प्याक उपलब्ध हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्ने छन् । यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्ने कम्पनीले जनाएको छ । यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुनेछ र शुल्कभने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याकखरिद गरी डेटा सेवाप्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याकमाथिउल्लेखित १० देशहरुको भ्रमणमा जानु अघि वातीगन्तव्यहरुमापुगे पछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ्ग सेवा नेपालमा नै सुचारु गरेको हुनु पर्ने कम्पनीले जनाएको छ ।

९७ रुपैंया मूल्य भएको कम्पनीको २५ लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । बजारमा ९७ रुपैंयामा अन्तिम कारोबार भएको कम्पनीको २५ लाख कित्ता शेयर लिलामीका लागि बोलपत्र खुला हुने भएको छ । असोज ३० गतेदेखि कात्तिक ७ गतेसम्मको समय दिएर मल्टिप्रपोज फाइनान्सले १८ लाख ६० हजार कित्ता संस्थापक र ६ लाख २६ हजार कित्ता साधारण शेयरका लागि बोलपत्रमार्फत् बिक्री आह्वान गर्न प्रस्ताव गरिएको हो । उक्त शेयरको न्यूनतम बिक्री मूल्य नै १०० रुपैंया तोकिएको छ जुन बोलपत्र आह्वान गरिएको दिन (बिहीबार)सम्म रहेको अन्तिम मूल्यभन्दा ३ रुपैंया कम हो । सामान्यतयाः बोलकबोल लिलामीबाट शेयर उठाउनेले बजारमूल्यभन्दा कम्तीमा पनि १० प्रतिशत सस्तो मूल्यमा शेयरको अपेक्षा राखेका हुन्छन् । यसो गर्दा मल्टिप्रोपोज फाइनान्सको शेयरका लागि ९० रुपैंयासम्म हाल्न आवेदकहरु तयार हुन्छन्, अझ बजारमा सीधै बिक्री नहुने संस्थापक शेयरको मूल्य त झन् सर्वसाधारण शेयरभन्दा पनि कम हुनुपर्ने हो तर यहाँ न्यूनतम मूल्य नै १०० रुपैंया तोकिएको छ ।

लालीगुराँस बहुउद्देश्यीय सहकारीले मनायो २१ औँ वार्षिकोत्सव

ललितपुर । पुल्चोक स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औ वार्षिक उत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही ,सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाद्वारा केक काटेर वार्षिक उत्सव मनाएको छ । कार्यक्रममा संचालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र शृयर सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सचिव एंव प्रमुख कार्यकारी निर्देशक भण्डारीले २१औ वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडि बढाउदै लैजाने बताए । संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै उनले भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने बताए । २० वर्ष पूरा गरेको संस्थाले गएको वर्ष उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ । ९७औ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश नं.३ बाट श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको थियो । यो अवधीमा ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउण्टर संचालन गरी सकेको छ । चालु वर्ष भित्र काठमाडौंको न्यूरोड, गोंगबु र महाराजगंज, भक्तपुरको सुर्यविनायक, चितवनको पर्सा र भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा र मकवानपुरको हेटौडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ । यसैबीच संस्थाको स्थापना दिवसको अवसरमा संस्थाले श्री लालिगुँरास मा.वि.मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी, विभिन्न समिति र उपसमितिका सदस्य, सल्लाहकार, कर्मचारी तथा शेयरसदस्य गरी जम्मा ५० जनाले रक्तदान गरेका थिए । सोही अवसरमा लालीगुँरास अस्पतालले निःशुल्क स्वाथ्य शिविर संचालन गरेको थियो ।

शेखर गोल्छालाई राजाको जेठो छोराको संज्ञा, अध्यक्षसहित तीन उपाध्यक्ष प्रत्यक्ष चुनावकाे पक्षमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका तीन जना उपाध्यक्ष, तीन वटा प्रदेश अध्यक्षले महासंघको अध्यक्ष कार्यकारी प्रमुख पद भएकोले अध्यक्षका प्रत्यक्ष निर्वाचनबाट नै हुने गरि विधान संशोधन गर्न लागिएको बताएका छन् । तीन वर्षअघि गरिएको विधान संशोधनको निर्णय गलत भएको र त्यसपछि महासंघको नेतृत्व प्रभावकारी नभएको उनीहरुको भनाई छ । महासंघका उपाध्यक्षत्रय किशोर प्रधान, चन्द्रप्रसाद ढकाल र उमेशलाल श्रेष्ठ, प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, प्रदेश ५ का अध्यक्ष गुणनीति तिवारी र प्रदेश १ का कार्यवहाक अध्यक्ष, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायतले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष अध्यक्षको चयनको पक्षमा खुलेर वकालत गरेका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधान बनाएर महासंघले तीन वर्षअघि गल्ती गरेको र त्यो गल्ती महासंघका अधिकांश सदस्यले अनुभूति गरेको उनीहरुले बताए । उनीहरुले आफ्ना भनाई राख्दै गर्दा महासंघका अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा कार्यक्रममा थिएनन् । विधान संशोधन समितिका संयोजक चण्डिराज ढकाल लगायत प्रत्यक्ष निवाचनका पक्षधर रहेका करिव २ दर्जन व्यवसायी पत्रकारसँगै फ्लोरमा उपस्थिति थिए । औपचारिक कार्यक्रम सकिएसँगै अध्यक्ष भवानी राणा उपस्थिति भएकी थिइन् । उनकाे उपस्थितिले उनी पनि प्रत्यक्ष निर्वाचनकै पक्षमा रहेकाे संकेत दिएकाे छ । तर विकासन्युजसँगकाे कुराकानीमा उनले अाफू सहमति गराएर अगाडि बढ्न चाहेकाे बताइन् । महासंघका एशोसियट समूहका उपाध्यक्ष तथा विधान संशोधन समितिका सदस्य चन्द्रप्रसाद ढकालले विधान संशोधनका लागि देशभरबाट सुझाव संकलन गर्ने काम भईरहेको र प्राप्त सुझावका आधारमा संशोधनका लागि विशेष साधारणसभामा पेश गर्ने तयारी भईरहेको बताए । ‘प्राप्त सुझावहरुलाई समेटेर विधान संशोधनको प्रस्ताव विशेष साधारणसभामा पेश हुन्छ । साधारणसभामा जनमतको आधारमा निर्णय हुन्छ, संशोधन हुन्छ’ उनले भने । विधानलाई समय सापेक्ष बनाउनको लागि जिल्ला तथा नगर उद्योग बाणिज्य संघबाट बढी माग भएको र संशोधनको अन्तिम निर्णय साधारणसभाले गर्ने बताए । अध्यक्षको प्रत्यक्ष चुनाव, अध्यक्षका कार्यकाल ३ वर्षलाई घटाएर २ वर्ष बनाउने, प्रदेश उद्योग वाणिज्य संघलाई व्यवस्थित बनाउने लगायतका महत्वपूर्ण दफामा संशोधन हुन लागेको उनले बताए । वस्तुगत समूहका उपाध्यक्ष उमेशलाल श्रेष्ठले विधान संशोधनको ३५ बुँधा भए पनि अध्यक्षको प्रत्यक्ष चुनाव हुने संशोधनको विषयमा सबैंको ध्यान गएको बताए । ‘संशोधन हुन लागेको ३५ दफा मध्ये अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने दफा मेरो ध्यान गएको छ । बाँकी ३४ वटा बुँदा त मलाई पनि याद छैन’ उनले भने । उनले विधान संशोधन व्यक्ति लक्षित नभई संस्था बलियो बनाउन भएको तर्क गरे । ‘महासंघको चुनावमा चलखेल धेरै भयो भनेर हाम्रा अग्रजहरुले वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउन विधिको प्रस्ताव गर्नुभयो । तीन वर्षअघि असहमतिको बीच हामीले सहमति जनायौ’ उनले भने–‘तर विधान संशोधनसँगै राजाको जेठो छोरा जन्मिए ।’ असन्तुष्ट पक्षले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई राजाको जेठो छोराको रुपमा व्याङ्ग्य गर्ने गरेका छन् । गोल्छा तीन वर्षअधि प्रत्यक्ष निर्वाचनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्ष तीन वर्षपछि स्वतः अध्यक्ष हुने विधिका आधारमा उनी वरिष्ठ उपाध्यक्षको प्रत्यक्ष चुनावमा लडेका थिए । तर वरिष्ठ उपाध्यक्ष भएपछि महासंघका सदस्यहरुको फोन नउठाउने, समय नदिने गरेको उनीमाथि आरोप छ । महासंघ सधैं ठूला व्यापारीको कब्जामा परेको भन्दै साना र मझ्यौला व्यवसायी पनि महासंघको अध्यक्ष बन्ने व्यवस्था गरिनु पर्ने भएको र त्यसका लागि पपिन विधान संशोधन गरिने पर्ने भएको श्रेष्ठले बताए । पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले तीन वर्षअघि विधान संशोधन गरेर गल्ती भएको बताए । ‘महासंघ अध्यक्षात्मक प्रणालीमा चलेको संस्था भएकोले महासंघको अध्यक्षको निर्वाचन राष्ट्रव्यापी हुनुपर्छ भन्ने मेरो पुरानो अडान हो । आज पनि म त्यहि अडानमा छु’ उनले भने । विधान संशाेधनसँगै महासंघकाे अध्यक्ष नपाउने देखेर नेपाल चेम्बर अफ कमर्शकाे पदाधिकारीम नियुक्ती खाएका राजकर्णिकार फेरी महासंघकाे राजनीतिमा फर्केका हुन् । विधान संशोधनका क्रममा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा माथि अन्याय हुन्छ भन्ने विचारको आलोचना गर्ने उलने संस्था बनाउने क्रममा, विधान संशोधन व्यक्ति गौढ हुने बताए । महासंघका ३ प्रदेश प्रमुख गुणनीतिले अध्यक्ष कार्यकारी पद भएकोले प्रत्यक्ष निर्वाचन विधिमा जानु अनिवार्य भएको बताए । विधिसम्वत हुने विधान संशोधनबाट कोही पनि डराउनु नपर्ने उनले बताए । उद्योग वाणिज्य संघ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठले महासंघ निजी क्षेत्रको देशको सबैभन्दा ठूलो महासंघ नै भएकोले यो संस्थालाई बलियो बनाउन विधान संशोधन आवश्यक भएको दावी भए ।

अब सातै प्रदेशमा टेलिकमको फोरजी सेवा, के हाे र कसरी गर्ने ‘एक्टिभेट’ ?

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ गरेका हुन् । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो । त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ । सातै प्रदेशका मुख्यमुख्य शहरमा फोरजी सेवा विस्तार गरिएको छ । प्रदेश नं १ को चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान र धनकुटामा फोरजी सेवा सञ्चालनमा आएको छ । यस्तै प्रदेश नं २ को जनकपुर, जलेश्वर, मलङ्गवा, बारा, पर्सा, सिमरा, कलैया र गौरमा पनि सेवा शुरु भएको छ । प्रदेश नं ३ को धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, चितवन, सौराहा तथा गण्डकी प्रदेशको पर्वत, कुश्मा र बाग्लुङमा पनि सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको प्रादेशिक राजधानी पोखरामा यसअघि नै फोर जी सेवा सञ्चालनमा आइसकेको छ । प्रदेश ५ को तौलिहवा, बुटवल, देवदह, तुल्सीपुर, घोराही, नेपालगञ्ज र कोहलपुर, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको भीमदत्तनगर, झलारी पिपलाडी, चौमाला र अत्तरियामा सेवा सञ्चालनमा आएको छ । फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भएबमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पुर्याउने लक्ष्य साथ युद्धस्तरका काम भइरहेको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले अगाडि सारेको ‘डिजिटल नेपाल’को अवधारणालाई सार्थक बनाउन फोरजी सेवालाई महत्वपूर्ण साधनका रुपमा हेरिएको छ । सरकारले डिजिटल नेपाल निर्माण गरी देशको सर्वाङ्गीण विकास गर्न फोरजी सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटिई कर्पोरेशन र हङकङको सिसिएसआई कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार तोकिएको अवधि पूरा हुन चार महीना बाँकी रहेको भए पनि निर्धारित समयमै काम सकिने देखिएको छ । दैनिक १६ देखि १८ घण्टासम्म निरन्तर खटिई काम सम्पन्न गरिएको थियो । टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौँ र बुटवलमा राखेको छ । टावरको फाउन्डेशन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको छ । देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दाबी छ । गत असार मसान्तको विवरणअनुसार हाल टेलिकमका ग्राहक दुई करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या मात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेलिकमले गत शुक्रबार मात्रै फोरजी विस्तार गर्ने स्थानमा आवश्यक परीक्षण गरेको थियो । के हो फोरजी सेवा ? फोरजी सेवा प्रयोग गरी कुराकानी गर्न तथा भिडियो, अडियो र सामान्य इन्टरनेट प्रयोगसहितका बहुआयामिक उपयोगिता हासिल गर्न सहज हुने बताइएको छ । सन् १९८० को दशकमा व्यावसायिक रुपमा शुरु भएको ताररहित वा बेतार मोबाइल फोन सेवाले आजको दिनमा आइपुग्दा प्रविधिगत र व्यावसायिक रुपमा ठूलो फड्को मारेको छ । यो उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो । फोरजी सेवाबाट ताररहित उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिनेछ । यसले द्रुतगतिमा डाटा ‘अपलोड’ र ‘डाउनलोड’ गर्ने क्षमता राख्दछ । फोरजीबाट थ्रिजीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संस्थाले बनाएको मापदण्डले १०० एमबिपिएस गतिको इन्टरनेट सेवालाई फोरजीका रुपमा मानिएको छ । फोरजी प्रविधिअन्तर्गत टेलिकमको नेटवर्कमा ८०० मेगाहर्ज, १८०० मेगाहर्ज र भविष्यमा २३०० मेगाहर्जसमेत गरी तीन अलगअलग फ्रिक्वेन्सी ब्यान्डमा सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ । फरकफरक ब्यान्डले सेवाको ‘कभरेज’ र डाटा क्षमतामा प्रभाव पार्ने भएकाले पनि नयाँ विस्तारित सेवा क्षमताको हिसाबले पहिलो विद्यमान फोरजी सेवाभन्दा राम्रो रहेको टेलिकमको दाबी छ । कसरी गर्ने ‘एक्टिभेट’ ? टुजी र थ्रिजी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । अन्य सिमकार्डको प्रयोग गरेका ग्राहकले मोबाइलमा स्टार ४४४ ह्यास डायल गरी फोरजी सेवा निःशुल्क ‘एक्टिभेट’ गर्न सक्नेछन् । पुरानो सिमले फोरजी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ । थ्रिजी तथा टुजीको दरमा नै फोरजी सेवा लिन सकिने र थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ । टेलिकमले दशैँका अवसरमा आइतबारदेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । कम्पनीका अनुसार पहिलो पटक फोरजी ‘एक्टिभ’ गर्ने ग्राहकले दुई दिनको समयसहितको दुईसय एमबी डाटा बोनस पाउनेछन् ।

पोखरामा महालक्ष्मी विकास बैंकको दुई शाखा

काठमाडौं। महालक्ष्मी विकास बैंक बुधबारदेखि पोखरामा आफ्नो शाखा विस्तार गरेको छ। बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ६-लेकसाइड र वडा नं २६-विजयपुरमा दुई नँया शाखा कार्यालयहरु बिस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको हो। उक्त शाखाहरु सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०२ पुगेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरी १०२ वटा शाखाबाट करिब ५ लाख ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ।

अर्थमन्त्री खतिवडा भारत प्रस्थान, के छ त विशेष एजेण्डा ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार भारतको नयाँ दिल्ली प्रस्थान भएका छन् । अर्थमन्त्री खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान भएका हुन् । कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा सम्बोधन गर्ने छन् । साथै, उनले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा जानकारी गराउने छन् । त्यस्तै, अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्नेछन् भने विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा अर्थमन्त्री डा. खतिवडाले भारतीय समकक्षी अर्थमन्त्री निर्मला सिथारमणबीच भेट गरी पछिल्लो आर्थिक स्थिति, नेपाल-भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल गर्ने बताइएको छ । उनी असोज १८ गते स्वदेश फर्किने छन् ।

इप्पानको निष्कर्ष : तिहारपछि सरकारलाई साँचो बुझाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सरकारका कारण साना जलविद्युत् आयोजनाहरु रुग्ण अवस्थामा पुगेपछि इप्पानले सबै निजी जलविद्युतहरुको चाबी सरकारलाई बुझाउने भएको छ । नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग र उर्जा तथा जलस्रोत मन्त्रालयले समेत व्यवसायीहरुको माग नसुनेपछि उनीहरुले संस्थागत रुपमै आयोजनाको चाबी सरकारलाई बुझाउन लागेका हुन् । उनीहरुले सरकारलाई तिहार अघिसम्म निजी क्षेत्रका जलविद्युत् व्यवसायीहरुको समस्या समाधान गर्न समेत दिएका छन् । अहिले सञ्चालनमा रहेका ८३ जलविद्युत् आयोजनाहरुमध्ये ११ ओटा आयोजनाहरु मात्रै नाफामा रहेको र बाँकी ७२ ओटा आयोजनाहरु घाटामा रहेको भन्दै यसमा सरकारी नीति नै दोषी भएको उनीहरुको तर्क छ । घाटामा भएकामध्ये पनि  निजी क्षेत्रले संचालन गरिरहेका आयोजनामध्ये  आयोजना २८ आयोजना कमजोर वित्तीय अवस्था रहेकाे, १८ वटा आयोजना नाजुक अवस्थामा रहेका र २० वटा त बैंकले लिलाम नै गर्नुपर्ने अवस्थामा पुगिसकेकाे बताइएकाे छ । बढ्दो सञ्चालन तथा निर्माण लागत, प्रसारण लाइन निर्माणमा प्राधिकरणको अटेरी र त्यही कारण खेर जाने विद्युत्, विद्युत् चुहावट आदिका कारण यस्तो अवस्था सिर्जना भएको भन्दै सरकारले व्यवसायीहरुको कुरा नसुनेको आरोप उनीहरुको थियो । सरकारले घोषण गरेको सेवा सुविधा नदिएको र बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदर रहेको कारणले पनि आयोजनाहरु समस्यामा परेको  समेत इप्पानले गुनासो छ । प्रशारण लाइनको अभावका कारण पनि सबै आयोजनाले पूर्ण क्षमतामा संचालन भई विद्युत उत्पादन गर्न नसकिएको उनीहरुको भनाई छ । त्यसैगरी, विद्युत खरिद सम्झौता र प्रशारण सम्झौता प्राधिकरणले निर्माण गर्ने भनिएको विद्युत प्रशारणलाइन, जलविद्युत आयोजना संचालनमा आएको वर्षौं बितिसक्दा पनि निर्माण नभएका कारणले प्रशारण सुविधाबाट बञ्चित रहेका जलविद्युत आयोजनाहरुलाई क्षतिपूर्ति दिईनुपर्ने उनीहरूको भनाई छ । आर्थिक वर्ष २०७१/७२ को वार्षिक बजेटमा घोषणा भएको व्यवस्थाअनुसार निर्माण सम्पन्न भई व्यापारिक उत्पादन सुरु गरेका आयोजनाहरुलाई दिने भनिएको अनुदानबापतको रकम समेत सकारले भुक्तानी नदिएको कारणले पनि आयोजनाहरु समस्यामा परेको छ ।